-
“रुने मानिसहरूसित रोओ”प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | जुलाई
-
-
१४. शोकमा परेकाहरूलाई कसरी सान्त्वना दिन सक्छौं?
१४ त्यसैले शोकमा परेकाहरूलाई के भन्ने अनि कसरी सान्त्वना दिने भनेर दिमागमा केही नआउन सक्छ। तर बाइबल भन्छ: “बुद्धिमान्को बोलीले मानिसलाई निको पार्छ।” (हितो. १२:१८) थुप्रैले तपाईंको प्रियजनको मृत्यु हुँदा भन्ने पुस्तिकाबाट सान्त्वना दिने तरिका सिकेका छन्।c तर प्रायजसो अवस्थामा ‘रुनेहरूसँगै रुनु’ एकदम मदतकारी हुन सक्छ। (रोमी १२:१५) आफ्नो पति गुमाएकी बहिनी ग्याबी यसो भन्छिन्: “मनको कुरा बताउँदा आँखाबाट आँसु खसिहाल्छ। त्यसैले होला, साथीहरू मसँगै रुँदा मन हलुका हुन्छ। यस्तो लाग्छ, मेरो दुःखमा साथ दिने कोही छ।”
-
-
“रुने मानिसहरूसित रोओ”प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | जुलाई
-
-
२०. यहोवाका प्रतिज्ञाहरू किन ठूलो सान्त्वनाका स्रोत हुन्?
२० सबै सान्त्वनाका परमेश्वर यहोवाले भविष्यमा सबै दुःखकष्ट हटाउनुहुनेछ अनि सान्त्वना दिनुहुनेछ। बाइबल यसो भन्छ: “चिहानमा हुनेहरू सबैले [ख्रीष्टको] सोर सुन्नेछन् र बाहिर निस्किआउनेछन्।” (यूह. ५:२८, २९) यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” (यशै. २५:८) त्यतिबेला हामी ‘रुने मानिसहरूसित रुनेछैनौं’ बरु ‘रमाउने मानिसहरूसित रमाउनेछौं।’—रोमी १२:१५.
-