प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ६/१ pp. २३-२७
  • यहोवालाई उहाँको वचनद्वारा चिन्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई उहाँको वचनद्वारा चिन्‍नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भावनाहरू भएको परमेश्‍वर
  • “परमेश्‍वरकै तत्त्वको प्रतिबिम्ब”
  • येशू ख्रीष्ट को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • येशू ख्रीष्टलाई –परमेश्‍वरले पठाउनु भएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
    “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
  • सधैं सही न्याय गर्नुहुने न्यायकर्ता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ६/१ pp. २३-२७

यहोवालाई उहाँको वचनद्वारा चिन्‍नुहोस्‌

“अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

१, २.(क) शास्त्रमा “चिन्‍नु” र “ज्ञान हुनु”-को अर्थ के हो? (ख) यो अर्थलाई कुन कुन उदाहरणहरूले स्पष्ट पार्छ?

“चिन्‍नु” र “ज्ञान लिनु” भन्‍ने शब्दहरूलाई शास्त्रमा जुन अर्थको साथ प्रयोग गरिएको छ, त्यो अर्थ कुनै व्यक्‍तिसित चिनजान गर्नु अथवा कुनै चिजबारे बाहिरी ज्ञान प्राप्त गर्नु मात्र होइन। बाइबलअनुसार यसमा “अनुभवद्वारा चिन्‍नु” अथवा “दुईजना व्यक्‍तिहरू बीचको विश्‍वास”-लाई व्यक्‍त गर्ने ज्ञान समावेश हुन्छ। (द न्यु इन्टरनेशनल डिक्सनेरी अफ न्यु टेस्टामेन्ट थिअलजि) यहाँ यहोवालाई उहाँको कुनै विशेष कार्यद्वारा चिन्‍नु सम्मिलित छ। यस्ता कार्यहरूका उदाहरणहरू हामी इजकिएलको पुस्तकमा पाउँछौं, जहाँ गलतकाम गर्नेहरूको विरुद्धमा परमेश्‍वरले न्याय गर्नु हुँदा यो घोषणा गर्नु भयो: ‘तिमीहरूले म यहोवा नै हुँ भनेर जान्‍नेछौ।’—इजकिएल ३८:२३.

२ “चिन्‍नु” र “ज्ञान” भन्‍ने शब्दहरूलाई विभिन्‍न ढङ्‌गमा प्रयोग गर्न सकिन्छ। यस कुरालाई केही उदाहरणहरूद्वारा स्पष्ट पार्न सक्छौं। येशूको नाउँमा काम गरेका दाबी गर्ने धेरैलाई उहाँले “मैले तिमीहरूलाई कहिले चिनेकै छैन” भन्‍नुको अर्थ तिनीहरूसित उहाँको कहिले केही सम्बन्ध नै थिएन भन्‍नु थियो। (मत्ती ७:२३) दोस्रो कोरिन्थी ५:२१ अनुसार ख्रीष्टलाई “पापै थाह” थिएन। यसको अर्थ उहाँलाई पापको चेतना नै थिएन भन्‍नु होइन। बरु, व्यक्‍तिगत रूपमा उहाँ पापमा ग्रस्त हुनु हुन्‍न थियो। यस्तैगरी येशूले, “अनन्त जीवन यही हो कि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्‍वरलाई र जसलाई तपाईंले पठाउनु भयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌” भन्‍नुको अर्थ परमेश्‍वर र ख्रीष्टबारे केही कुराहरू थाहा गर्नु मात्र थिएन।—मत्ती ७:२१ सित तुलना गर्नुहोस्‌।

३. साँचो परमेश्‍वरमा हुनु पर्ने विशेषता यहोवामा छ भनेर के ले प्रमाणित पार्दछ?

३ यहोवाको वचन बाइबलद्वारा नै उहाँका अन्य विशेषताहरू थाहा गर्न सकिन्छ। तीमध्ये एउटा हो भविष्यवाणीको शक्‍ति। यसो गर्न सक्ने क्षमतालाई साँचो परमेश्‍वरको एउटा विशेषता मानिएको छ। “तिनीहरूले ती कुरा देखाउन्‌ र जे हुन आउनेछ, सो प्रकट गरून्‌। भइसकेका कुरा प्रकट गर, र हामी तिनको विचार गरौं, र तिनको नतीजा के हुन्छ भनी हामी जान्‍नेछौं। अथवा भविष्य हामीलाई देखाऊ। हामीलाई अब आउने कुराहरू प्रकट गर, र तिमीहरू ईश्‍वर हौ भनी हामी जान्‍न सकौंला।” (यशैया ४१:२२, २३) आफ्नो वचनमा यहोवाले भइ सकेका कुराहरू अर्थात्‌ पृथ्वी र त्यसमा भएका प्राणीहरूको सृष्टिबारे बताउनु हुन्छ। उहाँले पछि हुने कुराहरू, धेरै नै अघि बताउनु भयो र ती जम्मै कुराहरू पछि पूरा पनि भए। र अहिले पनि उहाँले “आउने कुराहरू,” विशेषगरी यी “आखिरी दिनहरूमा” हुने कुराहरू बताउनु हुन्छ।—२ तिमोथी ३:१-५, १३; उत्पत्ति १:१-३०; यशैया ५३:१-१२; दानिएल ८:३-१२, २०-२५; मत्ती २४:३-२१; प्रकाश ६:१-८; ११:१८.

४. यहोवाले आफ्नो एउटा विशेषता अर्थात्‌ उहाँको शक्‍तिको प्रयोग कसरी गर्नु भएको छ र कसरी गर्नु हुनेछ?

४ यहोवाको एउटा अर्को विशेषता शक्‍ति हो। यस शक्‍तिको एउटा प्रमाण आकाशमा ठूला ठूला आगोको संलग्न भट्टिहरूले झैं ज्योति र गर्मी प्रदान गर्ने ताराहरूमा देख्न सकिन्छ। विरोधी मानिसहरू अथवा स्वर्गदूतहरूले यहोवाको सार्वभौमिकतालाई चुनौती दिने गर्दा, उहाँले आफ्नो शक्‍ति एकजना “योद्धा”-ले झैं प्रयोग गर्नु हुन्छ र आफ्नो सुनाम र धार्मिक स्तरहरूको संरक्षण गर्नु हुन्छ। यस्तो अवसरहरूमा आफ्नो शक्‍ति ध्वंसात्मक रूपमा प्रयोग गर्न देखि उहाँ पछि हटनु हुन्‍न। जस्तो कि नूहको दिनको जलप्रलयमा, सदोम र गमोराको विनाशमा र लाल समुद्रमा इस्राएललाई छुटकारा दिनु हुने बेलामा। (प्रस्थान १५:३-७; उत्पत्ति ७:११, १२, २४; १९:२४, २५) चाँडै नै, “शैतानलाई . . . तिमीहरूका खुट्टामनि कुल्चाउन” परमेश्‍वरले त्यही शक्‍तिको प्रयोग गर्नु हुनेछ।—रोमी १६:२०.

५. उहाँको शक्‍तिको साथसाथै, यहोवाको अर्को गुण के हो?

५ तर यत्तिका शक्‍ति हुँदाहुँदै पनि उहाँ नम्र हुनुहुन्छ। भजनसंग्रह १८:३५, ३६ भन्छ: “तपाईंको नम्रताले मलाई ठूलो तुल्याउनुभएको छ। मेरा पाइलाहरूका निम्ति तपाईंले मेरा ठाउँ फराकिलो बनाउनुभएको छ।” परमेश्‍वर नम्र हुनुभएकोले उहाँ “आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ, कङ्‌गालीहरूलाई धूलोबाट उहाँलेनै उठाउनुहुन्छ, र दरिद्रहरूलाई घुर्‌यानबाट उचाल्नुहुन्छ।”—भजनसंग्रह ११३:६, ७.

६. यहोवाका कुन गुणहरूले मानिसलाई बचाउँछ?

६ यहोवाले मानिसहरूलाई दया देखाउनु हुँदा तिनीहरूको बचाउ हुन्छ। मनश्‍शेले अति नै घोर अपराधहरू गरेको भए पनि, तिनले क्षमा पाए। तिनलाई कति ठूलो दया देखाइयो! यहोवा भन्‍नुहुन्छ: “हुनसक्छ, मैले दुष्टलाई मृत्यु दण्डको आज्ञा दिंदा त्यसले आफ्नो दुष्ट चाल त्यागेर न्यायसंगत र ठीक काम गर्ला, त्यसले गरेको कुनै पापको लेखा लिइनेछैन। त्यसले न्यायसंगत र ठीक काम गरेको हुनाले त्यो बाँच्नेछ।” (इजकिएल ३३:१४, १६; २ इतिहास ३३:१-६, १०-१३) यहोवाकै अनुसरण गर्नु हुँदै, येशूले पनि ७७ पटक, अर्थात्‌ दिनको ७ पटकसम्म पनि क्षमा दिन आग्रह गर्नु भयो!—भजनसंग्रह १०३:८-१४; मत्ती १८:२१, २२; लूका १७:४.

भावनाहरू भएको परमेश्‍वर

७. यहोवा युनानी देवताहरूभन्दा कसरी भिन्‍न हुनु हुन्छ र यसले गर्दा हाम्रो सामुन्‍ने कस्तो अमूल्य सुअवसर खुला छ?

७ एपिक्युरिनहरू जस्ता अन्य युनानी दार्शनिकहरूले देवताहरूमा विश्‍वास गर्नु त गर्थे। तापनि तिनीहरूको विचारमा ती देवताहरू पृथ्वीदेखि यति टाढा थिए कि मानिसहरू अथवा मानिसहरूको विचारहरूमा तिनीहरूले चासो लिने कुरै थिएन। तर यहोवा र उहाँका विश्‍वासी साक्षीहरू बीचको सम्बन्ध भने कति बेग्लै छ! “परमप्रभु उहाँको प्रजासँग खुशी हुनुहुन्छ।” (भजनसंग्रह १४९:४) जलप्रलयभन्दा अघिका मानिसहरूको कारण उहाँले “अफसोस गर्नुभयो र . . . मनमा साह्रै दुःखित हुनुभयो।” इस्राएलीहरूले पनि तिनीहरूको अविश्‍वासिलोपनाद्वारा यहोवालाई दुःखित पारे। मसीहीहरूले पनि तिनीहरूको अनाज्ञाकारिताद्वारा यहोवाको आत्मालाई दुःखित तुल्याउनु सक्छन्‌; तर तिनीहरूको विश्‍वासिलोपनाद्वारा तिनीहरूले उहाँलाई आनन्दित पनि पार्न सक्छन्‌। पृथ्वीको जाबो मानिसले ब्रह्‍माण्डको सृष्टिकर्तालाई दुःखित अथवा आनन्दित तुल्याउन सक्ने कुरा साँच्चै नै एउटा उदेकलाग्दो कुरा हो! उहाँले हाम्रालागि यत्तिका थुप्रै कुराहरू गरिदिनु भएका हुनाकारण हामीले कम से कम उहाँलाई प्रसन्‍न तुल्याउन पाउनु पनि एउटा अति नै अमूल्य सुअवसर हो!—उत्पत्ति ६:६; भजनसंग्रह ७८:४०, ४१; हितोपदेश २७:११; यशैया ६३:१०; एफिसी ४:३०.

८. अब्राहामले यहोवासित कसरी निर्भयतासाथ कुरा गरे?

८ यहोवाको प्रेमले हामीलाई विशेष “निर्भयता” साथ बोल्न दिन्छ भनेर परमेश्‍वरको वचनले देखाउँछ। (१ यूहन्‍ना ४:१७) उदाहरणका लागि सदोमलाई नाश गर्न यहोवा आउनुहुँदा, अब्राहामसित भएको घटनालाई विचार गर्नुहोस्‌। अब्राहामले यहोवालाई यसो भने: “के दुष्टहरूसँग धर्मीहरूलाई पनि सर्वनाश गर्नुहुनेछ? त्यस शहरमा पचास धर्मी जन रहेछन्‌ भने, के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस शहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र? . . . सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नुहुन्‍न र?” परमेश्‍वरसित कुरा गर्ने के यो पनि कुनै ढङ्‌ग थियो र? तापनि यहोवाले भने सदोममा ५० जना धर्मी मानिसहरू पाइएमा, त्यस ठाउँलाई बचाउने वचन दिनुभयो। तर अब्राहमले कुरा यहीं टुङ्‌ग्‌याएनन्‌। तिनले मानिसको सङ्‌खया ५०-देखि २०-सम्म झार्दै लगे। तिनले साह्रै जिद्‌ गरेको जस्तो देखिएला कि भनी चिन्तित हुँदै तिनले यसो भने: “परमप्रभु रिसानी नहोस्‌। अब एकपल्ट मात्र म बोल्नेछु। यदि त्यहाँ दश जना पाए भने नि?” फेरि पनि यहोवाले तिनको कुरा स्वीकार्नु हुँदै भन्‍नुभयो: “दश जनाको खातिरमा पनि म त्यो नाश गर्नेछैनँ।”—उत्पत्ति १८:२३-३३.

९. यहोवाले अब्राहामलाई निर्भयतासाथ बोल्न किन दिनु भयो र यसबाट हामीले के सिक्न सक्छौं?

९ यहोवाले अब्राहामलाई यति निर्भयतासाथ कुरा गर्न किन दिनु भयो? एउटा कारण त अब्राहामको पीडित मनस्थिति यहोवालाई थाहा थियो। यहोवालाई यो पनि थाहा थियो कि अब्राहामको भान्जा लूत सदोममा बसेको हुनाले, तिनको सुरक्षाबारे पनि अब्राहाम चिन्तित थिए। यसबाहेक अब्राहाम परमेश्‍वरको मित्र थिए। (याकूब २:२३) एकजना व्यक्‍ति विशेषगरी हाम्रो कुनै मित्र हामीसित अलिक कडाइ साथ कुरा गर्दा, के हामी तिनका शब्दहरूको मर्म, तिनीमाथि आइपरेको कुनै भावनात्मक दबाव अथवा तिनले सामना गर्नु परिरहेका अपठ्यारो परिस्थितिलाई बुझ्ने प्रयास गर्दै तिनलाई क्षमा गर्ने कोशिश गर्छौं? हामी पनि निर्भयतासाथ बोल्दा यहोवाले अब्राहामसित गर्नु भए झैं, हाम्रो हृदयको मर्म पनि बुझिदिनु हुनेछ। यो एउटा कति सान्त्वनापूर्ण कुरा हो!

१०. निर्भयता साथ बोल्ने सुअवसरले हामीलाई प्रार्थना गर्दा कसरी मदत दिन्छ?

१० निर्भयतासाथ बोल्ने यो सुअवसर हामीलाई विशेषगरी त्यतिखेर काम लाग्छ जब हामी परमेश्‍वरलाई “प्रार्थना सुन्‍नु हुने”-को रूपमा स्वीकार्दै उहाँको नजीक जान्छौं, जब हामी अति नै विचलित र पीडित भएर उहाँलाई आफ्नो मनको व्यथा पोखाउन उत्सुक हुन्छौं। (भजनसंग्रह ५१:१७; ६५:२, ३) कुनै कुनै बेला त मनको पीरलाई शब्दहरूमा व्यक्‍त गर्न पनि नसिकएला। तर यस्तो बेलामा पनि “बयान गर्न नसक्ने सोरले आत्मा आफैले हाम्रा निम्ति अन्तरबिन्ती” गर्छ र यहोवाले त्यो सुन्‍नु हुन्छ। उहाँले हाम्रा विचारहरू जान्‍न सक्नु हुन्छ: “तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ। किनकि मेरो जिब्रोमा कुनै कुरा आउन अघिनै हे परमप्रभु, तपाईंले त्यो जान्‍नुहुन्छ।” तापनि, हामीले माग्नु चाहिं पर्छ, खोज्नु पर्छ, घचघच्याउनु पर्छ।—रोमी ८:२६; भजनसंग्रह १३९:२, ४; मत्ती ७:७, ८.

११. यहोवाले साँच्चै नै हाम्रो फिक्री गर्नु हुन्छ भनेर कसरी प्रदर्शित हुन्छ?

११ यहोवाले हाम्रो चिन्ता गर्नु हुन्छ। उहाँले सृष्टि गर्नुभएका प्राणीहरूको हेरविचार उहाँ गर्नुहुन्छ। “सबैका आँखाले तपाईंकै बाटो हेर्दछन्‌। र तपाईंले तिनीहरूलाई ठीक समयमा आहार दिनुहुन्छ। तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजनसंग्रह १४५:१५, १६) झ्याङ्‌गहरूमा बस्ने चराहरूलाई उहाँले कसरी खुवाउनु हुन्छ, सो हेर्न हामीलाई निम्त्याइएको छ। मैदानका लिली फूलहरूलाई हेर्नुहोस्‌। तिनीहरूलाई पनि उहाँले कति सुन्दर ढङ्‌गमा पहिराउनु भएको छ। हाम्रालागि त परमेश्‍वरले त्यति मात्र होइन तर त्योभन्दा पनि बढी गर्नु हुनेछ भनेर येशूले भन्‍नुभयो। यसकारण हामी चिन्तित किन हुने? (व्यवस्थाविवरण ३२:१०; मत्ती ६:२६-३२; १०:२९-३१) पहिलो पत्रुस ५:७-मा पनि “उहाँले [तपाईंको] फिक्री गर्नुहुन्छ” यसकारण आफ्नो “सारा फिक्री उहाँमाथि” राख्नुहोस्‌ भनेर तपाईंलाई निम्ताइएको छ।

“परमेश्‍वरकै तत्त्वको प्रतिबिम्ब”

१२, १३. यहोवाले गर्नु भएका सृष्टि र बाइबलमा लेखबद्ध गरिएका उहाँका कार्यहरू द्वारा उहाँलाई देख्न बाहेक, अरू कुन ढङ्‌गमा पनि उहाँलाई देख्न र सुन्‍न सकिन्छ?

१२ हामीले यहोवालाई उहाँको सृष्टिद्वारा देख्न सक्छौं; बाइबलमा उहाँका कार्यहरूबारे पढेर उहाँलाई देख्न सक्छौं; यसबाहेक येशू ख्रीष्टको विषयमा लेखिएको वचन र कार्यहरूद्वारा पनि हामी उहाँलाई देख्न सक्छौं। स्वयं येशूले नै, यूहन्‍ना १२:४५-मा यसो भन्‍नु हुन्छ: “मलाई देख्नेले मलाई पठाउनेलाई देख्तछ।” फेरि यूहन्‍ना १४:९-मा पनि उहाँ यसो भन्‍नु हुन्छ: “जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ।” कलस्सी १:१५-भन्छ: “जो [येशू] अदृश्‍य परमेश्‍वरको प्रतिरूप हुनुहुन्छ।” हिब्रू १:३ यो घोषित गर्छ: “जो [येशू] उहाँको महिमा उज्वल र परमेश्‍वरकै तत्त्वको प्रतिबिम्बनै हुनुहुन्छ।”

१३ यहोवाले उहाँको पुत्रलाई छुटकाराको बलिदान चढाउन मात्र होइन, तर काम र वचन दुवैमा एउटा अनुकरणीय उदाहरण हुन पठाउनु भयो। येशूले परमेश्‍वरको वचनबारे भन्‍नु हुन्थ्यो। उहाँले यूहन्‍ना १२:५०-मा यसो भन्‍नु भयो: “म जे बोल्दछु, पिताले मलाई भन्‍नुभएअनुसार बोल्दछु।” उहाँले मनमानी गर्नुको सट्टा परमेश्‍वरले उहाँलाई अह्राउनु भएका कुराहरू मात्र गर्नु हुन्थ्यो। यूहन्‍ना ५:३०-मा उहाँले यसो भन्‍नु भयो: “म आफै केही गर्नसक्‍तिनँ।”—यूहन्‍ना ६:३८.

१४. (क) कस्ता कस्ता दृश्‍यहरू देखेर येशूको हृदयमा दया आयो? (ख) येशूको कुरा गर्ने ढङ्‌गले गर्दा मानिसहरू उहाँलाई सुन्‍न किन ओइरिन्थे?

१४ येशूले कुष्ठ रोग लागेका, अपाङ्‌ग, बहिरो, अन्धो, भूत लागेका र आफन्तहरूको मृत्युले गर्दा शोकाकुल भएका मानिसहरू देख्नु भयो। यस्ताहरूका लागि उहाँको हृदयमा दया जागेर आउँथ्यो। उहाँले तिनीहरूलाई निको पारिदिनु हुन्थ्यो। उहाँले भीडका भीड मानिसहरू आत्मिक तवरमा तितर-बितर भएका र थिचोमिचोमा परेका देख्नु भयो र तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नु भयो। उहाँले तिनीहरूलाई सिकाउनुहुँदा सही शब्दहरूको मात्र प्रयोग गर्नु भएन। उहाँले आफ्नो हृदयको गहिराइबाट निस्केका मनलोभ्याउने शब्दहरू प्रयोग गर्नु हुन्थ्यो। यसले गर्दा उहाँका कुराहरू सोझै अरूहरूको हृदयभित्र पस्थ्यो, तिनीहरू उहाँप्रति आकर्षित हुन्थे, उहाँलाई सुन्‍न तिनीहरू मन्दिरमा सबेरै आउँथे, उहाँको पछि-पछि लाग्थे र बडो आनन्दसाथ उहाँले भन्‍नु हुने कुराहरू सुनी रहन्थे। तिनीहरू उहाँलाई सुन्‍न ओइरन्थे र भन्थे कि ‘यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।’ (यूहन्‍ना ७:४६; मत्ती ७:२८, २९; मर्कूस ११:१८; १२:३७; लूका ४:२२; १९:४८; २१:३८) र उहाँका शत्रुहरूले उहाँलाई प्रश्‍न सोधेर फसाउनु खोज्दा, उहाँले उल्टा तिनीहरूलाई अप्ठ्यारोमा पारिदिनु भएर चुप्प पार्नु हुन्थ्यो।—मत्ती २२:४१-४६; मर्कूस्‌ १२:३४; लूका २०:४०.

१५. येशूको प्रचारको मुख्य ध्येय के थियो र त्यसलाई फैलाउने काममा उहाँले अरूहरूलाई पनि कुन हदसम्म समावेश गर्नुभयो?

१५ उहाँले “स्वर्गको राज्य नजिकै आएको छ” भनेर घोषणा गर्नु हुन्थ्यो र अरूहरूलाई पनि “पहिले राज्यको खोजी” गर्ने आग्रह गर्नु भयो। उहाँले अरूहरूलाई पनि “स्वर्गको राज्य नजिकै आएको छ” भनेर प्रचार गर्न र “पृथ्वीको अन्तसम्मै” ख्रीष्टको साक्षी हुनका लागि “सबै जातिका मानिसहरूलाई चेला” बनाउने काम गर्न पठाउनु भयो। आज त्यही कुराहरूको अनुसरण गर्दै, यहोवाका करीब ४५ लाख साक्षीहरू हिंडिरिहेका छन्‌।—मत्ती ४:१७; ६:३३; १०:७; २८:१९; प्रेरित १:८.

१६. यहोवाको अर्को विशेषता अर्थात्‌ उहाँको प्रेमको पनि एउटा कडा परीक्षा कसरी हुन गयो र त्यसबाट मानिसजातिका लागि के सम्पन्‍न भयो?

१६ पहिलो यूहन्‍ना ४:८-मा “परमेश्‍वर प्रेम हुनु हुन्छ” भनिएको छ। उहाँले आफ्नो एकलौता पुत्रलाई पृथ्वीमा मर्न पठाउनु हुँदा उहाँको त्यो गुणको एउटा सबैभन्दा कष्टदायक जाँच भयो। उहाँको प्रिय पुत्रले भोगेका दुःख कष्टहरू र स्वर्गमा हुनुहुने आफ्नो पितालाई चढाएका बिन्तीहरूद्वारा शैतानको दाबी अर्थात्‌ कठोर परीक्षामा पर्दा पृथ्वीका कुनै पनि मानिस यहोवाप्रति निष्ठावान रहन सक्‍तैन भन्‍ने अडान झुट्टा साबित भयो। तापनि आफ्नो पुत्रले अनुभव गरेका सङ्‌कष्टले यहोवालाई वास्तवमा धेरै नै दुःखित पारेको हुनु पर्छ। हामीले पनि येशूको बलिदानको महानतालाई महत्त्व दिनु पर्छ किनकि परमेश्‍वरले उहाँलाई यहाँ हाम्रा निम्ति मर्न नै पठाउनु भएको थियो। (यूहन्‍ना ३:१६) यो कुनै सजिलो रीतिले तुरुन्तै मर्ने कुरा थिएन। यसले परमेश्‍वरका लागि र येशूका लागि के अर्थ राख्तथियो भनेर मूल्याङ्‌कन गर्न र त्यसपछि हाम्रानिम्ति तिनीहरूले गरेका बलिदानको महानता बुझ्न, सर्वप्रथम आउनु होस्‌, हामी त्यहाँ क्रमानुसार घटेका घटनाहरूको जाँच गरौं।

१७-१९. आफ्नो सामुन्‍ने रहेको कठिन परीक्षाको येशूले वर्णन कसरी गर्नु भयो?

१७ येशूले आफ्ना चेलाहरूलाई चार पटक त्यहाँ हुन लागेका घटनाहरूको वर्णन गर्नु भयो। ती हुनुभन्दा केही दिनअघि मात्र उहाँले यसो भन्‍नु भयो: “हेर, हामी यरूशलेमतिर उक्लिरहेका छौं, र मानिसको पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूकहाँ सुम्पिइनेछ, र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌, र अन्यजातिहरूकहाँ सुम्पिदिनेछन्‌। औ तिनीहरूले उसलाई गिल्ला गर्नेछन्‌, र उसलाई थुक्नेछन्‌, र उसलाई कोर्राबाजी गर्नेछन्‌ र उसलाई मार्नेछन्‌।”—मर्कूस १०:३३, ३४.

१८ हुनआउने घटनाहरू येशूका लागि मानसिक तनावको स्रोत हुन गयो। रोमी कोर्राबाजीको क्रूरता उहाँलाई थाहा थियो। कोर्रा लाउँदा प्रयोग हुने चाबुकको छेउ-छेउमा धातु र भेडाका हड्डीहरूका टुक्राहरू टाँस्सिएको हुन्थ्यो; कोर्रालाउँदै जाँदा, कोर्रा खाने मानिसको पिठिउँबाट मासुका रगताम्य टुक्राहरू झुन्डिन थाल्थे। यो कठिन परीक्षा सम्झेर अनुभव गर्न थाल्नु भएको भावनात्मक तनाव उहाँले केही महिनाअघि मात्र, लूका १२:५०-मा यी शब्दहरूद्वारा व्यक्‍त गर्नु भयो: “तर मैले बप्तिस्मा लिनुपर्ने एउटा बप्तिस्मा छ, औ त्यो पूरा नहोउञ्जेल म कस्तो सकसमा हुन्छु!”

१९ जसै समय नजिक आयो, तनाव बढ्‌दै गयो। उहाँले यसबारे स्वर्गमा हुनु हुने आफ्नो पितालाई भन्‍नु भयो: “अब मेरो प्राण दुःखित भएको छ, औ म के भनुँ? हे पिता, मलाई यस घड़ीबाट बचाउनुहोस्‌? तर म यसैकारण यस घड़ीसम्म आइपुगें।” (यूहन्‍ना १२:२७) आफ्नो एकलौटो पत्रुको यो बिन्तीले यहोवामाथि कस्तो प्रभाव पाऱ्‍यो होला! गेतसमनीमा, आफू मर्नुभन्दा केही घण्टाअघि मात्र, येशू अति नै विचलित हुनु भएर पत्रुस, याकूब र यूहन्‍नालाई भन्‍नु भएको थियो: “मेरो प्राण मरणान्त अति शोकित भएको छ।” यसको केही मिनेट पछि उहाँले यसै विषयमा यहोवालाई आखिरी पटक यसो भन्‍नु हुँदै प्रार्थना गर्नुभयो: “हे पिता, तपाईंको इच्छा छ भए कचौरा मबाट हटाइदिनुहोस्‌, तापनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाबमोजिम होस्‌। अत्यन्त संकष्टमा परेर उहाँले झन्‌ परिश्रमसँग प्रार्थना गर्नुभयो, र उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूँइमा खसिरहेका थिए।” (मत्ती २६:३८; लूका २२:४२, ४४) यसलाई चिकित्सकहरूको भाषामा हेमाटीड्रोसिस भनिन्छ। यो कुनै साधारण घटना नभए तापनि, अचाक्ली भावनात्मक दबाव पर्दा चाँहि यस्तो हुन सक्छ।

२०. येशूलाई त्यो कठिन परीक्षाको सामना गर्न के ले मदत दियो?

२० गेतसमनीमा भएको यही घटनालाई सङ्‌केत गर्दै, हिब्रू ५:७ यसो भन्छ: “आफ्नो शरीरका दिनमा जसले बेसरी कराई, आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तरबिन्ती गर्नुभयो, र उहाँको भक्‍तिको भयले गर्दा उहाँको सुनाइ भयो।” तर “उहाँलाई मृत्युबाट बचाउन सक्नु हुने”-ले उहाँलाई मृत्युबाट बचाउनु भएन। यसकारण उहाँको प्रार्थनाको सुनाइ कुन अर्थमा भयो? यसको जवाब लूका २२:४३-ले यसप्रकार दिन्छ: “स्वर्गबाट एउटा दूत उहाँलाई सामर्थ्य दिनलाई उहाँकहाँ देखा परे।” हो, उहाँको प्राथर्नाको सुनाइभयो भन्‍नुको अर्थ परमेश्‍वरले पठाउनु भएको स्वर्गदूतले येशूलाई त्यो कठिन परीक्षाको सामना गर्ने बल दियो।

२१. (क) त्यो कठिन परीक्षामाथि येशू विजयी हुनु भयो भनेर के ले देखाउँछ? (ख) हाम्रो सामुन्‍ने कडा परीक्षाहरू आइपर्दा, हामीले के भन्‍न सक्नु पर्छ?

२१ यसको प्रमाण, नतिजाबाटै देख्न सकिन्छ। आफ्नो आन्तरिक द्वन्द समाप्त भइसके पछि, येशू जुरुक्क उठ्‌नु भएर पत्रुस, याकूब र यूहन्‍ना कहाँ जानु भयो र यसो भन्‍नु भयो: “उठ, जाऔं।” (मर्कूस १४:४२) उहाँले यहाँ यसो भन्‍नु भएको बराबर थियो: ‘एउटा चुम्मनले अरूहरूको हातमा सुम्पिन, भीडद्वारा पक्राउमा पर्न, गैरकानुनी पुर्पक्षको सामना गर्न र झुट्टा आरोपहरूको कारण दोषी ठहरिन मलाई जान देओ। मलाई जान देओ, ताकि मेरो ठट्टा गरिओस्‌, ममाथि थुकिओस्‌, मलाई कोर्राले हिर्काइओस्‌ र शूलीमाथि मलाई चढाइओस्‌।’ करीब छ घण्टासम्म उहाँ त्यहाँ झुन्डिरहनु भयो, पीडा सहनु हुँदै, अन्तसम्म धैर्य धारण गर्नु हुँदै। जसै उहाँले प्राण त्याग्नु भयो, उहाँ यसो भन्‍नु हुँदै कराउनु भयो: “अब सिद्धियो।” (यूहन्‍ना १९:३०) आफ्नो निष्ठामा दृढ भएर उहाँले यहोवाको सार्वभौमिकतालाई कायम राख्नु भयो। यहोवाले उहाँलाई पृथ्वीमा गर्न भनी पठाउनु भएका सबै कुरा उहाँले पूरा गर्नु भयो। हामी मर्ने बेलामा अथवा आरमागेडोन आउँदा के हामी पनि आफ्नो समर्पणबारे “अब सिद्धयो” भन्‍न सक्नेछौं र?

२२. यहोवाको ज्ञान कुन हद्‌सम्म फैलनेछ भनेर के ले देखाउँछ?

२२ जे भए तापनि, यहोवाले खटाउनु भएको समयमा, चाँडै नै “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:९. (w93 6/15)

के तपाईंलाई सम्झना छ?

▫ चिन्‍नु र ज्ञान हुनुको अर्थ के हो?

▫ यहोवाको दया र क्षमा उहाँको वचनमा कसरी व्यक्‍त गरिएको छ?

▫ यहोवासित अब्राहाम निर्भयतासाथ कसरी बोले?

▫ हामी येशूलाई हेरेर उहाँमा यहोवाका गुणहरू किन देख्न सक्छौं?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने