प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article ७७
  • फेरि जीवित हुनु भनेको के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेरि जीवित हुनु भनेको के हो?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • मृत्युबाट फेरि जीवित हुनेबारे गलत धारणाहरू
  • पुनरुत्थान–कसकालागि र कहाँ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • मरिसकेका मानिसहरू फेरि जीवित हुनेछन्‌!
    बाइबलले हामीलाई के सिकाउँछ?
  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • पुनरुत्थानको आशामा शक्‍ति छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article ७७
मानिसहरू सुन्दर बगैँचामा परिणत भएको पृथ्वीमा फेरि जीवित भएर आएका आफ्ना साथीहरू र प्रियजनहरूलाई स्वागत गर्दै

फेरि जीवित हुनु भनेको के हो?

बाइबलको जवाफ

बाइबलमा “फेरि जीवित हुनु” भनेर अनुवाद गरिएको अभिव्यक्‍ति ग्रीक शब्द आनास्तासिस-बाट आएको हो, जसको अर्थ “उठ्‌नु; उभिनु” हो। कुनै व्यक्‍ति मृत्युबाट फेरि जीवित हुँदा तिनले पहिलाको व्यक्‍तित्व जस्तो थियो, त्यस्तै व्यक्‍तित्वसहित नयाँ जीवन पाउँछन्‌।—१ कोरिन्थी १५:१२, १३.

फेरि जीवित हुने शिक्षा हिब्रू धर्मशास्त्र अर्थात्‌ पुरानो नियममा पनि पाइन्छ। उदाहरणको लागि, परमेश्‍वरले भविष्यवक्‍ता होसेमार्फत यस्तो प्रतिज्ञा गर्नुभयो: “म तिनीहरूलाई चिहानको हातबाट छुटाउनेछु; म तिनीहरूलाई मृत्युबाट फिर्ता ल्याउनेछु।”—होसे १३:१४; अय्युब १४:१३-१५; यसैया २६:१९; दानिएल १२:२, १३.

मरेका मानिसहरू कहाँ जीवित हुनेछन्‌? केही मानिस स्वर्गमा ख्रिष्ट येसुसँगै शासन गर्न फेरि जीवित हुनेछन्‌। (२ कोरिन्थी ५:१; प्रकाश ५:९, १०) बाइबलमा तिनीहरूलाई ‘मृत्युबाट सुरुमा जीवित पारिने’ व्यक्‍तिहरू भनिएको छ। यसको मतलब, तिनीहरूपछि अरू मानिस पनि फेरि जीवित हुनेछन्‌। (प्रकाश २०:६; फिलिप्पी ३:११) ती मानिसहरू पृथ्वीमा फेरि जीवित हुनेछन्‌ र त्यतिबेला असङ्‌ख्य मानिसले जीवनको आनन्द उठाउनेछन्‌।—भजन ३७:२९.

मरेका मानिसहरू कसरी जीवित हुनेछन्‌? परमेश्‍वरले मरेका मानिसहरूलाई जीवित पार्ने शक्‍ति येसुलाई दिनुभएको छ। (युहन्‍ना ११:२५) येसुले “चिहानमा हुनेहरू सबै”-लाई फेरि जीवित पार्नुहुनेछ। तिनीहरूको व्यक्‍तित्व र स्वभाव पहिला जस्तो थियो, त्यस्तै हुनेछ अनि तिनीहरूले पहिलेका कुराहरू पनि सम्झन सक्नेछन्‌। (युहन्‍ना ५:२८, २९) स्वर्गमा जीवित हुनेहरूले अदृश्‍य शरीर पाउनेछन्‌ भने यसै पृथ्वीमा जीवित हुनेहरूले पूर्णतया स्वस्थ शरीर पाउनेछन्‌।—यसैया ३३:२४; ३५:५, ६; १ कोरिन्थी १५:४२-४४, ५०.

को-को जीवित हुनेछन्‌? बाइबल यसो भन्छ: “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌।” (प्रेषित २४:१५) जीवित हुने धर्मीहरूमा नुह, सारा र अब्राहामजस्ता विश्‍वासी जनहरू समावेश छन्‌। (उत्पत्ति ६:९; हिब्रू ११:११; याकुब २:२१) अधर्मीहरूमा यहोवाका स्तरहरूबारे सिक्ने अवसर नपाएकोले त्यसअनुसार चल्न नसकेका मानिसहरू समावेश छन्‌।

तर सुधार्नै नसक्नेगरि दुष्ट भएर मरेका मानिसहरू भने फेरि जीवित हुनेछैनन्‌। तिनीहरूको मृत्यु हुँदा तिनीहरूले सदाको लागि विनाश भोग्नेछन्‌। तिनीहरूको लागि फेरि जीवित हुने आशा छैन।—मत्ति २३:३३; हिब्रू १०:२६, २७.

मरेका मानिसहरू कहिले जीवित हुनेछन्‌? स्वर्गमा जीवनको आशा पाएकाहरू ख्रिष्टको उपस्थितिको दौडान जीवित हुनेछन्‌ भनेर बाइबलले भविष्यवाणी गरेको थियो। ख्रिष्टको उपस्थिति १९१४ देखि सुरु भयो। (१ कोरिन्थी १५:२१-२३) पृथ्वीमा जीवनको आशा पाएकाहरू येसु ख्रिष्टको हजार वर्षीय शासनको दौडान फेरि जीवित हुनेछन्‌। त्यतिबेला पृथ्वी सुन्दर बगैँचामा परिणत हुनेछ।—लुका २३:४३; प्रकाश २०:६, १२, १३.

फेरि जीवित हुने आशामा किन विश्‍वास गर्न सकिन्छ? बाइबलमा मरेका मानिसहरू जीवित भएको नौ वटा घटना उल्लेख गरिएका छन्‌ र ती घटनाहरूका प्रत्यक्षदर्शी पनि थिए। (१ राजा १७:१७-२४; २ राजा ४:३२-३७; १३:२०, २१; लुका ७:११-१७; ८:४०-५६; युहन्‍ना ११:३८-४४; प्रेषित ९:३६-४२; २०:७-१२; १ कोरिन्थी १५:३-६) येसुले लाजरसलाई फेरि जीवित पार्नुभएको घटना उल्लेखनीय छ। किनभने लाजरस मरेको चार दिन भइसकेको थियो अनि येसुले थुप्रै मानिससामु त्यो चमत्कार गर्नुभएको थियो। (युहन्‍ना ११:३९, ४२) येसुका विरोधीहरूले समेत त्यो तथ्यलाई अस्वीकार गर्न सकेनन्‌। त्यसैले तिनीहरूले येसु र लाजरस दुवैलाई मार्ने योजना बनाए।—युहन्‍ना ११:४७, ५३; १२:९-११.

मरेको मानिस फेरि जीवित भएको बाइबलमा उल्लिखित तीन वटा घटना: विधवाको छोरा, एक ख्रिष्टियन स्त्री र येसुको साथी लाजरस

यहोवासित मरेका मानिसहरूलाई फेरि जीवित पार्ने शक्‍ति र इच्छा दुवै छ भन्‍ने कुरा बाइबलले बताउँछ। उहाँको सम्झने शक्‍ति अथाह छ। उहाँले ती प्रत्येक मानिसको एक-एक विवरण आफ्नो सम्झनामा राख्नुभएको छ र उहाँले ती मानिसहरूलाई आफ्नो अथाह शक्‍ति चलाएर फेरि जीवित पार्नुहुनेछ। (अय्युब ३७:२३; मत्ति १०:३०; लुका २०:३७, ३८) मरेका मानिसहरूलाई फेरि जीवित पार्न परमेश्‍वर सक्षम हुनुहुन्छ र इच्छुक पनि! भविष्यमा परमेश्‍वरले गर्नुहुने यो कामबारे बाइबल यसो भन्छ: “आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ।”—अय्युब १४:१५.

मृत्युबाट फेरि जीवित हुनेबारे गलत धारणाहरू

मिथ्या: मरेको मानिस फेरि जीवित हुँदा उसको शरीर र आत्माको मिलन हुन्छ।

तथ्य: मानिस मरेपछि उसको अस्तित्व रहँदैन; मृत्युपछि पनि जीवित रहिरहने कुनै अंश मानिसमा हुँदैन। (उपदेशक ९:५, १०) त्यसैले मानिस फेरि जीवित हुँदा उसको शरीर र आत्माको मिलन हुने होइन बरु उसलाई पुनः सृष्टि गरिन्छ।

मिथ्या: केही मानिसलाई फेरि जीवित पारेर तुरुन्तै नाश गरिन्छ।

तथ्य: “ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌” भनी बाइबल बताउँछ। (युहन्‍ना ५:२९) तर यो न्याय तिनीहरूले मृत्युबाट फेरि जीवित भइसकेपछि गर्ने कामको आधारमा गरिनेछ। येसुले यसो भन्‍नुभयो: “मरेकाहरूले परमेश्‍वरको छोराको स्वर सुन्‍नेछन्‌ अनि ज-जसले उसको कुरा मान्छन्‌, तिनीहरू जिउनेछन्‌।” (युहन्‍ना ५:२५) फेरि जीवित भएपछि आफूले सिकेका कुराहरू ‘मान्‍ने’ अर्थात्‌ पालन गर्ने मानिसहरूको नाम “जीवनको पुस्तक”-मा लेखिनेछ।—प्रकाश २०:१२, १३.

मिथ्या: मरेको मानिस पहिलाकै शरीरमा जीवित हुनेछ।

तथ्य: मृत्युपछि मानिसको शरीर कुहिएर वा खरानी भएर माटोमा मिलिसकेको हुन्छ।—उपदेशक ३:१९, २०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने