प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ५ पृ. १८-पृ. १९ अनु. ६
  • येसुको जन्म—कहाँ र कहिले?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसुको जन्म—कहाँ र कहिले?
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूको जन्म—कहाँ र कहिले?
    सबैभन्दा महान्‌ पुरुष
  • स्वर्गदूतहरू येसुको जन्मको घोषणा गर्छन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • येशू गोठमा जन्मिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • त्यसको अर्थ तिनले “मनमनै गुन्‍न थालिन्‌”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ५ पृ. १८-पृ. १९ अनु. ६
मरियम चढेको गधालाई युसुफ बेतलेहेमतिर डोऱ्‍याएर लैजाँदै

अध्याय ५

येसुको जन्म—कहाँ र कहिले?

लुका २:१-२०

  • येसु बेतलेहेममा जन्मनुहुन्छ

  • गोठालाहरू शिशु येसुलाई हेर्न जान्छन्‌

रोमी साम्राज्यका शासक, सिजर अगस्तसले सबैले आ-आफ्नो नाम दर्ता गर्नू भनी उर्दी जारी गरेका छन्‌। त्यसको लागि युसुफ र मरियम युसुफको जन्मथलोमा जानुपर्छ। युसुफको जन्म यरुसलेमको दक्षिणमा पर्ने बेतलेहेम भन्‍ने सहरमा भएको थियो।

नाम दर्ता गर्न बेतलेहेममा मानिसहरूको ओइरो लागेको छ। युसुफ र मरियमले बास बस्नको लागि गधा र अरू पशुहरू राखिने गोठबाहेक अरू ठाउँ पाउँदैनन्‌। येसुको जन्म त्यहीँ हुन्छ। मरियम शिशु येसुलाई कपडाले बेरेर जनावरहरूलाई आहारा दिने डुँडमा राख्छिन्‌।

सिजर अगस्तसले नाम दर्ता गर्ने कानुन बनाउनुपछाडि पक्कै परमेश्‍वरको हात थियो। किन? किनभने यस कानुनले गर्दा येसुको जन्म उहाँको पुर्खा राजा दाउदको गृहनगर बेतलेहेममा भयो। प्रतिज्ञा गरिएको शासकको जन्म त्यही सहरमा हुनेछ भनेर बाइबलमा धेरै पहिला भविष्यवाणी गरिएको थियो।—मिका ५:२.

यो कत्ति विशेष रात हो! बाहिर चौरमा गोठालाहरू बसिरहेको ठाउँ वरिपरि उज्यालो ज्योति चम्किन्छ। यो यहोवा परमेश्‍वरको महिमा हो! एक जना स्वर्गदूतले गोठालाहरूलाई यसो भन्छन्‌: “नडराओ किनकि हेर म सबै मानिसलाई असाध्यै आनन्दित बनाउने सुसमाचार तिमीहरूलाई सुनाउँदै छु। किनकि दाउदको सहरमा आज तिमीहरूका उद्धारक, ख्रिष्ट प्रभुको जन्म भएको छ। अनि तिमीहरूले उहाँलाई यसरी चिन्‍नेछौ: तिमीहरूले एउटा शिशुलाई कपडाले बेरेर डुँडमा राखिएको भेट्टाउनेछौ।” तब अचानक अरू थुप्रै स्वर्गदूत देखा पर्छन्‌ र तिनीहरू यसो भन्छन्‌: “स्वर्गमा परमेश्‍वरको महिमा होस्‌ अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”—लुका २:१०-१४.

मरियम, युसुफ र गोठालाहरू डुँडमा राखिएको शिशु येसुलाई हेर्दै

स्वर्गदूतहरू गएपछि ती गोठालाहरू आपसमा यसो भन्छन्‌: “आओ, हामी तुरुन्तै बेतलेहेम जाऔँ अनि यहोवा परमेश्‍वरले हामीलाई भन्‍नुभएबमोजिम त्यहाँ के-के भएछ, गएर हेरौँ।” (लुका २:१५) तिनीहरू हतारहतार जान्छन्‌ र स्वर्गदूतले भनेकै ठाउँमा भर्खरै जन्मनुभएको येसुलाई भेट्टाउँछन्‌। स्वर्गदूतले भनेको कुरा ती गोठालाहरूले त्यहाँ भएका मानिसहरूलाई बताउँदा सबै छक्क पर्छन्‌। मरियमले यी सबै कुरा मनमा साँचेर राख्छिन्‌ र त्यसबारे मनमनै गुन्‍न थाल्छिन्‌।

आज धेरै मानिसले येसुको जन्म डिसेम्बर २५ मा भएको हो भनेर विश्‍वास गर्छन्‌। तर डिसेम्बर महिनामा बेतलेहेममा जाडो हुन्छ र पानी पर्छ। कहिलेकाहीँ हिउँ पनि पर्छ। यस्तो मौसममा गोठालाहरू आफ्नो बगाललाई लिएर बाहिर बस्न सक्दैनन्‌। साथै त्यो समयमा मानिसहरू ती रोमी शासकको विरोध गर्न तम्सिरहेका थिए। त्यसैले तिनले यस्तो कठ्याङ्‌ग्रिने जाडोमा नाम दर्ता गर्नको लागि उर्दी जारी गर्ने सम्भावना देखिँदैन। यसकारण येसुको जन्म न्यानो मौसममा सम्भवतः अक्टोबर महिनामा भएको हुनुपर्छ।

  • युसुफ र मरियम किन बेतलेहेम जानुपर्ने हुन्छ?

  • येसु जन्मनुभएको रात कस्तो अचम्मको घटना हुन्छ?

  • येसुको जन्म डिसेम्बर २५ मा भएको होइन भनेर किन भन्‍न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने