प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ८/८ pp. २६-२७
  • परिवारको शिर हुनुको अर्थ के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवारको शिर हुनुको अर्थ के हो?
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • शिरत्व भनेको निरङ्‌कुशता होइन
  • सही शिरत्वमा के-के समावेश छ?
  • येशूको शिरत्व कसरी अनुकरण गर्न सकिन्छ?
  • “हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • शिरत्वको प्रबन्धबाट लाभ उठाउनुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • स्त्रीहरू हो—तपाईंहरू शिरत्वको अधीनमा किन बस्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • पारिवारिक जीवन सफल पारौं
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 ८/८ pp. २६-२७

बाइबलको दृष्टिकोण

परिवारको शिर हुनुको अर्थ के हो?

बाइबलअनुसार “स्त्रीको शिर पुरुष हो।” (१ कोरिन्थी ११:३; एफिसी ५:२३) तर बाइबलप्रति आदर भएको दाबी गर्ने थुप्रै मानिसहरूलाई परिवारको शिर पुरुष हो भन्‍ने सिद्धान्त पुरानो मात्र होइन, खतरनाक जस्तो पनि लाग्छ। “स्त्रीहरू खुसीसित [आफ्ना पतिहरूको] अधीनमा बस्नुपर्छ भन्‍ने सिद्धान्तलाई सीमा नै नाघ्ने गरी लागू गर्दा शारीरिक तथा भावनात्मक दुर्व्यवहार हुन सक्छ” भनी एक दम्पतीले टिप्पणी गरे। दुःखको कुरा, शिरत्वको दुरुपयोग व्यापक हुनुका साथै जताततै देखिन्छ। एउटी लेखिका भन्छिन्‌, “थुप्रै देशहरूमा आफ्नी श्रीमतीलाई पिट्‌नु सामान्य मानिन्छ अनि यस्तो व्यवहार पुरुषहरूबाट आशा गरिएझैं गीत, उखान-तुक्का तथा विवाह समारोहहरूमा गुणगान गरिन्छ।”

शिरत्वबारे बाइबल सिद्धान्तले गर्दा यस्ता क्रूरताहरू भएका हुन्‌ भनी कसै-कसैले बताउँछन्‌। के शिरत्वसम्बन्धी बाइबलको शिक्षाले स्त्रीहरूलाई तुच्छ पारेर घरेलु हिंसालाई प्रोत्साहन दिन्छ? वास्तवमा परिवारको शिर हुनुको अर्थ के हो?a

शिरत्व भनेको निरङ्‌कुशता होइन

बाइबलमा बताइएको शिरत्व एउटा मायालु प्रबन्ध हो र यो निरङ्‌कुशताको पर्यायवाची पटक्कै होइन। परमेश्‍वरले स्थापना गर्नुभएको अख्तियारलाई बेवास्ता गर्दा पुरुषले अक्सर स्त्रीहरूलाई क्रूर दमन गर्न थालेका हुन्‌। (उत्पत्ति ३:१६) अदनको बगैंचाबाट निकालिएदेखि नै पुरुषहरूले प्रायः अरूप्रति आफ्नो शक्‍तिको दुरुपयोग गरेका छन्‌ र स्त्री तथा छोराछोरीबाट निर्ममतापूर्वक नाजायज फाइदा उठाएका छन्‌।

तथापि, त्यो परमेश्‍वरको उद्देश्‍य पटक्कै थिएन। आफ्नो अख्तियार दुरुपयोग गर्नेहरूलाई यहोवा घृणा गर्नुहुन्छ। आफ्नी पत्नीहरूलाई “धोका” दिने अर्थात्‌ छलपूर्ण व्यवहार गर्ने इस्राएलीहरूको उहाँले निन्दा गर्नुभयो। (मलाकी २:१३-१६) यसबाहेक, “अत्याचार निको मान्‍नेलाई उहाँको आत्माले घृणा गर्छ” भनी परमेश्‍वर भन्‍नुहुन्छ। (भजन ११:५) त्यसकारण श्रीमतीलाई पिट्‌ने तथा अन्य किसिमले आफ्नी श्रीमतीलाई दुर्व्यवहार गर्नेहरूले आफ्नो हिंस्रक व्यवहारको सफाइ दिन कुनै हालतमा बाइबल प्रयोग गर्न सक्दैनन्‌।

सही शिरत्वमा के-के समावेश छ?

शिरत्व भनेको सम्पूर्ण ब्रह्‍माण्डमा सुव्यवस्था कायम राख्न परमेश्‍वरले चलाउनुहुने आधारभूत प्रबन्ध हो। परमेश्‍वरबाहेक सबै जना अरू कोहीप्रति जवाफदेही छन्‌। पुरुषहरू ख्रीष्टको अधीनमा छन्‌, छोराछोरीहरू आमाबाबुको अधीनमा छन्‌ अनि सबै मसीहीहरू सरकारको अधीनमा छन्‌। येशू पनि परमेश्‍वरको अधीनमा हुनुहुन्छ।—रोमी १३:१; १ कोरिन्थी ११:३; १५:२८; एफिसी ६:१.

व्यवस्थित र स्थिर समाजको लागि शिरत्वको अधीनमा बस्नु आवश्‍यक छ। त्यसरी नै, बलियो, आनन्दित र शान्तिमय परिवार निर्माण गर्न परिवारको शिरको अधीनमा बस्नु अत्यावश्‍यक छ। परिवारमा पति वा बुबा नहुँदैमा यो सत्यता परिवर्तन हुँदैन। त्यस्ता परिवारहरूमा आमाले शिरको भूमिका वहन गर्छिन्‌। आमा र बुबा दुवै नहुँदा जेठो सन्तान वा अर्को नातेदारले परिवारको शिरको भूमिका खेल्न सक्छन्‌। सबै अवस्थामा परिवारमा नेतृत्व लिन खटाइएको व्यक्‍तिप्रति उचित आदर देखाउँदा परिवारका सदस्यहरू सबैले लाभ उठाउँछन्‌।

त्यसोभए, महत्त्वपूर्ण पक्ष भनेको शिरत्वको सिद्धान्तलाई तिरस्कार गर्नु होइन तर शिरत्वको सही प्रयोग गर्नु अनि त्यसप्रति सही दृष्टिकोण राख्न सिक्नु हो। प्रेरित पावलले “जस्तो ख्रीष्ट . . . मण्डलीका शिर हुनुहुन्छ,” त्यसरी नै मसीही पतिहरूलाई पनि परिवारको शिर बन्‍न आग्रह गर्छन्‌। (एफिसी ५:२१-२३) त्यसैले ख्रीष्टले मण्डलीसित गर्नुभएको व्यवहारलाई शिरत्वको सिद्ध स्तर भनी पावल बताउँछन्‌। ख्रीष्टले कस्तो उदाहरण बसाल्नुभयो?

मसीह र भावी राजाको हैसियतमा येशूले परमेश्‍वरबाटै अख्तियार पाउनुभएको थियो र उहाँ आफ्ना चेलाहरूभन्दा कता हो कता बुद्धिमान्‌, जीवनमा अनुभवी, मायालु, न्यानो र अनुकम्पापूर्ण हुनुहुन्थ्यो। उहाँ कहिल्यै कठोर, अरठ्ठो अनि अरूबाट बढ्‌तै माग गर्ने हुनुभएन। उहाँले अरूलाई दबाउने गरी प्रभुत्व जमाउनुभएन अनि आफू परमेश्‍वरको पुत्र भएको कुरा अरूलाई भनिरहनुभएन। येशू नम्र र विनयी हुनुहुन्थ्यो। त्यसैले त, ‘उहाँको जुवा सजिलो र उहाँको भारी हलका’ थियो। (मत्ती ११:२८-३०) तसर्थ, उहाँ मित्रैलो अनि कुरा गर्न सजिलो व्यक्‍ति हुनुहुन्थ्यो। वास्तवमा, येशूले मण्डलीलाई अत्यन्तै प्रेम गर्नुभएको हुँदा “आफूलाई अर्पण गर्नुभयो” भनी पावलले बताएका छन्‌।—एफिसी ५:२५.

येशूको शिरत्व कसरी अनुकरण गर्न सकिन्छ?

परिवारका शिरहरूले कसरी ख्रीष्टका गुणहरू अनुकरण गर्न सक्छन्‌? जिम्मेवार शिरले आफ्नो परिवारको शारीरिक तथा आध्यात्मिक हितको चासो राख्छन्‌। तिनले उनीहरूलाई व्यक्‍तिगत तथा सामूहिक तवरमा चासो देखाएर अनि उचित समय दिएर अरूको हितलाई ध्यान दिन्छन्‌। तिनले आफ्नो भन्दा आफ्नी पत्नी र छोराछोरीको हितलाई प्राथमिकता दिन्छन्‌।b (१ कोरिन्थी १०:२४; फिलिप्पी २:४) दिनहुँ आफ्नो जीवनमा बाइबलका सिद्धान्तहरू लागू गरेर पतिले आफ्नी पत्नी र छोराछोरीको आदर जित्छन्‌ र समर्थन पाउँछन्‌। तिनको मायालु शिरत्वको अधीनमा रहेर जस्तोसुकै समस्याहरू सामना गर्न संयुक्‍त प्रयास गर्दा सफल हुन सकिन्छ। यसरी धर्मशास्त्रीय ढङ्‌गमा शिरत्व अभ्यास गर्दा पतिले आनन्दित परिवार निर्माण गरिरहेका हुन्छन्‌ र यस्तो परिवारले परमेश्‍वरको महिमा तथा प्रशंसा गर्छ।

बुद्धिमान्‌ शिर नम्र पनि हुन्छन्‌। आवश्‍यक पर्दा तिनले सजिलै क्षमा माग्नेछन्‌ अनि आफ्नो गल्ती स्वीकार्न गाह्रो भए तापनि तिनले त्यसो गर्नेछन्‌। बाइबलले बताएअनुसार “धेरै सल्लाहकार[को]” समुदायमा मुक्‍ति हुन्छ। (हितोपदेश २४:६, नयाँ संशोधित संस्करण) हो, उचित अवस्थामा आफ्नी पत्नी र छोराछोरीको कुरा सुन्‍न अनि इच्छुकतासाथ तिनीहरूको विचार बुझ्न परिवारको शिरलाई नम्रताले उत्प्रेरित गर्नेछ। येशूको अनुकरण गर्दै मसीही शिरले आफ्नो शिरत्वले परिवारको लागि शान्ति र सुरक्षा मात्र होइन तर त्यसले परिवारको सुरुवातकर्ताको आदर तथा महिमा गर्न चाहनेछन्‌।—एफिसी ३:१४, १५. (g04 7/8)

[फुटनोटहरू]

a यस लेखले मुख्यतया परिवारमा पति र बुबाको भूमिकाबारे छलफल गर्छ तर एकल आमा अनि आफ्ना भाइबहिनीहरूको हेरचाह गर्नुपर्ने अनाथहरूले पनि परिवारको शिरलाई दिइएका सिद्धान्तहरूबाट लाभ उठाउन सक्छन्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य भन्‍ने पुस्तकले मायालु ढङ्‌गमा कसरी परिवारको हेरचाह गर्ने भनेर व्यावहारिक सुझावहरू प्रदान गर्छ।

[पृष्ठ २६-मा भएको चित्र]

व्यावहारिक पतिले आफ्नी पत्नी तथा छोराछोरीको विचारलाई ध्यान दिन्छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने