प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ४/१ p. १५
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • सैनिक अफिसर ठूलो विश्‍वास देखाउँछन्‌
    येसु—बाटो, सत्य र जीवन
  • यहोवाको नजरमा म कस्तो छु?
    हाम्रो राज्य सेवा—२०१४
  • “तिमीहरू विश्‍वासमा छौ कि छैनौं भनी आफैले आफैलाई जाँच”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • जिल्ला तथा अन्तरराष्ट्रिय अधिवेशनहरूले परमेश्‍वरलाई महिमा दिन हामीलाई उत्प्रेरित गर्छ!
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ४/१ p. १५

के तपाईंलाई थाह थियो?

रोमी सेनामा सेन्टुरियनको भूमिका के थियो?

रोमी सेन्टुरियनको मुर्ति

सेन्टुरियनको मूर्ति मार्कुस फाभोनियस फासिलिस

बाइबलको ख्रीष्टियन ग्रीक धर्मशास्त्रमा सेन्टुरियनबारे केही पटक उल्लेख गरिएको पाइन्छ। येशूलाई मृत्युदण्ड दिइएको बेला निरीक्षण गर्ने अफिसर र अन्यजातिबाट ख्रीष्टियन धर्म अङ्‌गाल्ने पहिलो व्यक्‍ति कर्नीलियस यही दर्जाका अफिसर थिए। पावललाई कोर्रा लगाइँदा निरीक्षण गर्न खटाइएका र रोमसम्म पुऱ्‍याउँदा निगरानी राख्ने अफिसर जुलियस पनि सेन्टुरियन नै थिए।—मर्कूस १५:३९; प्रेषित १०:१, फुटनोट; २२:२५ २७:१.

सेन्टुरियन साधारणतया ५०-१०० पैदल सिपाहीको सेना प्रमुख हुन्थे। सेन्टुरियनको काममा सिपाहीहरूलाई तालिम र अनुशासन दिने, तिनीहरूका लुगा र सरसामान ठीक अवस्थामा छन्‌ कि छैनन्‌ भनी निरीक्षण गर्ने अनि सेना परिचालन गर्ने जस्ता कुराहरू समावेश हुन्थ्यो।

साधारण सिपाहीले हासिल गर्न सक्ने सबैभन्दा ठूलो दर्जा भनेको नै सेन्टुरियन थियो। यो दर्जा स्थायी सिपाहीहरूले मात्र हासिल गर्न सक्थे। साथै तिनीहरूमा राम्रोसँग नेतृत्व लिन सक्ने क्षमता पनि हुनुपर्थ्यो। रोमी सेना अनुशासित बन्‍ने र दक्ष हुने कुरा सेन्टुरियनहरूमै निर्भर हुन्थ्यो। तिनीहरू “सेनासम्बन्धी राम्रो ज्ञान भएका र अनुभवी” हुन्थे भनेर एक स्रोतले उल्लेख गरेको छ।

बाइबलकालीन समयको र अहिलेको ऐनामा के फरक छ?

पुरातन इजिप्टको ऐना

पुरातन इजिप्टको ऐना

बाइबलकालीन समयका ऐना अहिलेको जस्तो थिएन। त्यतिबेलाको ऐना साधारणतया सुन, चाँदी वा सुनचाँदीको मिश्रण, तामा, काँसा जस्ता धातुलाई टल्काइएर बनाइएको हुन्थ्यो। बाइबलमा बासस्थानको निर्माणको सन्दर्भमा पहिलो चोटि ऐनाको उल्लेख गरिएको पाइन्छ। त्यतिबेला इस्राएली स्त्रीहरूले आ-आफ्ना ऐना तामाको पवित्र धुने भाँडा र त्यसका खुट्टा बनाउन दिएका थिए। (प्रस्थान ३८:८) यी सामग्री बनाउन ऐनालाई पगाल्नु परेको हुनुपर्छ।

इस्राएल र त्यसको वरपर उत्खनन गर्दा गहना र अन्य सिङ्‌गारपटारका कुराहरूसँगै ऐनाहरू भेट्टाइएको थियो। ती ऐना गोलो आकारका थिए र त्यसका बिँड काठ, धातु वा हात्तीको दाँतले बनाइएको थियो। बिँडमा बुट्टाहरू कुँदिएका थिए। तर ऐनाको पछाडिको भागमा भने कुनै बुट्टा थिएन।

अहिले सिसाबाट बनाइएको ऐनामा हामी स्पष्ट देख्न सक्छौं। तर त्यतिबेलाको ऐनामा भने यसरी स्पष्ट देखिन सकिंदैन थियो। त्यसैले प्रेषित पावलले यसो भन्‍नुको अर्थ हामी बुझ्न सक्छौ: “अहिले हामी धातुको ऐनामा हेरेजस्तो धमिलो छाया मात्र देख्छौं।”—१ कोरिन्थी १३:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने