प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 डिसेम्बर p. ३१
  • के तपाईँले सम्झनुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँले सम्झनुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • के तपाईंले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • के तपाईँ चेतावनीहरूमा ध्यान दिँदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 डिसेम्बर p. ३१

के तपाईँले सम्झनुभएको छ?

के तपाईँले यस वर्षको प्रहरीधरहरा पत्रिकाका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए तपाईँ निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

यहोवाले स्त्रीहरूसित गर्ने व्यवहारको सन्दर्भमा कस्तो उदाहरण बसाल्नुभएको छ?

उहाँ तिनीहरूसित निष्पक्ष व्यवहार गर्नुहुन्छ; उहाँ पुरुषहरूलाई महिलाहरूभन्दा ठूलो ठान्‍नुहुन्‍न। उहाँ तिनीहरूको कुरा सुन्‍नुहुन्छ; तिनीहरूको भावनाको कदर गर्नुहुन्छ र तिनीहरूले भोगिरहेका समस्याहरूमा चासो लिनुहुन्छ। उहाँ तिनीहरूलाई भरोसा गर्नुहुन्छ र राज्य गतिविधिलाई अघि बढाउन तिनीहरूलाई चलाउनुहुन्छ।—w२४.०१, पृ. १५-१६.

एफिसी ५:७ मा दिइएको “तिनीहरूका कामको भागीदार नबन” भन्‍ने सल्लाह हामी कसरी लागू गर्न सक्छौँ?

प्रेषित पावलले हामीलाई यहोवाको स्तरअनुसार चल्न बाधा पुऱ्‍याउने मानिसहरूसित सङ्‌गत नगर्न चेतावनी दिँदै थिए। सङ्‌गत भनेको कसैसित प्रत्यक्ष भेटेर समय बिताउनु मात्र त होइन। यसमा कसैसित सामाजिक सञ्जालमा कुराकानी गर्नु पनि समावेश छ।—w२४.०३, पृ. २२-२३.

हामी कस्ता किसिमका झूटा अफवाहहरूदेखि होसियार हुनुपर्छ?

कुनै भाइ वा बहिनीले पठाएको तर कुन स्रोतबाट आएको हो भनेर पक्का नभएको जानकारी, नचिनेको व्यक्‍तिले पठाएको इमेल अनि बाइबलमा चासो दिएको ढोङ गर्ने धर्मत्यागीहरूदेखि हामी होसियार हुनुपर्छ।—w२४.०४, पृ. १२.

सदोम र गमोरामा अनि जलप्रलयमा नाश भएका मानिसहरूको सन्दर्भमा र राजा सुलेमानको सन्दर्भमा यहोवाले गर्नुहुने न्यायबारे हामीलाई के थाह छ तर के थाह छैन?

यहोवाले तिनीहरूलाई सदाको लागि नाश गर्नुभएको हो वा होइन भनेर हामीलाई थाह छैन। तर उहाँ सबै कुरा जान्‍नुहुन्छ र असाध्यै कृपालु हुनुहुन्छ भनेर चाहिँ हामीलाई थाह छ।—w२४.०५, पृ. ३-४.

परमेश्‍वर “चट्टान” हुनुहुन्छ भन्‍ने कुराबाट हामी कस्तो आश्‍वासन पाउँछौँ? (व्यव. ३२:४)

हामी यहोवामा शरण लिन सक्छौँ। उहाँ भरोसायोग्य हुनुहुन्छ र सधैँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ। उहाँ कहिल्यै परिवर्तन हुनुहुन्‍न अनि आफ्नो व्यक्‍तित्व र उद्देश्‍य पनि कहिल्यै परिवर्तन गर्नुहुन्‍न।—w२४.०६, पृ. २६-२८.

नयाँ मण्डलीमा घुलमिल हुन तपाईँलाई केले मदत गर्छ?

यहोवामा भर पर्नुहोस्‌। उहाँले विगतका आफ्ना सेवकहरूलाई जस्तै तपाईँलाई पनि मदत गर्नुहुनेछ। अहिलेको र पहिलेको मण्डलीबीच तुलना नगर्नुहोस्‌। मण्डलीको गतिविधिमा पूरापूर भाग लिनुहोस्‌ र नयाँ साथीहरू बनाउन प्रयास गर्नुहोस्‌।—w२४.०७, पृ. २६-२८.

मत्ति अध्याय २५ मा पाइने तीन वटा उदाहरणबाट के सिक्न सक्छौँ?

भेडा र बाख्राको उदाहरणबाट विश्‍वासी र वफादार हुनुपर्ने कुरा सिक्न सक्छौँ। बुद्धिमती र निर्बुद्धि कन्याहरूको उदाहरणबाट तयार र सजग रहनुपर्ने कुरा सिक्न सक्छौँ। अनि टालेन्टको उदाहरणबाट मेहनती र लगनशील हुनुपर्ने कुरा सिक्न सक्छौँ।—w२४.०९, पृ. २०-२४.

सुलेमानको मन्दिरको दलान कति अग्लो थियो?

केही प्राचीन पाण्डुलिपिमा २ इतिहास ३:४ मा “१२० हात” लेखिएको छ, जसअनुसार दलानको उचाइ १७५ फिट हुन्छ। तर अरू भरपर्दा पाण्डुलिपिहरूमा भने “२० हात” लेखिएको छ, जसअनुसार दलानको उचाइ ३० फिट हुन्छ। मन्दिरको भित्ताको चौडाइ विचार गर्दा दलानको उचाइ ३० फिट थियो भन्‍नु उपयुक्‍त देखिन्छ।—w२४.१०, पृ. ३१.

सहायक सेवक “एकै जना स्त्रीको पति” हुनुपर्छ भन्‍नुको अर्थ के हो? (१ तिमो. ३:१२)

यसको अर्थ तिनको एक जना मात्र पत्नी हुनुपर्छ र तिनले अवैध यौनसम्बन्ध राख्नु हुँदैन। तिनले अरू स्त्रीहरूप्रति रोमान्टिक चासो कहिल्यै देखाउनु हुँदैन।—w२४.११, पृ. १९.

येसुले युहन्‍ना ६:५३ मा भन्‍नुभएको कुरा प्रभुको साँझको भोजमा गर्नुपर्ने कुराको नमुना होइन भनेर किन भन्‍न सक्छौँ?

युहन्‍ना ६:५३ मा येसुले उहाँको शरीर खानुपर्छ र रगत पिउनुपर्छ भन्‍नुभयो। उहाँले यो कुरा इस्वी संवत्‌ ३२ मा गालिलमा यहुदीहरूलाई बताउनुभयो, जसले उहाँमाथि विश्‍वास गरिसकेका थिएनन्‌। तर त्यसको एक वर्षपछि मात्र येसुले यरुसलेममा प्रभुको साँझको भोजको सुरुवात गर्नुभयो। त्यतिबेला उहाँले स्वर्गमा उहाँसितै शासन गर्नेहरूसित कुरा गर्दै हुनुहुन्थ्यो।—w२४.१२, पृ. १०-११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने