प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. २८ p. ७०-p. ७१ par. ६
  • येसुका चेलाहरू किन उपवास बस्दैनन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुका चेलाहरू किन उपवास बस्दैनन्‌?
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • उपवासबारे उहाँलाई प्रश्‍न गरिन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • उपवास बस्नेबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के उपवास अप्रचलित भइसक्यो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के परमेश्‍वर उपवास बसेको चाहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
येसु—बाटो, सत्य र जीवन
jy chap. २८ p. ७०-p. ७१ par. ६
बप्तिस्मा गराउने युहन्‍नाका चेलाहरू येसुलाई उपवासबारे प्रश्‍न सोध्छन्‌

अध्याय २८

येसुका चेलाहरू किन उपवास बस्दैनन्‌?

मत्ति ९:१४-१७ मर्कुस २:१८-२२ लुका ५:३३-३९

  • युहन्‍नाका चेलाहरू येसुलाई उपवासबारे प्रश्‍न सोध्छन्‌

येसु इस्वी संवत्‌ ३० को निस्तार चाडमा उपस्थित हुनुभएको केही समयपछि बप्तिस्मा गराउने युहन्‍नालाई झ्यालखानामा हालिन्छ। युहन्‍ना आफ्ना चेलाहरू येसुको अनुयायी बनेको चाहन्थे तर तिनीहरूमध्ये सबै जना येसुको चेला बनेका छैनन्‌।

अब इस्वी संवत्‌ ३१ को निस्तार चाड नजिकिँदै जाँदा युहन्‍नाका केही चेला येसुकहाँ आएर यस्तो प्रश्‍न सोध्छन्‌: “हामी र फरिसीहरू उपवास बस्ने गर्छौँ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्‌?” (मत्ति ९:१४) फरिसीहरू धार्मिक रीतिको रूपमा उपवास बस्छन्‌। पछि येसुले चलाउनुभएको एउटा उदाहरणको फरिसी पनि आत्मधर्मी हुँदै यस्तो प्रार्थना गर्छ: “हे परमेश्‍वर, म तपाईँलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसजस्तो . . . छैनँ। म हप्ताको दुई चोटि उपवास बस्छु।” (लुका १८:११, १२) युहन्‍नाका चेलाहरूले पनि रीतिको रूपमा उपवास बस्दै आएका हुन सक्छन्‌। अथवा युहन्‍ना झ्यालखानामा परेकोले शोक मनाउन उपवास बसेका हुन सक्छन्‌। युहन्‍नालाई जे गरिएको छ, त्यसप्रति शोक व्यक्‍त गर्न येसुका चेलाहरू उपवास नबसेको देखेर तिनीहरूलाई आश्‍चर्य लाग्छ।

येसु यस्तो उदाहरण चलाउँदै तिनीहरूलाई जवाफ दिनुहुन्छ: “दुलहा आफूसँग होउन्जेल के तिनका साथीहरूले शोक मनाउँछन्‌ र? तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ र त्यसपछि तिनीहरू उपवास बस्नेछन्‌।”—मत्ति ९:१५.

युहन्‍ना आफैले येसुलाई दुलहा भनेका थिए। (युहन्‍ना ३:२८, २९) त्यसैकारण येसु आफूसँग होउन्जेल उहाँका चेलाहरू उपवास बस्दैनन्‌। पछि येसुको मृत्यु भएपछि उहाँका चेलाहरूले शोक गर्नेछन्‌ र खान मन गर्नेछैनन्‌। तर उहाँ जीवित भएपछि भने कुरा अर्कै हुनेछ! तिनीहरूले शोक गर्दै उपवास बस्नुपर्ने कारण हुनेछैन।

यसपछि येसु यी दुई वटा उदाहरण चलाउनुहुन्छ: “कसैले पनि पुरानो लुगा फाट्‌दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन नत्र त नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ। त्यसैगरि मानिसहरूले नयाँ दाखमद्य पुरानो मशकमा राख्दैनन्‌। यदि तिनीहरूले त्यसो गरे भने मशक च्यातिएर दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। तर मानिसहरूले नयाँ दाखमद्य नयाँ मशकमै राख्छन्‌।” (मत्ति ९:१६, १७) येसु के भन्‍न खोज्दै हुनुहुन्छ?

बप्तिस्मा गराउने युहन्‍नाका चेलाहरूलाई येसु यो कुरा बुझाउन खोज्दै हुनुहुन्छ: उहाँका चेलाहरू उपवास बस्ने जस्ता यहुदी धर्मको पुरानो प्रचलनअनुसार चलेको कसैले पनि आशा गर्नु हुँदैन। उहाँ मक्किएर फ्याँक्ने अवस्थामा पुगिसकेको उपासनाको पुरानो शैलीलाई टालटुल गरेर अझ लम्ब्याउन आउनुभएको थिएन। येसुले प्रोत्साहन दिइरहनुभएको उपासना र यहुदी धर्मको मानव परम्पराबीच कुनै सम्बन्ध छैन। हो, उहाँले पुरानो लुगामा नयाँ टालो टाल्न वा पुरानो र कडा मशकमा नयाँ दाखमद्य हाल्न खोजिरहनुभएको छैन।

उपवाससम्बन्धी उदाहरणहरू

छालाको भाँडो

येसुले कपडा सिउने कुरालाई उदाहरणको रूपमा चलाउनुभयो। यो उदाहरण उहाँको श्रोताले सजिलै कल्पना गर्न सक्थे। यदि कसैले पुरानो लुगामा नयाँ टालो हाल्यो भने के हुन्थ्यो? लुगा धुँदा नयाँ टालो अलिकति सुक्थ्यो र पुरानो लुगालाई तान्थ्यो, जसले गर्दा त्यो लुगा फाट्‌थ्यो।

त्यसैगरि दाखमद्यलाई कहिलेकाहीँ जनावरको छालाले बनेको भाँडोमा राखिन्थ्यो। समय बित्दै जाँदा छाला कडा हुन्थ्यो र तन्किन छोड्‌थ्यो। यस्तो भाँडोमा नयाँ दाखमद्य हाल्नु खतरनाक हुन्थ्यो। नयाँ दाखमद्यमा रासायनिक परिवर्तन हुँदै जाँदा त्यसले छालाको भाँडोमा दबाब पैदा गर्थ्यो। यसले गर्दा त्यो पुरानो र कडा भाँडो फुट्‌न सक्थ्यो।

  • को उपवास बस्छन्‌ र किन?

  • येसु चेलाहरूसित हुँदा उहाँका चेलाहरू किन उपवास बस्दैनन्‌ तर पछि तिनीहरू किन उपवास बस्नुपर्ने हुन सक्छ?

  • नयाँ टालो र नयाँ दाखमद्यबारे येसुले बताउनुभएको उदाहरणको अर्थ के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने