प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मरेपछि हामीलाई के हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ३. मरिसकेका मानिसहरूको अवस्थाबारे सत्य बुझ्नुहोस्‌

      मरेपछि हामीलाई के हुन्छ भन्‍ने विषयमा मानिसहरूको आ-आफ्नै धारणा छ। तर के ती सबै धारणा सत्य हुन सक्छन्‌ र?

      • तपाईँको टोलछिमेकमा मरिसकेकाहरूको अवस्थाबारे के-कस्ता धारणा व्याप्त छन्‌?

      मरिसकेकाहरूको अवस्थाबारे बाइबलले के सिकाउँछ भनेर थाह पाउन भिडियो हेर्नुहोस्‌।

      भिडियो: मरिसकेकाहरूको अवस्था कस्तो छ?—सानो अंश (१:१९)

      चित्रहरूको सँगालो: ‘मरिसकेकाहरूको अवस्था कस्तो छ?—सानो अंश’ भिडियोका दृश्‍यहरू। १. अस्पतालको शय्यामा शव छ। २. एक जना पुरुष रेलमा यात्रा गर्दा दुई जना यात्रीको बीचमा निदाइरहेका छन्‌।

      उपदेशक ३:२० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यस पदअनुसार मानिस मरेपछि के हुन्छ?

      • के मरिसकेकाहरूको कुनै अंश जीवित रहन्छ?

      बाइबलले येसुका घनिष्ठ साथी लाजरसको मृत्युबारे बताउँछ। युहन्‍ना ११:११-१४ पढ्‌नुहोस्‌ अनि येसुले मरिसकेका लाजरसको अवस्थाबारे के भन्‍नुभयो, याद गर्नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • येसुले मृत्युलाई केसित तुलना गर्नुभयो?

      • यस्तो तुलनाबाट मरिसकेकाहरूको अवस्थाबारे हामी के थाह पाउन सक्छौँ?

      • के तपाईँलाई मृत्युबारे बाइबलले बताएको कुरा चित्तबुझ्दो लाग्यो?

  • तपाईँले माया गरेका व्यक्‍तिहरू फेरि जीवित हुन सम्भव छ!
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • येसुले लाजरसलाई फेरि जीवित पार्नुहुँदा मानिसहरू अचम्म मान्दै हेर्छन्‌।

      ४. येसुले मरिसकेका मानिसहरूलाई फेरि जीवित पार्न सक्नुहुन्छ भनेर प्रमाणित गर्नुभयो

      येसुले उहाँका साथी लाजरसको लागि के गर्नुभयो भन्‍ने विषयमा अझ थाह पाउनुहोस्‌। युहन्‍ना ११:१४, ३८-४४ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • लाजरस साँच्चै मरेका थिए भनेर हामी किन भन्‍न सक्छौँ?—पद ३९ हेर्नुहोस्‌।

      • यदि लाजरस स्वर्ग गएका भए के येसुले तिनलाई फेरि यसै पृथ्वीमा जीवित पार्नुहुन्थ्यो जस्तो तपाईँलाई लाग्छ?

      भिडियो हेर्नुहोस्‌।

      एक जना बुबाले निदाइरहेको छोरालाई बिस्तारै ब्युँझाउँदै छन्‌।

      भिडियो: येसु लाजरसलाई फेरि जीवित पार्नुहुन्छ (१:१६)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने