प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ८/१ pp. २५-३०
  • “सब जातिहरूलाई” साक्षी दिने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सब जातिहरूलाई” साक्षी दिने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको आत्मा र सुसमाचार
  • आध्यात्मिक आवश्‍यकताबारे सजग
  • सुसमाचार प्रसारण गर्ने सफल तरिकाहरू
  • मसीही आचरण पनि एउटा साक्षी हो
  • दास वर्गले सही साधनहरू प्रदान गर्छ
  • हामी सबैको जिम्मेवारी छ
  • यहोवाको संगठनले तपाईंको सेवकाईलाई टेवा पुऱ्‍याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • आफूसित सत्य छ भनेर तपाईं किन पक्का हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • पहिला सुसमाचार प्रचार गरिएको हुनुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ८/१ pp. २५-३०

“सब जातिहरूलाई” साक्षी दिने

”राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४.

येशूका माथि उल्लिखित शब्दहरू उहाँका यहूदी चेलाहरूलाई कस्तो आश्‍चर्यलाग्दो भएको हुनुपर्छ! पवित्र यहूदीहरूले “अशुद्ध” “अन्यजातिहरू” सित कुरा गर्न जाने विचारै समेत पनि तिनीहरूको लागि नौलो, निन्दनीय कुरा हुन्थ्यो।a . . . भनौं भने, एक सदाचारी यहूदीले अन्यजातिको घरमा प्रवेश गर्ने विचार सम्म पनि गर्दैन थिए! ती यहूदी चेलाहरूले येशू, उहाँको प्रेम र उहाँको आज्ञाबारे थुप्रै कुरा सिक्नु बाँकि नै थियो।—प्रेरित १०:२८, ३४, ३५, ४५.

२ यहोवाका साक्षीहरूले आधुनिक दिनको इजराएल लगायत अन्य राष्ट्रहरूमा सुसमाचार प्रचार गरेका छन्‌ र पहिलेभन्दा बढी राष्ट्रहरूमा घोषणा गरिरहेका छन्‌। सन्‌ १९९४ मा लगभग २३० वटा मुलुकमा ४५ लाखभन्दा बढी साक्षीहरूले प्रचार गरिरहेका छन्‌। जिज्ञासु व्यक्‍तिहरूसित तिनीहरूले झन्डै ४५ लाख गृह बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका छन्‌। साक्षीहरूको शिक्षा अनि मनसायबारे प्रायजसो अज्ञानतामा आधारित विश्‍वव्यापी पूर्वाग्रहको बावजूद यो काम भइरहेको छ। प्रारम्भिक मसीहीहरूको बारेमा भनिएझैं तिनीहरूबारे पनि यसो भन्‍न सकिन्छ: “यस पन्थको विषयमा हामीलाई यति थाहा छ, कि जताततै मानिसहरू यसको विरूद्ध मात्रै बोल्दछन्‌।” (प्रेरित २८:२२) त्यसोभए तिनीहरूको सफल सेवकाईको श्रेय हामी कुन कुरालाई दिन सक्छौं? तिनीहरूको प्रगतिमा योगदान पुऱ्‍याउने कम्तिमा पनि तीन वटा तत्त्वहरू छन्‌—यहोवाको आत्माको नेतृत्वलाई पछ्याउने, येशूका व्यावहारिक तरिकाहरू अनुकरण गर्ने र प्रभावकारी छलफलको लागि सही साधनहरू प्रयोग गर्ने।

यहोवाको आत्मा र सुसमाचार

३ आफ्नो विशेष योग्यताले गर्दा सफल भएको भनी के यहोवाका साक्षीहरू घमण्ड गर्छन्‌? गर्दैनन्‌ किनभने येशूका यी शब्दहरू लागू हुन्छ: “जब तिमीहरूलाई अह्राएका सबै काम गरिसकेका हुन्छौ तब ‘हामी नालायक दास हौं किनकि हामीले ता कर्त्तव्य मात्र गरेका छौं,’ भनी भन।” समर्पित, बप्तिस्माप्राप्त मसीहीहरूको हैसियतमा यहोवाका साक्षीहरूले जस्तोसुकै व्यक्‍तिगत परिस्थितिको बावजूद परमेश्‍वरको सेवा गर्ने जिम्मेवारीलाई स्वेच्छापूर्वक स्वीकारेका छन्‌। त्यसो गर्नुको अर्थ कसै-कसैको लागि मिसनरीहरू अथवा शाखा कार्यालय र मसीही प्रकाशनहरू छाप्ने छापाखानाहरूमा स्वयंसेवकहरू भएर पूर्ण-समय सेवकाई गर्नु हो। केही व्यक्‍तिहरूका लागि भने, त्यस्तो मसीही इच्छुकताले गर्दा धार्मिक भवनहरूको निर्माण कार्य, अग्रगामी सेवकहरू भएर पूर्ण-समय प्रचार गर्न अथवा स्थानीय मण्डलीहरूमा प्रकाशकहरूको हैसियतमा प्रचार-कार्यमा आंशिक भाग लिनु हो। “हामीले ता कर्तव्य मात्र गरेका” हुनाले हामीमध्ये कसैले पनि पूर्ण औचित्यका साथ घमण्ड गर्न सक्दैनौं।—लूका १७:१०; १ कोरिन्थी ९:१६.

४ हामीले पाएको जुनसुकै सफलताको श्रेय यहोवाको आत्मा अथवा उहाँको सक्रिय शक्‍तिलाई दिन सक्छौं। अगमवक्‍ता जकरियाको समयमा जस्तै आज हामीले यो भन्‍नु उपयुक्‍त छ: “यरूबाबेलको निम्ति परमप्रभुको यो वचन छ, ‘नता बलले, न शक्‍तिले, तर मेरो आत्माले’ भनी सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ।” तसर्थ, साक्षीहरूको प्रचार-कार्यको विश्‍वव्यापी विरोधमाथि प्राप्त विजय मानव प्रयासले गर्दा नभई यहोवाको निर्देशन र सुरक्षाले सम्भव भएको छ।—जकरिया ४:६.

५ राज्यको समाचार सुन्‍ने व्यक्‍तिहरूबारे येशूले यसो भन्‍नुभयो: “‘अनि ती सबै जना परमेश्‍वरबाट सिकाइएका हुनेछन्‌’ भनी अगमवक्‍ताहरूका पुस्तकमा लेखिएको छ। पिताबाट सुन्‍ने र सिक्ने प्रत्येक मकहाँ आउँछ। . . . यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४५, ६५) यहोवाले मन अनि हृदय पढ्‌न सक्नुहुन्छ र उहाँलाई अझसम्म नचिने तापनि उहाँको प्रेमप्रति आकर्षित हुने सम्भाव्य व्यक्‍तिहरूलाई उहाँले चिन्‍नुहुन्छ। यस अनुपम सेवकाईलाई डोऱ्‍याउन उहाँले स्वर्गदूतहरू पनि चलाउनुहुन्छ। त्यसैकारण यूहन्‍नाले दर्शनमा स्वर्गदूतहरूको सहभागिता देखे अनि यसप्रकार लेखे: “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें।”—प्रकाश १४:६.

आध्यात्मिक आवश्‍यकताबारे सजग

६ एक जना व्यक्‍तिलाई सुसमाचार ग्रहण गर्ने मौका दिनुहुने अर्को कारण येशूले व्यक्‍त गर्नुभएको छ: “धन्य आत्मामा दरिद्र हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३) आत्म-तृप्त अथवा सत्यको खोजी नगर्ने व्यक्‍ति आध्यात्मिक आवश्‍यकताबारे सजग हुँदैन। उनले केवल भौतिक तथा शारीरिक कुराहरूबारे मात्र सोच्छ। आत्म-सन्तुष्टता एउटा अवरोध हुन जान्छ। तसर्थ, घर-घर जाँदा हामीले भेट्‌ने थुप्रै व्यक्‍तिहरूले हाम्रो समाचार सुन्‍न इन्कार गर्दा त्यस्तो प्रतिक्रिया व्यक्‍त गर्नाको बेग्लाबेग्लै कारणहरूलाई हामीले ध्यान दिनुपर्छ।

७ धेरैले सुन्‍न इन्कार गर्छन्‌ किनभने तिनीहरू ढिपी गरेर आफ्नो पुर्खाको धर्म मान्छन्‌ र वार्तालाप गर्न अनिच्छुक हुन्छन्‌। अरू भने आफ्नो व्यक्‍तित्वलाई सुहाउने धर्मप्रति आकर्षित भएको हुन सक्छ—केहीलाई रहस्यमय धर्म, भावनावाद मनपर्छ भने अरू चाहिं आफ्नो चर्चमा हुने सामाजिक क्रियाकलापहरूप्रति आकर्षित हुन्छन्‌। आज धेरैले परमेश्‍वरको स्तर विपरीतको जीवनशैली रोजेका छन्‌। शायद अनैतिक जीवन बिताइरहेको हुनाले तिनीहरू यस्तो बाहना गर्छन्‌, “मलाई चासो छैन।” शिक्षित तथा वैज्ञानिक भनी दाबी गर्ने अरू थुप्रै व्यक्‍तिहरू भने बाइबल साह्रै सरल छ भनी इन्कार गर्छन्‌।—१ कोरिन्थी ६:९-११; २ कोरिन्थी ४:३, ४.

८ अधिकांश मानिसहरूको तिरस्कारले के जीवन-रक्षक सेवकाईमा हाम्रो विश्‍वास र जोशलाई कम पार्छ? पावलले रोमीहरूलाई लेखेको शब्दबाट हामी सान्त्वना प्राप्त गर्न सक्छौं: “कसै कसैले विश्‍वास गरेनन्‌ भनेता के? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको सत्यतालाई रद्दी बनाउला त? त्यसो नहोस्‌, परमेश्‍वर सत्य र हरेक मानिस झूटो ठहरिओस्‌। जस्तो लेखिएको छ कि, ‘तपाईं आफ्ना वचनमा धर्मी ठहरिनुहोस्‌, र इन्साफ गर्न आउनुहुँदा विजयी हुनुहोस्‌।’”—रोमी ३:३, ४.

९ संसारभरि त्यस्ता देशहरू छन्‌ जहाँ मानिसहरू असाध्यै अग्रहणशील देखिन्थे, यद्यपि समयमा तिनीहरू ठीक विपरीत साबित भए। यी ठाउँहरूका थुप्रै उदाहरणहरूबाट हामी प्रोत्साहन लिन सक्छौं। त्यहाँ सोझा हृदय भएका व्यक्‍तिहरू छन्‌ भनी यहोवा र स्वर्गदूतहरूलाई थाहा थियो—तर यहोवाका साक्षीहरू आफ्नो सेवकाईमा लागिरहनु पर्थ्यो र धीरजी हुनुपर्थ्यो। उदाहरणको लागि ती देशहरूलाई विचार गर्नुहोस्‌, जहाँ ५० वर्षअघि क्याथोलिकवाद एउटा हटाउनै नसकिने अवरोधको रूपमा खडा थियो—अर्जेन्टिना, आयरलैण्ड, इटाली, कोलम्बिया, पुर्तुगाल, ब्राजिल, मेक्सिको र स्पेन। सन्‌ १९४३ तिर विश्‍वभरि जम्मा १,२६,००० साक्षीहरू थिए र तीमध्ये ७२,००० संयुक्‍त राज्यमा थिए। साक्षीहरूले सामना गर्नुपरेका अज्ञानता र पूर्वाग्रह भत्काउनै नसकिने इँटाको पर्खाल जस्तै देखिएको थियो। यद्यपि, तीमध्ये केही देशहरूमा प्रचार-कार्यमा सबैभन्दा सफल परिणामहरू भएका छन्‌। पहिलेका साम्यवाद देशहरूमा पनि यस्तै भएको छ। सन्‌ १९९३ मा युक्रेनको कीभमा बप्तिस्मा लिने ७,४०२ ले यसको प्रमाण दिन्छ।

१० आफ्ना छिमेकीहरूलाई सुसमाचार सुनाउन साक्षीहरूले कस्ता तरिकाहरू प्रयोग गरेका छन्‌? कसै कसैले दोषारोपण गरेझैं के तिनीहरूले धर्म परिवर्तन गर्नेहरू भेट्टाउन भौतिक प्रलोभनहरू दिने गरेका छन्‌? अरू केहीले दाबी गरेझैं के तिनीहरूले गरीब र अशिक्षितहरूलाई मात्र भेट्‌न गएका छन्‌?

सुसमाचार प्रसारण गर्ने सफल तरिकाहरू

११ अहिले हाम्रो समयमा पनि चेला बनाउने कार्यमा येशू र उहाँका चेलाहरूले बसाल्नुभएको पद्धतिलाई साक्षीहरूले पछ्याउँछन्‌। धनी होस्‌ वा गरीब, मानिसहरू हुने जुनसुकै ठाउँमा येशू जानुहुन्थ्यो—घरमा, सार्वजनिक स्थानहरूमा, तलाउ छेऊमा, पहाडी क्षेत्रमा र सभाघरहरूमा समेत।—मत्ती ५:१, २; ८:१४; मर्कूस १:१६; लूका ४:१५.

१२ आफ्नो सेवकाईबारे प्रेरित पावलले औचित्यका साथ यसो भन्‍न सके: “एशियामा पाइला टेकेको पहिलो दिनदेखिनै सबै समय तपाईंहरूसँग बिताएँ। . . . सो तपाईंहरूलाई थाहै छ। . . . कसरी तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूलाई देखाइदिन र घर-घरमा खुल्लमखुल्ला सिकाउन . . . म पछि हटिनँ।”—प्रेरित २०:१८-२०.

१३ घर-घरको सेवकाई गर्ने प्रेरितहरूको पद्धति पछ्याउनेहरू भनी यहोवाका साक्षीहरू सारा संसारभरि चिनिन्छन्‌। महँङ्‌गो, सतही र अमित्रैलो टि भि कार्यक्रमहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा साक्षीहरू धनी र गरीब, सबै व्यक्‍तिहरूलाई भेटेर कुरा गर्छन्‌। तिनीहरू परमेश्‍वर र उहाँको वचनबारे कुरा गर्न खोज्छन्‌।b तिनीहरू भौतिक चीजबीजहरू सित्तैंमा बाँडेर नाउँमात्रका मसीहीहरू बनाउन खोज्दैनन्‌। मानवजातिको समस्याको एकमात्र समाधान परमेश्‍वरको राज्य शासन हो र त्यही राज्यले हाम्रो पृथ्वीको अवस्थामा राम्रो गर्न परिवर्तन गर्नेछ भनी तिनीहरू तर्क गर्न चाहनेहरूलाई बताउँछन्‌।—यशैया ६५:१७, २१-२५; २ पत्रुस ३:१३; प्रकाश २१:४.

१४ यथासम्भव धेरै देशहरूमा प्रचार-कार्य सम्पन्‍न गर्न मिसनरी र अग्रगामीहरूले थुप्रै राष्ट्रहरूमा पूर्वतयारी गरिदिएका छन्‌। तिनीहरूले जग बसालेका छन्‌ र त्यसपछि स्थानीय साक्षीहरूले अगुवाइ लिएका छन्‌। तसर्थ, प्रचार-कार्यलाई अघि बढाउन र सुसङ्‌गठित राख्न धेरै विदेशी साक्षीहरूको खाँचो परेको छैन। एउटा उल्लेखनीय उदाहरण जापानको हो। सन्‌ १९४९ तिर विशेषगरि एसिया मूलका अस्ट्रेलियाबासी र बेलाइती मिसनरीहरू त्यहाँ गए, त्यहाँको भाषा सिके, युद्धपश्‍चात्‌को अविकसित अवस्थासित घुलमिल भए र घर-घर गएर प्रचार गर्न थाले। दोस्रो विश्‍व-युद्धताका जापानमा साक्षीहरू प्रतिबन्धित र सताइका थिए। अतः मिसनरीहरू आउँदा सक्रिय जापानी साक्षीहरू मुठीभर मात्र थिए। तर आज तिनीहरू वृद्धि भएर ३,००० भन्दा बढी मण्डलीहरूमा १,८७,००० भन्दा बढी भएका छन्‌! तिनीहरूका प्रारम्भिक सफलताको रहस्य के थियो? त्यहाँ २५ वर्षभन्दा बढी सेवा गरेका एक जना मिसनरी यसो भन्छन्‌: “मानिसहरूसित कुराकानी गर्न त्यहाँको भाषा सिक्नु सबैभन्दा महत्त्वपूर्ण थियो। तिनीहरूको भाषा सिक्दा हामी तिनीहरूसित आत्मीय हुन सक्यौं र तिनीहरूको जीवनशैली बुझ्न तथा मूल्याङ्‌कन गर्न सक्यौं। जापानीहरूलाई हामी माया गर्छौं भनी हामीले देखाउनु पर्थ्यो। हाम्रो मसीही मूल्यहरूको सम्झौता नगरिकन हामी नम्रतापूर्वक स्थानीय समुदायको भाग हुन खोज्यौं।”

मसीही आचरण पनि एउटा साक्षी हो

१५ मानिसहरूले बाइबलको समाचार मात्र सुनेका छैनन्‌। तिनीहरूले मसीही धर्मलाई व्यवहारमा उतारेको पनि देखेका छन्‌। गृह युद्ध, साम्प्रदायिक कलह र जातीय शत्रुता जस्ता कठिन परिस्थितिहरूमा पनि साक्षीहरूको प्रेम, मेलमिलाप र एकता तिनीहरूले देखेका छन्‌। सबै सङ्‌घर्षहरूमा साक्षीहरूले स्पष्ट मसीही तटस्थता कायम गरेका छन्‌ र येशूका यी शब्दहरू पूरा गरेका छन्‌: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गर्‌यौ भने, तिमीहरू यसैबाट मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३४, ३५.

१६ छिमेकीप्रति देखाइने प्रेमको उदाहरण एक वृद्ध मानिसले दिन्छ। तिनले “श्रीमान र श्रीमती भलादमी” बारे एउटा स्थानीय अखबारमा लेखे। तिनकी पत्नी मर्नै लाग्दा तिनका छिमेकीहरू उनीप्रति असल भए भनेर तिनले लेखे। तिनले लेखे: “मेरी पत्नीको मृत्युपश्‍चात्‌ त . . . तिनीहरू झनै असल भएका छन्‌। तिनीहरूले मलाई ‘स्वीकारेको’ हुनाले . . . सबै घरधन्दाहरू र अवकाशप्राप्त ७४ वर्षीय वृद्धको समस्याहरू समाधान गर्न मदत दिएका छन्‌। यी सबै कुराहरूमा सबैभन्दा अनौठो त यो पो हो, तिनीहरू अश्‍वेत हुन्‌ भने म श्‍वेत हुँ। तिनीहरू यहोवाका साक्षीहरू हुन्‌ तर म चाहिं पहिले क्याथोलिक थिएँ।”

१७ हाम्रो दैनिक आचरण लगायत थुप्रै ढङ्‌गमा हामी साक्षी दिन सक्छौं भनी उपरोक्‍त अनुभवले बताउँछ। वास्तवमा, जबसम्म हाम्रो आचरण ख्रीष्टको जस्तो हुँदैन तबसम्म हाम्रो सेवकाई अर्थहीन कपटी फरिसीहरूको जस्तो हुनेछ। येशूले वर्णन गर्नुभएका ती व्यक्‍तिहरू जस्तो हामी हुन चाहँदैनौं: “जे तिनीहरूले भन्छन्‌ ती गर र मान, तर तिनीहरूकै काम जस्तो चाहिं नगर, किनकि तिनीहरूले भन्द ता छन्‌, तर गर्दैनन्‌।”—मत्ती २२:३७-३९; २३:३.

दास वर्गले सही साधनहरू प्रदान गर्छ

१८ वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीद्वारा उत्पादित बाइबल साहित्यहरूको उपलभ्यता पनि सारा राष्ट्रहरूलाई सुसमाचार प्रचार गर्न अर्को महत्त्वपूर्ण तत्त्व साबित भएको छ। साँच्चै जान्‍न चाहने प्रायः सबै प्रश्‍नकर्त्तालाई सन्तुष्ट पार्न हामीसित पुस्तकहरू, पुस्तिकाहरू, पर्चाहरू र पत्रिकाहरू छन्‌। हामीले मुस्लिम, हिन्दू, बौद्धमार्गी, ताओमार्गी अथवा यहूदी भेट्यौं भने वार्तालाप थाल्न र सम्भवतः बाइबल अध्ययन गर्न म्यानकाइन्ड्‌स सर्च फर गड र अन्य विभिन्‍न पर्चाहरू तथा साना पुस्तिकाहरू चलाउन सक्छौं। विकासवादीले सृष्टिबारे प्रश्‍न गर्दा लाइफ—हाउ डिड इट गेट ह्‍यर? बाइ एभलुशन अर बाइ क्रिएशन? पुस्तक चलाउन सक्छौं। जवान मानिसले ‘जीवनको उद्देश्‍य के हो?’ भनी सोध्दा क्वेश्‍चन्स्‌ यङ्‌ग पिपल आस्क—आन्सर्स द्यात वर्क पुस्तक देखाउन सक्छौं। कोही व्यक्‍ति—निराशा, थकान, बलात्कार, पारपाचुकेजस्ता व्यक्‍तिगत समस्याहरूले पीडित छन्‌ भने त्यस्ता विषयहरूमा व्यावहारिक सुझावहरू दिने पत्रिकाहरू हामीसित छन्‌। साँच्चै नै, येशूले भविष्यवाणी गर्नुभएको विश्‍वासी दासवर्गले “ठीक ठीक समयमा खान” दिएर आफ्नो भूमिका निभाइरहेको छ।—मत्ती २४:४५-४७.

१९ तर राष्ट्रहरूसमक्ष पुग्न थुप्रै भाषाहरूमा साहित्यहरू उत्पादन गर्न आवश्‍यक भएको छ। बाइबल र शास्त्रीय साहित्यहरू २०० भन्दा बढी भाषाहरूमा अनुवाद गर्न कसरी सम्भव भएको छ? एउटा छोटो उदाहरणलाई ध्यान देऔं। त्यो हो, अल्बेनिया। निकै अप्ठ्याराहरूको बावजूद र कुनै आधुनिक पेन्तिकोसको मदतविना विश्‍वासी र बुद्धिमान दासले सुसमाचार विभिन्‍न भाषामा तत्काल प्रचार गर्न सक्षम भएको छ।—प्रेरित २:१-११.

२० केही वर्ष अघिसम्म पनि एकमात्र नास्तिक साम्यवादी देश भनी अल्बेनिया चिनिन्थ्यो। नेशनल जियोग्राफिक पत्रिकाले सन्‌ १९८० मा यो उल्लेख गऱ्‍यो: “‘विश्‍वको पहिलो नास्तिक राज्य’ भनी सन्‌ १९६७ मा घोषणा गरेर अल्बेनियाले [धर्मलाई] निषेधित गर्छ। . . . अल्बेनियाको नयाँ पुस्तालाई नास्तिकवाद मात्र थाहा छ।” अब साम्यवाद घट्‌दै गएपछि आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग हुने अल्बेनीहरूले यहोवाका साक्षीहरूको समाचार सुन्दैछन्‌। सन्‌ १९९२ मा टिरानेमा इटालेली र अङ्‌ग्रेजी भाषाको ज्ञान भएको जवान साक्षीहरूको सानो अनुवाद टोली गठन गरियो। सजिलै यताउता सार्न सकिने कम्प्युटरहरूमा अल्बेनियाली भाषामा लिपि प्रविष्ट गर्न तिनीहरूलाई अरू देशहरूबाट आएका दक्ष भाइहरूले सिकाए। सुरुमा पर्चाहरू र वाचटावर को अनुवाद गर्न थाले। अनुभवी हुँदै जाँदा अन्य मूल्यवान बाइबल प्रकाशनहरू अनुवाद गर्न थाल्छन्‌। हाल त्यो सानो मुलुकमा २०० जना सक्रिय साक्षीहरू छन्‌ (जनसङ्‌ख्या ३२,६२,०००) र सन्‌ १९९४ को स्मरणार्थ उत्सवमा १९८४ जना उपस्थित भए।

हामी सबैको जिम्मेवारी छ

२१ संसारका घटनाहरू चरमोत्कर्षमा पुगिरहेका छन्‌। हिंसा र अपराध, स्थानीय युद्धहरूमा मारकाट र बलात्कार, फितलो नैतिकता र त्यसका परिणाम यौनजन्य रोगहरू, वैध अख्तियारवालाप्रति अनादरको बिगबिगी भएको यस संसार अराजक र अनियन्त्रित जस्तो देखिन्छ। उत्पत्तिको पुस्तकमा वर्णन गरिएजस्तो जलप्रलयपूर्व समयमा हामी बाँचिरहेका छौं: “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। औ पृथ्वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दुःखित हुनुभयो।”—उत्पत्ति ६:५, ६; मत्ती २४:३७-३९.

२२ नूहको दिनमा जस्तै यहोवाले कारवाही गर्नु हुनेछ। तर उहाँको न्याय र प्रेमले गर्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार र चेताउनीमूलक समाचार पुगेको चाहनुहुन्छ। (मर्कूस १३:१०) यस सन्दर्भमा यहोवाका साक्षीहरूको एउटा जिम्मेवारी छ—परमेश्‍वरको शान्ति पाउन योग्य व्यक्‍तिहरू खोज्ने र तिनीहरूलाई उहाँको शान्तिको मार्गहरू सिकाउने। छिट्टै, परमेश्‍वरको निर्दिष्ट समयमा प्रचार-कार्य सफलतापूर्वक सम्पन्‍न हुनेछ। “त्यसपछि अन्त आउनेछ।”—मत्ती १०:१२, १३; २४:१४; २८:१९, २०. (w94 8/15)

[फुटनोटहरू]

a अन्यजातिहरूको विषयमा थप जानकारीको लागि वाचटावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटी अफ न्यु योर्क, इङ्‌क. द्वारा प्रकाशित इन्साइट इन द स्क्रीप्चर्स, खण्ड २, पृष्ठ ४७२-४ मा “राष्ट्रहरू” शीर्षक अन्तर्गत हेर्नुहोस्‌।

b मसीही सेवकाईसम्बन्धी व्यावहारिक सुझावहरूको लागि द वाचटावर, अगस्त १५, १९८४, पृष्ठ १५ मा “प्रभावकारी प्रचारकहरू कसरी हुने” र पृष्ठ २१ मा “प्रभावकारी सेवकाईले बढी चेलाहरू बनाउँछ” शीर्षकका लेखहरू हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

▫ आधुनिक समयका साक्षीहरूले आफ्नो सेवकाईमा कस्तो सफलता हासिल गरेका छन्‌?

▫ धेरैले मसीही समाचारलाई किन इन्कार गर्छन्‌?

▫ साक्षीहरूले प्रचारसम्बन्धी प्रेरितहरूको कस्तो तरिका अपनाउँछन्‌?

▫ प्रभावकारी साक्षीको निम्ति हामीसित कस्ता साधनहरू छन्‌?

▫ मर्कूस १३:१० अनुरूप हामी प्रत्येकले के गर्नुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

१. मत्ती २४:१४ मा रेकर्ड गरिएको येशूका शब्दहरू उहाँका अनुयायीहरूको लागि किन आश्‍चर्यलाग्दो भएको हुनुपर्छ?

२. (क) साक्षीहरूको सेवकाई कति विस्तृत भएको छ? (ख) साक्षीहरूको प्रगतिमा योगदान पुऱ्‍याउने तीन आधारभूत तत्त्वहरू के के हुन्‌?

३. सम्पन्‍न भएका कामहरूको लागि हामी किन घमण्ड गर्न सक्दैनौं?

४. मसीही सेवकाईप्रति विश्‍वव्यापी विरोधमाथि कसरी विजय प्राप्त भएको छ?

५. राज्य समाचार फैलाउन यहोवाले कस्तो भूमिका खेल्नुहुन्छ?

६. सुसमाचार सुन्‍न एक जना व्यक्‍तिमा कस्तो आधारभूत मनोवृत्ति आवश्‍यक हुन्छ?

७. धेरैले सत्य किन सुन्दैनन्‌?

८. तिरस्कारले हाम्रो जोशलाई किन कम पार्नु हुँदैन? (यूहन्‍ना १५:१८-२०)

९, १०. धेरै ठाउँहरूमा विरोधमाथि विजय प्राप्त भएको छ भन्‍ने कस्ता प्रमाणहरू छन्‌?

११. येशूले आफ्नो सेवकाईमा कस्तो असल उदाहरण बसाल्नुभयो? (यूहन्‍ना ४:६-२६ हेर्नुहोस्‌।)

१२, १३. (क) मसीहीहरूको लागि पावलले एउटा पद्धति कसरी बसाले? (ख) यहोवाका साक्षीहरूले पावलको उदाहरण कसरी पछ्याएका छन्‌?

१४. (क) थुप्रै मिसनरी र अग्रगामीहरूले कसरी दह्रो जग बसालेका छन्‌? (ख) जापानका यहोवाका साक्षीहरूको अनुभवबाट हामी के सिक्न सक्छौं?

१५. साक्षीहरूले मसीही आचरण कसरी प्रदर्शन गरेका छन्‌?

१६. कुन अनुभवले व्यावहारिक मसीही प्रेम देखाउँछ?

१७. कस्तो मार्ग पछ्याउनदेखि हामी अलग बस्नुपर्छ?

१८. सोझा हृदय भएका मानिसहरूसमक्ष पुग्न बाइबल साहित्यले हामीलाई कसरी सुसज्जित पार्छ?

१९, २०. अल्बेनियामा राज्यसम्बन्धी काम कसरी तीव्र गतिमा बढेको छ?

२१. हामी कस्तो समयमा बाँचिरहेका छौं?

२२. यहोवाका प्रत्येक साक्षीहरूको कस्तो मसीही जिम्मेवारी छ?

[पृष्ठ २८-मा भएको पेटी]

देश सन्‌ १९४३ मा सक्रिय साक्षीहरू सन्‌१९९३मा

अर्जेन्टिना ३७४ १,०२,०४३

आयरलैण्ड १५०? ४,२२४

इटाली दोश्रो विश्‍व-युद्ध—रेकर्ड छैन २,०१,४४०

उरुग्वे २२ ९,१४४

कोलम्बिया ?? ६०,८५४

चिली ७२ ४४,६६८

पुर्तुगाल क्रियाकलापको कुनै रेकर्ड छैन ४१,८४२

पेरू क्रियाकलापको कुनै रेकर्ड छैन ४५,३६३

पोल्याण्ड दोस्रो विश्‍व-युद्ध—रेकर्ड छैन १,१३,५५१

फिलिपिन्स दोस्रो विश्‍व-युद्ध—रेकर्ड छैन १,१६,५७६

फ्रान्स दोस्रो विश्‍व-युद्ध—रेकर्ड छैन १,२२,२५४

ब्राजिल ४३० ३,६६,२९७

भेनेजुएला क्रियाकलापको कुनै रेकर्ड छैन ६४,०८१

मेक्सिको १,५६५ ३,८०,२०१

स्पेन क्रियाकलापको कुनै रेकर्ड छैन ९७,५९५

[पृष्ठ २६-मा भएको चित्र]

स्पेनजस्तो थुप्रै क्याथोलिक देशहरूमा यहोवाका साक्षीहरूको वृद्धि भइरहेको छ

[पृष्ठ २७-मा भएको चित्र]

विश्‍वका सारा राष्ट्रहरूमा यहोवाका साक्षीहरू सक्रिय छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने