प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ pp. ४-५
  • येशू कहाँबाट आउनुभयो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू कहाँबाट आउनुभयो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • येशू ख्रीष्ट—परमेश्‍वरको ज्ञानको कुञ्जी
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • येसुको जन्म—कहाँ र कहिले?
    येसु—बाटो, सत्य र जीवन
  • येसु ख्रिष्ट को हुनुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ pp. ४-५

येशू कहाँबाट आउनुभयो?

“अनि फेरि महलभित्र पसेर [पिलातसले] येशूलाई सोधे: ‘तिमी कहाँका हौ?’ तर येशूले तिनलाई कुनै जवाफ दिनुभएन।”—यूहन्‍ना १९:९.

रोमी राज्यपाल पन्तियस पिलातसले येशूलाई यो प्रश्‍न गर्दा उहाँ जीवन र मृत्युको दोसाँधमा हुनुहुन्थ्यो। येशू इस्राएलको कुन ठाउँबाट आउनुभएको हो भनेर पिलातसलाई थाह थियो। (लूका २३:६, ७) येशू एउटा सामान्य मानिस मात्र हुनुहुन्‍न भनेर पनि तिनलाई थाह थियो। त्यसोभए, के पिलातसले येशू पहिलेदेखि नै अस्तित्वमा हुनुहुन्थ्यो भनी सोच्दै यो प्रश्‍न सोधेका थिए त? के यी गैर-ख्रीष्टियन शासक सत्य स्वीकारेर त्यसअनुसार जिउन साँच्चै इच्छुक थिए? कुरा जेसुकै होस्‌, येशूले केही जवाफ दिनुभएन। पिलातसको खास चासोको विषय सत्यतथ्य बुझेर न्याय गरिदिनमा भन्दा आफ्नै भविष्य बनाउनुमा थियो भन्‍ने कुरा धेरै बेर लुक्न सकेन।—मत्ती २७:११-२६.

खुसीको कुरा, येशू कहाँबाट आउनुभयो भनेर साँचो मनले जान्‍न चाहनेहरूले सजिलै जान्‍न सक्छन्‌। बाइबलले येशू ख्रीष्टको सुरुवातबारे स्पष्टसँग बताएको छ। निम्न कुराहरू विचार गर्नुहोस्‌।

▪ उहाँ कहाँ जन्मनुभयो? येशू यहूदामा पर्ने बेतलेहेम नाम गरेको गाउँको एउटा गरिब परिवारमा जन्मनुभएको थियो। सम्राट्‌ अगस्टसले आ-आफ्नो नाम दर्ता गराउन उर्दी जारी गरे। त्यसैले “दुई जीउकी” भएकै अवस्थामा येशूकी आमा मरियम आफ्नो पति यूसुफसँग तिनको पुर्ख्यौली गाउँ बेतलेहेम आउन बाध्य भइन्‌। धेरै मानिस बसोबास गरेकोले तिनीहरूले त्यहाँ बास पाउन सकेनन्‌ र तिनीहरू गोठमा बस्नुपऱ्‍यो। येशू त्यहीं जन्मनुभयो र उहाँलाई डुँडमा राखियो।—लूका २:१-७.

शताब्दियौंअघि नै बाइबलमा येशू जन्मने ठाउँबारे यस्तो भविष्यवाणी गरिएको थियो: “ए बेतलेहेम एप्राता, तँ जो यहूदाका हजारौंका बीचमा सानो छस्‌, तँबाट मेरो निम्ति एक जना निस्कनेछ, जो इस्राएलका शासक हुनेछ।”a (मीका ५:२) यहूदाका अरू सहरहरूको तुलनामा बेतलेहेम निकै सानोजस्तो देखिन्थ्यो। तैपनि यस सानो गाउँले विशेष सम्मान पाउने थियो। प्रतिज्ञा गरिएका मसीह अर्थात्‌ ख्रीष्ट बेतलेहेमबाट आउनुहुने थियो।—मत्ती २:३-६; यूहन्‍ना ७:४०-४२.

▪ उहाँ कहाँ हुर्कनुभयो? मिश्रमा केही समय बसेपछि येशूका आमाबाबु यरूशलेमदेखि लगभग १०० किलोमिटर उत्तरतिर गालील प्रान्तमा पर्ने सहर नासरतमा सरे। त्यतिबेला येशू तीन वर्ष पनि पुग्नुभएको थिएन। उहाँ हुर्कनुभएको त्यस मनोरम क्षेत्रका मानिसहरू कृषक, गोठालो र मछुवारा थिए। येशू ठूलो तर सम्भवतः मध्यम वर्गीय परिवारमा हुर्कनुभयो।—मत्ती १३:५५, ५६.

मसीह “नासरी” हुनेछन्‌ भनी बाइबलमा सयौं वर्षअघि भविष्यवाणी गरिएको थियो। सुसमाचारका लेखक मत्तीले बताएअनुसार येशूका आमाबाबु “नासरत नाम गरेको सहरमा आएर बसे। यसरी भविष्यवक्‍ताहरूको यो वचन पूरा भयो: ‘उहाँ नासरी कहलाइनुहुनेछ।’ ” (मत्ती २:१९-२३) नासरी नाम “टुसा”-लाई बुझाउने हिब्रू शब्दसित सम्बन्धित छ जस्तो देखिन्छ। मत्तीले यशैयाको भविष्यवाणीलाई सङ्‌केत गरिरहेका हुन सक्छन्‌। उक्‍त भविष्यवाणीमा मसीहलाई यस्सीको ठुटाबाट निस्कने “एउटा टुसा” भनेर बताइएको छ। (यशैया ११:१, NRV) मतलब, मसीह दाऊदका बुबा यस्सीका सन्तान हुने थिए।—मत्ती १:६, १६; लूका ३:२३, ३१, ३२.

▪ उहाँ वास्तवमा कहाँबाट आउनुभयो? येशू बेतलेहेमको गोठमा जन्मनुभन्दा धेरै अघि नै अस्तित्वमा हुनुहुन्थ्यो भनी बाइबल बताउँछ। अगाडि उद्धृत गरिएको मीकाको भविष्यवाणी अझै यसो भन्छ: “जसको शुरु अघिदेखि, अर्थात्‌ प्राचीनकालदेखिनै छ।” (मीका ५:२) येशू परमेश्‍वरको जेठो छोरा हुनुहुन्थ्यो। पृथ्वीमा मानवको रूपमा जन्मनुअघि अदृश्‍य व्यक्‍तिको रूपमा उहाँ स्वर्गमा हुनुहुन्थ्यो। येशू आफैले म “स्वर्गबाट ओर्लेर आएको हुँ” भन्‍नुभयो। (यूहन्‍ना ६:३८; ८:२३) तर यो कसरी सम्भव भयो?

यहोवा परमेश्‍वरले पवित्र शक्‍ति चलाएर चमत्कारपूर्ण ढङ्‌गमा आफ्नो छोराको जीवन स्वर्गबाट पृथ्वीमा यहूदी कन्या मरियमको गर्भमा सारिदिनुभयो।b यसरी येशू त्रुटिरहित मानिस भएर जन्मन सम्भव भयो। यस्तो चमत्कार सर्वशक्‍तिमान्‌ परमेश्‍वरको निम्ति कुनै गाह्रो कुरा होइन। मरियमलाई यसबारे जानकारी दिने स्वर्गदूतले बताएअनुसार “आफूले बोलेको कुनै पनि कुरा पूरा गर्न परमेश्‍वरको लागि असम्भव हुँदैन।”—लूका १:३०-३५, ३७.

बाइबलले हामीलाई येशू कहाँबाट आउनुभयो भनेर मात्रै बताएको छैन। सुसमाचारका चार पुस्तक—मत्ती, मर्कूस, लूका र यूहन्‍नाले उहाँले कसरी जीवन बिताउनुभयो भन्‍नेबारे अझ धेरै कुरा बताउँछ। ( w11 -E 04/01)

[फुटनोट]

a एप्राता (अर्थात्‌ एप्रात) बेतलेहेमको पुरानो नाम हुन सक्छ।—उत्पत्ति ३५:१९.

b यहोवा भनेको बाइबलमा बताइएको परमेश्‍वरको नाम हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने