प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 No. १ pp. १०-११
  • ३ | घृणालाई जरैदेखि उखेल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ३ | घृणालाई जरैदेखि उखेल्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको शिक्षा:
  • यसको अर्थ के हो?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • स्तिफनसले “परमेश्‍वरबाट अनुग्रह र बल पाए”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • स्तिफनसलाई ढुंगाले हान्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणामाथि विजय सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 No. १ pp. १०-११
एक व्यक्‍ति बेग्लै वर्णका व्यक्‍तिसित हात मिलाइरहेको कल्पना गर्दै छन्‌। ती दुई जनाको छायामा तिनीहरू एकअर्कासित बाझाबाझ गरिरहेको देखिन्छ।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

३ | घृणालाई जरैदेखि उखेल्नुहोस्‌

बाइबलको शिक्षा:

“आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌। तब तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।”—रोमी १२:२.

यसको अर्थ के हो?

हामी के सोच्छौँ, त्यसमा ईश्‍वर चासो राख्नुहुन्छ। (यर्मिया १७:१०) हामीले घृणा झल्किने बोली नबोल्नु र व्यवहार नगर्नु मात्र पर्याप्त छैन। घृणा भन्‍ने दुर्गुण मन र दिमागबाट सुरु हुन्छ। त्यसैले हामीले आफ्नो मन र दिमागमा अलिकति पनि घृणा पलाउन दिनु हुँदैन। त्यसो गऱ्‍यौँ भने मात्र हामीमा “पूरै परिवर्तन” आउनेछ र घृणालाई जरैसमेत उखेलेर फ्याँक्न सक्नेछौँ।

तपाईँ के गर्न सक्नुहुन्छ?

अरू मानिसप्रति, खासगरि अरू जात वा राष्ट्रका मानिसहरूप्रति तपाईँको सोचाइ र भावना कस्तो छ, इमानदार भई जाँच्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘म तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्छु? मैले तिनीहरूलाई राम्ररी चिनेकोले त्यस्तो दृष्टिकोण राखेको हुँ कि पूर्वाग्रहले गर्दा?’ घृणा र हिंसालाई बढवा दिने सामाजिक सञ्जालका पोस्टहरू वा चलचित्रहरू नहेर्नुहोस्‌। साथै त्यस्ता कुराहरूलाई बढवा दिने मनोरञ्जनदेखि अलग रहनुहोस्‌।

ईश्‍वरको वचनले हामीलाई मन र दिमागबाट घृणा हटाउन मदत गर्छ

आफ्नो विचार र भावना जाँच्न सधैँ सजिलो हुँदैन। तर परमेश्‍वरको वचनले हामीलाई “हृदयको विचार र आशय जाँच्न” मदत गर्छ। (हिब्रू ४:१२) त्यसैले नियमित रूपमा बाइबल पढ्‌नुहोस्‌। बाइबलको शिक्षा अनि आफ्नो सोचाइ तुलना गरेर हेर्नुहोस्‌। त्यसपछि आफ्नो सोचाइलाई बाइबलको शिक्षाअनुसार ढाल्न सकेजति गर्नुहोस्‌। बाइबलले दिमाग र मनमा “गहिरो जरा गाडेर” बसेको घृणालाई उखेल्न मदत गर्छ।—२ कोरिन्थी १०:४, ५.

अनुभव—स्टिभन

तिनले आफ्नो सोचाइ परिवर्तन गरे

स्टिभन।

स्टिभन र तिनको परिवारका सदस्यहरूलाई गोरा जातिका मानिसहरूले घृणा गर्थे। त्यसैले तिनी नागरिकको हकहितको लागि हिंसात्मक बाटो अपनाएको एउटा राजनैतिक समूहबाट निकै प्रभावित भए। पछि तिनी विभिन्‍न अपराधमा संलग्न भए। तिनी भन्छन्‌: “एकचोटि म साथीहरूसित फिल्म हेर्न गएको थिएँ। त्यस फिल्ममा अमेरिकामा पहिले अफ्रिकाबाट ल्याइएका दासहरूलाई असाध्यै दुःख दिएको दृश्‍य थियो। यो देखेर हामी रिसले चूर भयौँ। अनि फिल्म हलमै गोरा जातिका केटाहरूलाई कुट्‌न थाल्यौँ। यतिले मात्र नपुगेर हामी गोरा जातिका अरू मानिसलाई पनि कुट्‌न उनीहरूको टोल-टोलमा गयौँ।”

यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि स्टिभनको सोचाइमा आमूल परिवर्तन आयो। तिनी भन्छन्‌: “मैले सानैदेखि जातीय भेदभाव देख्दै आएको थिएँ। त्यसैले साक्षीहरूले एकअर्कालाई गर्ने व्यवहार देख्दा म छक्कै परेँ। जस्तै: गोरा जातिका एक जना साक्षी विदेश भ्रमणमा जाँदा आफ्ना छोराछोरीलाई काला जातिको एउटा परिवारलाई जिम्मा लगाएका थिए। अनि गोरा जातिको एउटा परिवारले काला जातिको केटालाई आफ्नो घरमा बस्न दिएको थियो।” येसुले साँचो ख्रिष्टियनहरूमाझ प्रेम हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। यहोवाका साक्षीहरूमाझ त्यस्तै प्रेम छ भनेर तिनी विश्‍वस्त भए।—युहन्‍ना १३:३५.

स्टिभनलाई हिंसा र घृणा त्याग्न रोमी १२:२ ले मदत गऱ्‍यो। तिनी भन्छन्‌: “मैले आफ्नो सोचाइ परिवर्तन गर्नुपर्छ भनेर बुझेँ। हो, मैले आफ्नो सोचाइ नयाँ बनाउनुपर्थ्यो किनभने यो नै जीवन बिताउने सर्वोत्तम तरिका हो।” अहिले तिनको मनमा अलिकति पनि घृणा छैन। तिनले घृणामाथि विजय हासिल गरेको ४० वर्ष नाघिसक्यो।

स्टिभनको पूरै अनुभव प्रहरीधरहरा, जुलाई १, २०१५ को पृष्ठ १०-११ मा पढ्‌न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने