परमेश्वरलाई सुन्न, के तपाईं तयार हुनुहुन्छ?
प्रथम शताब्दीका मानिसहरूको परिस्थिति र हाम्रो आजको परिस्थितिमा धेरै समानता रहेछ भन्ने कुरा बाइबल पढ़दा तुरन्तै अनुभव हुन्छ। त्यस बेला पनि प्रशस्त अनैतिकता र बेइमानी थियो। विशेषगरी, इस्त्राएलका व्यभिचारी छिमेकीहरूको समाजमा, जहाँ अनैतिकता तिनीहरूको धर्मको एउटा अङ्ग थियो। राजनीतिक समस्याहरूका साथ साथै गरीबहरूका निम्ति जीवन अनिश्चित थियो। ई.स. ६६ सम्म इस्त्राएल र रोम युद्धमा पूर्णतया ग्रस्त थिए। आज झैं, त्यस बेलामा पनि, मानिसहरूलाई मददको खाँचो थियो।
धर्मको दृष्टिकोण बाट पनि, त्यो समय साल र हाम्रो समय-सालमा धेरै समानताहरू छन। त्यस बेलाका यहूदी धर्म-गुरूहरू कपटी थिए। (मत्ती २३:१५; लूका २०:४६, ४७) यहूदी समाजको बाहिर, हर प्रकारको धार्मिक विचार, कटुता देखिन् लिएर अन्धविश्वास र धार्मिक हठबाद, जम्मै प्रचलित थियो। (प्रेरित १४:८-१३; १९:२७, २८ सँग तुलना गर्नु होस्) भर्खरै स्थापित भएको मसीही मण्डली भित्र पनि सबै कुरा राम्रो सँग चलेको थिएन। शताब्दीको अन्त तिर, प्रेरित यूहन्नाले यो चेताउनी दिनु भयो: “धेरै जना भ्रममा पार्नेहरू संसारमा आएका छन्।” (२ यूहन्ना ७) हो, तेस बेला पनि, धर्मको विषयमा नक्कली सल्लाह दिनेहरूको कमी थिएन। तर विश्वसनीय मदद पनि उपलब्ध थियो।
के तपाईंले येशूको कुरा सुन्नु हुने थियो?
ती दिनहरूमा, ठीक सल्लाह दिनुहुने एक जना येशू हुनुहुन्थियो। उहाँले दिनुभएको सुझावहरू अत्यन्त अनुनयी हुन्थिए। त्यस्को असर बारे यस प्रकार लेखिएको छ: “भीड उहाँको शिक्षाले छक्क परे।” (मत्ती ७:२८) तापनि, भीड़का थोरैले मात्र उहाँको कुरा ध्यान दिएर सुने। येशूले चमत्कारहरू गर्नुभयो र ईश्वरीय जीवन र आचरणको राम्रो उदाहरण बसाल्नुभयो। र पनि, त्यस बेलाका शिक्षित भनौदो गुरुहरूले उहाँको कुराको मोल गर्न चाहेनन्। किन?
धेरै जसोको लागि, यो एउटा पूर्वाग्रहको कुरा थियो। कोहीले उहाँलाई नासरतको बासिन्दा भनेर तुच्छ ठाने। अरुले चाँही, येशूले तिनीहरूको पाठशालाहरूमा शिक्षा प्राप्त नगरेको हुनाकारण, र समाजमा शासनवर्ग सँग सम्बन्धित पनि नभएको भनेर उहाँलाई अस्वीकार गरे। (यूहन्ना १:४६; ७:१२, १५, ४७, ४८) साथै, येशू संधै मानिसहरूले सुन्न रुचाउने कुरा गर्नु हुदैन थियो। उहाँ सत्य मात्र बोलनु हुनथियो र यसले गर्दा फरिसीहरू उहाँका कुरा सुनेर अकसर रिसाँउ थिए। (मत्ती १५:१२-१४) उहाँले तीन वर्ष र छ महिना सम्म प्रचार गर्नु भयो। त्यस पछि, यहूदी धर्म-गुरुहरूले उहाँको हत्या गराई दिए। (लूका २३:२०-३५) तर येशूको हत्या गराएर तिनीहरूले ठूलो मौका गुमाए किनभने, येशू सँगनै “अनन्त जीवनका कुराहरू” थिए!—यूहन्ना ६:६८.
त्यस बेला तपाईं यरूशलेममा हुनुहुँदो हो, ता के गर्नु हुनथियो? के तपाईं ती धर्मगुरुहरू र भीड़को पछि लाग्नु हुने थियो? कि के खुल्ला मन राखेर येशूको वचनको मर्म बुझनु हुने थियो? त्यसो भने, तपाईं त्यो अद्भुत स्त्री जस्तो हुनुहुने थियो जसलाई येशूले आफ्नो यात्रामा भेटनु भएको थियो।
कुरा सुन्ने त्यो एक जना
सामरिया भएर यात्रागर्नु हुदा उहाँको यो स्त्री सँग भेट भयेको थियो। उहाँ आराम गर्न इनारको छेउमा बस्नु भएको बेलामा, त्यो स्त्री त्यहाँ पानी लिन आई। उस्को नाम हामीलाई थाह छैन। तर बाइबलको वर्णन अनुसार, येशूले, आफू थकित भएता पनि, त्यो स्त्री सँग धर्मको विषयमा कुरा गर्ने मौका छोप्नु भएछ।—यूहन्ना ४:५-१५.
अब येशूको कुरा सुन्न अस्वीकार गर्न चाहेकी भए, यो स्त्री सँग धेरै कारणहरू थिये। एक ता उसको धर्म बेग्लै थियो—सामरियाका बासिन्दाहरूको उपासना गर्ने विधि यहूदीहरूको भन्दा बेग्लै थियो। यस बाहेक, यहूदीहरूले सामरियाका मानिसहरूलाई तुच्छ ठान्द थिए र तिनीहरू सँग सङ्गत् गर्न इन्कार गरथिए। साथै, अपरिचित स्त्रीहरू संग यहूदी पुरूषहरू अकसर कुरा गर्दैन थिए। (यूहन्ना ४:९, २७) त्यस माथि थप, सामरियाकी यी स्त्रीले एउटा व्यभिचारी जीवन बिताइरहेकी थिई। आफ्नो पापहरू जाहेर होला र आलोचनाको सामना गर्नुपर्ला भन्ने डर उसले मान्न सकथिई।—यूहन्ना ४:१८.
तर उसले यस प्रकारको कुनै पनि प्रतिकृया ब्यक्त गरिन। यसको सट्टामा, येशूको निपुण र चासो जगाउने कुरा सुनेर, उसले आफै पनि यथोचित प्रश्नहरू सोधी। वार्तालाप अघि बढ़दै गए पछि, यहूदी र सामरीहरूको वीचको धार्मिक भिन्नता जस्तो अपठ्यारो विषय तिर उसले कुरा लगी। येशूले स्पष्टता तर दया साथ, एसो भन्नु भयो: “तिमीहरू जे जान्दैनौं, त्यो पुज्दछौ। हामीहरू जे जान्दछौं, त्यो पुज्दछौं।” (यूहन्ना ४:१९-२२) तर यो कुरा सुनेर, ती अप्रसन्न भइन। उसको मन खुला थियो र अझ कुरा सुन्न तैयार थिई।
यसकारण येशूले पनि, यो एउटा महत्वपूर्ण घोषणा गर्नु भयो: “तर बेला आउँछ, र अहिल्यै हो, जब साँचो सँग पुज्नेहरू, पितालाई आत्मा र सत्यतामा पुज्नेछन्। किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्दछ।” (यूहन्ना ४:२३-२४) खुला मन भएकी यी महिलाले, केही बेर पछि, आफूले सिकेका कुराहरू आफ्ना छिमेकीहरूलाई उत्सुकता साथ बताएर, मुल्याङ्कन प्रकट गरी। उसका छिमेकीहरू पनि येशूका कुरा सुन्न आएर, अझ जानकारी लिने इच्छा प्रकट गरे।—यूहन्ना ४:३९-४२.
यस बाट हामी के सिक्न सक्छौं? यदि हामी बसेका इलाकामा पनि राष्ट्रीय, जातीय अथवा धार्मिक दुराग्रह छ र कुनै अर्कै जाति, राष्ट्र अथवा धर्मका मानिस हामी सँग कुरा गर्न आउँदा, हाम्रो प्रतिकृया कस्तो हुनेछ? छलफलको दौरानमा हाम्रो विचार गलत् साबित् होला भन्ने डरले के हामी कान थुन्छौं? कि के हामी त्यो सामरी महिला जस्तै छौं, जो कम से कम कुरा गर्न तैयार थिई?
के तपाईं पावललाई सुन्नु हुनेथियो?
प्रथम शताब्दिको दौरानमा, असल सल्लाह दिने एउटा अर्को मानिस प्रेरित् पावल थिये। केही समय अघि पावलको मन पनि बन्द थियो। तिनले स्वयं एसो भनेको छ: “म अघाड़ी, निन्दा गर्ने, खेदो गर्ने र हानी गर्ने थिएँ, तापनि मैले यो अजान र अविश्वासमा गरेको हुनाले म कृपा-पात्र भएँ।” (१ तिमोथी १:१३) तर पछि, तिनले येशू ख्रीष्टमा विश्वास गरेर आफूमा भएको दुराग्रह मेटाए। उनको उदाहरणले यो देखाउँछ, कि हृदयमा “किल्लाहरू” जस्ता बलिया भएर बसेका हानिकारक विचारहरूलाई पनि, बाइबलको सत्य वचनले पल्टाउन सक्दछ।—२ कोरिन्थी १०:४.
एक जना मसीही भइ सके पछि, आफूले सिकेको सुसमाचार फैलाउन, पावल निडर भएर अघि सरे। र आशा गरे अनुसार, पहिलाको आफ्नो जस्तै बन्द मन भएका मानिसहरू सँग तिनको भेट भयो। तापनि सबै त्यस्ता थिएनन्। उत्तरी युनानको बेरिया भन्ने ठाउँमा, पावलले नम्र हृदय भएका केही मानिसहरू भेट्टाए र सल्लाह सुन्ने विषयमा यी मानिसहरू एउटा असल उदाहरण भए। यी मानिसहरूले पावलका शब्दहरूमा सच्चाईको आवाज सुनें। यसकारण, तिनीहरूले “ज्यादै तैयारी भएर धर्मशास्त्र ग्रहण गरे।” तर तिनीहरूले आफ्नो मन खुला राख्नुको अर्थ, तिनीहरू सजिलै सित ठगिन सकिने मानिसहरू थिएनन्। किनभने तिनीहरूले ‘ती कुराहरू ठीक हुन् कि होइनन् भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।’ (प्रेरित् १७:११) आफूले सुनेका कुराहरू सित प्रसन्न भएतापनि, तिनलाई सम्पूर्णतया स्वीकार्नु अघि, ती कुराहरू सत्य हुन् वा होइनन् भनेर निश्चित् गर्न, तिनीहरूले शास्त्र सित तुलना गरेर हेरे।
“सबै कुराको जाँच गरेर हेर”
हाम्रो समयमा, यहोवाका साक्षीहरूले अन्य धर्म मान्ने आफ्ना छिमेकीहरूलाई परमेश्वरको राज्यको सुसमाचार सुनाउने कोशिशमा निकै समय बिताउँने गर्छन्। साक्षीहरूले के कस्तो प्रतिकृयाको सामना गर्छन्? थुप्रै मित्रैलो मानिसहरूले खुशी साथ यी साक्षीहरूको स्वागत् गर्छन्। तर निकै मानिसहरूले तिनीहरूलाई अस्वीकार पनि गर्छन्। र कुनै-कुनै ता, साक्षीहरू आउँदा, क्रोधित् पनि हुन्छन्।
यो दुःखको कुरा हो, किनभने यहोवाका साक्षीहरू बाइबलको “सुसमाचार” बारे कुरा गर्न चाहन्छन्। (मत्ती २४:१४) साथै तिनीहरूले पावलले दिएको यो सल्लाह मान्ने प्रोत्साहन सबैलाई दिन्छन्: “सबै कुराको जाँच गर, जे असल छ, त्यसैमा लागिरहो।” (१ थिस्सलोनिकी ५:२१) आफू आफ्नो विचार धारामा अटल भएता पनि, बेरियाका ती मानिसहरू र सामरी महिला जस्तो कम से कम, खुला मन राखेर अरूहरू सित परमेश्वर बारे कुरा गर्न तैयार हुनु पर्दछ।
किन खुला मनको हुनु?
तर खुशीको कुरा के हो भने, प्रत्यक साल हजारौं हजार मानिसहरूले त्यसै गरिरहेका छन्। बाइबलमा पाईने बुद्धिका कुराहरूलाई महत्व दिन धेरैले सिकी रहेकाछन् र परिणाम स्वरूप, तिनीहरूले आफ्नो जीवनमा ठोस र स्थायी परिवर्तन ल्याउन सकेकाछन्। यिनीहरू मध्य कुनै-कुनै, शुरूमा जेनेत जस्तै थिए। जेनेत एउटी युवती थिई जसले, धेरै समय देखिन् मादक पदार्थ र रक्सीको कुसेवन गरे पछि, आत्म-हत्या गर्ने काशिश सम्म गरी। तर आज जेनेत एउटी आनन्दित् मसीही व्यक्ति भएकी छे। बाइबल अध्ययन द्वारा, उसले पावलका यी शब्दहरू प्रयोगमा ल्याउन बल पाई: “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं।”—२ कोरिन्थी ७:१.
भर्नन पनि एक जना मतावाला थियो। उसको विवाहित् जीवन टुक्रिनु लागेको थियो। तर बाइबलको सल्लाह प्रयोगमा ल्याए पछि, उसले यो हानिकारक लत छाड़न सक्यो र आफ्नी पत्नी सँग पनि मेल गर्न सक्यो। (१ कोरिन्थी ६:११) डेब्राको मनमा पनि जातीय पक्षपातको भावना जरा गाड़ेर बसेको थियो। तर बाइबल अध्ययन र अरू मसीहीहरूको सङ्गत द्वारा उसले आफ्नो सोचाई बदलिन सकी। (प्रेरित् १०:३४, ३५) साथै, नेदरलैण्डकी एउटी जवान वेश्याले यहोवाका साक्षीहरू सँग बाइबल अध्ययन गर्न मानेर आफ्नो जीवनमा धेरै परिवर्तनहरू ल्याउन सकेको कथा धेरैलाई विश्वास गर्न गाह्रो होला। तर आज यो युवती एउटा समर्पित् मसीहीको हैसियतमा, आफ्ना बाल-बच्चाहरूको देख-रेख गर्दै, शुद्ध जीवन बिताउँदैछे।
बाइबलको सन्देश सुन्ने अनगन्ती मानिसहरूको जीवनमा यस प्रकारको अनुभव बारम्बार दोहरिएको छ। तिनीहरूले सोचदै नसोचेको ढङ्गमा तिनीहरूको जीवन सुधरिएको छ। तर यो भन्दा पनि महत्वपूर्ण कुरा के हो भने, तिनीहरूले परमेश्वर सित सम्बन्ध कायम राख्न सकेकाछन् र अब तिनीहरूले उहाँलाई “स्वर्गमा हुनु हुने हाम्रो पिता” भनेर सम्बोधन् गर्न सकने भएकाछन्। (मत्ती ६:९) साथै, तिनीहरूले भविष्यका लागि एउटा अटल र निश्चित् आशा अपनाउन सकेकाछन्। किनभने तिनीहरूले येशूका यी शब्दहरूको सत्यता अनुभव गरेकाछन्: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एक मात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनु भयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।”—यूहन्ना १७:३.
यही कुराहरूको छलफल गर्नका लागि, यहोवाका साक्षीहरू आफ्ना छिमेकीहरू सँग भेट गर्न जान्छन्। निश्चय, तिनीहरू तपाईं सँग पनि भेट गर्न चाँड़ै आउने छन्। त्यस बेला, खुला मन सहित् के तपाईं तिनीहरूको कुरा सुन्नु हुनेछ? (w89 8/1)
[पृष्ठमा भएको चित्र]
पूर्वाग्रहले ती सामरी स्त्रीलाई येशूको कुरा सुन्न देखिन् रोकेर राख्न सकेन। के तपाईंको मन पनि उसको मन जस्तै खुला छ?