प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • निको पार्ने र स्वस्थ बनाउने प्रतिज्ञा (१-२४)

यर्मिया ३०:३

मार्जिनल रेफरेन्स

  • +व्य ३०:३; इज ३९:२५
  • +एज्रा २:१; यर्मि २९:१४; ३२:४४; इज २०:४२; आमो ९:१४

यर्मिया ३०:६

फुटनोट

  • *

    वा “कम्मरमा।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:३१; मिका ४:९

यर्मिया ३०:७

मार्जिनल रेफरेन्स

  • +योए २:११; सप १:१४

यर्मिया ३०:८

फुटनोट

  • *

    जुवामा बाँध्ने डोरी।

यर्मिया ३०:९

मार्जिनल रेफरेन्स

  • +इज ३४:२३; ३७:२४; होसे ३:५

यर्मिया ३०:१०

मार्जिनल रेफरेन्स

  • +यसै ४१:१३
  • +यसै ४९:२५; यर्मि ३:१८
  • +यर्मि ३३:१६; इज ३४:२५; होसे २:१८; मिका ४:४

यर्मिया ३०:११

फुटनोट

  • *

    वा “सुधार्नेछु।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:२९; ५१:२४
  • +लेवी २६:४४; नहे ९:३१; वि ३:२२; आमो ९:८
  • +प्रस्थ ३४:६, ७; यर्मि ४६:२७, २८

यर्मिया ३०:१२

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१५, १६; यसै ६:१०; यर्मि ८:२१, २२

यर्मिया ३०:१४

मार्जिनल रेफरेन्स

  • +वि १:२, १९
  • +यर्मि ५:६
  • +वि २:५

यर्मिया ३०:१५

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१४

यर्मिया ३०:१६

मार्जिनल रेफरेन्स

  • +यसै ४१:११; यर्मि २५:१२
  • +यर्मि ५१:२९, ५६; मिका ५:९
  • +जक २:८, ९

यर्मिया ३०:१७

मार्जिनल रेफरेन्स

  • +वि २:१५
  • +भज १०२:१३; यर्मि ३३:६, ७

यर्मिया ३०:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ८५:१; यर्मि २४:६; २९:१०
  • +मिका ४:८

यर्मिया ३०:१९

फुटनोट

  • *

    वा सम्भवतः “तिनीहरू सम्मानित हुनेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +एज्रा ३:१२; नहे ८:१७; यसै ३५:१०
  • +व्य ३०:५; यसै २७:६; जक १०:८
  • +यसै ६०:२२; मिका ४:७

यर्मिया ३०:२०

मार्जिनल रेफरेन्स

  • +यसै १:२६
  • +यसै ४९:२६; यर्मि ५०:१८

यर्मिया ३०:२२

मार्जिनल रेफरेन्स

  • +होसे २:२३
  • +यर्मि ३१:१; इज ११:२०; ३६:२८

यर्मिया ३०:२३

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:३२

यर्मिया ३०:२४

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:२८
  • +यर्मि २३:२०

अरू

यर्मि. ३०:३व्य ३०:३; इज ३९:२५
यर्मि. ३०:३एज्रा २:१; यर्मि २९:१४; ३२:४४; इज २०:४२; आमो ९:१४
यर्मि. ३०:६यर्मि ४:३१; मिका ४:९
यर्मि. ३०:७योए २:११; सप १:१४
यर्मि. ३०:९इज ३४:२३; ३७:२४; होसे ३:५
यर्मि. ३०:१०यसै ४१:१३
यर्मि. ३०:१०यसै ४९:२५; यर्मि ३:१८
यर्मि. ३०:१०यर्मि ३३:१६; इज ३४:२५; होसे २:१८; मिका ४:४
यर्मि. ३०:११यर्मि ५०:२९; ५१:२४
यर्मि. ३०:११लेवी २६:४४; नहे ९:३१; वि ३:२२; आमो ९:८
यर्मि. ३०:११प्रस्थ ३४:६, ७; यर्मि ४६:२७, २८
यर्मि. ३०:१२२इ ३६:१५, १६; यसै ६:१०; यर्मि ८:२१, २२
यर्मि. ३०:१४वि १:२, १९
यर्मि. ३०:१४यर्मि ५:६
यर्मि. ३०:१४वि २:५
यर्मि. ३०:१५२इ ३६:१४
यर्मि. ३०:१६यसै ४१:११; यर्मि २५:१२
यर्मि. ३०:१६यर्मि ५१:२९, ५६; मिका ५:९
यर्मि. ३०:१६जक २:८, ९
यर्मि. ३०:१७वि २:१५
यर्मि. ३०:१७भज १०२:१३; यर्मि ३३:६, ७
यर्मि. ३०:१८भज ८५:१; यर्मि २४:६; २९:१०
यर्मि. ३०:१८मिका ४:८
यर्मि. ३०:१९एज्रा ३:१२; नहे ८:१७; यसै ३५:१०
यर्मि. ३०:१९व्य ३०:५; यसै २७:६; जक १०:८
यर्मि. ३०:१९यसै ६०:२२; मिका ४:७
यर्मि. ३०:२०यसै १:२६
यर्मि. ३०:२०यसै ४९:२६; यर्मि ५०:१८
यर्मि. ३०:२२होसे २:२३
यर्मि. ३०:२२यर्मि ३१:१; इज ११:२०; ३६:२८
यर्मि. ३०:२३यर्मि २५:३२
यर्मि. ३०:२४यर्मि ४:२८
यर्मि. ३०:२४यर्मि २३:२०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ३०:१-२४

यर्मिया

३० यहोवाको यो वचन यर्मियाकहाँ आयो: २ “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘मैले तिमीलाई बताएका सबै कुरा एउटा पुस्तकमा लेख। ३ किनकि यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “अब यस्तो दिन आउँदै छ, जब म इस्राएल र यहुदाबाट कैदमा लगिएका मेरा मानिसहरूलाई जम्मा गर्नेछु।”+ यहोवा भन्‍नुहुन्छ, “अनि मैले तिनीहरूका पितापुर्खालाई दिएको देशमा म तिनीहरूलाई फिर्ता ल्याउनेछु र तिनीहरूले त्यो फेरि अधिकार गर्नेछन्‌।”’”+

४ यहोवाले इस्राएल र यहुदालाई भन्‍नुभएका कुराहरू यी नै हुन्‌।

 ५ यहोवा यसो भन्‍नुहुन्छ:

“मानिसहरू आत्तिएर कराएको आवाज सुनिएको छ;

जताततै आतङ्‌क मच्चिएको छ; शान्ति कतै छैन।

 ६ गएर सोध, ‘के कुनै पुरुषले बच्चा जन्माउन सक्छ?’

किनकि बलिया-बलिया पुरुषहरूजति सबैले बेथा लागेकी स्त्रीले जस्तै

आफ्नो हात पेटमा* राखेको म देख्छु।+

किन तिनीहरू सबैको अनुहारको रङ्‌ग उडेको छ?

 ७ हाय! त्यो अत्यन्तै भयानक दिन हुनेछ।+

त्योजस्तो भयानक दिन अरू छँदै छैन।

त्यो दिन याकुबलाई साह्रै कष्ट हुनेछ।

तर म तिनलाई जोगाउनेछु।”

८ सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म त्यो दिन तिनीहरूको गर्दनको जुवा भाँचिदिनेछु र जोतारो* चुँडालिदिनेछु। त्यस उपरान्त विदेशीहरूले तिनीहरूलाई आफ्नो दास बनाउनेछैनन्‌। ९ तिनीहरूले आफ्ना परमेश्‍वर यहोवाको र मैले तिनीहरूमाझ खडा गरेको राजा दाउदको सेवा गर्नेछन्‌।”+

१० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “ए मेरो दास याकुब, नडराऊ

अनि ए इस्राएल, भयभीत नहोऊ+

किनकि म तिमीलाई टाढाको देशबाट छुटाउनेछु,

र तिम्रा सन्तानलाई तिनीहरू कैदमा परेको देशबाट फर्काउनेछु।+

याकुब आफ्नो भूमिमा फर्केर शान्तिपूर्वक बस्नेछ

र कसैले पनि उसलाई तर्साउनेछैन।”+

११ यहोवा घोषणा गर्नुहुन्छ, “तिमीलाई बचाउन म तिम्रो साथमा छु।

तर जुन-जुन देशमा मैले तिमीलाई तितरबितर पारेको थिएँ, म ती देशहरूलाई सर्वनाश गर्नेछु।+

तर तिमीलाई चाहिँ म नाश गर्नेछैनँ,+

ठीक मात्रामा अनुशासन दिनेछु।*

तिमी सजाय नपाई उम्कनेछैनौ।”+

१२ किनकि यहोवा यसो भन्‍नुहुन्छ:

“तिम्रो चोट निको नहुने खालको छ।+

तिमी निको नै नहुनेगरि घाइते भएका छौ।

१३ तिम्रो पक्षमा खडा हुने कोही छैन।

तिम्रो घाउ कहिल्यै पुरिँदैन।

तिम्रो लागि कुनै उपचार छैन।

१४ तिम्रा कामुक प्रेमीहरूले तिमीलाई धोका दिएका छन्‌।+

तिनीहरूले तिमीलाई बिर्से।

किनकि तिम्रो घोर अपराध र अनगिन्ती पापको कारण+

मैले तिमीलाई शत्रुले झैँ प्रहार गरेको छु+

र क्रूर व्यक्‍तिले झैँ तिमीलाई सजाय दिएको छु।

१५ चोट खाएकोमा तिमी किन बिलौना गर्छौ?

तिम्रो चोट निको हुँदैन।

किनकि तिम्रो घोर अपराध र अनगिन्ती पापको कारण+

मैले नै तिमीलाई सजाय दिएको हुँ।

१६ त्यसैले तिमीलाई निल्न खोज्नेहरूलाई म निल्नेछु+

तिम्रा सबै शत्रुहरू कैदमा पर्नेछन्‌।+

तिमीलाई लुट्‌नेहरू उल्टै लुटिनेछन्‌।

तिमीलाई नाङ्‌गेझार पार्नेहरू उल्टै नाङ्‌गेझार हुनेछन्‌।”+

१७ “‘कसैले पनि सियोनको वास्ता गर्दैन’ भन्दै

तिम्रा शत्रुहरूले तिमीलाई हेला गरे।+

तर म तिम्रो घाउ निको पारेर तिमीलाई स्वस्थ बनाउनेछु,”+ यहोवा घोषणा गर्नुहुन्छ।

१८ यहोवा यसो भन्‍नुहुन्छ:

“याकुबको पालमा बस्नेहरू, जो कैदमा परेका छन्‌, तिनीहरूलाई म जम्मा गर्नेछु,+

तिनको वासस्थानलाई* म दया गर्नेछु।

डाँडाको सहर फेरि त्यहीँ बसालिनेछ+

र त्यसका बलिया किल्लाहरू पहिलेकै ठाउँमा खडा गरिनेछन्‌।

१९ तिनीहरूले धन्यवाद चढाउनेछन्‌ र तिनीहरूको हाँसो गुञ्जिनेछ।+

म तिनीहरूको सङ्‌ख्या बढाउनेछु,+

तिनीहरू बढेर अनगिन्ती हुनेछन्‌*

र कसैले तिनीहरूलाई हेप्नेछैन।+

२० तिनीहरूका सन्तान पहिलाजस्तै फल्नेछन्‌, फुल्नेछन्‌।

तिनीहरूलाई म शक्‍तिशाली जाति बनाउनेछु।+

तिनीहरूलाई दुःख दिनेजति सबैलाई म तह लगाउनेछु।+

२१ तिनीहरूका अगुवा तिनीहरूकै माझबाट आउनेछन्‌।

तिनीहरूका शासक तिनीहरूकै बीचबाट निस्कनेछन्‌।

म उसलाई मेरो नजिक ल्याउनेछु र ऊ मकहाँ आउनेछ।”

“नत्र त कसले मेरो नजिक आउने आँट गर्न सक्छ र?” यहोवा घोषणा गर्नुहुन्छ।

२२ “तिमीहरू मेरा मानिसहरू हुनेछौ+ र म तिमीहरूका परमेश्‍वर हुनेछु।”+

२३ हेर! यहोवाको आँधी चल्नेछ, उहाँको क्रोध भयानक आँधीबेहरीझैँ चल्नेछ;+

भयङ्‌कर तुफानझैँ त्यो शत्रुहरूको टाउकोमा बजारिनेछ!

२४ आफूले मनमा ठानेको कुरा पूरा नगरेसम्म

यहोवाको दन्केको रिस मर्नेछैन।+

आखिरी समयमा तिमीहरूले यो कुरा बुझ्नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने