प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ३ | घृणालाई जरैदेखि उखेल्नुहोस्‌
    प्रहरीधरहरा (जन संस्करण)—२०२२ | सङ्‌ख्या १
    • बाइबलको शिक्षा:

      “आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌। तब तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।”—रोमी १२:२.

      यसको अर्थ के हो?

      हामी के सोच्छौँ, त्यसमा ईश्‍वर चासो राख्नुहुन्छ। (यर्मिया १७:१०) हामीले घृणा झल्किने बोली नबोल्नु र व्यवहार नगर्नु मात्र पर्याप्त छैन। घृणा भन्‍ने दुर्गुण मन र दिमागबाट सुरु हुन्छ। त्यसैले हामीले आफ्नो मन र दिमागमा अलिकति पनि घृणा पलाउन दिनु हुँदैन। त्यसो गऱ्‍यौँ भने मात्र हामीमा “पूरै परिवर्तन” आउनेछ र घृणालाई जरैसमेत उखेलेर फ्याँक्न सक्नेछौँ।

  • ३ | घृणालाई जरैदेखि उखेल्नुहोस्‌
    प्रहरीधरहरा (जन संस्करण)—२०२२ | सङ्‌ख्या १
    • स्टिभनलाई हिंसा र घृणा त्याग्न रोमी १२:२ ले मदत गऱ्‍यो। तिनी भन्छन्‌: “मैले आफ्नो सोचाइ परिवर्तन गर्नुपर्छ भनेर बुझेँ। हो, मैले आफ्नो सोचाइ नयाँ बनाउनुपर्थ्यो किनभने यो नै जीवन बिताउने सर्वोत्तम तरिका हो।” अहिले तिनको मनमा अलिकति पनि घृणा छैन। तिनले घृणामाथि विजय हासिल गरेको ४० वर्ष नाघिसक्यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने