प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ३/१ p. ३०-p. ३२ par. ११
  • लूकाको पुस्तकका विशेषताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लूकाको पुस्तकका विशेषताहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सेवकाईको सुरुतिर
  • (लूका १:१–९:६२)
  • येशूको सेवकाईको अन्ततिर
  • (लूका १०:१–२४:५३)
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • येशूको जन्म—साँचो कथा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ३/१ p. ३०-p. ३२ par. ११

यहोवाको वचन जीवित छ

लूकाको पुस्तकका विशेषताहरू

मत्तीको सुसमाचारको पुस्तक खासगरि यहूदी पाठकहरूका लागि लेखिएको थियो भने मर्कूसको पुस्तक गैर-यहूदीहरूका लागि। तर लूकाको सुसमाचारको पुस्तकचाहिं सबै राष्ट्रका मानिसहरूका लागि थियो। इस्वी संवत्‌ ५६-५८ तिर लेखिएको यो पुस्तक येशूको जीवन र सेवकाईको विस्तृत विवरण हो।

अरूको ख्याल राख्ने होसियार डाक्टर भएकोले तिनले “पहिलेदेखि नै सबै कुरा . . . ठीक-ठीक” गरेर लेखेका छन्‌ र ३५ वर्ष अर्थात्‌ ईसापूर्व ३ देखि इस्वी संवत्‌ ३३ सम्मको घटना ढाकेका छन्‌। (लूका १:३) लूकाको सुसमाचारको पुस्तकमा पाइने झन्डै ६० प्रतिशत विषयवस्तु अरू सुसमाचारको पुस्तकमा पाइँदैन।

सेवकाईको सुरुतिर

(लूका १:१–९:६२)

बप्तिस्मा दिने यूहन्‍ना र येशूको जन्मबारे बताएपछि सिजर टाइबेरियसको शासनकालको १५ औं वर्षमा अर्थात्‌ इस्वी संवत्‌ २९ को वसन्त ऋतुमा यूहन्‍नाले आफ्नो सेवकाई सुरु गरे भनी लूका बताउँछन्‌। (लूका ३:१, २) सोही वर्षको हेमन्त ऋतुमा यूहन्‍नाले येशूलाई बप्तिस्मा दिन्छन्‌। (लूका ३:२१, २२) इस्वी संवत्‌ ३० सम्ममा ‘येशू गालीलमा फर्कनुहुन्छ र सभाघरहरूमा शिक्षा दिनुहुन्छ।’—लूका ४:१४, १५.

येशू गालीलमा प्रथम चोटि प्रचार अभियानको लागि निस्कनुहुन्छ। उहाँले भीडलाई यसो भन्‍नुहुन्छ: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ।” (लूका ४:४३) उहाँले आफूसँग जलाहारी शिमोन र अरूलाई पनि लग्नुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “अब उप्रान्त तिमी मानिसहरू पक्रने हुनेछौ।” (लूका ५:१-११; मत्ती ४:१८, १९) गालीलमा प्रचार गर्न दोस्रो चोटि जाँदा १२ जना प्रेरितहरू उहाँसँगै छन्‌। (लूका ८:१) तेस्रो चोटि जाँदा उहाँले १२ जनालाई “परमेश्‍वरको राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्नलाई” पठाउनुहुन्छ।—लूका ९:१, २.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:३५—मरियम गर्भवती हुँदा के उनको डिम्ब प्रयोग गरियो? मरियमको बच्चा यहोवाले प्रतिज्ञा गर्नुभएझैं साँच्चै नै अब्राहाम, यहूदा र दाऊदको वंशको हुन उनको डिम्ब प्रयोग गरिनुपर्थ्यो। (उत्प. २२:१५, १८; ४९:१०; २ शमू. ७:८, १६) तर परमेश्‍वरको पुत्रको सिद्ध शरीर मरियमको गर्भमा सार्नको लागि यहोवाको पवित्र आत्मा चलाइयो र मरियम गर्भवती भइन्‌। (मत्ती १:१८) यसो गर्दा असिद्धताको कारण मरियमको डिम्बमा हुन सक्ने खराबीले भ्रूणलाई असर नगरेको र सुरुदेखि नै सबै प्रकारको हानिदेखि सुरक्षित राखेको जस्तो देखिन्छ।

१:६२—के जकरिया लाटा र बहिरा भएका थिए? अहँ, थिएनन्‌। तिनी बोल्न मात्र सक्दैन थिए। तिनी बहिरा भएकोले तिनी आफ्नो छोरोको नाउँ के राख्न चाहन्छन्‌ भनी अरूले तिनलाई ‘इशारा गरेर’ सोधेका थिएनन्‌। आफ्नो छोरोको नाउँ राख्नेबारे आफ्नी पत्नीले भनेको कुरा तिनले सुनेको हुनुपर्छ। सायद यसबारे अरूले जकरियालाई इशारा गरेर सोधेको हुनुपर्छ। तिनको बोलीलाई मात्र ठीक गर्नुपरेको तथ्यबाट तिनको श्रवण-शक्‍ति ठीकै भएको कुरा स्पष्ट हुन्छ।—लूका १:१३, १८-२०, ६०-६४.

२:१, २—“यो पहिलो पल्टको जनसंख्या थियो” भनी लूकाले बताए। यसले येशूको जन्ममिति थाह लगाउन कसरी मदत गर्छ? सिजर अगस्तसको शासनकालमा एकचोटि भन्दा बढी नै जनगणना लिइएको थियो। पहिलो गणना ईसापूर्व २ मा लिइएको थियो जुन दानियल ११:२० को भविष्यवाणीको पूर्ति थियो र दोस्रो चाहिं इस्वी संवत्‌ ६ वा ७ मा लिइएको थियो। (प्रेरि. ५:३७) यी दुवै गणनाको बेला सिरियाका बडा-हाकिम क्युरिनियस थिए। यसबाट तिनी दुई चोटि यो ओहदामा रहेको स्पष्ट हुन्छ। लूकाले पहिलो पल्टको जनसंख्या भनी उल्लेख गर्नुबाट येशूको जन्म ईसापूर्व २ मा भएको स्पष्ट हुन्छ।

२:३५—मरियमको प्राणलाई कसरी “तरवारले” वारपार छेंड्‌ने थियो? अधिकांश मानिसहरूले येशूलाई मसीहको रूपमा इन्कार गरेको देख्दा र उहाँको पीडादायी मृत्यु हुँदा मरियमले महसुस गर्ने वेदना र दुःखलाई यसले संकेत गर्छ।—यूह. १९:२५.

९:२७, २८—येशूका कोही-कोही चेलाले उहाँलाई राज्यमा आउँदै गरेको नदेखुन्जेल तिनीहरूले “मृत्यु चाख्नेछैन” भनी प्रतिज्ञा गर्नुभएको “आठ दिनपछि” येशू स्वर्गमा उक्लिनुभयो भनी लूकाले बताएका छन्‌। तर मत्ती र मर्कूस दुवैले चाहिं “छ दिनपछि” भनेका छन्‌। किन? (मत्ती १७:१; मर्कू. ९:२) लूकाले थप दुई दिन अर्थात्‌ येशूले प्रतिज्ञा गरेको दिन र त्यसको पूर्तिको दिन पनि जोडेको हुनुपर्छ।

९:४९, ५०—येशूको पछि नलागे तापनि एक जना मानिसले उहाँको नाउँमा भूतहरू निकालिरहेको थियो तर उहाँले तिनलाई रोक्नुभएन, किन? त्यतिबेला मसीही मण्डली स्थापना भई नसकेकोले येशूले त्यस मानिसलाई रोक्नुभएन। तसर्थ, येशूमा विश्‍वास गर्न र भूतहरूलाई निकाल्न उहाँको पछि नै लाग्नुपर्छ भन्‍ने थिएन।—मर्कू. ९:३८-४०.

हाम्रो लागि पाठ:

१:३२, ३३; २:१९, ५१. भविष्यवाणीहरू पूरा भएको घटना र भनाइ मरियमले आफ्नो मनमा राखिरहिन्‌। उहाँले भन्‍नुभएको कुरा र अहिले भइरहेका घटनाहरू तुलना गर्दै के हामी “जगत्‌को अन्त”-बारे येशूले गर्नुभएको भविष्यवाणीलाई मोल गर्छौं?—मत्ती २४:३.

२:३७. स्थिर भई यहोवाको उपासना गर्नुपर्छ, ‘प्रार्थनामा अटूटसँग लागिरहनुपर्छ’ र मसीही सभाहरूमा “एक ठाउँमा भेला हुनलाई” छोड्‌नु हुँदैन भन्‍ने पाठ हन्‍नाको उदाहरणबाट सिक्छौं।—रोमी १२:१२; हिब्रू १०:२४, २५.

२:४१-५०. यूसुफले जीवनमा आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिए र आफ्नो परिवारको शारीरिक र आध्यात्मिक हितको ख्याल राखे। यस क्षेत्रमा तिनले परिवारका शिरहरूका लागि असल उदाहरण बसाले।

४:४. हामीले हरेक दिन आध्यात्मिक कुराहरूबारे विचार गर्नुपर्छ।

६:४०. परमेश्‍वरको वचनका शिक्षकको हैसियतमा हामीले आफ्नो विद्यार्थीको लागि असल उदाहरण बसाल्नै पर्छ। भनाइअनुरूप गराइ पनि हुनैपर्छ।

८:१५. ‘वचन जोगाई राख्न र धीरजसित फल फलाइराख्न’ हामीले परमेश्‍वरको वचन बुझ्नुपर्छ, यसको कदर गर्नुपर्छ र त्यसैमा लाग्नुपर्छ। बाइबल र बाइबल आधारित प्रकाशनहरू पढ्‌दा प्रार्थनापूर्वक मनन गर्नै पर्छ।

येशूको सेवकाईको अन्ततिर

(लूका १०:१–२४:५३)

येशूले आफूभन्दा अगाडि अरू ७० जनालाई यहूदाको सहर र गाउँमा पठाउनुहुन्छ। (लूका १०:१) उहाँ “शहर शहर र गाउँ गाउँ भएर शिक्षा दिंदै” हिंड्‌नुहुन्छ।—लूका १३:२२.

इस्वी संवत्‌ ३३ को निस्तार चाडको पाँच दिनअघि येशू बछेडा चढेर यरूशलेम प्रवेश गर्नुहुन्छ। उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभएको यो कुरा पूरा हुने समय आएको छ: “मानिसको पुत्रलाई धेरै दुःख उठाउनु, बूढा-प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट इन्कार हुनु, मारिनु र तेस्रो दिनमा पुनरुत्थान हुनु आवश्‍यक छ।”—लूका ९:२२, ४४.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

लूका १०:१८—“मैले शैतानलाई स्वर्गबाट बिजुलीझैं खसिरहेको देखें” भनेर येशूले आफ्ना ७० जना चेलाहरूलाई भन्‍नुहुँदा उहाँले के संकेत गरिरहनुभएको थियो? येशूले यसो भन्‍नुको तात्पर्य शैतानलाई स्वर्गबाट फ्याँकिसकेको छ भन्‍ने थिएन। त्यो त येशू सन्‌ १९१४ मा राजा भएको केही समयपछि मात्र भयो। (प्रका. १२:१-१०) यसो भन्‍नुको अर्थ यही हो भनेर हामी ठोकुवा त गर्न सक्दैनौं तर येशूले पछि हुने घटना बताउन भूतकाल चलाएर त्यो पक्कै हुनेछ भनेर जोड दिइरहनुभएको थियो।

१७:३४-३७—“गिद्धहरू” को हुन्‌ र तिनीहरू भेला हुने “लाश” के हो? ‘लगिएकाहरू’ अर्थात्‌ उद्धार गरिएकाहरूलाई दूरदर्शी गिद्धहरूसित तुलना गरिएको छ। तिनीहरू भेला हुने “लाश” भनेको साँचो ख्रीष्टको अदृश्‍य उपस्थिति र यहोवाले तिनीहरूलाई उपलब्ध गराउनुहुने आध्यात्मिक भोजन हो।—मत्ती २४:२८.

२२:४४—येशूले किन त्यतिबिघ्न पीडा महसुस गर्नुभयो? यसका थुप्रै कारणहरू छन्‌। अपराधीको रूपमा आफू मर्नुपर्दा यहोवा परमेश्‍वर र उहाँको नाउँमा कस्तो असर पार्नेछ भनी उहाँ चिन्तित हुनुहुन्थ्यो। यसबाहेक, उहाँको अनन्त जीवन र सम्पूर्ण मानिसजातिको भविष्य उहाँ विश्‍वासी रहिरहनुमा निर्भर छ भनी येशूलाई राम्ररी थाह थियो।

२३:४४—के सूर्यग्रहणको कारणले गर्दा नै तीन घण्टासम्म अन्धकार छाएको थियो? थिएन। सूर्यग्रहण पूर्णिमाको बेलामा नभई औंसीको बेला मात्र लाग्छ र निस्तार चाडको दिन पूर्णिमा थियो। येशूको मृत्युको बेला छाएको अन्धकार परमेश्‍वरले गर्नुभएको चमत्कार थियो।

हाम्रो लागि पाठ:

११:१-४. यो निर्देशनलाई झन्डै १८ महिनाअघि डाँडाको उपदेशमा अलि फरक शब्दहरू चलाइएको नमुना प्रार्थनासित तुलना गरेर हेर्दा के स्पष्ट हुन्छ भने, हाम्रो प्रार्थनामा केही खास शब्दहरू मात्र दोहोरिरहनुहुँदैन।—मत्ती ६:९-१३.

११:५, १३. यहोवा हाम्रो प्रार्थनाको जवाफ दिन इच्छुक हुनुभए तापनि हामीले अटूट रूपमा प्रार्थना गर्न छोड्‌नु हुँदैन।—१ यूह. ५:१४.

११:२७, २८. विश्‍वासीपूर्वक परमेश्‍वरको इच्छाबमोजिम गर्दा मात्र साँचो आनन्द पाउन सकिन्छ, पारिवारिक सम्बन्ध वा भौतिक उपलब्धिबाट होइन।

११:४१. कृपास्वरूप दिइने उपहार मायालु र इच्छुक हृदयबाट आएको हुनुपर्छ।

१२:४७, ४८. आफ्नो जिम्मेवारी थाह नभएको वा राम्ररी नबुझेको व्यक्‍तिभन्दा ठूलो जिम्मेवारी पाएको तर पूरा नगर्ने व्यक्‍ति अझ धेरै दोषी हुन्छ।

१४:२८, २९. आफ्नो औकातअनुसार जीवन बिताउनु बुद्धिमानी हो।

२२:३६-३८. येशूले आफ्ना चेलाहरूलाई आत्म-रक्षाको लागि हतियार बोक्न भन्‍नुभएन। उहाँलाई धोका दिइने रात तिनीहरूले तरवार बोकेकोले येशूले तिनीहरूलाई यो महत्त्वपूर्ण पाठ सिकाउने मौका पाउनुभयो: “तरवार लिनेहरू सबै जना तरवारैबाट नष्ट हुनेछन्‌।”—मत्ती २६:५२. (w08 3/15)

[पृष्ठ ३१-मा भएको चित्र]

यूसुफले परिवारको शिरको रूपमा असल उदाहरण बसाले

[पृष्ठ ३२-मा भएको चित्र]

लूकाले येशूको जीवन र सेवकाईको सबैभन्दा विस्तृत विवरण लेखे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने