प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 ४/१ p. २९
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • मिल्दोजुल्दो सामग्री
  • बाल उपासना—इस्राएलीहरूको अन्तर्द्वन्द्व
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • के परमेश्‍वर हर प्रकारको उपासना स्वीकार्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • निर्णायक कदम चाल्ने समय अहिल्यै हो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 ४/१ p. २९

पाठकहरूका प्रश्‍नहरू

किन १ कोरिन्थी १०:८ मा व्यभिचार गरेको कारण एकै दिनमा २३,००० इस्राएलीहरू मरेथे भनी बताइएको छ, जबकि गन्ती २५:९ ले २४,००० मरेका थिए भनी बताउँछ?

यी दुई पदमा दिइएका संख्याहरू फरक-फरक हुनुको पछाडि थुप्रै कारणहरू छन्‌। तीमध्ये सबैभन्दा सरल कारणचाहिं वास्तविक संख्या २३,००० र २४,००० बीच भएको हुनुपर्छ। त्यसैकारण त यी दुईमध्ये कुनै एकलाई पूर्ण संख्याको रूपमा लिएको छ।

अर्को सम्भावनालाई विचार गर्नुहोस्‌। छाडा जीवन शैलीको लागि कुख्यात प्राचीन सहर, कोरिन्थमा बसोबास गर्ने मसीहीहरूलाई चेतावनी स्वरूप प्रेरित पावलले शित्तीमका इस्राएलीहरूको विवरण उल्लेख गरेका थिए। तिनले यस्तो लेखे: “हामी व्यभिचार नगरौं, जसरी तिनीहरूमध्ये कुनै कुनैले व्यभिचार गरेथे, र एकै दिनमा तेइस हजार मरेथे।” व्यभिचार गरेको कारण यहोवाको हातद्वारा मारिएकाहरूको संख्या २३,००० भनी पावलले बताए।—१ कोरिन्थी १०:८.

तथापि, गन्ती अध्याय २५ ले “इस्राएलीहरू पनि पोरको बाल-देवतालाई पुज्नलागे। औ इस्राएलीहरूसित परमप्रभु रिसाउनुभयो” भनी बताउँछ। त्यसपछि, यहोवाले मोशालाई “मानिसहरूका सबै नायकेहरू” विरुद्ध कारबाही गर्ने आज्ञा दिनुभयो। त्यसपछि मोशाले पनि न्यायकर्ताहरूलाई यहोवाले आज्ञा गर्नुभएअनुसार गर्ने आदेश दिए। अन्ततः मिद्यानी आइमाईलाई छाउनीमा ल्याउने एक जना इस्राएलीलाई मार्न पीनहासले यथाशीघ्र कदम चालेपछि “विपत्ति हट्यो।” उक्‍त विवरणको अन्तमा यसो भनिएको छ: “विपत्तिमा मर्नेहरू चौबीस हजार थिए।”—गन्ती २५:१-९.

गन्तीको पुस्तकमा दिइएको संख्यामा स्पष्टतः न्यायकर्ताहरूले मारेका र सीधै यहोवाले मार्नुभएका “मानिसहरूका सबै नायकेहरू” समावेश थिए। न्यायकर्ताहरूको हातद्वारा मारिएका नाइकेहरूको संख्या हजारौं भएको हुनुपर्छ, त्यसैले त २४,००० संख्या पुग्यो। यी नाइके वा अगुवाहरूले व्यभिचार गरेको, उत्सवहरूमा भाग लिएको अर्थात्‌ व्यभिचार गर्नेहरूलाई साथ दिएको होस्‌ या नहोस्‌, ‘पोरको बाल-देवतालाई पुजेकोमा’ तिनीहरू दोषी थिए।

“पुज्ने” भन्‍ने शब्दको सन्दर्भमा एउटा बाइबल सन्दर्भ सामग्रीअनुसार यसको अर्थ “कुनै व्यक्‍तिसित टाँसिनु” भन्‍ने हुन सक्छ। इस्राएलीहरू यहोवामा समर्पित जनहरू थिए तर जब तिनीहरूले ‘पोरको बाल-देवतालाई पुज्न’ थाले, तिनीहरूले परमेश्‍वरसितको आफ्नो समर्पित सम्बन्धलाई नै तोडे। लगभग ७०० वर्षपछि, अगमवक्‍ता होशेमार्फत यहोवाले इस्राएलीहरूबारे यसो भन्‍नुभयो: “तिनीहरू बालपोरकहाँ गए, र बाल देवताकहाँ आफूलाई अर्पण गरे, र तिनीहरूले रूचाएका कुरोझैं तिनीहरू घिनलाग्दा भए।” (होशे ९:१०) यसो गर्नेहरू सबै जना प्रतिकूल ईश्‍वरीय न्यायको भागीदार थिए। त्यसैकारण, मोशाले इस्राएलीहरूलाई यस प्रकार सम्झाए: “बालपोरमा परमप्रभुले के गर्नुभयो त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ, किनकि पोरको बालदेवतापछि लाग्ने सबै मानिसहरूलाई परमप्रभु परमेश्‍वरले तिमीहरूका मध्यबाट नाश गर्नुभयो।”—व्यवस्था ४:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने