प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ४६ p. ११६-p. ११७ par. ९
  • येसुको लुगा छोएर निको हुन्छे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुको लुगा छोएर निको हुन्छे
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • तिनले उहाँको लुगा छोइन्‌
    सबैभन्दा महान्‌ पुरुष
  • तिनीले उहाँको पहिरन छोईन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येसु चमत्कारहरू गर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येशू मरेकाहरूलाई बिउँताउनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ४६ p. ११६-p. ११७ par. ९
एउटी स्त्री येसुको लुगाको किनारा छुन्छे र उहाँले आफूलाई कसैले छोएको चाल पाउनुहुन्छ

अध्याय ४६

येसुको लुगा छोएर निको हुन्छे

मत्ति ९:१८-२२ मर्कुस ५:२१-३४ लुका ८:४०-४८

  • एउटी स्त्री येसुको लुगा छोएर निको हुन्छे

येसु डेकापोलिसबाट फर्कनुभएको खबर गालिल समुद्रको उत्तर-पश्‍चिम किनारामा बसोबास गर्ने यहुदीहरूमाझ फैलिन्छ। तिनीहरूमध्ये थुप्रैले हालै समुद्रमा आँधी चल्दा येसुले आँधी र समुद्रलाई शान्त पार्नुभएको अनि अरू केहीले चाहिँ येसुले प्रेत बास गरेको मानिसलाई निको पार्नुभएको कुरा सुनेका हुन सक्छन्‌। त्यसैले येसुलाई स्वागत गर्न “एउटा ठूलो जमात” सम्भवतः कफर्नहुमको समुद्र छेउमा भेला हुन्छ। (मर्कुस ५:२१) येसु जसै डुङ्‌गाबाट ओर्लनुहुन्छ, मानिसहरू उत्सुक हुँदै उहाँलाई भेट्‌न जान्छन्‌ र तिनीहरूले उहाँबाट केही आस गरिरहेका छन्‌।

येसुलाई भेट्‌न उत्सुक मानिसहरूमध्ये एक जना याइरस हुन्‌। तिनी सम्भवतः कफर्नहुममा भएको सभाघरको पदाधिकारी हुन्‌। तिनी येसुको पाउ पर्दै उहाँलाई बारम्बार यस्तो बिन्ती गर्छन्‌: “मेरी सानी छोरी साह्रै बिरामी छे। बिन्ती छ, तपाईँ आउनुहोस्‌ अनि ऊमाथि आफ्नो हात राख्नुहोस्‌ र ऊ निको होस्‌ र बाँचोस्‌।” (मर्कुस ५:२३) ऊ याइरसको एउटै मात्र छोरी हो। ऊ जम्मा १२ वर्षकी छे र याइरस उसलाई अत्यन्तै माया गर्छन्‌। तिनले आफ्नी छोरीलाई निको पारिदिन व्यग्र बिन्ती गर्दा येसु के गर्नुहुन्छ?—लुका ८:४२.

येसु याइरसको घरतर्फ लागिरहनुभएको बेला अर्को एउटा मार्मिक घटना हुन्छ। येसुसँगै हिँडिरहेका मानिसहरू उहाँले कुनै चमत्कार गर्नुभएको हेर्न पाइन्छ कि भनेर आशा गर्दै छन्‌। तर भीडमा भएकी एउटी स्त्रीको ध्यान भने आफ्नो गम्भीर स्वास्थ्य समस्यामै केन्द्रित छ।

यस यहुदी स्त्रीलाई रगत बग्ने बेथाले सताएको १२ वर्ष भइसकेको छ। उसले थुप्रै वैद्यबाट उपचार गराइसकेकी छे अनि ती वैद्यहरूले सुझाव दिएअनुसारै उपचार गर्दागर्दै उसको भएभरको पैसा खर्च भइसकेको छ। तर उसको अवस्था सुध्रिनुको साटो “झनै नाजुक हुँदै गइरहेको” छ।—मर्कुस ५:२६.

यस रोगले तिनलाई कमजोर त बनाएको छ नै, यसबाहेक तिनको निम्ति यो बेथा लाजमर्दो र अपमानजनक पनि छ। साधारणतया कसैले पनि आफ्नो यस्तो अवस्थाबारे खुलेर कुरा गर्दैन। यसबाहेक यसरी रगत बगेकी स्त्री मोसाको व्यवस्थाअनुसार अशुद्ध हुन्छे। कसैले उसलाई वा उसको रगत लागेको कपडालाई छोएमा उक्‍त व्यक्‍तिले नुहाउनुपर्छ र ऊ साँझसम्म अशुद्ध रहन्छ।—लेवी १५:२५-२७.

यस स्त्रीले ‘येसुको विषयमा सुनेकीले’ उहाँलाई खोज्दै छे। आफू अशुद्ध भएकोले ऊ सकेसम्म कसैले पनि चाल नपाउने गरी भीडमा पस्छे। उसले मनमनै यस्तो सोचिरहेकी छे: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।” येसुको लुगाको किनारा छुनेबित्तिकै उसले रगत बग्न बन्द भएको महसुस गर्छे! हो, ऊ “त्यस पीडादायी रोगबाट मुक्‍त” हुन्छे।—मर्कुस ५:२७-२९.

त्यसपछि येसु यसो भन्‍नुहुन्छ: “मलाई छुने को हो?” उहाँले यसो भन्‍नुभएको सुनेपछि त्यो स्त्री कत्ति डराई होला! येसुलाई सच्याउन खोज्दै पत्रुस यसो भन्छन्‌: “गुरुज्यू, भीडले तपाईँलाई घेरेर ठेलिरहेको छ।” त्यसोभए येसुले “मलाई छुने को हो” भनेर सोध्नुको कारण के हो? उहाँ यसो भन्‍नुहुन्छ: “कसैले मलाई छोयो किनकि मबाट शक्‍ति बाहिर निस्केको मैले महसुस गरेँ।”—लुका ८:४५, ४६.

आफूले भर्खरै गरेको काम लुकाउन सकिँदैन भनेर बुझेपछि ऊ डरले थरथर काम्दै येसुसामु आएर घोप्टो पर्छे। उसले सबैको अगाडि आफ्नो बेथाबारे र आफू भर्खरै निको भएको बारे बताउँछे। त्यसपछि उसलाई दया देखाउँदै येसु यसो भन्‍नुहुन्छ: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिमीलाई दुःख दिइरहेको यो रोग निको भयो।”—मर्कुस ५:३४.

परमेश्‍वरले पृथ्वीमाथि शासन गर्न रोज्नुभएको व्यक्‍ति—येसु माया र करुणाले भरिपूर्ण हुनुहुन्छ अनि उहाँ मानिसहरूमा गहिरो चासो राख्नुहुन्छ भन्‍ने कुरा स्पष्ट छ। यसबाहेक उहाँसित मानिसहरूलाई मदत गर्न सक्ने शक्‍ति पनि छ।

  • येसु कफर्नहुम फर्कनुहुँदा मानिसहरू किन उहाँलाई स्वागत गर्न भेला हुन्छन्‌?

  • एउटी स्त्रीलाई कस्तो बेथा लागेको छ र ऊ किन येसुबाट मदत खोज्दै छे?

  • त्यो स्त्री कसरी निको हुन्छे र येसु उसलाई कस्तो सान्त्वना दिनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने