प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्‍याउँदछ
    प्रहरीधरहरा—१९९३ | मार्च १
    • आत्माले कसरी मद्दत गर्छ

      ९. (क) पवित्र आत्माले एउटा “शान्तिदाता”-को हैसियतमा कसरी सेवा गर्दछ? (ख) पवित्र आत्मा एक जना व्यक्‍ति होइन भनेर हामी कसरी जान्दछौं? (न्यु व०-मा पाद टिप्पणी हेर्नु होस्‌।)

      ९ येशू ख्रीष्टले पवित्र आत्मालाई “शान्तिदाता” भन्‍नुभयो। उदाहरणका लागि, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को शान्तिदाता दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सधैंभरि हुनुहुनेछ। अर्थात्‌ सत्यका आत्मा जसलाई संसारले ग्रहण गर्नसक्‍तैन, किनभने त्यसले उहाँलाई नता देख्छ न चिन्छ, तिमीहरू ता उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसित रहनुहुन्छ, र तिमीहरूमा हुनुहुनेछ।” अन्य अरू कार्य गर्नका साथै, त्यो “शान्तिदाता”-ले एउटा शिक्षकको काम पनि गर्ने थियो किनभने ख्रीष्टले यसरी प्रतिज्ञा गर्नु भएको थियो: “तर शान्तिदाता, अर्थात्‌ पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँलेनै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ।” त्यो आत्माले ख्रीष्टबारे साक्षी पनि दिने थियो किनकि उहाँले आफ्ना चेलाहरूलाई यस प्रकार आश्‍वासन दिनु भयो: “म जानु नै तिमीहरूको निम्ति फाइदा छ। किनभने म गइनँ भने, शान्तिदाता तिमीहरूकहाँ आउनु हुनेछैन। तर गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु।”—यूहन्‍ना १४:१६, १७, २६; १५:२६; १६:७.a

      १०. पवित्र आत्मा कुन कुन ढङ्‌गमा एउटा मद्दतगार साबित भएको छ?

      १० येशूले त्यो प्रतिज्ञा गरिएको पवित्र आत्मा, स्वर्गबाट आफ्ना चेलाहरू माथि, सा०यु० ३३ को पेन्तिकोसको दिनमा खन्याइ दिनु भयो। (प्रेरित १:४, ५; २:१-११) शान्तिदाताको हैसियतमा आत्माले तिनीहरूलाई परमेश्‍वरको इच्छा अझ राम्रोसँग बुझ्ने मद्दत दियो र भविष्यवाणीहरू पनि तिनीहरूका लागि अझ खुलस्त भयो। (१ कोरिन्थी २:१०-१६; कलस्सी १:९, १०; हिब्रू ९:८-१०) त्यो शान्तिदाताले येशूका चेलाहरूलाई पृथ्वीभरि उहाँका साक्षी हुने सामर्थ्य पनि दियो। (लूका २४:४९; प्रेरित १:८; एफिसी ३:५, ६) आज पनि पवित्र आत्माले एक जना समर्पित मसीहीलाई आफ्नो ज्ञान बढाउने मद्दत दिन सक्छ। तर ती मसीहीले भने “विश्‍वासी र बुद्धिमान दास” द्वारा परमेश्‍वरले गर्नु भएका प्रबन्धहरूको राम्रो प्रयोग गर्नुपर्छ। (मत्ती २४:४५-४७) यहोवाका एक जना सेवकको हैसियतमा साक्षी दिंदा खाँचो पर्ने साहस र बल परमेश्‍वरको आत्माले दिन सक्‍तछ। (मत्ती १०:१९, २०; प्रेरित ४:२९-३१) तथापि, पवित्र आत्माले परमेश्‍वरका जनहरूलाई अरू ढङ्‌गहरूमा पनि मद्दत दिने गर्दछ।

  • यहोवाको आत्माले उहाँका जनहरूलाई डोऱ्‍याउँदछ
    प्रहरीधरहरा—१९९३ | मार्च १
    • a पवित्र आत्मालाई “शान्तिदाता” भने तापनि, त्यो एउटा व्यक्‍ति चाहिं होइन। किनभने त्यसका लागि युनानी भाषामा नपुङ्‌सक लिङ्‌ग (त्यो) प्रयोग गरिएको छ। यसै प्रकार, बुद्धिलाई पनि एउटा व्यक्‍तिको रूपमा प्रस्तुत गर्दा, हिब्रू भाषामा स्त्री लिङ्‌ग प्रयोग गरिएको छ। (हितोपदेश १:२०-३३; ८:१-३६) साथै, पवित्र आत्मा “खन्याइएको” थियो। कुनै व्यक्‍ति खन्याइनु सकिन्दैन।—प्रेरित २:३३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने