प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “सत्य के हो?”
    प्रहरीधरहरा—१९९५ | जुलाई १
    • “सत्य के हो?”

      आकाश र जमीनजस्तो भिन्‍न व्यक्‍तित्वका दुइ पुरुषहरू एक आपसको आमुन्‍नेसामुन्‍ने छन्‌। तिनीहरूमध्ये एक, अरूको खिसी उडाउने र आफ्नो पदोन्‍नति गराउन हर काम गर्न राजी हुने धनी अनि महत्वाकांक्षी राजनीतिज्ञ थिए भने अर्को चाहिं शिक्षक। धन र मानसम्मान उसको निम्ति महत्त्वपूर्ण थिएन र अरूको जीवन बचाउन ऊ आफ्नो जीवनसमेत दिन तयार थियो। अब यी दुइ पुरुषहरूको दृष्टिकोण पनि भिन्‍न थियो भनेर भनिरहनु नपर्ला! मुख्यतः एउटा विषयमा तिनीहरू दुवै पूर्णतया असहमत भए। त्यो थियो, सत्य।

      यी पुरुषहरू पन्तियस पिलातस र येशू ख्रीष्ट थिए। येशू पिलातससमक्ष अपराधीसमान उभिरहनुभएको थियो। किन? येशूले यसको कारण बताउनुभयो र वास्तवमा उहाँ यस पृथ्वीमा आउनुभएर आफ्नो सेवकाई गर्नुको कारण पनि त्यही थियो। र त्यो थियो सत्य। “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ,” उहाँले भन्‍नुभयो।—यूहन्‍ना १८:३७.

      जवाफमा पिलातसले निकै उल्लेखनीय प्रश्‍न गऱ्‍यो: “सत्य के हो?” (यूहन्‍ना १८:३८) तर के उसलाई साँच्चै नै जवाफ चाहिएको थियो? सम्भवतः थिएन। किनकि येशू हर निष्कपट प्रश्‍नको जवाफ दिनसक्ने मानिस हुनुहुन्थ्यो, तैपनि उहाँले पिलातसलाई जवाफ दिनुभएन। र पिलातस प्रश्‍न सोध्ने बित्तिकै दर्शककक्षबाट निस्क्यो भनेर बाइबलले हामीलाई बताउँछ। यो रोमी बडाहाकिमले सम्भवतः अविश्‍वास र खिसी उडाउने लक्ष्य राखेर उक्‍त प्रश्‍न गरेको हुनुपर्छ। मानौं ऊ भन्‍न चाहन्छ, “सत्य? यो कुन चराको नाउँ हो? सत्य छैन।”a

  • “सत्य के हो?”
    प्रहरीधरहरा—१९९५ | जुलाई १
    • a बाइबलविद्‌ आर. सि. एच. लेन्स्कीअनुसार पिलातसको “स्वर धार्मिक सत्यसँग सम्बन्धित जुनसुकै कुरा केवल निरर्थक अनुमान हो भनी प्रश्‍न गर्न चाहने भावशून्य सांसारिक मानिसको जस्तै थियो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने