प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ६९ p. १६४-p. १६५ par. २
  • तिनीहरूको बुबा अब्राहाम हुन्‌ वा दियाबल?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूको बुबा अब्राहाम हुन्‌ वा दियाबल?
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • बुबा को हो भन्‍ने प्रश्‍न
    सबैभन्दा महान्‌ पुरुष
  • पितृत्वको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ६९ p. १६४-p. १६५ par. २
येसुलाई हिर्काउन यहुदीहरू ढुङ्‌गा टिप्छन्‌ तर उहाँ सकुशल निस्कनुहुन्छ

अध्याय ६९

तिनीहरूको बुबा अब्राहाम हुन्‌ वा दियाबल?

युहन्‍ना ८:३७-५९

  • यहुदीहरू आफ्नो बुबा अब्राहाम हुन्‌ भनेर दाबी गर्छन्‌

  • अब्राहामभन्दा अघि नै येसु अस्तित्वमा हुनुहुन्थ्यो

येसु झुप्रोबासको चाडको लागि यरुसलेममै हुनुहुन्छ र उहाँ मानिसहरूलाई महत्त्वपूर्ण कुराहरू सिकाउँदै हुनुहुन्छ। त्यहाँ भएका केही यहुदीहरूले उहाँलाई भर्खरै मात्र यसो भनेका थिए: “हामी अब्राहामका सन्तान हौँ अनि हामी कहिल्यै कसैको दासत्वमा परेका छैनौँ।” जवाफमा येसु यसो भन्‍नुहुन्छ: “तिमीहरू अब्राहामका सन्तान हौ भनेर मलाई थाह छ तर तिमीहरू मलाई मार्न खोज्दै छौ किनकि तिमीहरू मेरो शिक्षा स्विकार्दैनौ। आफ्नो बुबासित छँदा मैले जे देखेँ, म त्यही बोल्छु; त्यसरी नै तिमीहरू पनि आफ्नो बुबाबाट जे सुन्छौ, त्यही गर्छौ।”—युहन्‍ना ८:३३, ३७, ३८.

येसुको कुरा स्पष्ट छ: उहाँको बुबा र तिनीहरूको बुबा एउटै हुनुहुन्‍न। येसुले भन्‍न खोज्नुभएको कुरा नबुझेकोले यहुदीहरू फेरि यसो भन्छन्‌: “हाम्रो बुबा त अब्राहाम हुन्‌।” (युहन्‍ना ८:३९; यसैया ४१:८) तिनीहरू अब्राहामकै सन्तान हुन्‌। त्यसैले तिनीहरूलाई आफ्नो विश्‍वास र परमेश्‍वरको मित्र अब्राहामको विश्‍वास एउटै हो जस्तो लाग्छ।

तर येसु तिनीहरूले सोच्दै नसोचेको जवाफ दिनुहुन्छ: “यदि तिमीहरू अब्राहामका सन्तान भएका भए तिमीहरूले अब्राहामको जस्तो काम गरिरहेका हुने थियौ।” हो, छोराले बुबाको देखासिकी गर्छ। तर तिनीहरूबारे येसु भन्‍नुहुन्छ: “अहिले तिमीहरू मलाई मार्न खोजिरहेका छौ; एउटा यस्तो मानिसलाई, जसले तिमीहरूलाई आफूले परमेश्‍वरबाट सुनेको सत्य कुरा बताएको छ। अब्राहामले त तिमीहरूले जस्तो गरेनन्‌।” त्यसपछि येसु एउटा छक्कलाग्दो कुरा भन्‍नुहुन्छ: “तिमीहरू आफ्नो बुबाको जस्तो काम गर्छौ।”—युहन्‍ना ८:३९-४१.

येसु कसको कुरा गर्दै हुनुहुन्छ भनेर यहुदीहरू अझै बुझ्दैनन्‌। तिनीहरू आफू नाजायज सन्तान नभएको दाबी गर्दै यसो भन्छन्‌: “हामी अवैध यौनसम्बन्धबाट जन्मेका होइनौँ; हाम्रो बुबा एकै जना हुनुहुन्छ अर्थात्‌ परमेश्‍वर।” तर के परमेश्‍वर साँच्चै तिनीहरूको बुबा हुनुहुन्छ? येसु भन्‍नुहुन्छ: “यदि परमेश्‍वर तिमीहरूका बुबा हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौ किनकि म परमेश्‍वरबाट पठाइएको हुँ र म यहाँ छु। म आफूखुसी यहाँ आएको होइनँ तर उहाँले नै मलाई पठाउनुभएको हो।” येसु एउटा प्रश्‍न सोध्नुहुन्छ र जवाफ पनि आफै दिनुहुन्छ: “मैले भनेको कुरा तिमीहरू किन बुझ्दैनौ? किनकि तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ।”—युहन्‍ना ८:४१-४३.

येसुले तिनीहरूलाई उहाँलाई इन्कार गर्दा भोग्नुपर्ने नतिजाबारे बुझाउने कोसिस गर्नुभएको छ। तर अब भने उहाँ सीधै यसो भन्‍नुहुन्छ: “तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ अनि आफ्नो बुबाकै इच्छा पूरा गर्न चाहन्छौ।” तिनीहरूको बुबा कस्तो छ? येसु प्रस्टै भन्‍नुहुन्छ: “त्यो त सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा अडिग रहेन।” उहाँ अझै भन्‍नुहुन्छ: “जो परमेश्‍वरको हो, उसले परमेश्‍वरले भन्‍नुभएका कुराहरू सुन्छ। तिमीहरू परमेश्‍वरका होइनौ, त्यसैले तिमीहरू सुन्दैनौ।”—युहन्‍ना ८:४४, ४७.

येसुको कुरा सुनेर यहुदीहरू रिसाउँदै यस्तो जवाफ दिन्छन्‌: “तिमी सामरियाली हौ र तिमीमा प्रेत बास गरेको छ भनेर के हामीले ठीकै भनेका होइनौँ र?” येसुलाई “सामरियाली” भनेर तिनीहरू उहाँको अपमान गर्न खोज्दै छन्‌। तर येसु यो कुरालाई बेवास्ता गर्नुहुन्छ र भन्‍नुहुन्छ: “ममा प्रेत बास गरेको छैन। म आफ्नो बुबाको आदर गर्छु र तिमीहरू मेरो अनादर गर्छौ।” यो गम्भीर कुरा हो भनेर प्रस्ट पार्न येसु एउटा अचम्मलाग्दो प्रतिज्ञा गर्नुहुन्छ: “यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्नेछैन।” प्रेषितहरू र उहाँको पछि लागेकाहरू कहिल्यै मर्नेछैनन्‌ भनी येसुले भन्‍न खोज्नुभएको होइन। बरु तिनीहरूले “दोस्रो मृत्यु” अर्थात्‌ फेरि जीवित हुने आशा नै नभएको अनन्त विनाश भोग्नेछैनन्‌।—युहन्‍ना ८:४८-५१; प्रकाश २१:८.

तर यहुदीहरू येसुको कुरालाई शाब्दिक रूपमा लिन्छन्‌ र यसो भन्छन्‌: “तिमीमा प्रेत बास गरेको छ भनेर अब भने हामीलाई पक्का भयो। अब्राहाम मरे अनि त्यसैगरि भविष्यवक्‍ताहरू पनि मरे तर तिमीचाहिँ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु चाख्नेछैन’ भन्छौ। तिमी हाम्रो बुबा अब्राहामभन्दा ठूलो हौ र? . . . तिमी आफू को हुँ भनी दाबी गर्छौ?”—युहन्‍ना ८:५२, ५३.

हो, येसुले उहाँ नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर बताउँदै हुनुहुन्छ। उहाँको परिचयबारे तिनीहरूलाई सीधै जवाफ दिनुको सट्टा उहाँ भन्‍नुहुन्छ: “यदि म आफ्नै महिमा गर्छु भने मेरो महिमा केही होइन। मेरो बुबा, जसलाई तिमीहरू आफ्नो परमेश्‍वर भन्छौ, उहाँले नै मलाई महिमित तुल्याउनुहुन्छ। तैपनि तिमीहरूले उहाँलाई चिनेका छैनौ। तर म उहाँलाई चिन्छु। यदि म उहाँलाई चिन्दिनँ भन्छु भने म पनि तिमीहरूजस्तै झूटा हुन्छु।”—युहन्‍ना ८:५४, ५५.

तिनीहरूको वफादार पुर्खाबारे फेरि चर्चा गर्दै येसु यसो भन्‍नुहुन्छ: “तिमीहरूका बुबा अब्राहाम मेरो दिन हेर्ने आशामा असाध्यै रमाउँथे अनि तिनले त्यो दिन देखे र रमाए।” हो, परमेश्‍वरको प्रतिज्ञामा भरोसा राख्दै अब्राहामले मसीहको आगमनको प्रतीक्षा गरे। तर यहुदीहरू येसुको कुरा पत्याउँदैनन्‌ र यसो भन्छन्‌: “तिमी त ५० वर्ष पनि पुगेका छैनौ, त्यसोभए तिमीले कसरी अब्राहामलाई देख्यौ?” येसु यस्तो जवाफ दिनुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, अब्राहाम अस्तित्वमा आउनुभन्दा पहिल्यै म थिएँ।” पृथ्वीमा आउनुअघि आफूले स्वर्गमा शक्‍तिशाली स्वर्गदूतको रूपमा बिताएको जीवनलाई उहाँ सङ्‌केत गर्दै हुनुहुन्छ।—युहन्‍ना ८:५६-५८.

अब्राहामभन्दा अघि नै आफू अस्तित्वमा थिएँ भन्‍ने येसुको दाबी सुनेर यहुदीहरू क्रोधित हुन्छन्‌ र उहाँलाई हिर्काउन ढुङ्‌गा टिप्छन्‌। तर येसु सकुशल मन्दिरबाट निस्कनुहुन्छ।

  • येसु आफ्नो बुबा र शत्रुहरूको बुबा एउटै हुनुहुन्‍न भनेर कसरी स्पष्ट पार्नुहुन्छ?

  • यहुदीहरूले अब्राहाम आफ्नो बुबा हुन्‌ भनेर दाबी गर्न किन मिल्दैन?

  • येसुका अनुयायीहरूले ‘कहिल्यै मृत्यु देख्नेछैनन्‌’ भन्‍नुको अर्थ के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने