प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “सबै मानिसहरूसँग शान्तिमा रहो”
    प्रहरीधरहरा—२००९ | अक्टोबर १
    • खराबीलाई भलाइले जितिरहनुहोस्‌

      १३, १४. (क) सतावट आइपर्दा हामी किन अचम्म मान्दैनौं? (ख) सताउनेहरूलाई हामी कसरी आशीर्वाद दिन सक्छौं?

      १३ रोमी १२:१४, २१ पढ्‌नुहोस्‌। यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्नुहुनेछ भनेर पूर्णतया विश्‍वस्त भएकोले “राज्यको यो सुसमाचार सारा संसारमा” ‘साक्षीको निम्ति प्रचार गर्न’ हामीलाई दिइएको काममा आफ्नो सारा तनमन लगाउँछौं। (मत्ती २४:१४) हामीलाई थाह छ, यस ख्रीष्टियान गतिविधिले हाम्रा शत्रुहरूलाई रीस उठाउनेछ। किनकि येशूले हामीलाई यस्तो चेतावनी दिनुभयो: “मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:९) त्यसैले विरोध आइपर्दा हामी अचम्मित वा निराश हुँदैनौं। प्रेरित पत्रुसले यस्तो लेखे: “हे प्रिय हो, तिमीहरूलाई परीक्षा गर्न तिमीहरूमाथि परिआउने आगोसरहको परीक्षालाई केही अचम्मको कुरा भए जस्तैगरी तिमीहरू ताजुब नहोओ। तर ख्रीष्टको शासनाहरूको सहयोगी भएर रमाओ।”—१ पत्रु. ४:१२, १३.

  • “सबै मानिसहरूसँग शान्तिमा रहो”
    प्रहरीधरहरा—२००९ | अक्टोबर १
    • १५. खराबीलाई भलाइले जित्ने सर्वोत्तम तरिका के हो?

      १५ त्यसैगरि साँचो ख्रीष्टियानहरू रोमी अध्याय १२ को यो अन्तिम पदअनुसार चल्छन्‌: “खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।” सबै खराबीको जड शैतान हो। (यूह. ८:४४; १ यूह. ५:१९) आफ्ना अभिषिक्‍त भाइहरूले “थुमाको रगत, र तिनका वचनको साक्षीको कारण . . . तिनीहरूले [शैतानलाई] जितेका छन्‌” भनी येशूले प्रेरित यूहन्‍नालाई दिएको प्रकाशमा प्रकट गर्नुभयो। (प्रका. १२:११) शैतान र त्यसले यस वर्तमान जगत्‌मा पारेको दुष्प्रभावमाथि विजयी हुने सर्वोत्तम तरिका राज्यको सुसमाचार प्रचार गरेर साक्षी दिनु हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने