आउँदो हजार वर्षका लागि अहिले देखिन् सङ्गठित् हुने
“तिनीहरू . . . उहाँसङ्ग हजार वर्ष सम्म राज्य गर्नेछन्।”—प्रकाश २०:६
१. आज देखिन् प्राय: हजार वर्ष पश्चात् पृथ्वीमा के कस्तो अवस्था कायम हुनेछ!
के भन्नु भएको! आज देखिन् हजार वर्ष पछि पनि मानिसजाति पृथ्वीमा हुने छन् र? अवश्य हुनेछन्! र त्यति मात्र होइन। त्यस बेला सारा मानिसजातिको शरीर, हृदय र मन सिद्ध हुनेछ। मानव अस्तित्वको आरम्भमा, प्रथम पुरूष र स्त्रीको जस्तै। हो, अहिले देखिन् हजार वर्ष पश्चात्, मानिसहरू तिनीहरूका परमेश्वर र पुनरूद्धारकर्ताको स्वरूपमा हुनेछन्। (उत्पत्ति १:२६-३०) तिनीहरूले “अदनको बगैंचा,” आनन्दको प्रमोदबनमा, पूर्णतया जीवनको आनन्द उठाउनेछन्। त्यो सफा गरिएको पृथ्वीमा अटाई-नअटाई मानिसहरू हुनेछैन। (उत्पत्ति २:१५) यी कुराहरू, सृष्टिकर्ताले शुरूमा पृथ्वी र त्यसमा बास गर्नेहरूको निम्ति रच्नु भएको उद्देश्य अनुसार हुनेछ। यो सुन्दर उद्देश्यको पूर्ति द्वारा सृष्टिकर्ताको महिमा हुनेछ। किनभने हर प्रकारको विरोध हुँदाहुँदैं पनि सारा मानवजातिलाई आशिष दिने आफ्नो प्रेमपूर्ण प्रतिज्ञा उहाँले वफादारी साथ पुरा गर्नुभएको हुनेछ।
२, १९. शताब्दी अघिका मानिसहरूले सिद्ध मानिसजातिको एउटा अग्रिम दृश्य कसरी पाए?
२ यो महान पूर्तिले परमेश्वरको हजार वर्षे राज्यलाई शोभा दिनेछ। यो राज्यमा परमेश्वरको महिमित पुत्र राजा हुनुहुनेछ जसले प्राय: १९ शताब्दि अघि पृथ्वीमा ३३ १/२ वर्ष एउटा सिद्ध मानिस भएर बिताउनु भएको थियो। उहाँको त्यति बेलाको उपस्थिति बारे एसो भनेर लेखिएको छ: “वचन देह हुनुआयो, र हाम्रा बीचमा अनुग्रह र सत्यले पूर्ण भइ बास गर्यो, औ हामीले उहाँको महिमा, पिताबाट आउनुभएको एकलो पुत्रको जस्तो महिमा देख्यौं । (यूहन्ना १:१४) यस प्रकार, इस्राएलका मानिसहरूले येशू ख्रीष्टमा एक जना सिद्ध मानव व्यक्ति देख्न पाए। (लूका ३:२३, ३८) हो, १९ शताब्दि अघिका मानिसहरूले आउँदो पार्थिव प्रमोदवनमा सिद्ध पारिएका मानिसहरू कस्तो हुनेछन्, सो देखे।
३ यहोवाको राज्यमा येशू ख्रीष्ट र उहाँको गौरवमय १४४,००० चेलाहरूले हजार वर्ष सम्म शासन गर्नेछन् भनेर अगमवाणी गरिएको थियो। त्यो हजार वर्षे राज्य बारे, वृद्ध प्रेरित यूहन्नाले यसो भनेर लेख्नु भयो: “मैले सिंहासनहरू र तीमाथि बस्नेहरूलाई देखें, र तिनीहरूलाई इन्साफ गर्ने अख्तियार दिइयो। औ येशूको साक्षीको निम्ति, र परमेश्वरको वचनको निम्ति शिर काटिएकाहरू, र त्यस जानवरलाई र त्यसको मूर्ति पूजा नगर्नेहरू र त्यसको चिन्ह निधारमा र हातमा नलिनेहरूका आत्माहरूलाई मैले देखें। तिनीहिरू फेरि बाँचे र ख्रीष्टसँग एक हजार वर्ष सम्म राज्य गरे। (बाँकी मरेकाहरूचाहिं त्यो एक हजार वर्ष नबितुञ्जेल वाँचेनन्। पहिलो पुनरूत्थानमा भाग पाउने धन्य र पवित्र हो! तिनीहरूमाथि दोस्रो मृत्युको शक्ति हुँदैन तर तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्।”—प्रकाश २०:४-६
४ हजार वर्षलाई सहस्र वर्ष पनि भन्छन्। यसकारण ख्रीष्टको शासनकाललाई सहस्र वर्षको स्थायी राज्य पनि भन्छन्। बाइबलको यो शिक्षालाई स्वीकारगरेर अरूहरूलाई सिकाउनेहरूलाई कहिले, अंग्रेजीमा मिलेनेरियन्स वा किल्यिस्ट पनि भन्ने गर्छन्। किनभने युनानी भाषामा हजारलाई किलिया भन्छन्। चाखलाग्दो कुराके हो भने, प्रहरीदुर्ग प्रकाशन सोसाइटीले केही समय अघि प्रकाशन गरेको स्टडीज इन द स्क्रीपचर्स शुरूमा सहस्र वर्ष स्थायी उषा कहलाइनथियो। अन्तर्जातीय बाइबल विद्यार्थीहरूको सङ्गीत पुस्तकलाई पनि सहस्र वर्ष स्थायी उषाको भजनहरू भन्ने गरथिए।
५ प्रकाश २०:४ मा उल्लेखित “हजार वर्ष” लाक्षणिक होइनन्। ती एक हजार सौर्य सालहरू हुन्। त्यो सहस्र वर्ष रहुञ्जेल्, शैतान र त्यस्का प्रेतहरू अगाध खाँदमा हुनेछन्, किनभने प्रेरित यूहन्नाले एसो भन्नुभएको छ: “अनि अगाध खाँदको साँचो र एउटा ठूलो साङ्गलो हातमा लिएको एउटा दूत स्वर्गबाट ओर्लेर आएको मैले देखें। औ तिनले त्यस अजीङ्गरजस्तो जानवर, त्यो पुरानो सर्प, जो दियाबल र शैतान पनि हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधे, र हजार वर्ष भुक्तान नहोउञ्जेल त्यसले जाति जातिलाई फेरि नठगोस् भनेर तिनले त्यसलाई अगाध खाँदमा फालिदिए। औ त्यसलाई बन्द गरेर त्यसमाथि छाप लगाए। त्यसपछि त्यो केही समयको निम्ति फुकाइनुपर्छ।”—प्रकाश २०:१-३
६ केही रोमन क्याथोलिकहरू, येशू ख्रीष्टका हजार वर्षे राज्य १७९९ मा शुरू भयो भन्छन्। किनभने, त्यो सालमा फ्रान्सका सेनाहरूले रोमलाई कब्जा गरेको थियो। तिनीहरूले पोपलाई राजगद्दीबाट हटाइदिएर फ्रान्समा पठाइदिए जहाँ उनको कैदावस्थामै मृत्यु भयो। क्याथोलिक धर्मगुरूहरूको भनाइ अनुसार, शैतान र त्यस्का प्रेतहरू, आफ्ना भ्रान्तिजनक काम “थोरै समयको लागि” फेरि प्रारम्भ गर्न “अगाध खाँदबाट” छुटे। (प्रकाश २०:१-३, क्याथोलिक डुवे अनुवाद) यो सत्य हो भने ता, त्यो “थोरै समय” चलेको आज १९० वर्ष भइ सक्यो र अन्तको पनि केही टुङ्गो देखिएन।
७ तथापि, शास्त्र अनुसार, येशू ख्रीष्टको हजार वर्षे शासन भविष्यमा आउनु बाँकीनै छ। बाइबलको अगमवाणीको वर्तमान पूर्ति अनुसार त्यो अति नै नजिक छ। आँउदो साँचो हजार वर्षे राज्य भरि, शैतान र त्यस्का प्रेतहरू वास्तवमा अगाध खाँद भित्र बन्द हुनेछन् तब येशू ख्रीष्ट र उहाँको १४४,००० सह शासकहरूले शैतानको सङ्गठनबाट कुनै हस्तक्षेप बिना, सारा मानव जाति माथि शासन गर्नेछन्। यो दुष्ट रीतिरिवाजको अन्तमा पहिला कहिले नभएको “सङ्कष्ट” हुनेछ। यो सङ्कष्ट बाट “ठूलो भीड़” बाँच्ने छ र यहोवाले आफ्नो “मित्र” अब्राहाम सँग, सारा मानिसजातिलाई अनन्त आशिष दिने जुन प्रतिज्ञागर्नु भएको थियो, त्यो प्रतिज्ञाको पूर्ति, सर्व प्रथम त्यो ठूलो भीड़बाट शुरू हुनेछ। त्यस पछि, येशू ख्रीष्ट अथवा “थुमाको रगत” द्वारा छुटकारा पाएर पुनरूत्थानमा आउने अरबौं व्यक्तिहरूले पनि, त्यो प्रतिज्ञा बाट लाभ उठाउनेछन्। (याकूब २:२१-२३; प्रकाश ७:१-१७; उत्पत्ति १२:३; २२:१५-१८; मत्ती २४:२१, २२) तिनीहरू मृत्युको निद्रा देखिन् आफ्नो चिहान बाट पृथ्वीमा जीवन पाउन आउनेछन्।—यूहन्ना ५:२८, २९
मसीही सङ्गठन।
८ ईश्वरीय उद्देश्यको पूर्तिमा, ती आशिषहरू भन्दा शताब्दियौं अघि, एउटा नया सङ्गठन स्थापित् हुनगएकोछ। त्यो सङ्गठन बारे, एसो भनिएको छ: “कोही ख्रीष्टमा छ भने, त्यो नया सृष्टि हुन्छ।” “किनभने नया सृष्टि बाहेक, [प्राण-धारी, किंग जेम्स भर्जन अनुवाद] नता खतना केही हो, न बेखतना।” (२ कोरिन्थी ५:१७; गलाती ६:१५) सन् १९०४ मा, दी न्यु कृएशन् भन्ने पुस्तकले प्रथम शताब्दि सी ई मा स्थापित भएको यो नया सङ्गठन तर्फ ध्यान आकर्षित गराएको थियो। (स्टडीज इन दी स्कृपचर्स, सिरिज VI, स्टडी V, जस्को शिर्षक थियो, “नया सृष्टिको सङ्गठन्”) अन्यजातिहरूको समय १९१४मा शेष हुनुको अर्थ, त्यस पुस्तकमा दिइए अनुसार, मानव इतिहासको प्रथम विश्वयुद्ध पश्चात् हुनेवाला एउटा महान सङ्गठन्को काम बारे केही थाहै थिएन।—लूका २१:२४, किंग जेम्स अनुवाद।
९ सन् १९१८, प्रथम विश्वयुद्धको अन्त सम्म आत्मिक नया सृष्टिको बचाव र युद्ध पछि सन १९१९ मा पनि तिनीहरू शारीरिक रूप मै बाँचीरहनु एउटा छक्क पर्दो कुरा भयो। साथै, हजार वर्षे राज्य पनि शुरू भएको थिएन। यसकारण, स्वर्गमा येशू ख्रीष्ट सँग सहस्र वर्षको राज्यको काममा भाग लिनु भन्दा अघि, नया सृष्टिका शेष जनहरूको निम्ति यस पृथ्वीमा काम बाँकीनै रहेछ भन्ने कुरा स्पष्ट भयो। शेष जनहरूलाई पुन:जागृत र पुन:सङ्गठित् पार्ने ठूलो आवश्यकता देखियो। फल:स्वरूप, साम्ने रहेको रोमाञ्चकारी कामको निम्ति दृढ़ विश्वास र उत्सुकता लिएर, तिनीहरू अघि सरे।
१० यो दुष्ट रीतिरिवाजको विध्वंशकारी अन्तमा केही मानिसहरू बाँचेर येशू ख्रीष्टको सहस्र वर्षे राज्यमा प्रवेश गर्नेछन् भन्ने आशा राखेका थिए। विशेषगरी, “आजका जीवित लाखौं - कहिले नमर्लान्” शिर्षक भएको सार्वजनिक भाषण, सन १९१८, लसेन्जलिस, केलिफरनियामा दिइए पछि। भविष्यका यी, हारमागेदोनमा बाँच्ने लाखौंलाई सङगठि पार्नु पर्छ र? (प्रकाश १६:१४-१६) “नया पृथ्वीको” भाग भएर सहस्र वर्षे राज्यमा प्रवेश गर्नु भन्दा अधि के तिनीहरूले शेष जनहरू सँग मिलेर राज्यको प्रचार गर्नेकाममा साथ दिने हो र? (२ पत्रुस ३:१३) यी प्रश्नहरूका उत्तर, विश्व-युद्ध पश्चात्का घटनाहरूले दियो।
११ असल गोठालो, येशू ख्रीष्टका, यी शब्दहरू साम्ने आए: “मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्, तिनीहरूलाई पनि मैले ल्याउनु परेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, औ तिनीहरू एकै बगाल र एकै गोठालाका हुनेछन्।” (यूहन्ना १०:१६) महा-युद्ध पश्चात्हुने कामको निम्ति, सन् १९१९ देखिन्, शेष अभिषिक्त जनहरू सङगठि पार्न र केही समय पछि अरू भेड़ा पनि शेषजनहरू संग मिलेर एउटै बगाल हुनु परेको भए, के गर्ने? ती शेषजनहरू सँग सँगै अरू भेड़ाहरू पनि सङगठि हुनुपर्यो! अरू भेड़ाहरूको एउटा पार्थिव, आनन्दको प्रमोदवनमा बस्ने बेग्लै आशा भयो भन्दैमा तिनीहरू र शेषजनरूको बीच केही मतभेद हुनुपर्ने कारण थिएन। सबै एकै गोठालो पछि लागेका थिए र परमेश्वरको राज्यमा अभिषिक्त जनहरू महीमित नहोउञ्जेल् यी दुई वर्गहरू अलग्गिनु पर्ने खाँचो थिएन।
१२ पाप र मृत्यु बाट मानिसको छुटकारा, शैतानको संसार र शासनको अन्त, र पृथ्वीभरि पुन:स्थापित् प्रमोदवनमा आज्ञाकारी मानिसको पुनर्बास, सबै यहोवाका प्रेमपूर्ण उद्देश्यका विशेषताहरू हुन्। तर सारा ब्रह्माण्डको निम्ति एउटा अझ महत्वपूर्ण कुरा छ। त्यो के हो? त्यो हो, यहोवा परमेश्वरको विश्वव्यापी सार्वभौमिकता र उहाँको पवित्र नामको पुष्टिकरण। वर्तमान राजा येशू ख्रीष्टको हातमा सुम्पिएको यहोवाको राज्यको प्रचार गर्ने बेला आयो भन्ने कुरालाई, इन्टरन्याश्नल बाइबल स्टुडेण्ट्सहरूको सन् १९२२को सिडर पोइन्ट, ओहायोको सम्मेलनमा विशेष महत्व दिइयो। सन १९१४ मा अन्य-जातिहरूको समय समाप्त भइसकेको हुनाकारण, येशूले गर्नुभएका यो अगमवाणी पूरा हुने समय आएको थियो: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) यहोवाको पवित्र नाम र विश्वव्यापी सार्वभौमिकताको पुष्टिकरण गर्ने राज्य स्वर्गमा सन् १९१४मा स्थापित् भइसकेको थियो र येशू ख्रीष्ट आफ्ना शत्रुहरूको माझमा शासन गर्नु हुँदै थियो। यो वैभवशाली सुसमाचारको प्रचार हुनु परेको थियो। हर उपलब्ध उपायको प्रयोग द्वारा, राजा र राज्यको घोषणा गर्नु आवश्यक थियो !
१३ यहोवा सर्वोच्च र सर्वश्रेष्ठ हुनुहुन्छ। यसकारण, उहाँ विश्वव्यापी व्यवस्थापक पनि हुनुहुन्छ। यो संसारको अन्त आउनु अघि नै, उहाँले यहाँ पृथ्वीमा आफ्नो राज्यको अन्तर्राष्ट्रीय स्तरमा प्रचार गराउने प्रबन्ध मिलाउनु भयो। उहाँको इच्छा पुरा गर्नको निम्ति, अभिषिक्त जनहरूका शेष सदस्यहरू एउटा अन्तर्राष्ट्रीय सङ्गठन्मा सङगठित् भये। शैतानले यहोवाको विश्वव्यापी सार्वभौमिकतालाई चुनौती दिएको हुनाकारण, एक पटक, सधैंको निम्ति, यो इश्वरीय सार्वभौमिकताको औचित्य र वास्तविकताको पुष्टिकरण र सत्यता प्रदर्शन हुनैपर्छ भनेर यिनीहरूले घोषणा गर्नु परेको थियो।
सहस्र वर्षे राज्य अघि व्यवस्थापना
१४ हाम्रा इश्वी संवत शुरू हुनुभन्दा १५ शताब्दी अघी देखिनै, यस पृथ्वीमा यहोवाको दृश्य सङ्गठन् थियो। आफ्नो अगमवक्ता मोशालाई मध्यस्थको रूपमा प्रयोग गर्दै, बाइबल इतिहासको प्रथम विश्व-शक्ति, मिश्र बाट, इस्राएली जातिले छुटकारा पाए पछि, उहाँले तिनीहरूलाई सङगठित् पार्नु भयो। मोशा द्वारा दिइएको व्यवस्था अनुसार, इस्राएली जाति यहोवाको विश्वव्यापी सङ्गठन्को दृश्य भाग हुनुगयो। परमेश्वरका यी चुनिएका जनहरू मध्य एक जना प्रमुख व्यवस्थापक गोठालो-राजा दाउद हुनुहुन् थियो र उहाँ बारे यसरी लेखिएको छ: “दाउदले तिनीहरूलाई [यहोवाको मन्दिरमा सेवा गर्ने लेवीहरूलाई] लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँमा भाग-भाग गरी बाँड़िदिए।” “तिनले तिनीहरूको बीचमा गोला हालेर काम गर्ने नियम बनाए। किनभने एलाजार र ईर्तमारका सन्तानमा परमेश्वरका निम्ति काम गर्ने कुल-नायक र पवित्र काम गर्ने कुलनायकहरू थिए।”—१ इतिहास २३:३, ६; २४:१, न्यु इंग्लीश बाइबलको अनुवाद।
१५ दाउदको समय भन्दा सयौं वर्ष अघि, इस्राएलीहरू मिस्र बाट हूलदङ्गा र गड़बड़ी साथ निस्केनन्। तिनीहरूको प्रस्थान क्रमबद्ध र नियमपूर्वक थियो। तिनीहरूका मध्यस्थ, मोशाले व्यवस्थापकको काम राम्रो संग गरेको देखिन्छ। अन्यजातिहरू पनि एउटा ठूलो हूल बाँधेर इस्राएलीहरू संग, चमत्कार गर्न सक्ने तिनीहरूका परमेश्वर, मिश्रका सबै देवताहरू भन्दा शक्तिशाली यहोवा माथि भरोसा राख्दै मिश्रबाट निस्के। धेरै कष्टहरू पछि पनि, यहोवाका छानिएका जनहरू प्रति सद-भावना राख्ने यो “ठूलो मिश्रित दल,” त्यो डर लाग्दा सिनै पर्वत सम्मै परमेश्वरका जनहरू संग थिए। (प्रस्थान १२:३७-५१; गन्ती ११:४) पछि गएर, मोशाको उत्तराधिकारी, यहोशूको नेतृत्वमा, इस्राएलीहरू सँग सँगै त्यो मिश्रित दलले पनि प्रतिज्ञा गरिएको देशमा अवश्य प्रवेश गरे, किनभने परमेश्वरले त्यो देशमा यी परदेशीहरूकालागि बस्ने ठाँउको प्रबन्ध मिलाउने आदेश दिनु भयो।
१६ फिरौनको मिश्र बाट निस्केका त्यो ठूलो मिश्रित दल, आज २०वी शताब्दीको ठूलो भीड़को एउटा अग्रिम चित्र थियो। यी ठूला भीड़ आत्मिक इस्राएलीहरू होइनन्। तिनीहरू असल गोठाला, येशू ख्रीष्टका अरू भेंड़ाहरू हुन्। यिनीहरू, शेष अभिषिक्त जनहरू संग-संगै लाक्षणिक मिश्र, अर्थात यो विश्व रीतिरिवाज, र यस्को देव, महान फिरौन, अर्थात शैतान बाट सम्पूर्णतया छुटकारा पाउने आशा राखेका छन्। (यूहन्ना १०:१६; २ कोरिन्थी ४:४; प्रकाश ७:९) तर शैतानको संसारको हिंसात्मक विनाशमा वाँचेर, महान यहोशू, येशू ख्रीष्टको नेतृत्वमा नया संसारमा प्रवेश गर्नको निम्ति यिनीहरूले के गर्नुपर्छ? (२ पत्रुस ३:१३) तिनीहरू यहोवाका दृश्य सङ्गठन्को केन्द्रविन्दु, अर्थात शेष अभिषिक्त जनहरू को सङ्गठनात्मक प्रबन्धहरू अनुसार हिड़नु पर्छ।
१७ विशेषगरि, २०वी शताब्दीको चौथो दशकको बीच देखिन् अरू भेड़ाहरूको ठूलो भीड़, महीमित गोठालो र राजा येशू ख्रीष्टको बगालमा संगठीत् भइरहेको छ। संयुक्त राष्ट्र सँघ जस्ता सङ्गठन्हरू हुँदा हुँदै पनि झन् झन् विघटित् भैरहेको संसारमा, यो ठूलो भीड़का सदस्यहरूले शेष अभिषिक्त जनहरूलाई हार्दिक समर्थन गर्छन्। यस प्रकार, तिनीहरूले यहोवाका पवित्र आत्माको एकत्रित पार्ने शक्तिको प्रमाण दिन्छन्। येशू ख्रीष्टको हजार वर्षे राज्यमा विशेष सेवा गर्ने आशा राख्दै, आज दृढ़ फैसलाका साथ यिनीहरू शेष जनहरू सँग सङ्गठित् भइ रहन्छन्। (w89 9/1)
◻ येशू ख्रीष्टका सहस्र वर्षे राज्य बारे बाइबलमा के सङ्केत दिएको छ?
◻ मानिसको मुक्ति भन्दा कुन कुरा सर्व महत्वपूर्ण हो?
◻ हाम्रा इश्वी संवत् भन्दा अघि, कुन सङ्गठन यहोवाका विश्व-व्यापी सङ्गठनको पार्थिव भाग भयो?
◻ ठूलो मिश्रित दलले चित्रित गरिएकाहरू हजार वर्षे राज्यमा कसरी प्रवेश गर्नेछन्?