प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ४० p. ९८-p. ९९ par. २
  • दाउद र गोल्यत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दाउद र गोल्यत
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘लडाइँ यहोवाकै हो’
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • दाऊद र गोल्यत
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • नडराउने ठिटो
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • “लडाइँ परमप्रभुकै हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ४० p. ९८-p. ९९ par. २
दाउद घुयेँत्रो बेसरी घुमाएर गोल्यतलाई हान्छन्‌

पाठ ४०

दाउद र गोल्यत

यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: ‘यिसैको घरमा जाऊ। उनको एक जना छोरालाई मैले इस्राएलको राजा हुन रोजेको छु।’ त्यसैले समुएल यिसैको घर गए। उनले यिसैको जेठो छोरा देख्दा यस्तो सोचे: “परमेश्‍वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” तर यहोवा परमेश्‍वरले मैले उसलाई रोजेको होइनँ भनेर समुएललाई भन्‍नुभयो। उहाँले भन्‍नुभयो: ‘म मानिसको बाहिरी रूप होइन तर उसको हृदय हेर्छु।’

समुएल दाउदलाई अभिषेक गर्छन्‌

त्यसपछि यिसैले आफ्ना अरू छ जना छोरालाई समुएलसामु ल्याए। तर समुएलले भने: ‘यहोवा परमेश्‍वरले यिनीहरूमध्ये कसैलाई पनि रोज्नुभएको छैन। तिम्रा छोराहरू यति नै हुन्‌?’ यिसैले भने: ‘होइन, मेरो कान्छो छोरा दाउद पनि छ। ऊ भेडा चराउन गएको छ।’ दाउद आएपछि परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “मैले रोजेको मानिस ऊ नै हो!” समुएलले तिनको शिरमा तेल खन्याएर तिनलाई इस्राएलको भावी राजा अभिषेक गरे।

गोल्यत

केही समयपछिको कुरा हो, इस्राएलीहरू पलिस्तियालीहरूसँग लडिरहेका थिए अनि पलिस्तियालीहरूसित गोल्यत नाम गरेको एक जना बडेमाको योद्धा थियो। गोल्यतले दिनहुँ इस्राएलीहरूको खिसी गर्थ्यो। ऊ यसो भनेर कराउँथ्यो: ‘मसँग लड्‌न तिमीहरूको मानिस पठाओ। त्यसले जित्यो भने हामी तिमीहरूका दास हुनेछौँ। तर मैले त्यसलाई हराएँ भने तिमीहरू हाम्रो दास हुनेछौ।’

युद्धमा लडिरहेका दाइहरूको लागि खानेकुरा लिएर दाउद इस्राएलीहरूको छाउनीमा गए। गोल्यतले चुनौती दिइरहेको तिनले सुने र यसो भने: ‘म त्यस मानिससित लड्‌छु!’ तर राजा साउलले भने: ‘तिमी ठिटै छौ।’ तिनले भने: ‘यहोवा परमेश्‍वर मेरो साथमा हुनुहुन्छ।’

त्यसपछि साउलले दाउदलाई आफ्नो कवच लगाइदिए। तर दाउदले भने: ‘म यी सबै लगाएर लड्‌न सक्दिनँ।’ तिनी घुयँत्रो लिएर खोलामा गए। तिनले खोलाबाट पाँच वटा चिल्ला-चिल्ला ढुङ्‌गा टिपेर झोलामा हाले। त्यसपछि तिनी गोल्यत भएतिर दौडेर गए। त्यो गोल्यत यसो भनेर करायो: ‘आइज! ए फुच्चे! म तेरो मासु चराहरू र जङ्‌गली जनावरहरूलाई खुवाउनेछु।’ दाउद डराएनन्‌। तिनले त्यसलाई भने: ‘तँ मसित लड्‌न तरबार र भाला लिएर आएको छस्‌। तर म भने यहोवाको नाममा आएको छु! तँ हामीविरुद्ध होइन तर यहोवा परमेश्‍वरविरुद्ध लड्‌दैछस्‌। उहाँ तरबार वा भालाभन्दा धेरै शक्‍तिशाली हुनुहुन्छ भनेर यहाँ सबैले देख्नेछन्‌। उहाँले तिमीहरूलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ।’

तिनले झोलाबाट ढुङ्‌गा निकालेर घुयेँत्रोमा हाले र बेसरी घुमाएर हाने। परमेश्‍वरको मदतले त्यो ढुङ्‌गा त्यसको निधारमै गड्यो। त्यो डङ्‌ग्रङ्‌ङै लड्यो। त्यसको मृत्यु भयो। त्यसपछि पलिस्तियालीहरू भाग्न थाले। दाउदले जस्तै के तिमी पनि यहोवामाथि भरोसा राख्छौ?

“मानिसहरूको लागि यो असम्भव छ तर परमेश्‍वरको लागि छैन। किनकि परमेश्‍वरको लागि सबै कुरा सम्भव छ।”—मर्कुस १०:२७

प्रश्‍नहरू: यहोवाले कसलाई इस्राएलको भावी राजा अभिषेक गर्नुभयो? दाउदले गोल्यतलाई कसरी हराए?

१ समुएल १६:१-१३; १७:१-५४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने