प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • pe chap. १७ pp. १४२-१४७
  • ख्रीष्टको पुनरागमन– कसरी देखिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्टको पुनरागमन– कसरी देखिन्छ?
  • पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानवको रूपमा उहाँको पुनरागमन किन हुन सक्‍तैन
  • प्राकृतिक शरीर स्वर्ग लगिएन
  • हरेक आँखाले कसरी देख्ने छ
  • के ख्रीष्ट पृथ्वीमा फेरि आउँनु हुनेछ?
  • स्वर्ग को जान्छन्‌ र किन?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • मसीहको उपस्थिति र उहाँको शासन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
pe chap. १७ pp. १४२-१४७

अध्याय १७

ख्रीष्टको पुनरागमन– कसरी देखिन्छ?

१. (क) ख्रीष्टले के प्रतिज्ञा गर्नु भएको थियो? (ख) ख्रीष्टको पुनरागमनको आवश्‍यकता किन छ?

“म फेरि आउँछु।” (यूहन्‍ना १४:३) येशू ख्रीष्टले आफ्नो मृत्यु भन्दा पहिलेको रातमा आफ्ना चेलाहरूलाई यो प्रतिज्ञा गर्नु भयो। राज्य-शक्‍तिमा ख्रीष्टको पुनरागमनले मानवजातिकालागि ल्याउँने शान्ति, स्वास्थ्य, र जीवनको आवश्‍यकता, आज भन्दा बढ़ी कहिले थिएन। तर ख्रीष्टको पुनरागमन कसरी हुन्छ? उहाँलाई कसले र कुन प्रकारले देख्ने छन्‌?

२. (क) उहाँ फर्किए पछि, उहाँका प्रेरितहरू समेत, आफ्ना सबै अभिषिक्‍त अनुयायीहरूलाई कहाँ बस्न लग्नु हुनेछ? (ख) त्यहाँ तिनीहरूको कुन प्रकारको शरीर हुनेछ?

२ उहाँको पुनरागमन हुँदा, ख्रीष्ट पृथ्वीमा बस्न आउँनु हुँदैन। बरू, उहाँसँग राजाको हैसियतमा शासन गर्नेहरूलाई उहाँसँग बस्न स्वर्ग लगिने छ। येशूले आफ्ना प्रेरितहरूलाई भन्‍नुभयो: “म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” (यूहन्‍ना १४:३) त्यसकारण, येशूको पुनरागमन पछि, स्वर्ग लगिनेहरू सबैनै आत्मिक व्यक्‍तिहरू हुनेछन्‌, र ख्रीष्टलाई उहाँको महिमापूर्ण आत्मिक शरीरमा तिनीहरूले देख्नेछन्‌। (१ कोरिन्थी १५:४४) तर स्वर्ग नजाने बाँकि मानवजातिले के ख्रीष्टलाई उहाँको पुनरागमनमा देख्ने छन्‌?

मानवको रूपमा उहाँको पुनरागमन किन हुन सक्‍तैन

३. मानिसहरूले ख्रीष्टलाई फेरि देख्न पाउँने छैनन्‌ भनेर बाइबलले के प्रमाण प्रस्तुत गरेको छ?

३ त्यसै राती, येशूले आफ्ना प्रेरितहरूलाई भन्‍नुभयो: “अझ अलि बेर, औ संसारले मलाई फेरि कहिल्यै देख्ने छैन।” (यूहन्‍ना १४:१९) “संसार” भन्‍नाले मानवजातिलाई जनाउँदछ। येशूले यहाँ स्पष्टसँग भन्‍नुभएको छ, पृथ्वीका मानिसहरूले उहाँको स्वर्गारोहण पश्‍चात उहाँलाई देख्ने छैनन्‌। प्रेरित पावलले लेख्नु भयो: “हामीले ख्रीष्टलाई शरीर अनुसार चिनेको भएतापनि अब उहाँलाई त्यसरी चिन्दैनौं।”—२ कोरिन्थी ५:१६.

४. ख्रीष्ट एउटा शक्‍तिशाली अदृश्‍य आत्मिक व्यक्‍तिको रूपमा फर्किनु हुनेछ भनेर के ले दर्शाउँदछ?

४ तथापि, ख्रीष्ट जुन शरीरमा मारिनु भएको थियो सोही मानव शरीरमा फर्किनु हुनेछ र पृथ्वीमा हुने सबैले उहाँलाई देख्ने छन्‌ भनेर धेरै मानिसहरू विश्‍वास गर्दछन्‌। तर, बाइबल भन्दछ, ख्रीष्ट स्वर्गदूतहरू समेत आफ्नो महिमामा फर्किनु हुनेछ र “उहाँ आफ्नो महिमाको सिंहासनमा बस्नु हुनेछ।” (मत्ती २५:३१) यदि येशू आएर पार्थिव सिंहासनमा मानिस भएर बस्नु भयोभने, उहाँको स्थान स्वर्गदूतहरू भन्दा होंचो हुनेछ। तर उहाँ ता परमेश्‍वरका सबै आत्मिक पुत्रहरू भन्दा महान र गौरवमय भएर फर्किनु हुनेछ र त्यसकारण, ती स्वर्गदूतहरू जस्तै उहाँ पनि अदृश्‍य हुनुहुनेछ।—फिलिप्पी २:८-११.

५. मानव शरीरमा ख्रीष्ट किन फर्किन सक्नु हुन्‍न?

५ यसको विपरीत, लगभग १,९०० वर्ष अघि येशूले आफूलाई होच्याउनु र मानिस हुनु आवश्‍यक थियो। उहाँले हाम्रो छुटकाराकालागि आफ्नो सिद्ध जीवन दिनु पर्ने आवश्‍यकता थियो। यस विषयलाई येशूले एक पटक यसरी व्याख्या गर्नु भएको छ: “त्यो रोटी, जो म संसारको जीवनको लागि दिनेछु, मेरो देह हो।” (यूहन्‍ना ६:५१) त्यसैले येशूले आफ्नो पार्थिव शरीर मानवजातिका खातिर बलिदान दिनु भयो। त्यो बलिदानको असर कति समय सम्मकालागि हुने हो? प्रेरित पावल उत्तर दिनु हुन्छ: “येशू ख्रीष्टको शरीरको एकै चोटिको अर्पणद्वारा हामी पवित्र भएका छौं।” (हिब्रू १०:१०) संसारका लागि आफ्नो शरीरको बलिदान एक पटक दिनु भए पछि, फेरि मानव शरीर धारण गरेर ख्रीष्ट कदापि आउँनु हुनेछैन। यो आधारभूत कारणले गर्दा, एक पटक आफ्नो शरीर बलिदान दिनु भए पछि, उहाँको पुनरागमन मानव शरीरमा फेरि कदापि पनि हुनेछैन।

प्राकृतिक शरीर स्वर्ग लगिएन

६. ख्रीष्टले आफ्नो प्राकृतिक शरीर लिएरनै स्वर्ग जानुभयो भनेर धेरैले किन विश्‍वास गर्दछन्‌?

६ तथापि, ख्रीष्टले आफ्नो प्राकृतिक शरीरलाई स्वर्ग लिएर जानु भयो भनेर धेरै मानिसहरू विश्‍वास गर्दछन्‌। ख्रीष्टको पुनरुत्थान पछि, चिहानमा उहाँको प्राकृतिक शरीर नपाउँदा, तिनीहरू यस निष्कर्षमा पुगेका हुन्‌। (मर्कूस १६:५-७) अनि फेरि, उहाँको मृत्यु पछि पनि जीवितै हुनुहुन्छ भनेर देखाउन, आफ्ना चेलाहरूको समक्ष प्राकृतिक शरीरमा उहाँ देखापर्नु भयो। एक पटक ता प्रेरित थोमाले उहाँको वास्तवमा पुनरुत्थान भएको हो भन्‍ने कुरामा विश्‍वास गर्न सकोस्‌ भनेर, उहाँले उनलाई आफ्नो कोखाको दुलोमा हात हाल्न दिनु भयो। (यूहन्‍ना २०:२४-२७) ख्रीष्ट जुन शरीरमा मारिनु भएको थियो त्यसैमा उहाँलाई जीवित तुल्याइयो भन्‍ने कुरा के यसबाट प्रमाणित हुँदैन?

७. ख्रीष्ट आत्मिक व्यक्‍तिको रूपमा स्वर्ग जानु भयो भन्‍ने कुरा के ले प्रमाणित गर्दछ?

७ अहँ, यसबाट प्रमाणित हुँदैन। बाइबलले स्पष्टरूपमा बताउँछ: “ख्रीष्ट शरीरमा मारिएर तर आत्मामा जीवित भएर, . . . पापहरूका निम्ति एक चोटि दुःख भोग्नुभयो।” (१ पत्रुस ३:१८) मासु र रगतको शरीर भएका मानवहरू स्वर्गमा बस्न सक्दैनन्‌। स्वर्गीय जीवन पाउने पुनरुत्थान वारे, बाइबल भन्दछ: “प्राकृतिक शरीरमा छरिन्छ, आत्मिक शरीरमा बिउँताइन्छ . . . रगत र मासु स्वर्गको राज्यको हकदार हुनसक्‍तैन।” (१ कोरिन्थी १५:४४-५०) आत्मिक शरीर भएका आत्मिक व्यक्‍तिहरू मात्र स्वर्गमा बस्न सक्छन्‌।

८. ख्रीष्टको मानव शरीर के भयो?

८ उसो भए येशूको प्राकृतिक शरीर के भयो? चेलाहरूले उहाँको चिहान खालि पाएका होइनन्‌ र? हो, किनभने परमेश्‍वरले उहाँको शरीरलाई हटाई दिनुभयो। परमेश्‍वरले त्यसो किन गर्नु भयो? यसबाट बाइबलमा गरिएको भविष्यवाणीको पूर्ति भयो। (भजन संग्रह १६:१०; प्रेरित २:३१) त्यसकारण, यहोवाले पहिले मोशाको शरीरलाई गरे जस्तै, येशूको शरीरलाई पनि हटाउँनु उचित ठान्‍नु भयो। (व्यवस्था ३४:५, ६) अरू, उहाँको शरीरलाई चिहानमै छाड़िएको भए, उहाँको पुनरुत्थान भयो भनेर येशूका चेलाहरूले बुझ्न सक्ने थिएनन्‌, किनभने त्यस समयसम्म आत्मिक कुराहरूको तिनीहरूले पूर्ण मूल्याङ्‌कन गर्न सकेका थिएनन्‌।

९. पुनरुत्थान हुनु भएको येशूको भौतिक शरीरमा भएको घाउमा थोमाले आफ्नो हाथ कसरी हाल्न सके?

९ तर प्रेरित थोमाले येशूको शरीरको कोखाको दुलोमा आफ्नो हात हाल्न सकेको हुनाले, काठमा झुन्ड्याइएको शरीरमानै येशूको पुनरुत्थान भएको हो भनेर देखिदैंन र? देखिदैंन, किनकि भूतकालमा स्वर्गदूतहरूले गरे जस्तै येशूले प्राकृतिक शरीर धारण मात्र गर्नु भएको हो। उहाँ को हुनुहुन्छ भनेर थोमालाई विश्‍वास दिलाउनकालागि उहाँले घाउ समेत भएको शरीर धारण गर्नु भएको हो। एक पटक अब्राहामले स्वागत गरेका स्वर्गदूतहरू जस्तै, येशू पनि खान, पिउँन सक्ने मानवको रूपमा देखापर्नु भएको हो।—उत्पत्ति १८:८; हिब्रू १३:२.

१०. येशूले विभिन्‍न शरीरहरू धारण गर्नु भयो भन्‍ने कुरा के ले दर्शाउँछ?

१० येशू आफू मारिनु भएको बेलाको शरीर जस्तै शरीरमा थोमाको समक्ष देखा परेता पनि, आफ्ना अनुयायीहरूका समक्ष विभिन्‍न शरीर लिएर पनि देखापर्नु भयो। त्यसकारण, मरियम मेगदलिनले पहिले येशूलाई माली भनी ठानिन्‌। अरू बेला चेलाहरूले पहिले उहाँलाई चिन्‍नै सकेनन्‌। यी सबै घटनाहरूमा उहाँलाई उहाँको व्यक्‍तिगत अनुहारले गर्दा होइन, तर उहाँका केही शब्द वा भाव-भङ्‌गीबाट तिनीहरूले उहाँलाई चिन्‍न सके।—यूहन्‍ना २०:१४-१६; २१:६, ७; लूका २४:३०, ३१.

११, १२. (क) ख्रीष्टले पृथ्वीलाई कुन प्रकारले छाड़नु भयो? (ख) अत: उहाँको पुनरागमन कुन प्रकारले हुनेछ भनेर हामीहरूले आशा गर्न सक्छौं?

११ उहाँको पुनरुत्थान भएपछि ४० दिनसम्म, येशू आफ्ना चेलाहरूका समक्ष प्राकृतिक शरीरमा देखापर्नु भयो। (प्रेरित १:३) त्यस पछि उहाँ स्वर्ग तर्फ प्रस्थान गर्नु भयो। तर कसैले सोध्न सक्छ: ‘के दुई जना स्वर्गदूतहरूले त्यहाँ उपस्थित चेलाहरूलाई यसो भनेका होइनन्‌, “ख्रीष्ट अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गतिर गइरहनु भएको देख्यौ, त्यसरीनै उहाँ फेरि आउँनु हुनेछ”?’ (प्रेरित १:११) हो, तिनीहरूले भनेको हो। तर ध्यान दिनुहोस्‌, तिनीहरूले उहाँ त्यही शरीरमा आउँनुहुन्छ भनेनन्‌। तिनीहरूले भने, “उहाँ त्यसरीनै” आउँनुहुनेछ। र येशू कसरी गइरहनु भएको थियो? शान्त ढङ्‌गले, कुनै हो-हल्ला नगराइकन। सिर्फ उहाँका प्रेरितहरूले त्यसको चाल पाए। संसारले चाल पाएन।

१२ आफ्ना प्रेरितहरूलाई छाड़ेर येशू स्वर्ग तर्फ जानलाग्नु भएको बेलाको विवरण बाइबलले कसरी गर्दछ, त्यसमा ध्यान दिनुहोस्‌: “तब तिनीहरूले हेर्दा हेर्दै उहाँ उँभो उचालिनु भयो, औ बादलले उहाँलाई तिनीहरूका दृष्टिबाट ढाकेर लग्यो।” (प्रेरित १:९) अत: येशू आकाश तर्फ जाँदा, प्रेरितहरूका वास्तविक दृष्टिबाट बादलले उहाँलाई लुकाइ दियो। गइरहनु भएको येशू, त्यसकारण, तिनीहरूबाट अदृश्‍य हुनुभयो। उहाँलाई तिनीहरूले देख्न सकेनन्‌। तब उहाँ आफ्नो आत्मिक शरीर साथ स्वर्गमा उक्लिनु भयो। (१ पत्रुस ३:१८) त्यसकारण, उहाँको पुनरागमन पनि एउटा आत्मिक शरीर लिएर अदृश्‍य रूपमा हुनेछ।

हरेक आँखाले कसरी देख्ने छ

१३. बादलसँग ख्रीष्ट आउनुहुँदा उहाँलाई “हरेक आँखाले देख्ने छ” भनिएको वचनलाई हामीहरूले कसरी बुझ्नु पर्ने हो?

१३ उसो भए, प्रकाश १:७ मा लेखिएका शब्दहरूलाई कसरी बुझ्नु पर्ने हो? त्यहाँ प्रेरित यूहन्‍नाले लेख्नु भएको छ: “हेर! उहाँ बादलहरूका साथमा आउनुहुन्छ, र हरेक आँखाले र उहाँलाई छेंडनेहरूले उहाँलाई देख्नेछन्‌, औ पृथ्वीका सबै कुलहरूले उहाँका निम्ति बिलौना गर्नेछन्‌।” यहाँ बाइबलले, प्राकृतिक आँखाले देख्ने भनेको होइन तर स्पष्टसँग बुझ्नु वा अवगत हुनु भनेको हो। जस्तोकि, एउटा व्यक्‍तिले कुनै कुराको बोध गर्दा वा बुझ्दा, उसले भन्‍न सक्छ, ‘मैले देखें।’ यथार्थमा, बाइबलले “हृदयका आँखा” भन्‍ने शब्दको प्रयोग गरेको छ। (एफिसी १:१८, किंग जेम्स भर्सन) अत: “हरेक आँखाले देख्नेछ” भनेको अर्थ, ख्रीष्ट उपस्थित हुनु हुन्छ भनेर हरेकले बुझ्नेछन्‌ वा चिन्‍नेछन्‌।

१४. (क) “उहाँलाई छेंडनेहरू” भनेका को हुन्‌? (ख) अन्तमा हरेकले ख्रीष्टको उपस्थितिवारे थाह पाइ सके पछि, तिनीहरूमा महा दु:ख किन हुनेछ?

१४ वास्तवमा येशूलाई “छेंडनेहरू” ता पृथ्वीमा अहिले जीवित छैनन्‌। अत: तिनीहरू, ख्रीष्टका आधुनिक अनुयायीहरूलाई चोट पुऱ्‍याएर, प्रथम शताब्दीका ती मानिसहरूको आचरणलाई नकल गर्ने व्यक्‍तिहरूको प्रतिनिधित्व गर्नेहरू हुन्‌। (मत्ती २५:४०, ४५) चाँड़ैनै त्यो समय आउँनेछ जब ख्रीष्टले त्यस्ता दुष्टहरूलाई नाशगर्नु हुनेछ। यसवारे तिनीहरूलाई अग्रिम चेतावनी दिइसकिएको छ। जब यो विनाश शुरू हुनेछ, त्यसबेला के हुँदैछ भनेर तिनीहरूले “देख्नेछन्‌” वा बुझ्नेछन्‌। र तिनीहरूको दु:ख वास्तवमा ठूलो हुनेछ!

के ख्रीष्ट पृथ्वीमा फेरि आउँनु हुनेछ?

१५. “फर्किने” शब्द अक्सर कुन प्रकारले प्रयोग हुन्छ?

१५ फर्किनुको अर्थ कुनै एउटा यथार्थ ठाउँमा जानु मात्र होइन। जस्तोकि, बिरामी मानिसहरूको ‘स्वास्थ्य फर्कियो’ भनिन्छ। र त्यस्तै कुनै शासक ‘शक्‍तिमा फेरि फर्किए’ भन्‍न सकिन्छ। त्यसैगरी, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो: “वसन्त ऋतुमा तोकिएकै समयमा म तँकहाँ फर्कि आउनेछु, र साराको एउटा छोरा भएको हुनेछ।” (उत्पत्ति १८:१४; २१:१) यहोवाको फर्काइको अर्थ, यथार्थमा फर्किने नभएर, सारा तर्फ उहाँको ध्यान गएर उहाँले प्रतिज्ञागर्नु भएको कुरा पूरागर्नु थियो।

१६. (क) ख्रीष्ट पृथ्वीमा कसरी फर्किनु हुन्छ? (ख) ख्रीष्ट कहिले फर्किनु भयो, र त्यस पछि के के भयो?

१६ सोही प्रकारले, ख्रीष्टको पुनरागमनको अर्थ उहाँ वास्तवमा यस पृथ्वीमा फेरि फर्केर आउँने होइन। बरू, यसको अर्थ, उहाँले राज्य शक्‍ति प्राप्त गरेर पृथ्वी तर्फ आफ्नो ध्यान लगाउनु हो। यसो गर्नकालागि आफ्नो स्वर्गीय सिंहासन छोड़ेर पृथ्वीमा आउँन उहाँलाई आवश्‍यकता पर्ने छैन। हामीहरूले अग्रिम अध्यायमा देखी सक्यौं, बाइबलको प्रमाण अनुसार, सा. यु. १९१४ सालमा परमेश्‍वरको समय अनुसार ख्रीष्ट फर्कनु भएर शासन शुरू गर्न थालिसक्नु भयो। त्यत्ति बेलानै स्वर्गमा एउटा ठूलो आवाज सुनियो: “अब हाम्रा परमेश्‍वरको मुक्‍ति, शक्‍ति, राज्य र उहाँको ख्रीष्टको अख्तियार आएको छ।”—प्रकाश १२:१०.

१७. ख्रीष्टको पुनरागमन अदृश्‍य हुनेहुनाले, उहाँ फर्किनु भयो भनेर बुझ्नकालागि उहाँले के दिनु भयो?

१७ ख्रीष्टको पुनरागमन अदृश्‍य हुनेहुनाले, त्यो भएकै हो भनेर पक्का गर्ने कुनै तरीका छ? हो, छ। ख्रीष्ट आफैले एउटा दृश्‍य “चिन्ह” दिनुभयो जसबाट उहाँ अदृश्‍य रूपमा उपस्थित हुनुहुन्छ र संसारको अन्त पनि नजिकै छ भनेर हामीहरू बुझ्न सक्दछौं। त्यो “चिन्हलाई” हामी जाँचौं।

[पृष्ठ १४२-मा भएको चित्र]

ख्रीष्टले बलिदानको रूपमा आफ्नो शरीर दिनुभयो। उहाँले त्यसलाई फेरि फिर्ता कदापि लिनु हुनेछैन र फेरि मानिस हुनुहुनेछैन

[पृष्ठ १४४, १४५-मा भएको चित्र]

मरियम मेगदलिनले येशूको पुनरुत्थान पछि उहाँलाई माली भनी ठान्‍ने गलती किन गरिन्‌?

पुनरुत्थान हुनुभएको येशूले आफ्नो कुन प्रकारको प्राकृतिक शरीरमा थोमालाई हात हाल्न भन्‍नुभयो?

[पृष्ठ १४७-मा भएको चित्र]

ख्रीष्ट जसरी पृथ्वीबाट जानु भयो त्यसरीनै फेरि आउनु हुनेछ। उहाँ कसरी जानु भयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने