प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ४/१ pp. ८-९
  • पितृत्वको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पितृत्वको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • बुबा को हो भन्‍ने प्रश्‍न
    सबैभन्दा महान्‌ पुरुष
  • तिनीहरूको बुबा अब्राहाम हुन्‌ वा दियाबल?
    येसु—बाटो, सत्य र जीवन
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ४/१ pp. ८-९

येशूको जीवन र सेवकाई

पितृत्वको प्रश्‍न

चाड़को बेलामा, यहूदी धर्मगुरुहरूसित येशूको वाद-विवाद अझै चर्किन्छ। “म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ,” भनी येशू स्वीकार्नु हुन्छ, “तर तिमीहरू मलाई मार्न खोज्दछौ। किनभने तिमीहरूमा मेरा वचनले स्थान पाउँदैन। जे जे मैले मेरा पिताकहाँ देखेको छु, त्यही म भन्दछु, औ तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्यही गर्दछौ।”

तिनीहरूको पिताको परिचय न दिनु भएता पनि, तिनीहरूका पिता उहाँका पिता भन्दा बेग्लै हुन्‌ भनेर येशूले स्पष्ट पार्नुहुन्छ। येशूले कसको बारेमा भन्‍नु भएको हो, सो थाहा नपाएर, यहूदी धर्मगुरुहरू भन्छन्‌: “हाम्रा पुर्खा ता अब्राहाम हुनुहुन्छ।” तिनीहरूको विश्‍वास र परमेश्‍वरका मित्र, अब्राहामको विश्‍वास एउटै हो भनी तिनीहरू ठान्छन्‌।

तथापि, येशूको जवाफले तिनीहरूलाई विचलित पार्दछ: “तिमीहरू अब्राहामका सन्तान हौ भनेता अब्राहामका काम गर।” किनभने, साँच्चैको छोराले वास्तवमा, आफ्नो बाबुको अनुकरण गर्दछ। येशू भन्‍नुहुन्छ: “तर अहिले तिमीहरू मलाई मार्न खोज्दछौ, अर्थात्‌ म एउटा मान्छेलाई जसले परमेश्‍वरबाट सुनेको सत्य कुरा तिमीहरूलाई भन्दै आएको छ। यो ता अब्राहामले गरेनन्‌।” त्यसकारण येशू फेरि भन्‍नुहुन्छ: “तिमीहरू आफ्ना पिताका काम गर्दछौ।”

येशू कसको विषयमा कुरा गर्नु हुँदैछ, तिनीहरू अझै बुझ्दैनन्‌। तिनीहरू अब्राहामका धर्म-पुत्र हुन्‌ भनी ढिप्पी गर्दै भन्छन्‌: “हामी व्यभिचारमा जन्मिएका होइनौं।” त्यसकारण, अब्राहाम जस्तै सच्चा उपासक हुने दाबी गर्दै तिनीहरू ठोकेर भन्छन्‌: “हाम्रा एउटै पिता हुनुहुन्छ, अर्थात्‌ परमेश्‍वर।”

तर के परमेश्‍वर वास्तवमा तिनीहरूका पिता हुनुहुन्छ? येशू जवाफ दिनुहुन्छ: “परमेश्‍वर तिमीहरूका पिता हुनुहुँदो हो ता तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनभने म परमेश्‍वरका तर्फबाट आएँ, औ आएको छु। म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो। तिमीहरू किन मेरो कुरा बुझ्दैनौ?”

उहाँलाई अस्वीकार गरेको परिणाम के हुने हो, यी धर्मगुरुहरूलाई देखाउने प्रयास येशूले गर्नु भएको छ। तर अब उहाँ सोझै भन्‍नुहुन्छ: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ।” शैतान कुन प्रकारको पिता हो? येशूले त्यसलाई हत्यारा भनी जनाउनु भयो र यसो पनि भन्‍नुभयो: “त्यो झूट र झूटको पिता हो।” त्यसकारण येशू कुरा टुङ्‌ग्‌याउदै भन्‍नुहुन्छ: “जो परमेश्‍वरको हो, त्यसले परमेश्‍वरको कुरा सुन्दछ। तिमीहरू यही कारण सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका तर्फबाट होइनौ।”

येशूले तिनीहरूको भर्त्सना गर्नु भएकोमा रिसाएर, ती यहूदीहरू जवाफ दिन्छन्‌: “तिमी सामरी हौ। औ तिमीलाई भूत लागेको छ भनेर के हामी ठीकै भन्दैनौ?” “सामरी” भन्‍ने शब्द निन्दा र गालीको रूपमा प्रयोग गरिन्छ किनभने सामरी जातिलाई यहूदीहरू घृणा गर्दछन्‌।

सामरी हुने निन्दाजनक गालीको बेवास्ता गर्नहुँदै, येशू प्रत्युत्तर दिनुहुन्छ: “मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु, औ तिमीहरू मेरो अनादर गर्दछौ।” अझै अगाड़ि, येशू अचम्मको प्रतिज्ञा गर्नुहुन्छ: “कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिले पनि देख्ने छैनन्‌।” निश्‍चयनै, उहाँका पछि लाग्नेहरूले अक्षरशः मृत्यु देख्ने छैनन्‌ भनी येशूले भन्‍न खोज्नु भएको होइन। तर, उहाँको भनाइको अर्थ, ती व्यक्‍तिहरूले पुनरुत्थान हुन नसक्ने किसिमको अनन्त विनाश अथवा “दोस्रो मृत्यु” कहिले पनि अनुभव गर्ने छैनन्‌।

तथापि, यहूदीहरूले येशूको वचनको अक्षरसः अर्थ लाउँछन्‌। त्यसकारण तिनीहरू भन्दछन्‌: “तिमीलाई भूत लागेको रहेछ भनी अब हामीले थाहा पायौं। अब्राहाम र अगमवक्‍ताहरू मरे, औ तिमी भन्दछौ, कि कसैले मेरो वचन पालन गऱ्‍यो भने, त्यसले कहिल्यै पनि मृत्युको स्वाद पाउनेछैन। के हाम्रा मरेका पुर्खा अब्राहाम र अगमवक्‍ताहरू भन्दा तिमी ठूला हौ र?”

यो पूरा विवाद द्वारा, उहाँनै प्रतिज्ञा गरिएका मसीह हुनुहुन्छ भन्‍ने कुरा येशूले मानिसहरूलाई औंलाएर देखाउनु हुँदैछ भनी स्पष्ट छ। तर आफ्नो परिचयबारे तिनीहरूको प्रश्‍नको सोझै उत्तर नदिएर येशू भन्‍नुहुन्छ: “म आफ्नै महिमा गर्दछु भने मेरो महिमा केही होइन। मलाई महिमा गर्ने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू हाम्रा परमेश्‍वर भन्दछौ। औ तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु। औ यदि म उहाँलाई चिन्दिनँ भन्छु भनेता म तिमीहरू जस्तै झूटा हुनेछु।”

कुराको सिलसिलामा, येशूले फेरि विश्‍वासी अब्राहामबारे चर्चा गर्नु हुँदै, भन्‍नुहुन्छ: “तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्नलाई प्रफुल्लित थिए, औ देखेर रमाए।” हो, प्रतिज्ञा गरिएका मसीहको आगमनको बाटो अब्राहामले विश्‍वासको आँखा द्वारा हेरिरहे। अविश्‍वास प्रकट गर्दै, यहूदीहरू प्रत्युत्तर दिन्छन्‌: “तिमी अझै पचास वर्षका छैनौ, तब कसरी अब्राहामलाई देखेका छौ?”

येशू जवाफ दिनुहुन्छ: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनु भन्दा अघि देखिनै म छँदैछु।” यथार्थमा, मानव जीवन धारण गर्नु भन्दा अघि, स्वर्गमा एउटा शक्‍तिशाली आत्मिक व्यक्‍तिको रूपमा बिताउनु भएको जीवनलाई येशू सङ्‌केत गर्नु हुँदैछ।

अब्राहाम भन्दा अघि आफ्नो अस्तित्वको दावा येशूले गर्नुभयो भनेर, ती यहूदीहरू क्रोधित हुन्छन्‌ र उहाँमाथि प्रहार गर्न ढुङ्‌गाहरू उठाउँछन्‌। तर उहाँ लुक्नुहुन्छ र सकुशल मन्दिरबाट बाहिर जानुहुन्छ। यूहन्‍ना ८:३७-५९; प्रकाश ३:१४; २१:८.

◆ उहाँका शत्रुहरूका पिता भन्दा उहाँका पिता फरक हुनुहुन्छ भनी येशूले कसरी दर्शाउनुहुन्छ?

◆ यहूदीहरूले येशूलाई सामरी भन्‍नुको अर्थ के हो?

◆ उहाँका अनुयायीहरूले मृत्यु कहिले देख्ने छैनन्‌ भनी येशूले भन्‍नुभएको अर्थ के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने