प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ११९ p. २७४-p. २७५ par. ५
  • येसु—बाटो, सत्य र जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु—बाटो, सत्य र जीवन
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • ‘बुबा को हो, छोराले प्रकट गर्न चाहन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “साहसी होओ! मैले यस संसारलाई जितेको छु”
    येसु—बाटो, सत्य र जीवन
  • येसु कस्तो व्यक्‍ति हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ११९ p. २७४-p. २७५ par. ५
येसु आफ्नो ११ जना वफादार प्रेषितहरूसित माथिल्लो तलाको कोठामा

अध्याय ११९

येसु—बाटो, सत्य र जीवन

युहन्‍ना १४:१-३१

  • येसु ठाउँ तयार पार्न जाँदै हुनुहुन्छ

  • उहाँ आफ्ना अनुयायीहरूलाई मदतगार दिने प्रतिज्ञा गर्नुहुन्छ

  • बुबा येसुभन्दा महान्‌ हुनुहुन्छ

स्मरणार्थको भोजपछि येसु अझै प्रेषितहरूसित माथिल्लो तलाको कोठामा हुनुहुन्छ। उहाँ तिनीहरूलाई यस्तो प्रोत्साहन दिनुहुन्छ: “तिमीहरूको हृदय व्याकुल नहोस्‌। परमेश्‍वरमाथि विश्‍वास गर अनि ममाथि पनि विश्‍वास गर।”—युहन्‍ना १३:३६; १४:१.

आफू जान लागेकोमा व्याकुल हुनु नपर्ने कारणबारे उहाँ प्रेषितहरूलाई यसो भन्‍नुहुन्छ: “मेरो बुबाको घरमा बस्ने ठाउँ धेरै छ। . . . यदि गएर मैले तिमीहरूको निम्ति ठाउँ तयार पारेँ भने म फेरि आउनेछु अनि तिमीहरूलाई मेरो घरमा लैजानेछु र म जहाँ हुन्छु, तिमीहरू पनि त्यहीँ हुनेछौ।” तर प्रेषितहरू उहाँले स्वर्ग जानेबारे कुरा गर्दै हुनुहुन्छ भनेर बुझ्दैनन्‌। त्यसैले थोमा सोध्छन्‌: “प्रभु, तपाईँ कहाँ जाँदै हुनुहुन्छ, हामीलाई थाह छैन। तब कसरी हामीलाई त्यहाँ जाने बाटो थाह हुन्छ र?”—युहन्‍ना १४:२-५.

येसु “बाटो, सत्य र जीवन मै हुँ” भन्‍नुहुन्छ। येसु र उहाँको शिक्षालाई स्विकारेमा र उहाँको जीवनशैली अनुकरण गरेमा मात्र उहाँको बुबाको स्वर्गीय घरमा प्रवेश गर्न सकिन्छ। येसु भन्‍नुहुन्छ: “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।”—युहन्‍ना १४:६.

ध्यान दिएर सुनिरहेका फिलिप यस्तो बिन्ती गर्छन्‌: “प्रभु, हामीलाई बुबा देखाइदिनुहोस्‌, त्यति भए हामीलाई पुग्छ।” यहोवा मोसा, एलिया र यसैयासामु दर्शनमा प्रकट हुनुभएझैँ कुनै तरिकामा उनीहरूसामु पनि प्रकट हुनुभएको फिलिप चाहन्छन्‌ जस्तो देखिन्छ। तर प्रेषितहरूले ती दर्शनहरूभन्दा उत्तम कुरा पाएका छन्‌। यस कुरालाई जोड दिँदै येसु भन्‍नुहुन्छ: “मैले तिमीहरूसित यति लामो समय बिताएँ तैपनि तिमी मलाई चिन्दैनौ फिलिप? जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” येसु आफ्नो बुबाको व्यक्‍तित्व दुरुस्तै झल्काउनुहुन्छ। त्यसैले येसुसँगै समय बिताउनु र उहाँलाई नजिकबाट हेर्नु भनेको बुबालाई देखेसरह हो। पक्कै पनि बुबा छोराभन्दा श्रेष्ठ हुनुहुन्छ र यसबारे येसु यसो भन्‍नुहुन्छ: “म तिमीहरूलाई जे भन्छु, त्यो आफ्नै तर्फबाट भन्दिनँ।” (युहन्‍ना १४:८-१०) आफूले सिकाइरहेको सबै शिक्षाको श्रेय उहाँले बुबालाई दिनुभएको प्रेषितहरूले याद गरेको हुनुपर्छ।

येसुका प्रेषितहरूले उहाँले अचम्मका कामहरू गर्नुभएको देखेका छन्‌। साथै उहाँले परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्नुभएको पनि तिनीहरूले सुनेका छन्‌। अब उहाँ तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “जसले ममाथि विश्‍वास गर्छ, मैले गरेको काम उसले पनि गर्नेछ। उसले तीभन्दा पनि ठूला कामहरू गर्नेछ।” (युहन्‍ना १४:१२) तिनीहरूले उहाँले भन्दा ठूलठूला चमत्कारहरू गर्नेछन्‌ भनेर येसुले भन्‍न खोज्नुभएको होइन। तर तिनीहरूले अझ लामो समय सेवाको काम गर्नेछन्‌, अझ ठूलो इलाका ढाक्नेछन्‌ र अझ धेरैलाई सुसमाचार सुनाउनेछन्‌।

येसु जानुभएपछि तिनीहरू अलपत्र पर्नेछैनन्‌ किनकि उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म त्यो गर्नेछु।” यसबाहेक उहाँ यसो भन्‍नुहुन्छ: “म बुबालाई बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को मदतगार दिनुहुनेछ, जुन तिमीहरूसित सधैँभरि रहिरहनेछ अर्थात्‌ सत्य प्रकट गर्ने पवित्र शक्‍ति।” (युहन्‍ना १४:१४, १६, १७) तिनीहरूले अर्को मदतगार अर्थात्‌ पवित्र शक्‍ति पाउने कुराको उहाँ ग्यारेन्टी दिनुहुन्छ। तिनीहरूले पेन्तिकोसको दिनमा पवित्र शक्‍ति पाउँछन्‌।

येसु भन्‍नुहुन्छ: “अबको केही बेरपछि संसारले मलाई देख्नेछैन तर तिमीहरूले भने देख्नेछौ किनकि म जीवितै छु अनि तिमीहरू पनि जीवितै रहनेछौ।” (युहन्‍ना १४:१९) फेरि जीवित हुनुभएपछि येसु चेलाहरूसामु मानव शरीरमा देखा पर्नुहुने मात्र होइन तर पछि उहाँले तिनीहरूलाई पनि जीवित पार्नुहुनेछ र तिनीहरू उहाँसँगै स्वर्गमा हुनेछन्‌।

अब येसु एउटा वास्तविकता बताउनुहुन्छ: “जसले मेरा आज्ञाहरू ग्रहण गर्छ र ती पालन गर्छ, मलाई प्रेम गर्ने ऊ नै हो। जसले मलाई प्रेम गर्छ, उसलाई मेरो बुबाले पनि प्रेम गर्नुहुनेछ र म उसलाई प्रेम गर्नेछु अनि ऊसामु खुलेर प्रकट हुनेछु।” त्यसपछि थेदियस पनि भनिने प्रेषित यहुदा यस्तो सोध्छन्‌: “प्रभु, तपाईँ किन हामीसामु खुलेर प्रकट हुन चाहनुहुन्छ तर संसारसामु भने प्रकट हुन चाहनुहुन्‍न?” येसु यस्तो जवाफ दिनुहुन्छ: “यदि कसैले मलाई प्रेम गर्छ भने उसले मेरो वचन पालन गर्नेछ र मेरो बुबाले उसलाई प्रेम गर्नुहुनेछ . . . जसले मलाई प्रेम गर्दैन, उसले मेरा वचनहरू पालन गर्दैन।” (युहन्‍ना १४:२१-२४) उहाँका अनुयायीहरूले स्विकारेजस्तो संसारले उहाँलाई बाटो, सत्य र जीवनको रूपमा स्विकार्दैन।

येसु जाँदै हुनुहुन्छ; त्यसोभए चेलाहरूले उहाँले सिकाउनुभएको सबै कुरा कसरी सम्झन सक्नेछन्‌? येसु भन्‍नुहुन्छ: “बुबाले मेरो नाममा पठाउनुहुने मदतगार अर्थात्‌ पवित्र शक्‍तिले तिमीहरूलाई सबै कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।” पवित्र शक्‍तिले कसरी मदत गर्न सक्छ भनेर प्रेषितहरूले देखेका छन्‌, त्यसैले यस आश्‍वासनले तिनीहरूलाई ढुक्क बनाउँछ। येसु अझै यसो भन्‍नुहुन्छ: “म तिमीहरूकहाँ शान्ति छोडेर जान्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु। . .  त्यसैले तिमीहरूको हृदय व्याकुल नहोस्‌ अनि डरले गर्दा कमजोर नहोस्‌।” (युहन्‍ना १४:२६, २७) त्यसैले चेलाहरू व्याकुल हुनुपर्ने कुनै कारण छैन। तिनीहरूले येसुको बुबाबाट निर्देशन र सुरक्षा पाउनेछन्‌।

परमेश्‍वरले सुरक्षा दिन सक्नुहुन्छ भनेर चाँडै प्रस्ट हुनेछ। येसु भन्‍नुहुन्छ: “यस संसारको शासक आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।” (युहन्‍ना १४:३०) सैतान यहुदाभित्र पसेर तिनीमाथि नियन्त्रण जमाउन सफल भएको थियो। तर येसुमा त्यस्तो कुनै कमजोरी छैन, जसको सैतानले फाइदा उठाएर उहाँलाई परमेश्‍वरविरुद्ध खडा गर्न सक्छ। न त सैतानले येसुलाई सधैँभरि मृत्युको कब्जामा नै राख्न सक्नेछ। किन? येसु भन्‍नुहुन्छ: “बुबाले मलाई दिनुभएको आज्ञा म पालन गर्दै छु।” बुबाले आफूलाई फेरि जीवित पार्नुहुनेछ भन्‍ने कुरामा उहाँ निर्धक्क हुनुहुन्छ।—युहन्‍ना १४:३१.

  • येसु कहाँ जाँदै हुनुहुन्छ र त्यहाँ जाने बाटोको सन्दर्भमा थोमा कस्तो आश्‍वासन पाउँछन्‌?

  • फिलिप येसुले के गरिदिएको चाहन्छन्‌ जस्तो देखिन्छ?

  • येसुका अनुयायीहरूले कसरी उहाँले भन्दा ठूलो काम गर्नेछन्‌?

  • बुबा येसुभन्दा महान्‌ हुनु किन आश्‍वासनदायी छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने