प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ९/१ pp. १७-१८
  • ‘पुनर्स्थापन हुने समय’ नजिकै छ!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘पुनर्स्थापन हुने समय’ नजिकै छ!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पुनर्स्थापनको समय सुरु हुन्छ
  • अर्को पुनर्स्थापन नजिकै!
  • पुनर्स्थापना गर्ने शक्‍ति—यहोवाले “सबै थोक नयाँ बनाउँदै” हुनुहुन्छ
    यहोवासित नजिक हुनुहोस्‌
  • ९ङ “सबै कुरा पुनर्स्थापित हुने समय”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “म तिनीहरू सबैलाई एकजुट पार्नेछु”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ९/१ pp. १७-१८

‘पुनर्स्थापन हुने समय’ नजिकै छ!

येशू स्वर्गमा प्रस्थान गर्नुभन्दा केही समयअगाडि, उहाँका केही विश्‍वासी प्रेरितहरूले यस्तो प्रश्‍न सोधेका थिए: “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्य फिर्ता गराइदिनुहुनेछ?” येशूले दिनुभएको जवाफले त्यो राज्य आउनुअघि केही समय बित्नेछ भन्‍ने कुरा स्पष्ट पाऱ्‍यो। त्यस अवधिभित्र उहाँका चेलाहरूले महान्‌ काम गर्नु पर्ने थियो। तिनीहरूले “यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म” येशूको साक्षी दिनुपर्ने थियो।—प्रेरित १:६-८.

त्यो दायित्व केही दिन, हप्ता अथवा महिनाहरूमा पूरा गर्न सकिने थिएन। तथापि, चेलाहरूले तुरुन्तै प्रचार गर्न थाले र तिनीहरूले पुनर्स्थापनको आशालाई कम हुन दिएनन्‌। यरूशलेममा भेला भएको विशाल समूहलाई सम्बोधन गर्दै पत्रुसले यसबारे यसो भने: “पश्‍चाताप गर्नुहोस्‌, र फर्कनुहोस्‌, र तपाईंहरूका पाप मेटिओस्‌, औ प्रभुका उपस्थितबाट आरामको समय आओस्‌, र उहाँले तपाईंहरूका निम्ति अघिबाटै ठहराउनुभएको उनै येशू, अर्थात्‌ ख्रीष्टलाई पठाइदिनुहुन्छ, जसलाई सबै थोकको पुनःर्स्थापन नहोउञ्जेल स्वर्गले अवश्‍य थामिराख्नै पर्छ। जुन समयको विषयमा परमेश्‍वरले आदिदेखिनै आफ्ना पवित्र अगमवक्‍ताहरूका मुखबाट बोल्नुभयो।”—प्रेरित ३:१९-२१.

यो ‘पुनःर्स्थापन हुने समयपछि’ यहोवाले दिनुहुने “आरामको समय” सुरु हुनेथियो। भविष्यवाणी गरिएको पुनर्स्थापन दुई चरणमा पूरा हुनेथियो। पहिलो, अहिले भइरहेको आरामदायी आध्यात्मिक पुनर्स्थापन। दोस्रोचाहिं पृथ्वीमा प्रमोदवन स्थापित भएपछिको पुनर्स्थापन।

पुनर्स्थापनको समय सुरु हुन्छ

प्रेरित पत्रुसले यरूशलेमको विशाल समूहलाई सम्बोधन गर्दा व्यक्‍त गरेझैं स्वर्गले ‘येशूलाई थामिराखेको थियो।’ येशूले १९१४ मा आफ्नो राजकीय शक्‍ति हासिल गरेर परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजाको हैसियतमा शासन सुरु नगरुञ्जेल त्यही अवस्था रह्‍यो। त्यतिबेला, यहोवाले येशूलाई “पठाइदिनुहुन्छ” अर्थात्‌ ईश्‍वरीय उद्देश्‍यहरूको मुख्य कर्ताको भूमिका पूरा गर्ने अनुमति दिनुहुनेछ भनेर पत्रुसले भविष्यवाणी गरे। बाइबल त्यस घटनालाई प्रतिकात्मक भाषामा यसरी वर्णन गर्छ: “अनि [परमेश्‍वरको स्वर्गीय संगठनले] सारा जातिलाई फलामको डण्डाले शासन गर्ने एउटा छोरो जन्मा[यो] [अर्थात्‌ परमेश्‍वरको राज्य येशू ख्रीष्टको हातमा आयो]।”—प्रकाश १२:५.

तर राष्ट्रहरू ख्रीष्टको शासनअन्तर्गत बस्न रुचाएनन्‌। वास्तवमा, तिनीहरूले हाल यहोवाका साक्षीहरू भनेर चिनिने पृथ्वीमा रहेका उहाँका जनहरूलाई प्रहार गरिरहेका छन्‌। तिनीहरूका प्रेरित अगुवाहरूले जस्तै साक्षीहरूले पनि “येशूको साक्षी दिने” काम स्वीकारेका छन्‌। (प्रकाश १२:१७) यी निष्कपट मसीहीहरूले गरिरहेको काममा पालैसित विभिन्‍न देशहरूमा विरोध दन्किरहेको थियो। सन्‌ १९१८ मा न्यु योर्क ब्रूकलिनस्थित वाच टावर सोसाइटीको मुख्यालयका अधिकारीहरूलाई अदालतमा लगी झूटा आरोपहरू लगाएर अन्यायपूर्ण ढंगमा लामो समयसम्मको लागि जेल चलान गरियो। त्यसबेला, “पृथ्वीको पल्लो छेउसम्म” आधुनिक समयको साक्षी कार्य नपुग्ने हो कि जस्तो देखिएको थियो।—प्रकाश ११:७-१०.

तथापि, १९१९ मा जेल सजाय पाएका मुख्यालयका अधिकारीहरूलाई छोडियो र पछि तिनीहरू विरुद्ध लगाइएका झूटा आरोपहरू पनि फिर्ता लिइयो। तिनीहरूले समय खेर नफाली पुनः आध्यात्मिक पुनर्स्थापनामा लागिहाले। त्यसबेलादेखि, यहोवाका जनहरूले अतुलनीय आध्यात्मिक सम्पन्‍नता हासिल गरिरहेका छन्‌।

ख्रीष्टले चेलाहरूलाई दिनुभएको आज्ञाअनुरूप सबै राष्ट्रका मानिसहरूलाई सिकाउने काम पूरा गर्न विशाल अभियानहरू सञ्चालन गरिएका छन्‌। (मत्ती २८:२०) पहिला जंगली स्वभाव भएका मानिसहरूले समेत आफ्नो स्वभावमा परिवर्तन ल्याएको देख्न पाउनु कत्ति स्फूर्तीदायी कुरा हो! तिनीहरूले “क्रोध,” “निन्दा” र “फोहोर बोली[जस्ता]” फल फलाउने पुरानो व्यक्‍तित्व त्यागे र नयाँ व्यक्‍तित्व धारण गरेर “आफूलाई सृष्टि गर्ने [परमेश्‍वर]को रूपजस्तै भएर पूरा ज्ञानमा परिवर्त्तन भए।” आध्यात्मिक अर्थमा भन्‍ने हो भने, अगमवक्‍ता यशैयाका यी शब्दहरू पूरा भए: “ब्वाँसो [अर्थात्‌ पहिला ब्वाँसोको जस्तै व्यक्‍तित्व भएका मानिस] चाहिं थुमासित [नम्र स्वाभावका मानिससित] बस्नेछ, र चितुवा पाठासित सुतेर बस्नेछ। बाछा, जवान सिंह र पालेको पशु एकैसाथ रहनेछन्‌, र एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।”—कलस्सी ३:८-१०; यशैया ११:६, ९.

अर्को पुनर्स्थापन नजिकै!

आज आध्यात्मिक प्रमोदवनमा देखिएको पुनर्स्थापनका साथै हाम्रो ग्रह दृश्‍य प्रमोदवनमा परिणत हुने समय पनि नजिकै छ। यहोवाले हाम्रा पुर्खा आदम र हव्वालाई प्रमोदवनमा राख्नु हुँदा पृथ्वीको सानो भाग प्रमोदवन थियो। (उत्पत्ति १:२९-३१) त्यसैकारण, हामी प्रमोदवनको पुनर्स्थापन भन्‍ने शब्द चलाउन सक्छौं। तर त्यसो हुनुअघि, परमेश्‍वरको अनादर गर्ने झूटा धर्महरूलाई पृथ्वीबाट हटाउनै पर्छ। यस संसारका राजनैतिक तत्त्वहरूले यो काम गर्नेछन्‌। (प्रकाश १७:१५-१८) त्यसपछि, राजनैतिक तथा व्यापारिक तत्त्वहरूलाई तिनीहरूका समर्थकहरू सँगसँगै नाश गरिनेछ। अन्ततः परमेश्‍वरका अन्तिम शत्रुहरू शैतान अर्थात्‌ दियाबल तथा तिनका प्रेतहरूलाई पुनर्स्थापनाको बेला हजार वर्षको लागि बन्दी बनाइनेछ। त्यस अवधिमा, “उजाड़ र निर्जल–भूमि हर्षित हुनेछ। मरूभूमि रमाउनेछ। वसन्तको फूलझैं त्यो फक्रनेछ।” (यशैया ३५:१) सारा संसार शान्तिमय हुनेछ। (यशैया १४:७) अहिले मरिसकेका लाखौंले समेत पृथ्वीमा फेरि जीवन पाउनेछन्‌। छुडौतीको बलिदानका लाभहरूले प्रदान गर्ने पुनर्स्थापनाको सबैले अनुभव गर्नेछन्‌। (प्रकाश २०:१२-१५; २२:१, २) त्यहाँ कोही पनि अन्धो, बहिरो अथवा लुलो लंगडो हुनेछैन। “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) ख्रीष्टको हजार वर्षीय शासनको अन्तपछि दियाबल तथा त्यसका प्रेतहरूलाई केही समयको लागि छोडिनेछ र तिनीहरूले यस पृथ्वीमा परमेश्‍वरको उद्देश्‍य कुन हदसम्म पूरा भएछ भनी देख्नेछन्‌। तर अन्ततः तिनीहरूलाई सधैंको लागि नाश गरिनेछ।—प्रकाश २०:१-३.

पुनर्स्थापनको हजार वर्ष सकिएपछि “सास हुने जति सबैले” यहोवाको प्रशंसा गर्नेछन्‌ र सधैंभरि गरिनै रहनेछन्‌। (भजन १५०:६) के तपाईं पनि तिनीहरूमध्ये हुनुहुनेछ? हो, तपाईं पनि हुन सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने