प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 १/१ pp. ८-९
  • डेराबासको चाड़मा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डेराबासको चाड़मा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • झुप्रोबासको चाडमा
    सबैभन्दा महान्‌ पुरुष
  • झुप्रोबासको चाडको लागि यरुसलेममा
    येसु—बाटो, सत्य र जीवन
  • “उहाँको समय अझै आइपुगेको थिएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • “यो मानिसले जस्तो त कसैले बोलेको छैन”
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 १/१ pp. ८-९

येशूको जीवन र सेवकाई

डेराबासको चाड़मा

बप्तिस्मा भएको तीन वर्ष भित्रमै येशू प्रसिद्ध हुनुभएको छ। हजारौं मानिसहरूले उहाँका चमत्कारहरू देखेकाछन्‌, र सारा देशभरि उहाँका गतिविधिको समाचार फैलिएको छ। यरूशलेममा डेराबासको चाड़कालागि जसै मानिसहरू जम्मा हुन्छन्‌, तिनीहरूले उहाँलाई त्यहाँ खोज्न थाल्छन्‌। “उनी कहाँ छन्‌?” भनी तिनीहरू जान्‍न चाहन्छन्‌।

येशू विवादको विषय हुनु भएको छ। कोही भन्छन्‌ “उनी असल छन्‌।” अरूले चाहिं, “होइन, [तिनले] मानिसहरूलाई भर्माउँछन्‌,” भन्दै कड़ा विचार व्यक्‍त गर्छन्‌। चाड़को शुरू-शुरूका दिनहरूमा मानिसहरू बीच यस प्रकारको काने-खुसी कुराकानी भइरहन्छ। तथापि खुलेर, सबैका सामुन्‍ने उहाँका पक्षमा बोल्ने कसैको हिम्मत हुँदैन। किनकि यहूदी अगुवाहरूले प्रतिशोध गर्लान्‌ भनेर मानिसहरू डराउँछन्‌।

चाड़ आधा-आधी सिद्धिए पछि, येशू त्यहाँ आइ पुग्नु हुन्छ। उहाँ सोझै मन्दिर भित्र पस्नु हुन्छ र त्यहाँ उहाँको शिक्षा दिने अद्‌भुत्‌ योग्यता देखेर मानिसहरू छक्क पर्छन्‌। येशूले कुनै धार्मिक पाठशालाहरूमा गएर अध्ययन नगरेको हुनाले, यहूदीहरू यसो भन्दै अचम्म मान्दछन्‌: “नपढ़ीकन पनि यिनले कसरी विद्या जान्दछन्‌?”

यसको व्याख्या येशू यस प्रकार दिनु हुन्छ: “मेरो शिक्षा मेरो होइन, तर मलाई पठाउनेको हो। यदि कुनै मानिसले उहाँको इच्छा पालन गर्न चाहन्छ भने, यस शिक्षाको विषयमा उसले यो जान्‍नेछ, कि यो परमेश्‍वर तर्फबाट हो कि म आफ्नै तर्फबाट बोल्दछु।” येशूले दिनु हुने शिक्षा परमेश्‍वरको नियम अनुसार छ। त्यसकारण, उहाँ आफू महिमीत होइन, तर परमेश्‍वर महिमीत हुनु भएको चाहनु हुन्छ भन्‍ने कुरा स्पष्ट हुनु पर्ने हो। येशू सोध्नुहुन्छ: “के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन्‌?” र तिनीहरूलाई हप्काउने उद्देश्‍यले, उहाँ भन्‍नुहुन्छ: “तिमीहरू कसैले त्यो व्यवस्था पालन गर्दैनौ।”

अनि येशू सोध्नुहुन्छ: “तिमीहरू किन मलाई मार्न खोज्दछौ?”

भीड़का मानिसहरू अथार्त्‌ चाड़मा आएका दर्शकहरूलाई, यस प्रकारको प्रयासको कुनै जानकारी नै छैन। यस्ता अद्‌भुत गुरुलाई कसैले मार्न चाहनेछ भन्‍ने कुरा तिनीहरू कल्पनासम्म गर्न सक्‍तैनन्‌। अतः यस प्रकारको कुरा येशूले सोच्नु उहाँकै गलती हो भनी तिनीहरू विश्‍वास गर्दछन्‌। तिनीहरू भन्दछन्‌: “तिमीलाई भूत लागेको छ, कसले तिमीलाई मार्न खोज्दछ र?”

भीड़ले न बुझेता पनि, यहूदी धर्मगुरुहरू येशूलाई मार्न चाहन्छन्‌। डेढ़ वर्ष अघि, येशूले विश्राम-दिनमा एक जनालाई निको पार्नुहुँदा, धर्मगुरुहरूले उहाँलाई मार्न खोजेका थिए। अतः तिनीहरूलाई यो सोधेर तिनीहरूका नाजायजपनालाई अब येशू सङ्‌केत गर्नुहुन्छ: “मोशाको व्यवस्था भङ्‌ग नहोस्‌ भनेर नै यदि कुनै मानिसले विश्रामको दिनमा खतना लिन्छ भने, मैले एउटा मानिसलाई विश्रामको दिनमा पूरै निको पारिदिएँ भनेर के तिमीहरू मसित रीस गर्दछौ? मुख हेरेर इन्साफ नगर, तर ठीक ठीक इन्साफ गर।”

परिस्थितिको जानकारी हुने यरूशलेमका निवासीहरूले अब भन्छन्‌: “यिनी उही होइनन्‌, जसलाई तिनीहरू मार्न खोज्छन्‌? औ हेर! तिनी खुल्लमखुल्ला बोल्दछन्‌, औ तिनीहरू केही भन्दैनन्‌। के यिनी नै ख्रीष्ट हुन्‌ भनेर शासकहरूले साँच्चै थाह पाए?” येशूनै ख्रीष्ट हुनुहुन्छ भनी विश्‍वास नगरेको कारण, यरूशलेमका यी निवासीहरूले बताउँछन्‌: “यिनी कहाँका हुन्‌, यिनलाई हामी चिन्छौं, तर जब ख्रीष्ट आउनुहुन्छ, उहाँ कहाँका हुनुहुन्छ कसैले थाह पाउँदैन।”

येशू जवाफ दिनुहुन्छ: “तिमीहरू मलाई चिन्छौ पनि, औ कहाँको हुँ त्यो पनि जान्दछौ, म आफ्नै तर्फबाट आएको होइन, तर मलाई पठाउने सच्चा हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। म उहाँलाई चिन्दछु, किनभने म उहाँकै तर्फबाट आएको हुँ, औ उहाँले मलाई पठाउनुभएको हो।” यत्तिकैमा तिनीहरूले उहाँलाई पक्रन खोज्दछन्‌, शायद झ्यालखानमा हाल्न वा मार्नका निम्ति। तापनि तिनीहरू सफल हुनसक्‍तैनन्‌ किनकि येशूको मर्ने समय आएको छैन।

अझ धरैले उहाँमाथि विश्‍वास गर्छन्‌, र वास्तवमा तिनीहरूले विश्‍वास गर्नु पनि पर्ने हो। आखिर, उहाँ पानीमाथि हिंड्‌नु भयो, हावालाई निष्कम्प पार्नु भयो, तुफानी समुद्रलाई शान्त पार्नुभयो, केही मात्र रोटी र माछाहरू द्वारा हजारौंलाई खुवाउनु भयो, बिमारीहरूलाई निको पार्नुभयो, लङ्‌गड़ालाई हिंड्‌ने पारिदिनु भयो, अन्धाका आँखाहरू खोलिदिनु भयो, कोरीहरूलाई निको पार्नु भयो, र मरेका समेतलाई बिउँताउनु भयो। अतः तिनीहरू सोध्छन्‌: “जब ख्रीष्ट आउनु हुनेछ, तब के यिनले गरेका यी भन्दा बढ़ता चिन्ह उहाँले गर्नुहोला र?”

भीड़ले यस प्रकार गुनगुन गरेको कुरा, फरिसीहरूले सुने पछि, तिनीहरू र मुख्य पूजाहारीहरूले येशूलाई पक्रन अफसरहरू पठाउँछन्‌। यूहन्‍ना ७:११-३२.

◆ चाड़मा येशू कति बेला आउनुहुन्छ, र उहाँका बारे मानिसहरू के भनिरहेकाछन्‌?

◆ येशूलाई भूत लागेको छ भनी कसै कसैले भनेको कारण के हुन सक्‍तछ?

◆ यरूशलेमका निवासीहरूले येशू बारे के धारणा अपनाएका छन्‌?

◆ धेरैले येशूमाथि किन विश्‍वास राख्तछन्‌? (w88/04/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने