प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “कसैलाई खराबको बदला खराब नगर”
    प्रहरीधरहरा—२००७ | जुलाई १
    • “बदला नलेओ”

      १५. बदला लिन नहुने कस्तो कारण रोमी १२:१९ मा पाइन्छ?

      १५ प्रेरित पावल हामीले बदला लिनु नहुने अर्को सशक्‍त कारण दिन्छन्‌। यो हामीले पछ्याउनुपर्ने विनम्र मार्ग हो। उनी यसो भन्छन्‌: “हे प्रिय हो, बदला नलेओ, तर परमेश्‍वरको क्रोधलाई स्थान देओ, किनभने लेखिएको छ, ‘बदला लिने काम मेरो हो,’ परमप्रभु भन्‍नुहुन्छ, ‘म बदला फेर्नेछु।’ ” (रोमी १२:१९) कुनै मसीहीले बदला लिन खोज्छन्‌ भने तिनी अहंकारी हुन्‌। तिनले त परमेश्‍वरले गर्नुहुने काम आफ्नो हातमा लिने दुस्साहस गरिरहेका हुन्छन्‌। (मत्ती ७:१) कामकुरो आफ्नो हातमा लिंदा तिनले “म बदला फेर्नेछु” भनी परमेश्‍वरले दिनुभएको आश्‍वासनप्रति विश्‍वासको कमी देखाइरहेका हुन्छन्‌। यसो गर्नुको साटो, साँचो मसीहीहरू यहोवाले ‘आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्छ’ भन्‍ने कुरामा भरोसा गर्छन्‌। (लूका १८:७, ८, NRV; २ थिस्सलोनिकी १:६-८) खराबीको बदला लिने काम तिनीहरू विनम्रतापूर्वक परमेश्‍वरको हातमा छोड्‌छन्‌।—यर्मिया ३०:२३, २४; रोमी १:१८.

  • “कसैलाई खराबको बदला खराब नगर”
    प्रहरीधरहरा—२००७ | जुलाई १
    • १८. बदला नलिनु किन सही, मायालु र विनम्र काम हो?

      १८ रोमी अध्याय १२ लाई सरसरती विचार गर्दा “कसैलाई खराबको बदला खराब” किन गर्नुहुँदैन भन्‍नेबारे महत्त्वपूर्ण कारणहरू बुझ्यौं। पहिलो कारण: बदला लिनुबाट अलग रहनु हामीले पछ्याउनुपर्ने सही मार्ग हो। परमेश्‍वरले हामीप्रति देखाउनुभएको कृपालाई विचार गर्दा आफूलाई उहाँमा अर्पण गर्नु र उहाँका आज्ञाहरू पालन गर्नु सही र व्यावहारिक छ। उहाँको आज्ञा पालन गर्नुमा शत्रुलाई प्रेम गर्नु पनि समावेश छ। दोस्रो कारण: खराबको बदला खराब नगर्नु पछ्याउनुपर्ने मायालु मार्ग हो। बदला नलिएर र शान्तिमा रहेर हामी उग्र विरोधीहरू समेतलाई यहोवाका उपासक हुन मायालु मदत दिन सक्छौं। तेस्रो कारण: खराबको बदला खराब गर्नुबाट अलग रहनु हामीले पछ्याउनुपर्ने विनम्र मार्ग हो। आफैले बदला लिनु अहंकारी हुनु हो किनभने यहोवा यसो भन्‍नुहुन्छ: “बदला लिने काम मेरो हो।” परमेश्‍वरको वचनले यस्तो चेतावनी पनि दिन्छ: “जब अहंकार आउँछ तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।” (हितोपदेश ११:२, NRV) खराबीको बदला लिने काम बुद्धिमानीपूर्वक परमेश्‍वरको हातमा छोड्‌दा हामीले विनम्रता देखाइरहेका हुन्छौं।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने