-
“मेरो प्रतिवाद सुन्नुहोस्”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
११. एल्डरहरूले पावललाई कस्तो निर्देशन दिए? भाकल पूरा गर्नुमा के-के समावेश थियो? (फुटनोट पनि हेर्नुहोस्।)
११ पावलबारे फैलिएको हल्ला सरासर झूट भए तापनि यहुदी ख्रिष्टियनहरूलाई यस कुराले अझै पिरोलिरहेको थियो। त्यसैकारण एल्डरहरूले पावललाई यस्तो निर्देशन दिए: “भाकल गरेर बसेका चार जना पुरुष हामीसित छन्। तिनीहरूलाई आफूसित लैजानुहोस् र मोसाको व्यवस्थाअनुसार तिनीहरूसँगसँगै आफूलाई शुद्ध पार्नुहोस् अनि तिनीहरूको खर्च बेहोरिदिनुहोस् ताकि तिनीहरूले आफ्नो कपाल खौरून्। तपाईँले यसो गर्नुभयो भने तपाईँको विषयमा जे-जस्तो सुनियो, त्यो फोस्रो हल्ला मात्र रहेछ भनेर सबैले थाह पाउनेछन् र तपाईँ पनि मोसाको व्यवस्था पालन गर्दै ठीक बाटोमा हिँडिरहनुभएको छ भनेर तिनीहरूले देख्नेछन्।”c—प्रेषि. २१:२३, २४.
१२. यरुसलेमका एल्डरहरूले दिएको निर्देशन पछ्याउँदै पावलले कसरी परिस्थितिअनुसार छाँटकाँट गरे र सहयोगी मनोवृत्ति देखाए?
१२ पावलले वास्तविक समस्या आफूबारे फैलाइएको हल्ला होइन तर मोसाको व्यवस्था पालन गर्नै पर्छ भनेर यहुदी ख्रिष्टियनहरूले देखाइरहेको जोस हो भनी खण्डन गर्न सक्थे। तर परमेश्वरले दिनुभएको सिद्धान्तसित नबाझिएसम्म तिनी छाँटकाँट गर्न तयार थिए। तिनले यस्तो लेखेका थिए: “व्यवस्थाको अधीनमा भएकाहरूलाई हासिल गर्न म व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएजस्तै भएँ।” (१ कोरि. ९:२०) यस अवसरमा पावलले यरुसलेमका एल्डरहरूको कुरा माने र “व्यवस्थाको अधीनमा भएजस्तै” भए। पावलको यस उदाहरणबाट आफ्नै तरिकाअनुसार कामकुरा गर्नुपर्छ भनेर ढिपी कस्नुको साटो एल्डरहरूलाई सहयोग गर्नुपर्छ भनेर हामी राम्रो पाठ सिक्न सक्छौँ।—हिब्रू १३:१७.
धर्मशास्त्रसित नबाझिने कुराहरूमा पावल सहमत भए। तपाईँ नि?
-
-
“मेरो प्रतिवाद सुन्नुहोस्”परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्
-
-
c शास्त्रविद्हरूको भनाइअनुसार ती मानिसहरूले नाजिरीको भाकल गरेका थिए। (गन्ती ६:१-२१) त्यस्तो भाकल मोसाको व्यवस्थाअन्तर्गत गरिन्थ्यो। तर अब व्यवस्था रद्द भइसकेको थियो। तैपनि ती मानिसहरूले यहोवालाई गरेको भाकल पूरा गर्नु गलत हुँदैन भनेर पावलले तर्क गरेका हुन सक्छन्। त्यसकारण पावल तिनीहरूसँगै जानु र तिनीहरूको खर्च बेहोरिदिनु गलत हुने थिएन। ती मानिसहरूले कस्तो किसिमको भाकल गरेका थिए भनेर हामीलाई थाह छैन। नाजिरीहरूले अक्सर आफ्नो पाप पखाल्न पशुबलि चढाउने गर्थे तर पावलले पक्कै पनि तिनीहरूको त्यस्तो प्रचलनलाई समर्थन गरेको हुन सक्दैन। किनकि ख्रिष्टले आफ्नो त्रुटिरहित जीवन बलिदान दिइसक्नुभएकोले पापको प्रायश्चित गर्न अब पशुबलि चढाउनु पर्दैनथ्यो। पावलले के गरे, त्यसबारे हामीलाई एक-एक कुरा त थाह छैन तर तिनले आफ्नो अन्तस्करणले नदिने कुनै पनि कुरामा सहमति जनाएनन् भनेर चाहिँ हामी पक्का हुन सक्छौँ।
-