प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson ५३ points १-५
  • यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्‍नुहोस्‌
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • ६. मनोरञ्जन छान्दा विचार पुऱ्‍याउनुपर्ने कुराहरू
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • स्वस्थकर मनोरञ्जन कसरी छान्‍ने?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • बुद्धिमानीसाथ मनोरञ्जन छान्‍नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • तपाईं लाभदायक मनोरञ्जनको आनन्द उठाउन सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson ५३ points १-५
पाठ ५३. बुबा, आमा र छोरी मकै खाँदै टिभी हेर्छन्‌।

पाठ ५३

यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्‍नुहोस्‌

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। (१ तिमोथि १:११) उहाँ हामी पनि आनन्दित भएको र रमाएको चाहनुहुन्छ। हामीले कामबाट केही समय निकालेर आराम र रमाइलो गर्दा उहाँलाई खुसी लाग्छ। हामी फुर्सदको समयलाई रमाइलो, सन्तोषजनक र यहोवालाई खुसी बनाउने तरिकामा कसरी प्रयोग गर्न सक्छौँ भनेर यस पाठमा छलफल गर्नेछौँ।

१. मनोरञ्जन छान्दा हामीले कुन कुरामा विचार पुऱ्‍याउनुपर्छ?

तपाईँलाई के गर्न रमाइलो लाग्छ? कोही-कोही फुर्सदको समयमा घरमै बसेर किताब पढ्‌न, सङ्‌गीत सुन्‍न, फिल्म हेर्न वा इन्टरनेट चलाउन मन पराउँछन्‌। अरू कतिपयलाई भने साथीहरूसित घुमघाम गर्न, पौडी खेल्न वा कुनै खेल खेल्न मन पर्छ। हाम्रो रुचि जस्तोसुकै भए तापनि हामीले छान्‍ने मनोरञ्जन “प्रभुलाई . . . स्वीकार्य” छ कि छैन भनेर पक्का गर्नुपर्छ। (एफिसी ५:१०) यसो गर्नु महत्त्वपूर्ण छ किनभने अहिलेका धेरैजसो मनोरञ्जन यहोवाले घृणा गर्नुहुने कुराहरूले भरिएका छन्‌। जस्तै: हिंसा, अवैध यौनसम्बन्ध र प्रेतविद्या। (भजन ११:५ पढ्‌नुहोस्‌।) हामीलाई बुद्धिमानीपूर्वक मनोरञ्जन छान्‍न कुन कुराले मदत गर्न सक्छ?

हामीले यहोवालाई प्रेम गर्ने मानिसहरूलाई साथी बनायौँ भने तिनीहरूले हामीमा र हाम्रो मनोरञ्जनको छनौटमा राम्रो प्रभाव पार्न सक्छन्‌। हामीले पाठ ४८ मा सिकेझैँ “बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ।” अर्कोतर्फ, हामीले परमेश्‍वरका स्तरहरूलाई प्रेम नगर्ने मानिसहरूसित नियमित रूपमा सङ्‌गत गऱ्‍यौँ भने ‘दुःख भोग्नेछौँ।’—हितोपदेश १३:२०.

२. हामीले मनोरञ्जनमा कति समय बिताउने भनेर तोक्नु किन महत्त्वपूर्ण छ?

हामीले छान्‍ने मनोरञ्जन हानिकारक नभए पनि यसमा ज्यादै समय बिताउनदेखि होसियार हुनुपर्छ। हामीले मनोरञ्जनमा धेरै समय बितायौँ भने अझ महत्त्वपूर्ण गतिविधिको लागि पर्याप्त समय बाँकी हुनेछैन। बाइबलले हामीलाई आफ्नो “समयको पूर्ण सदुपयोग” गर्न प्रोत्साहन दिन्छ।—एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌।

अझ खोतल्नुहोस्‌

मनोरञ्जन छान्‍ने सन्दर्भमा तपाईँ कसरी सही निर्णय गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

३. हानिकारक मनोरञ्जनदेखि टाढै बस्नुहोस्‌

हामीले किन विचार पुऱ्‍याएर मनोरञ्जन छान्‍नुपर्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: मैले कस्तो मनोरञ्जन छान्‍नुपर्छ? (४:३९)

  • प्राचीन रोमका हिंस्रक खेलहरू र अहिलेका केही मनोरञ्जनबीच कस्ता समानता छन्‌?

  • भिडियोमा देखाइएका ड्यानिले मनोरञ्जनबारे कुन कुरा बुझे?

रोमी १२:९ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यस पदले तपाईँलाई उपयुक्‍त मनोरञ्जन छान्‍न कसरी मदत गर्छ?

यहोवाले घृणा गर्नुहुने केही कुरा के-के हुन्‌? हितोपदेश ६:१६, १७ र गलाती ५:१९-२१ पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यी पदहरूमा बताइएका कुन-कुन कुरा अहिलेको मनोरञ्जनमा व्याप्त छ?

तपाईँ कसरी बुद्धिमानीपूर्वक मनोरञ्जन छान्‍न सक्नुहुन्छ?

आफूलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

  • के? यसमा यहोवाले घृणा गर्नुहुने कुनै कुरा छ कि?

  • कहिले? यसले अझ महत्त्वपूर्ण गतिविधिलाई बाधा पुऱ्‍याउँछ कि?

  • कोसित? यसमा भाग लिँदा यहोवालाई प्रेम नगर्ने मानिसहरूसित सङ्‌गत गर्नु वा तिनीहरूलाई पटक-पटक सम्पर्क गर्नुपर्छ कि?

हामी खतराहरूदेखि जति टाढा रहन्छौँ, त्यति नै सुरक्षित हुन्छौँ। त्यसैले हामी आफूलाई हानि पुऱ्‍याउन सक्ने मनोरञ्जनदेखि टाढा रहनुपर्छ

पहाडी बाटोको छेउबाट गाडी गुडिरहेको छ। गाडीको पछाडिको भाग भिरबाट चिप्लिनै लागेको जस्तो देखिन्छ।

४. समयको सदुपयोग गर्नुहोस्‌

भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

तपाईँको समय केले खाइरहेको छ? (२:४५)

  • भिडियोमा देखाइएका भाइले फुर्सदको समयमा हेरिरहेका कुराहरू हानिकारक नभए पनि त्यसले तिनमा कस्तो असर पारिरहेको थियो?

फिलिप्पी १:१० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यस पदले तपाईँलाई मनोरञ्जनमा कति समय बिताउने भनेर निर्णय गर्न कसरी मदत गर्न सक्छ?

५. फाइदाजनक मनोरञ्जन छान्‍नुहोस्‌

हुनत मानिसहरूले गर्ने कुनै-कुनै मनोरञ्जन यहोवालाई मन पर्दैन तर हामी अरू विभिन्‍न तरिकामा रमाइलो गर्न सक्छौँ। उपदेशक ८:१५ र फिलिप्पी ४:८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँलाई फाइदाजनक मनोरञ्जनहरूमध्ये कुनचाहिँ मन पर्छ?

चित्रहरूको सँगालो: विभिन्‍न उमेरका मानिसहरू फाइदाजनक मनोरञ्जनबाट आनन्द उठाउँदै छन्‌। १. एउटी केटी गीत सुन्दै चित्र कोर्छिन्‌। २. तीन जना युवक बास्केटबल खेल्छन्‌। ३. दुई जना केटा साइकल चलाउँछन्‌। ४. एक जना सानो केटा खेलौना गाडी बनाउँछ। ५. एक जना पुरुष ड्रम बजाउँछन्‌। ६. बुबा र छोरा भिडियो गेम खेल्छन्‌। ७. एउटी स्त्री फोटो खिच्छिन्‌।

तपाईँ फाइदाजनक मनोरञ्जनबाट आनन्द उठाउन सक्नुहुन्छ

कोही-कोही भन्छन्‌: “हिंसा, अवैध यौनसम्बन्ध वा प्रेतविद्या मुछिएको मनोरञ्जनमा कुनै खराबी छैन। म आफै त त्यसो गर्दिनँ नि।”

  • तपाईँ के भन्‍नुहुन्छ?

सारांश

यहोवा हामीले फाइदाजनक मनोरञ्जन छानेको र त्यसबाट आनन्द उठाएको चाहनुहुन्छ।

तपाईँले के सिक्नुभयो?

  • ख्रिष्टियनहरू कस्तो मनोरञ्जनदेखि टाढै बस्नुपर्छ?

  • हामीले मनोरञ्जनमा कति समय बिताउने भनेर किन विचार पुऱ्‍याउनुपर्छ?

  • तपाईँ किन यहोवालाई खुसी बनाउने मनोरञ्जन छान्‍न चाहनुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

मनोरञ्जन छान्‍ने विषयमा निर्णय गर्ने जिम्मेवारी कसको हो, विचार गर्नुहोस्‌।

“यहोवाका साक्षीहरू कुनै खास चलचित्र, किताब र गीतमाथि प्रतिबन्ध लगाउँछन्‌?” (jw.org को लेख)

मनोरञ्जन छान्‍ने सन्दर्भमा तपाईँ कसरी सही निर्णय गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

“के तपाईंको मनोरञ्जन फाइदाजनक छ?” (प्रहरीधरहरा, अक्टोबर १५, २०११)

एक जना पुरुषले किन आफ्नो मनोरञ्जनको छनौटमा परिवर्तन गरे भनी थाह पाउन “मैले पूर्वाग्रह पनि हटाउन सकेँ” जीवनी पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, फेब्रुअरी १, २०१०)

एउटी आमाले भूतप्रेतसम्बन्धी कथाहरू भएको मनोरञ्जन गर्ने कि नगर्ने भनेर कसरी सही निर्णय गर्न सकिन्‌, हेर्नुहोस्‌।

प्रेतविद्यासित सम्बन्धित मनोरञ्जनदेखि टाढै बस्नुहोस्‌ (२:०२)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने