प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ३६ p. ९२-p. ९३ par. ७
  • सैनिक अफिसर ठूलो विश्‍वास देखाउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सैनिक अफिसर ठूलो विश्‍वास देखाउँछन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • एकजना सैनिक अफिसरको ठूलो विश्‍वास
    सबैभन्दा महान्‌ पुरुष
  • के बाइबलको शिक्षा आपसमा बाझिन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के तपाईंलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के आफ्नो विश्‍वासले तपाईंलाई कदम चाल्न उत्प्रेरित गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
येसु—बाटो, सत्य र जीवन
jy chap. ३६ p. ९२-p. ९३ par. ७
सैनिक अफिसर सिकिस्त बिरामी परेको आफ्नो दासलाई हेर्दै; पछाडि धर्मगुरुहरू येसुलाई भेट्‌दै

अध्याय ३६

सैनिक अफिसर ठूलो विश्‍वास देखाउँछन्‌

मत्ति ८:५-१३ लुका ७:१-१०

  • सैनिक अफिसरको दास निको हुन्छ

  • विश्‍वास भएकाहरूले आशिष्‌ पाउनेछन्‌

यहुदीहरूका धर्मगुरुहरू येसुलाई भेट्‌न जान्छन्‌

डाँडाको उपदेश दिनुभएपछि येसु कफर्नहुम सहर जानुहुन्छ। यहाँ केही यहुदी धर्मगुरुहरू येसुलाई भेट्‌न आउँछन्‌। उनीहरूलाई बेग्लै पृष्ठभूमि भएका मानिस—एक रोमी सैनिक अफिसरले पठाएका हुन्‌।

ती सैनिक अफिसरको प्यारो नोकर सिकिस्त बिरामी परेर मर्नै लागेको छ। तिनी अन्यजातिका भए पनि येसुको मदत खोज्दै छन्‌। अफिसरको नोकर “पक्षाघातले थलिएको छ र उसले असाध्यै दुःख पाइरहेको छ” भनी ती यहुदीहरू येसुलाई बताउँछन्‌। (मत्ति ८:६) साथै उनीहरूले येसुलाई ती अफिसर उहाँको मदत पाउन लायकका छन्‌ भनेर विश्‍वस्त पार्दै यसो भन्छन्‌: “तिनी हाम्रो जातिलाई प्रेम गर्छन्‌ र हाम्रो लागि तिनले नै सभाघर बनाइदिएका हुन्‌।”—लुका ७:४, ५.

येसु सैनिक अफिसरको घरनजिकै पुग्नुहुँदा तिनका साथीहरू उहाँलाई भेट्‌न आउँछन्‌

त्यसपछि येसु ती धर्मगुरुहरूसितै सैनिक अफिसरको घरतर्फ लाग्नुहुन्छ। उहाँहरू ती अफिसरको घरनजिकै पुग्नुहुँदा तिनले आफ्ना साथीहरूमार्फत यस्तो खबर पठाउँछन्‌: “प्रभु, कष्ट नगर्नुहोस्‌ किनकि म तपाईँलाई मेरो घरमा स्वागत गर्न लायकको छैनँ। यसैकारण मैले आफूलाई तपाईँकहाँ आउन योग्यको ठानिनँ।” (लुका ७:६, ७) अरूलाई आदेश दिने मानिसको कस्तो नम्र मनोभाव! दासहरूलाई अत्यन्तै क्रूर व्यवहार गर्ने अन्य रोमीहरूभन्दा तिनी कत्ति भिन्‍न छन्‌ भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ।—मत्ति ८:९.

यहुदीहरू गैर-यहुदीहरूसित सङ्‌गत गर्न चाहँदैनन्‌ भन्‍ने कुरा ती सैनिक अफिसरलाई राम्ररी थाह छ। (प्रेषित १०:२८) सायद यही कारणले गर्दा तिनी आफ्ना साथीहरूमार्फत येसुलाई यस्तो आग्रह गर्छन्‌: “एक वचन बोलिदिनुहोस्‌ र मेरो नोकर निको हुनेछ।”—लुका ७:७.

यो कुरा सुनेर येसु अचम्म मान्‍नुहुन्छ र यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई भन्छु, मैले उसको जस्तो ठूलो विश्‍वास इस्राएलमा समेत पाएको छैनँ।” (लुका ७:९) सैनिक अफिसरका साथीहरू तिनको घरमा पुग्दा त सिकिस्त बिरामी परेको त्यो दास निको भइसकेको हुन्छ।

यसरी त्यो दासलाई निको पार्नुभएपछि येसुले यही मौकामा उहाँमाथि विश्‍वास भएका गैर-यहुदीहरूले पनि आशिष्‌ पाउनेछन्‌ भनेर स्पष्ट पार्नुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्‌ अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकुबसँगै खान बस्नेछन्‌।” उहाँमाथि विश्‍वास नगर्ने यहुदीहरू नि? यसबारे उहाँ यसो भन्‍नुहुन्छ: “[तिनीहरू] बाहिर अन्धकारमा फालिनेछन्‌, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्‌।”—मत्ति ८:११, १२.

येसुसितै उहाँको राज्यको भाग बन्‍ने मौका सबैभन्दा पहिला जन्मजात यहुदीहरूलाई दिइएको थियो तर त्यो मौका लत्याउने यहुदीहरूलाई तिरस्कार गरिने थियो। अन्यजातिका मानिसहरू भने “स्वर्गको राज्यमा” उहाँसँगै खान बस्ने थिए।

  • यहुदीहरू अन्यजातिका सैनिक अफिसरको तर्फबाट येसुसित मदत माग्न आउनुको कारण के हो?

  • सैनिक अफिसर येसुलाई आफ्नो घरमा स्वागत गर्न किन हिचकिचाएका हुन सक्छन्‌?

  • येसु अन्यजातिले पाउन सक्ने कस्तो अवसरबारे जोड दिनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने