प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ५/१ p. ११
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • नङ—के तपाईं त्यसलाई स्याहार्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • दाउद र गोल्यत
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • ‘लडाइँ यहोवाकै हो’
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ५/१ p. ११

के तपाईंलाई थाह थियो?

अपराधीलाई मृत्युदण्ड दिइँदा किन तिनको खुट्टा भाँच्ने गरिन्थ्यो?

येशू र दुई जना अपराधीलाई खम्बामा झुन्ड्‌याएर मृत्युदण्ड दिइएको थियो। यसबारे सुसमाचारको एउटा किताब यसो भन्छ: “यहूदीहरूले पिलातसलाई तिनीहरूको खुट्टा भाँचेर तिनीहरूको लास खम्बाबाट उतार्न लगाउन आग्रह गरे।”—यूहन्‍ना १९:३१.

खम्बामा झुन्ड्‌याइएका येशू

यहूदी नियमअनुसार मृत्युदण्ड दिएपछि अपराधीको लास ‘रातभरि रूखमा झुन्ड्‌याउनु’ हुँदैनथ्यो। (व्यवस्था २१:२२, २३) रोमीहरूले मृत्युदण्ड दिएका अपराधीको सम्बन्धमा पनि यहूदीहरूले यही नियम लागू गरेका हुन सक्छन्‌। येशू र दुई जना अपराधीको मृत्यु चाँडै होस्‌ अनि विश्राम दिन सुरु हुनुअघि नै लासलाई गाड्‌न सकियोस्‌ भनेर यहूदीहरूले तिनीहरूको खुट्टा भाँच्न आग्रह गरेका हुन सक्छन्‌।

मृत्युदण्ड दिइँदा अपराधीलाई खम्बामा सुताएर हात र खुट्टामा किला ठोकिन्थ्यो। त्यसपछि खम्बालाई ठड्‌याइन्थ्यो। त्यतिबेला पूरै शरीरलाई किलाले मात्र थाम्ने भएकोले असह्‍य पीडा हुन्थ्यो र सास फेर्न पनि असाध्यै गाह्रो हुन्थ्यो। सास फेर्न खुट्टामा छेडिएको किला वा किलाहरूमा भर परेर माथि तन्किनुपर्थ्यो। तर खुट्टै भाँचिदिएपछि त्यसरी तन्किन सकिंदैनथ्यो। अनि सास फेर्न नसकेर अथवा चोटको आघात परेर तत्काल मृत्यु हुन्थ्यो।

प्राचीन समयका युद्धहरूमा घुयेंत्रोको प्रयोग कसरी गरिन्थ्यो?

घुयेंत्रो भनेको एक किसिमको हतियार हो। यो हतियार प्रयोग गरेर दाऊद नाम गरेका एक बाइबल पात्रले बडेमाको गोल्यतलाई मारेका थिए। जवान बेला गोठालोको काम गर्दा तिनीले यो हतियार प्रयोग गर्न सिकेका थिए होलान्‌।—१ शमूएल १७:४०-५०.

घुयेंत्रो प्रयोग गरिरहेका अश्‍शूरी सेनाको चित्र

घुयेंत्रो प्रयोग गरेर यहूदीहरूको शक्‍तिशाली सहरमा आक्रमण गरिरहेका अश्‍शूरी सेना

बाइबलकालीन समयका मिश्री अनि अश्‍शूरीहरूको कलामा घुयेंत्रोका चित्रहरू पाइन्छ। छाला वा कपडाको दुई छेउमा डोरी बाँधेर घुयेंत्रो बनाइएको हुन्थ्यो। त्यो छाला वा कपडामा गोलो अनि चिप्लो खाले मट्‌याङ्‌ग्रा राखिन्थ्यो। मट्‌याङ्‌ग्रा ५ देखि ७.५ सेन्टिमिटर व्यास भएको अनि लगभग २५० ग्रामको हुन्थ्यो। घुयेंत्रोको दुवै डोरीलाई टाउको माथिबाट फनफनी घुमाएर एउटा डोरी छोडिन्थ्यो। यसो गर्दा मट्‌याङ्‌ग्रा बेतोडले निशानातिर जान्थ्यो।

मध्यपूर्वमा गरिएका उत्खनन कार्यहरूमा यस्ता मट्‌याङ्‌ग्राहरू थुप्रै फेला परेका छन्‌। ती मट्‌याङ्‌ग्राहरू प्राचीन समयका युद्धहरूमा प्रयोग गरिएका थिए। सिपालु योद्धाले प्रतिघण्टा १६० देखि २४० किलोमिटरको तीव्र गतिमा मट्‌याङ्‌ग्रा हान्‍न सक्छ। घुयेंत्रोको क्षमता वाणको जति छ भन्‍ने कुरामा शास्त्रविद्‌हरू सहमत छैनन्‌। तैपनि घुयेंत्रो घातक छ।—न्यायकर्त्ता २०:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने