प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ३ p. १४-p. १५ par. २
  • बाटो तयार पार्ने जन्मिन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाटो तयार पार्ने जन्मिन्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • मार्ग तयार गर्ने जन्मिन्छन्‌
    सबैभन्दा महान्‌ पुरुष
  • इलिसिबा एउटा बच्चा जन्माउँछिन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • परमेश्‍वरबाट आएको दुइटा सन्देश
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ३ p. १४-p. १५ par. २
इलिसिबा भर्खरै जन्मेको आफ्नो छोरो अरूलाई देखाउँदै

अध्याय ३

बाटो तयार पार्ने जन्मिन्छन्‌

लुका १:५७-७९

  • बप्तिस्मा गराउने युहन्‍ना जन्मिन्छन्‌ र तिनको नाम राखिन्छ

  • युहन्‍नाको भूमिकाबारे जकरिया भविष्यवाणी गर्छन्‌

इलिसिबाले बच्चा जन्माउने बेला भइसकेको छ। विगत तीन महिनादेखि उनको नातेदार मरियम उनीसँगै बस्दै छिन्‌। अब मरियमले बिदाबारी भएर आफ्नो घर नासरतसम्मको लामो यात्रा थाल्ने समय भएको छ। लगभग छ महिनापछि त तिनले पनि छोरो जन्माउनेछिन्‌।

मरियम फर्केको केही समयपछि नै इलिसिबाले छोरो जन्माउँछिन्‌। बच्चा राम्ररी जन्मेकोमा अनि आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो भएकोमा खुसी मनाइन्छ! इलिसिबाले छिमेकी र नातेदारहरूलाई आफ्नो छोरो देखाउँदा तिनीहरू पनि रमाउँछन्‌।

परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाअनुसार बालक जन्मेको आठौँ दिनमा उसको खतना गर्नुपर्थ्यो र त्यसै दिन उसको नाम पनि राखिन्थ्यो। (लेवी १२:२, ३) कसै-कसैले बच्चाको नाम बुबाको जस्तै जकरिया राख्नुपर्छ भन्छन्‌। तर इलिसिबा यसो भन्छिन्‌: “अहँ, हुँदैन! उसको नाम युहन्‍ना राख्नुपर्छ।” (लुका १:६०) तपाईँलाई यादै होला, गब्रिएल स्वर्गदूतले बच्चाको नाम युहन्‍ना राख्नू भनेका थिए।

तर छिमेकी र नातेदारहरू असहमति जनाउँदै यसो भन्छन्‌: “तिम्रो नातागोतामा कसैको पनि यस्तो नाम छैन।” (लुका १:६१) तिनीहरूले जकरियालाई इसारा गर्दै छोरोको नाम के राख्ने भनेर सोध्छन्‌। जकरियाले एउटा पाटी माग्छन्‌ र त्यसमा “उसको नाम युहन्‍ना हो” भनेर लेख्छन्‌।—लुका १:६३.

जकरिया काठको पाटीमा लेख्दै; जकरिया फेरि बोल्न सक्छन्‌ र उनी भविष्यवाणी गर्छन्‌

उत्तिखेरै चमत्कारपूर्ण ढङ्‌गमा जकरिया फेरि बोल्न सक्ने हुन्छन्‌। तपाईँलाई यादै होला, स्वर्गदूतले इलिसिबाले एउटा छोरो जन्माउनेछिन्‌ भन्दा त्यो कुरा नपत्याएकोले जकरिया गुँगो भएका थिए। जकरियाले फेरि बोल्न सकेको देख्दा उनका छिमेकीहरू छक्क पर्छन्‌ र आपसमा यसो भन्‍न थाल्छन्‌: “ठूलो भएपछि यो बालक कस्तो हुने होला?” (लुका १:६६) तिनीहरूले त्यस बालकको नाम युहन्‍ना राखिनुको पछाडि परमेश्‍वरकै हात छ भनेर बुझ्छन्‌।

पवित्र शक्‍तिले भरिएर जकरिया यस्तो घोषणा गर्छन्‌: “इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌ किनकि उहाँले आफ्ना प्रजालाई ध्यान दिनुभएको छ र तिनीहरूलाई छुटकारा दिनुभएको छ। अनि उहाँले आफ्नो सेवक दाउदको घरानामा हाम्रो लागि एक जना पराक्रमी उद्धारक खडा गर्नुभएको छ।” (लुका १:६८, ६९) उनले “पराक्रमी उद्धारक” भनेर प्रभु येसुबारे बताउँदै छन्‌, जसको जन्म भइसकेको छैन। जकरियाले बताएअनुसार परमेश्‍वरले उहाँमार्फत नै “हामीलाई शत्रुहरूको हातबाट छुटाउनुहुनेछ र निडर भई उहाँलाई पवित्र सेवा चढाउने सुअवसर दिनुहुनेछ ताकि हामी आफ्नो जीवनभर वफादार रहन अनि उहाँको धार्मिक स्तरबमोजिम चल्न सकौँ।”—लुका १:७४, ७५.

जकरिया आफ्नो छोरोबारे चाहिँ यस्तो भविष्यवाणी गर्छन्‌: “हे सानो बालक, तिमीचाहिँ सर्वोच्च परमेश्‍वरका भविष्यवक्‍ता कहलाइनेछौ किनकि यहोवा परमेश्‍वरको अघिअघि गएर तिमीले उहाँको बाटो तयार पार्नेछौ, उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापको क्षमा दिएर उद्धार गर्नुहुनेछ भन्‍ने ज्ञान दिनेछौ। हाम्रा परमेश्‍वरको कोमल करुणाको कारण उहाँले त्यसो गर्नुहुनेछ। माथिबाट आउने यो करुणा बिहानीको उज्यालोजस्तै हुनेछ, जसले अन्धकारमा र मृत्युको छायामा बसिरहेकाहरूलाई ज्योति दिनेछ अनि हाम्रो पाइलालाई शान्तिको बाटोमा डोऱ्‍याउनेछ।” (लुका १:७६-७९) कत्ति सान्त्वनादायी भविष्यवाणी!

यतिबेलासम्म मरियम, जो अझै पनि अविवाहित छिन्‌, तिनी नासरतमा आफ्नो घर पुगिसकेकी छिन्‌। तिनी गर्भवती भएको कुरा सबैले थाह पाएपछि तिनलाई के हुने होला?

  • येसु र युहन्‍नाको उमेर कति फरक छ?

  • युहन्‍ना आठ दिनको हुँदा के हुन्छ?

  • युहन्‍नाले परमेश्‍वरबाट कस्तो जिम्मेवारी पाउनेछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने