के परम्परा र सच्चाइ विरोधाभासपूर्ण हुनैपर्छ?
मार्टिन लुथर आफू सही छु भनेर विश्वस्त थिए। बाइबलले आफ्नो विचारधारालाई समर्थन गर्छ भनी तिनले सोचेका थिए। अर्कोतर्फ, पोलिश खगोलशास्त्री कपर्निकसको सोचाइमा त्यतिबेलाको परम्परागत धारणा गलत थियो।
कस्तो धारणा? त्यो थियो, पृथ्वी ब्रम्हाण्डको केन्द्र हो र यसको वरिपरि सबै कुरा परिक्रमा गर्छ। कपर्निकसअनुसार सच्चाइ के थियो भने पृथ्वीले सूर्यको परिक्रमा गर्छ। यो कुरालाई लुथरले यसो भन्दै अस्वीकार गरे: “मानिसहरूले मैं हुँ भन्ने खगोलशास्त्रीको कुरा सुन्छन्। जसले आकाश, घाम, जूनले होइन तर पृथ्वीले परिक्रमा गर्छ भनी देखाउन खोजे।”—हिस्ट्री अफ वेस्टर्न फिलोसफी।
वास्तविकता तथा सच्चाइ र परम्परागत धारणाहरू अक्सर विरोधाभासपूर्ण हुँदै आएका छन्। ती धारणाहरूले मानिसहरूलाई हानिकारक कुराहरू पनि गर्न लगाउनसक्छ।
यसको अर्थ, परम्परा र सच्चाइ सधैं विरोधाभासपूर्ण हुन्छ भन्न खोजिएको पक्कै होइन। वास्तवमा, प्रेरित पावलले समकालीन मसीहीहरूलाई आफूले सुम्पेका परम्पराहरू पालन गर्न प्रोत्साहन दिए: “म तिमीहरूको तारीफ गर्दछु . . . मैले तिमीहरूलाई सुम्पेबमोजिमकै शिक्षाहरूको [परम्पराहरू] पालन गर्दछौ।”—१ कोरिन्थी ११:२, न्युव; २ थिस्सलोनिकी २:१५; ३:६ पनि हेर्नुहोस्।
पावलले “परम्पराहरू” भन्नुको अर्थ के थियो? इन्साइट अन द स्क्रिप्चर्स (धर्मशास्त्रमाथि अन्तरदृष्टि) खण्ड २, पृष्ठ १११८ ले यसबारे के कुरा औंल्याउँछ भने तिनले अंग्रेजी शब्द “ट्रडिशन[को]” (परम्परा) लागि प्रयोग गरेका युनानी शब्द पेराडोसिस्-को अर्थ, “मौखिक वा लिखित रूपमा अथवा आमाबाबुहरूले छोराछोरीलाई बताएको सूचना, धार्मिक सिद्धान्त वा चलन वा सोचाइ र व्यवहारसम्बन्धी पूर्व स्थापित कुराहरू हुन्।”a पावलले मसीहीहरूलाई सुम्पेका परम्पराहरू असल स्रोतबाट आएकोले तिनीहरूले ती पालन गरेर बेसै गरे।
स्पष्टतः, परम्परा भनेको साँचो वा झूटो, असल वा खराब हुनसक्छ। उदाहरणार्थ, बेलाइती दर्शनशास्त्री बट्रान्ड रसलले १६ औं शताब्दीका कपर्निकसजस्ता मानिसहरूको सराहना गरे। किनभने तिनी पनि परम्परागत धारणाहरूमाथि प्रश्न उठाउन इमानदार र साहसी थिए। रसल र कपर्निकसजस्ता मानिसहरूले “पुरातन समयदेखि विश्वास गर्दै आएका धारणाहरू गलत हुनसक्छन् भन्ने मान्यताको” विकास गरे। के तपाईं पनि परम्परालाई आँखा चिम्लेर पालन नगर्नुलाई बुद्धिमानी कुरा मान्नुहुन्छ?—मत्ती १५:१-९, १४ तुलना गर्नुहोस्।
त्यसोभए धार्मिक विश्वास तथा प्रथाहरूबारे के भन्न सकिन्छ? के तिनीहरू सही र अहानिकारक छन् भनी सजिलै अनुमान लगाउनसक्छौं? यो कसरी पत्ता लगाउनसक्छौं? सच्चाइ र ती धार्मिक परम्पराहरू विरोधाभासपूर्ण भएको भेटाएमा हामीले के गर्नुपर्ने हो? अर्को लेखले यी प्रश्नहरू जाँच्नेछ।
[फुटनोट]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।
[पृष्ठ २-मा भएको चित्रको स्रोत]
Cover: Jean-Leon Huens © National Geographic Society
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Universität Leipzig