प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. २१ p. ५६-p. ५७ par. ६
  • नासरतको सभाघरमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नासरतको सभाघरमा
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूको आफ्नै गृहनगरको सभाघरमा
    सबैभन्दा महान्‌ पुरुष
  • नासरत–अगमवक्‍ताको घर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • चमत्कारहरू गर्नुहुन्छ तर उहाँलाई नासरतमा समेत तिरस्कार गरिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • जायरसको घर छाड़ेर, फेरि नासरत तर्फ लाग्नुभएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. २१ p. ५६-p. ५७ par. ६
येसु सभाघरमा उभिनुहुन्छ र यसैयाको मुठाबाट पढ्‌नुहुन्छ

अध्याय २१

नासरतको सभाघरमा

लुका ४:१६-३१

  • येसु यसैयाको मुठाबाट पढ्‌नुहुन्छ

  • नासरतका मानिसहरू येसुलाई मार्न खोज्छन्‌

नासरतका मानिसहरूबीच पक्कै उत्साह छाएको छ। एक वर्षभन्दा अलि अगाडि येसु युहन्‍नाकहाँ बप्तिस्मा गर्न जानुहुँदा मानिसहरूले उहाँलाई सिकर्मी भनेर चिन्थे। तर अहिले उहाँ शक्‍तिशाली कामहरू गर्ने व्यक्‍ति भनेर चिनिनुहुन्छ। स्थानीय मानिसहरू उहाँले त्यहाँ पनि त्यस्तै कुनै काम गरेको हेर्न उत्सुक छन्‌।

येसु आफ्नो बानीअनुसार त्यहाँको स्थानीय सभाघरमा जानुहुँदा मानिसहरूको उत्सुकता झनै बढ्‌छ। ‘हरेक विश्रामदिनमा सभाघरहरूमा’ गरिएजस्तै त्यस सभाघरमा पनि प्रार्थना गरिन्छ र मोसाका पुस्तकहरू पढिन्छ। (प्रेषित १५:२१) भविष्यवाणीका पुस्तकहरूबाट पनि केही अंश पढिन्छ। पढ्‌न उठ्‌नुहुँदा येसुले वर्षौँदेखि सभाघरमा जाँदा चिनेका मानिसहरू पनि देख्नुभयो होला। उहाँलाई भविष्यवक्‍ता यसैयाको मुठा दिइन्छ। उहाँले यहोवाको पवित्र शक्‍तिद्वारा अभिषेक भएका व्यक्‍तिबारे लेखिएको ठाउँ फेला पार्नुहुन्छ, जुन विवरण अहिले यसैया ६१:१, २ मा पाइन्छ।

प्रतिज्ञा गरिएको व्यक्‍तिले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नेछन्‌, अन्धाहरूलाई दृष्टि दिनेछन्‌ र यहोवाको निगाह पाउने समयबारे प्रचार गर्नेछन्‌ भनेर लेखिएको कुरा येसु त्यस मुठाबाट पढ्‌नुहुन्छ। त्यसपछि उहाँ त्यो मुठा सेवकलाई फिर्ता गर्नुहुन्छ र बस्नुहुन्छ। सबैले उहाँलाई एकटक लगाएर हेरिरहेका छन्‌। त्यसपछि उहाँ थप व्याख्या गर्नुहुन्छ र यस्तो उल्लेखनीय कुरा पनि भन्‍नुहुन्छ: “तिमीहरूले भर्खरै सुनेको धर्मशास्त्रको यो अंश आज पूरा भयो।”—लुका ४:२१.

“उहाँले बोल्नुभएका मनमोहक वचन” सुनेर मानिसहरू मन्त्रमुग्ध हुन्छन्‌ र आपसमा यसो भन्छन्‌: “के यिनी युसुफका छोरा होइनन्‌ र?” ती मानिसहरूले येसुले शक्‍तिशाली कामहरू गर्नुभएको सुनेका थिए। उहाँले त्यहाँ पनि ती कामहरू गरेको तिनीहरू हेर्न चाहन्छन्‌ भनेर येसु बुझ्नुहुन्छ। त्यसैले उहाँ भन्‍नुहुन्छ: “तिमीहरूले पक्कै यो उक्‍ति सुनाउनेछौ, ‘ए वैद्य, पहिले आफैलाई निको पार’ अनि ममाथि त्यो उक्‍ति लागू गर्दै यसो भन्‍नेछौ, ‘तिमीले कफर्नहुममा गरेका कामहरूबारे हामीले जे सुन्यौँ, ती यहाँ आफ्नो गृहनगरमा पनि गर।’” (लुका ४:२२, २३) येसुका ती पहिलेका छिमेकीहरूको विचारमा उहाँले निको पार्ने काम सुरुमा त आफ्नै ठाउँमा र आफ्नै मानिसहरूको फाइदाको लागि गर्नुपर्ने हो। त्यसैले येसुले आफूहरूको अपमान गर्नुभयो जस्तो तिनीहरूलाई लागेको हुनुपर्छ।

तिनीहरूले के सोचिरहेका छन्‌ भन्‍ने बुझेर येसुले इस्राएलीहरूको इतिहासमा भएको केही कुरा उल्लेख गर्नुहुन्छ। जस्तै: उहाँले एलियाको समयमा इस्राएलमा धेरै विधवा थिए तर परमेश्‍वरले एलियालाई तिनीहरूमध्ये कसैकहाँ पनि पठाउनुभएन भनेर बताउनुहुन्छ। बरु एलिया सिदोनको सारपत सहरमा बस्ने एक जना गैर-इस्राएली विधवाकहाँ गए, जहाँ तिनले चमत्कार गरेर ज्यान बचाए। (१ राजा १७:८-१६) अनि एलिसाको समयमा पनि इस्राएलमा थुप्रै कुष्ठरोगी थिए तर ती भविष्यवक्‍ताले सिरियाका नामानलाई मात्रै निको पारे।—२ राजा ५:१, ८-१४.

सभाघरमा भएका मानिसहरूले येसुलाई डाँडाको टुप्पोमा लैजान्छन्‌

येसुले ती ऐतिहासिक घटनाहरूद्वारा आफ्नो गृहनगरका ती मानिसहरूको स्वार्थ र विश्‍वासको कमी उदाङ्‌ग पारिदिनुभएपछि तिनीहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌? तिनीहरू रिसले चूर हुँदै उठ्‌छन्‌ अनि उहाँलाई सहरबाहिर लैजान्छन्‌। तिनीहरूले उहाँलाई नासरत सहर बसालिएको डाँडाको टुप्पोमा लैजान्छन्‌ र भीरबाट खसाल्न खोज्छन्‌। तर येसु तिनीहरूको पन्जाबाट फुत्कनुहुन्छ। त्यसपछि उहाँ कफर्नहुम सहर ओर्लनुहुन्छ, जुन सहर गालिल समुद्रको उत्तर-पश्‍चिम किनारामा अवस्थित छ।

  • येसुको गृहनगर नासरतका मानिसहरूबीच किन उत्साह छाएको छ?

  • मानिसहरू येसुले भन्‍नुभएको कुराप्रति कस्तो प्रतिक्रिया देखाउँछन्‌ तर तिनीहरू किन रिसले चूर हुन्छन्‌?

  • नासरतका मानिसहरू येसुलाई के गर्न खोज्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने