प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ७/८ pp. १०-११
  • कार्निभल उत्सवहरू सही वा गलत?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कार्निभल उत्सवहरू सही वा गलत?
  • ब्यूँझनुहोस्‌!—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आमोदप्रमोद वा मोजमज्जा
  • मोजमज्जाको चित्रण
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९७
  • ‘सही मनसाय हुनेले’ राम्रो प्रतिक्रिया देखाइरहेका छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९८
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ७/८ pp. १०-११

बाइबलको दृष्टिकोण

कार्निभल उत्सवहरू सही वा गलत?

“तपाईं चुपो लागेर बस्नै सक्नुहुन्‍न,” माइकल भन्छन्‌। “बाजागाजा सुनेपछि तपाईं मेचबाट जुरुक्क उठ्‌नुहुन्छ, खुट्टा हल्लाउन थाल्नुहुन्छ, असाध्यै उत्तेजित हुनुहुन्छ—तपाईंमा कार्निभलको जोश चढ्‌छ!” निस्सन्देह, वर्षेनी कार्निभल उत्सवमा संसारभरिका करोडौं मानिसहरूको मुटु छिटो-छिटो धड्‌कन थाल्छ तर माइकलको देश, ब्राजिलमा जस्तो जोश चाहिं अन्य कतै हुँदैन। लेन्ट पर्व सुरु हुनुभन्दा हप्तादिनअघि ब्राजिलवासीहरूले राम्रा राम्रा रंगीचंगी लुगाहरू लगाउँछन्‌, मितितिथि सबै बिर्सन्छन्‌ अनि अमेजन जंगलदेखि रियो दे जेनेरोका समुद्री तटसम्म हलचल मचाउने रमितामा भुल्छन्‌। यो समय गाउने, साम्बा नाच्ने र बिर्सने समय हो।

वर्षौंसम्म जोडतोडका साथ कार्निभल मनाउँदै आएका माइकल यसरी वर्णन गर्छन्‌, “यो उत्सव यत्तिको लोकप्रिय हुनुको एउटा कारण त्यही हो। कार्निभलले मानिसहरूलाई दुःखहरू बिर्सने मौका दिन्छ।” अनि विशेषगरि पानी, बिजुली, जागिर र कुनै आशाबिना बाँचिरहेका करोडौं गरिब मानिसहरूले बिर्सन चाहने कुराहरू प्रशस्त छन्‌। तिनीहरूको लागि कार्निभल एस्प्रिनजस्तै हो। यसले समस्याहरू निवारण त नगर्ला तर पीडालाई कम भने गर्छ। यसबाहेक, रोमन क्याथोलिक पादरीवर्गले कार्निभलप्रति राख्ने दृष्टिकोणलाई विचार गर्नुहोस्‌। एक विशपको भनाइअनुसार कार्निभल, “मानिसहरूको मनोवैज्ञानिक सन्तुलनको लागि असाध्यै उपयोगी हुन्छ।” अतः, धेरैले कार्निभललाई मदतकारी र चर्चबाट स्वीकृत मनोरञ्जन महसुस गर्नुको कारण बुझ्न त्यति गाह्रो पर्दैन। तर कार्निभल उत्सवप्रति बाइबलको दृष्टिकोण कस्तो छ?

आमोदप्रमोद वा मोजमज्जा

परमेश्‍वरको वचनले बताएअनुसार “हाँस्ने एउटा समय छ . . . नाच्ने एउटा समय” छ। (उपदेशक ३:४) “हाँस्नु” अर्थ बुझाउने हिब्रू शब्दलाई “उत्सव मनाउनु” भनेर पनि अनुवाद गर्न सकिने हुँदा हामीले स्वास्थ्यकर, रमाइलो मनोरञ्जन गर्नुमा सृष्टिकर्तालाई कुनै आपत्ति छैन। (१ शमूएल १८:६, ७ हेर्नुहोस्‌।) वास्तवमा, परमेश्‍वरको वचनले हामीलाई खुशी तथा हर्षित होऊ भन्छ। (उपदेशक ३:२२; ९:७) अतः बाइबलले उचित आमोदप्रमोदलाई अनुमोदन गर्छ।

तथापि, बाइबलले सबै प्रकारको आमोदप्रमोदलाई अनुमोदन गर्दैन। प्रेरित पावलले उल्लेख गरेअनुसार मोजमज्जा वा होहल्ला गरेर आमोदप्रमोद गर्नु “शरीरका कामहरू” हुन्‌ र त्यस्तो मोजमज्जा गर्नेहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (गलाती ५:१९-२१) तसर्थ, पावलले मसीहीहरूलाई ‘इमानसाथ चल्न, मोजमज्जामा’ नलाग्न सल्लाह दिए। (रोमी १३:१३) अतः यस्तो प्रश्‍न उठ्‌छ, कार्निभल कुन समूहमा पर्छ—निर्दोष आमोदप्रमोद वा छाडा मोजमज्जा? जवाफको लागि सर्वप्रथम बाइबलले मोजमज्जाप्रति कस्तो दृष्टिकोण राख्छ, त्यो हेरौं।

“मोजमज्जा” वा युनानी शब्द कोमोस-लाई मसीही युनानी धर्मशास्त्रमा तीन चोटि उल्लेख गरिएको छ र त्यो सधैं नकारात्मक अर्थमा चलाइएको छ। (रोमी १३:१३; गलाती ५:२१; १ पत्रुस ४:३) युनानी भाषा बोल्ने प्रारम्भिक मसीहीहरूलाई राम्ररी थाह भएको कुख्यात उत्सवहरूबाट कोमोस शब्द उत्पत्ति भएकोले यसमा छक्क पर्नुपर्ने कुनै कारण छैन। कस्ता उत्सवहरू?

इतिहासकार विल डुरान्ट यसप्रकार वर्णन गर्छन्‌: “पवित्र लिंग [पुरुष यौन अंगको प्रतीक] बोकेर डायोनिसस्‌को आवेशपूर्ण [भजनहरू] गाइरहेका जनसमुदायलाई . . . युनानी शब्दावलीमा कोमोस वा मोजमज्जाले बुझाउँछ।” युनानी मिथ्याअनुसार दाखमद्यका देव, डायोनिसस्‌लाई पछि रोमीहरूले पनि स्वीकारेर बाकस्‌ नामाकरण गरे। यद्यपि, नाउँ परिवर्तन भए तापनि कोमोस-को अर्थ भने यथावतै रहिरह्‍यो। बाइबलविद्‌ डा. जेम्स्‌ म्याक्नीट यसरी लेख्छन्‌: ‘भोजभतेर तथा मोजमज्जाको देवलाई बुझाउने कोमोस-बाट कोमोइस शब्द [कोमोस-को बहुवचन रूप] निस्केको हो। बाकस्‌को आदर गर्न यी मोजमज्जाहरू मनाइन्थे र त्यसैकारण कोमास्टेस्‌ नाउँ दिइएको हो।’ हो, डायोनिसस्‌ र बाकस्‌का निम्ति मनाइने उत्सवहरू मोजमज्जाका साक्षात्‌ रूप थिए। यी पर्वहरूका केही पक्षहरू के थिए?

मोजमज्जाको चित्रण

डुरान्टको भनाइअनुसार डायोनिसस्‌लाई सम्मान गर्ने युनानी उत्सवहरूका सहभागीहरूले “बिना रोकटोक मद्यपान गर्थे र . . . आफ्नो होसहवास नगुमाउने व्यक्‍तिलाई मूर्ख ठान्थे। तिनीहरू उन्मत्त जुलुसहरूमा भाग लिन्थे . . . र मद्यपान गर्दै नाचगानमा लट्ठिंदा सुद्धीबुद्धि हराउँथे।” त्यसरी नै बाकस्‌को (बाकनालिया भनिने) सम्मानमा मनाइने रोमी उत्सवहरूमा मद्यपान, कामुक बाजागाजा र “असाध्यै अनादरपूर्ण कार्यहरू” हुन्थे भनी म्याक्नीट लेख्छन्‌। तसर्थ, युनानी-रोमी मोजमज्जाका आधारभूत तत्त्वहरू, उन्मत्त जमात, अत्यधिक मद्यपान, कामुक नाचगान र अनैतिक यौनसम्बन्ध थिए।

के आजका कार्निभल उत्सवहरूमा त्यस्तो मोजमज्जा जगाउने तत्त्वहरू हुन्छन्‌? कार्निभल उत्सवबारे अखबारहरूका केही उद्धरणहरूलाई विचार गर्नुहोस्‌: “असाध्यै होहल्ला मचाउने जमात।” “चार-चार दिनसम्म मद्यपान गरेर रातभरि भोज गर्ने।” “कार्निभलमा मात्तिएका केही व्यक्‍तिहरूलाई कति दिनसम्म त मद्यको असरले छोड्‌दैन।” “नजीकै ढ्यांग्रो ठोकेझैं कानै खाने आवाजको तुलनामा ‘हेभी मेटल’ समूहसमेत . . . फितलो हुन्छ।” “आज, समलिंगीहरूबिनाको कार्निभल उत्सव, फ्रान्सिसी खाना, ओ प्वाभा-लाई मरीचबिना पकाउनुझैं हो।” “कार्निभल र पूर्ण नग्नता एकअर्काको पर्यायवाची भएका छन्‌।” कार्निभल नाचहरूमा “हस्तमैथुनका दृश्‍यहरू . . . र विभिन्‍न प्रकारको यौनसंसर्ग देखाइन्छ।”

निस्सन्देह, आजको कार्निभल र ती पुरातन पर्वहरूबीचको समानता सुस्पष्ट भएकोले बाकस्‌को उत्सवमा मोजमज्जा गर्ने व्यक्‍तिलाई आधुनिक समयको कार्निभल भोजभतेर कुनै नौलो कुराजस्तो लाग्नेछैन। अनि त्यो हाम्रोलागि छक्कलाग्दो कुरा होइन किनभने ब्राजिलियन टेलिभिजन निर्माता क्लाउथ्यु पात्राल्ये यसो भन्छन्‌, आजको कार्निभल उत्सव “डायोनिसस्‌ र बाकस्‌का पर्वहरूबाट सुरु भएका हुन्‌ र कार्निभलमा पनि त्यस्तै प्रकारको मोजमज्जा गरिन्छ।” द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार कार्निभललाई पुरातन रोमको गैरमसीही साटर्नालिया पर्वसित दाँज्न सकिन्छ। अतः, बेग्लै युगमा कार्निभल मनाइने भए तापनि यो आफ्ना पूर्वजहरूकै परिवारको सदस्य हो। त्यो परिवारको नाउँ के हो? मोजमज्जा।

यो ज्ञानले आज मसीहीहरूमाथि कस्तो प्रभाव पार्छ? युनानी कुराहरूद्वारा प्रभावित एसिया माइनरका प्रारम्भिक मसीहीहरूलाई जस्तै प्रभाव पार्छ। मसीहीहरू हुनुअघि तिनीहरू “लुच्च्याइँ, अभिलाषा, मतवालीपन, मोज-मजा [कोमोइस], मद्यपान र घिनलाग्दा मूर्तिपूजाहरूमा” चुर्लुम्मै डुबेका थिए। (१ पत्रुस १:१; ४:३, ४) तथापि, परमेश्‍वरले मोजमज्जालाई “अन्धकारका काम” ठान्‍नुहुन्छ भनी सिकेपछि तिनीहरूले कार्निभलजस्ता उत्सवहरूमा भाग लिन छाडे।—रोमी १३:१२-१४.

माथि उल्लिखित माइकलले पनि त्यसै गरे। तिनी कारण यसरी बताउँछन्‌: “बाइबलसम्बन्धी ज्ञानमा बढ्‌दै गएपछि मैले कार्निभल उत्सव र बाइबल सिद्धान्तहरू तेल र पानीजस्तै पृथक छन्‌ र ती एकअर्कोसित कहिल्यै घुलिंदैनन्‌ भन्‍ने कुरा बुझें।” सन्‌ १९७९ मा माइकलले दृढ संकल्प गरेअनुसारै त्यसउप्रान्त कार्निभल उत्सवहरूमा कहिल्यै भाग लिएनन्‌। तपाईं कस्तो छनौट गर्नुहुनेछ?

[पृष्ठ १०-मा भएको चित्र]

मसीही पूर्व युनानमा डायोनिसस्‌लाई चित्रण गर्ने दुइटा ह्‍याण्डल भएको सुराही (बायाँ चित्र)

[स्रोत]

Courtesy of The British Museum

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने