प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 डिसेम्बर p. ३०
  • के तपाईँले सम्झनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँले सम्झनुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ सेवा वर्षको लागि तपाईँले कस्ता लक्ष्यहरू राख्नुभएको छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • अन्याय कसरी सहने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • भाग १
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • के तपाईँले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 डिसेम्बर p. ३०

के तपाईँले सम्झनुभएको छ?

के तपाईँले यस वर्षको प्रहरीधरहरा पत्रिकाका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए तपाईँ निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

‘आफ्नो सोचाइ नयाँ बनाउन’ के गर्नुपर्छ? (रोमी १२:२)

हामीले एक-दुई वटा असल काम गरेर मात्र पुग्दैन। बरु हामी कस्तो व्यक्‍ति हौँ भनेर जाँच्नुपर्छ र यहोवाको स्तर राम्ररी पछ्याउन आवश्‍यक छाँटकाँट गर्नुपर्छ।—w२३.०१, पृ. ८-९.

संसारका घटनाहरूप्रति हामी कसरी सन्तुलित दृष्टिकोण राख्न सक्छौँ?

संसारमा भइरहेका घटनाहरूले कसरी बाइबलको भविष्यवाणी पूरा गर्दै छ भन्‍ने कुरामा हामी चासो राख्छौँ। हामीले यसको पूर्तिबारे अनुमान लगाउनु हुँदैन किनकि यसले मण्डलीमा फूट गराउन सक्छ। हाम्रो कुराकानी हाम्रा प्रकाशनहरूमा दिइएका जानकारीहरूमा आधारित हुनुपर्छ। (१ कोरि. १:१०)—w२३.०२, पृ. १६.

येसु र उहाँका अनुयायीहरूको बप्तिस्माबीच कस्ता भिन्‍नताहरू छन्‌?

येसुले हामीले जस्तै यहोवालाई आफ्नो जीवन समर्पण गर्नुपर्दैनथ्यो किनभने उहाँ परमेश्‍वरप्रति समर्पित राष्ट्रमा जन्मनुभएको थियो। उहाँ त्रुटिरहित अनि पापरहित हुनुहुन्थ्यो। त्यसैले उहाँले पश्‍चात्ताप गर्नुपर्दैनथ्यो।—w२३.०३, पृ. ५.

अरूले सभामा टिप्पणी दिने मौका पाऊन्‌ भनेर हामी के गर्न सक्छौँ?

हामी आफ्नो टिप्पणीलाई छोटो बनाउन सक्छौँ। यसो गर्दा अरू धेरैले टिप्पणी दिने मौका पाउँछन्‌। अनि टिप्पणीमा धेरै जानकारी समावेश गर्दैनौँ। यसो गर्दा अरूले बाँकी बुँदा बताउने मौका पाउँछन्‌।—w२३.०४, पृ. २३.

यसैया ३५:८ मा बताइएको “पवित्र मार्ग”-ले केलाई बुझाउँछ?

यस मूलबाटोले निर्वासित यहुदीहरूले बेबिलोनबाट आफ्नो मातृभूमि फर्कन प्रयोग गरेको बाटोलाई बुझाउँथ्यो। आधुनिक समयमा त्यस प्रतीकात्मक मार्गले केलाई बुझाउँछ? सन्‌ १९१९ भन्दा सयौँ वर्षअघिदेखि आध्यात्मिक बाटो निर्माण गर्न तयारीको काम सुरु गरियो। जस्तै: बाइबलको अनुवाद र छपाइ। परमेश्‍वरका जनहरू “पवित्र मार्ग”-मा हिँड्‌दै छन्‌, जसले आध्यात्मिक प्रमोदवनको बाटो हुँदै नयाँ संसारतर्फ डोऱ्‍याउँछ।—w२३.०५, पृ. १५-१९.

हितोपदेश अध्याय ९ का दुई प्रतीकात्मक स्त्रीबाट कस्तो पाठ सिक्न सक्छौँ?

“मूर्ख आइमाई”-को निम्तो स्विकार्नेहरू “चिहानको गहिराइमा” पुग्छन्‌। “साँचो बुद्धि”-को निम्तो स्विकार्नेहरू ‘समझशक्‍तिको बाटोमा अघि बढ्‌नेछन्‌’ र तिनीहरूले जीवन पाउनेछन्‌। (हितो. ९:१, ६, १३, १८)—w२३.०६, पृ. २२-२४.

परमेश्‍वरले लुतलाई कसरी नम्रता र व्यावहारिकता देखाउनुभयो?

यहोवाले लुतलाई पहाडी इलाकातिर भाग्न भन्‍नुभयो। तर तिनले जोअरमा भाग्न पाऊँ भनेर बिन्ती गरे र उहाँले तिनको बिन्ती सुन्‍नुभयो।—w२३.०७, पृ. २१.

पति अश्‍लील सामग्री हेर्ने कुलतमा फसेका छन्‌ भने पत्नीले के गर्न सक्छिन्‌?

पत्नीले पति कुलतमा फस्नुको कारण आफू होइन भनेर मनमा राख्नुपर्छ। तिनले यहोवासितको सम्बन्धमा ध्यान दिनुपर्छ र उहाँबाट सान्त्वना पाएका स्त्रीहरूको बाइबल विवरणमा मनन गर्नुपर्छ। तिनले पतिलाई प्रलोभनमा पार्न सक्ने परिस्थितिहरूबाट टाढै रहन मदत गर्न सक्छिन्‌।—w२३.०८, पृ. १४-१७.

कसैले हाम्रो विश्‍वासबारे प्रश्‍न खडा गर्दा अन्तर्दृष्टिले कोमल हुन कसरी मदत गर्छ?

त्यस्तो व्यक्‍तिको प्रश्‍नबाट तिनको विचार वा तिनले महत्त्वपूर्ण ठान्‍ने कुरा थाह पाउन सकिन्छ भनेर सोच्न सक्छौँ। यसरी सोच्दा हामीले कोमल भई जवाफ दिन सक्नेछौँ।—w२३.०९, पृ. १७.

अरूबाट बल पाउने सन्दर्भमा मरियमबाट कस्तो पाठ सिक्न सक्छौँ?

आफूले जन्म दिने बालक पछि मसीह हुने कुरा थाह पाएपछि मरियमले अरूबाट बल खोजिन्‌। तिनलाई गब्रिएल र इलिसिबाले धर्मशास्त्रबाट प्रोत्साहन दिए। हामी पनि सङ्‌गी भाइबहिनीबाट बल पाउन सक्छौँ।—w२३.१०, पृ. १५.

यहोवा हाम्रो प्रार्थनाको जवाफ कसरी दिन सक्नुहुन्छ?

उहाँले हाम्रो प्रार्थना सुन्‍ने प्रतिज्ञा गर्नुभएको छ र हाम्रो बिन्ती उहाँको उद्देश्‍यअनुरूप छ कि छैन भनेर उहाँ विचार गर्नुहुन्छ। (यर्मि. २९:१२) उस्तै किसिमका बिन्तीहरूको जवाफ उहाँले फरक तरिकामा दिन सक्नुहुन्छ। तर उहाँले हाम्रो साथ भने सधैँ दिनुहुनेछ।—w२३.११, पृ. २१-२२.

रोमी ५:२ मा “आशा”-बारे उल्लेख गरिएको भए पनि पद ४ मा किन फेरि आशाबारे छलफल गरिएको छ?

कुनै व्यक्‍तिले सुसमाचार सुनेपछि तिनी प्रमोदवनमा अनन्त जीवन पाउने आशामा रमाउन सक्छन्‌। तर सङ्‌कष्ट आइपर्दा, सहनशील भई त्यसको सामना गर्दा र परमेश्‍वरको अनुमोदन महसुस गर्दा तिनको आशा अझै बलियो हुन्छ र तिनलाई त्यो आशा झनै वास्तविक लाग्नेछ।—w२३.१२, पृ. १२-१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने