प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ४/१५ p. ३२
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • पिलातस भन्छन्‌: “हेर, यो मानिस!”
    येसु—बाटो, सत्य र जीवन
  • चोरहरूले हतियारसहित हमला गर्दा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • कहिल्यै नचोर्नू!
    महान्‌ शिक्षकबाट सिकौं
  • “हेर! यो मानिस!”
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ४/१५ p. ३२

के तपाईंलाई थाह थियो?

येशूको दायाँ-बायाँ टाँगिएका व्यक्‍तिहरूको अपराध के थियो?

▪ बाइबलले यी व्यक्‍तिहरूलाई “डाँकु” भनेको छ। (मत्ती २७:३८; मर्कू. १५:२७) विभिन्‍न अपराधीलाई बुझाउन बाइबलमा फरक-फरक शब्द प्रयोग गरिएको छ भनेर केही बाइबल शब्दकोशहरूले सङ्‌केत गर्छ। ग्रीक शब्द क्लेपटेस-ले कसैलाई थाह नदिने किसिमले गोप्य रूपमा चोरी गर्ने व्यक्‍तिलाई बुझाउँछ। यो शब्द यहूदा इस्करियोतलाई लागू हुन्छ। किनभने तिनी चेलाहरूको कन्तुरबाट गोप्य रूपमा पैसा चोर्थे। (यूह. १२:६) अर्कोतर्फ लेस्टेस शब्दले चाहिं साधारणतया, हिंसात्मक रूपमा डाँका मार्ने व्यक्‍तिलाई बुझाउँछ। साथै यो शब्दले क्रान्तिकारी, विद्रोही अनि गुरिल्ला लडाकुलाई समेत बुझाउँछ। येशूसँगै टाँगिएका व्यक्‍तिहरूचाहिं लेस्टेस शब्दले बुझाउने खालका डाँकुहरू थिए। दुईमध्ये एक डाँकुले यसो भन्यो: “हामीले जे गऱ्‍यौं, त्यसकै पूरा फल भोगिरहेका छौं।” (लूका २३:४१) उसको यो भनाइले उनीहरूलाई चोरीको भन्दा पनि ठूलो दोष लागेको थियो भनेर देखाउँछ।

ती दुई डाँकुलाई जस्तै बरब्बालाई पनि लेस्टेस भनिएको छ। (यूह. १८:४०) बरब्बा मामुली चोर मात्र थिएन भनेर लूका २३:१९ को विवरणबाट थाह पाउन सकिन्छ। उक्‍त पदमा “त्यस मानिसलाई सहरमा भएको विद्रोह र हत्याको आरोपमा झ्यालखानामा हालिएको थियो” भनेर लेखिएको छ।

त्यसकारण येशूसँगै टाँगिएका व्यक्‍तिहरू डाँकु भएकोले सम्भवतः तिनीहरू विद्रोह अथवा हत्यामा समेत मुछिएको हुनुपर्छ। कुरा जेसुकै होस्‌, रोमी राज्यपाल पन्तियस पिलातसले ती दुईलाई खम्बामा टाँग्न योग्यको सम्झे। (w12-E 02/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने