प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ३/१५ pp. ७-८
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • शिर ढाक्ने—कहिले र किन?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • मण्डलीमा शिरत्वको प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवा—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ३/१५ pp. ७-८

पाठकहरूको प्रश्‍न

ख्रीष्टियन सभा, सम्मेलन वा अधिवेशनका भाषणहरूलाई साङ्‌केतिक भाषामा प्रस्तुत गर्ने दोभासे बहिनीले शिरपोस लगाउनु के उपयुक्‍त हो?

साधारण अर्थमा भन्‍नुपर्दा मण्डलीमा आफ्नो पति वा कुनै भाइले पूरा गर्ने जिम्मेवारी आफूले सँभाल्दा एउटी ख्रीष्टियन स्त्रीले शिरपोस लगाउनुपर्छ। यो कुरा प्रेषित पावलले बताएको यस सिद्धान्तसित मेल खान्छ: “शिर नढाकी प्रार्थना वा भविष्यवाणी गर्ने स्त्रीले आफ्नो शिरको बेइज्जत गर्छे” किनकि “स्त्रीको शिर पुरुष” हो। (१ कोरि. ११:३-१०) यस्तो अवस्थामा एउटी बहिनीले साधारण किसिमको र उपयुक्‍त शिरपोस लगाउनु भनेको तिनी ख्रीष्टियन मण्डलीमा ईश्‍वरतान्त्रिक प्रबन्धको अधीनमा बस्छिन्‌ भन्‍ने सङ्‌केत हो।—१ तिमो. २:११, १२. a

तर कुनै भाइले दिएको भाषणलाई एउटी बहिनीले साङ्‌केतिक भाषामा प्रस्तुत गर्नुपर्ने अवस्थामा नि? हुनत यी बहिनीले दोभासेको काम मात्र गरेकी हुन्‌। भन्‍नुको मतलब, त्यो शिक्षा तिनको आफ्नो नभई भाषण दिने भाइको हो। तर साङ्‌केतिक भाषामा दोभासेको काम गर्नु र अन्य भाषाको उल्था गर्नुबीच ठूलो भिन्‍नता छ। साङ्‌केतिक भाषाबाहेक अन्य भाषामा उल्था गर्दा श्रोताले दोभासेको कुरा सुन्दै गर्दा पनि वक्‍तामा ध्यान केन्द्रित गर्न सक्छन्‌। साङ्‌केतिक भाषामा दोभासेको काम गर्नेहरू श्रोताले स्पष्टै देख्ने ठाउँमा हुन्छन्‌ तर अन्य भाषामा उल्था गर्ने बहिनीहरू अक्सर श्रोताले स्पष्टै देख्ने ठाउँमा हुँदैनन्‌। कहिलेकाहीं त अन्य भाषामा उल्था गर्ने बहिनीहरूले बसेरै गर्न सक्छन्‌ वा उठे तापनि श्रोतातर्फ नभई वक्‍तातर्फ फर्केर उल्था गर्न सक्छन्‌। त्यसैले अन्य भाषामा उल्था गर्ने बहिनीले शिरपोस लगाउनु आवश्‍यक हुँदैन।

यसको साथै, अहिले उपलब्ध प्रविधिहरूको प्रयोगले गर्दा साङ्‌केतिक भाषाका दोभासेहरूको भूमिकाप्रति दर्शकहरूको धेरै ध्यान जान सक्छ। साङ्‌केतिक भाषाका दोभासेहरूलाई साधारणतया ठूलो पर्दामा देखाइन्छ तर वक्‍ता भने दर्शकले देख्ने ठाउँमा नहुन पनि सक्छन्‌। त्यसकारण यी कुरालाई विचार गर्दै, साङ्‌केतिक भाषाको दोभासे बहिनीले सहयोगीको रूपमा आफ्नो भूमिकालाई मानिलिंदै शिरपोस लगाउनु उपयुक्‍त देखिन्छ।

यस संशोधित निर्देशनले ईश्‍वरतान्त्रिक सेवा स्कूलका भागहरू, प्रदर्शन, मण्डली बाइबल अध्ययन, सेवा सभा अनि प्रहरीधरहरा अध्ययनमा गरिने टिप्पणीलाई साङ्‌केतिक भाषामा प्रस्तुत गर्ने विषयलाई कस्तो असर पार्छ? के यस्तो अवसरमा पनि साङ्‌केतिक भाषाको दोभासे बहिनीले शिरपोस लगाउनुपर्छ? सभा सञ्चालन गर्ने व्यक्‍ति उक्‍त दोभासे बहिनी होइनन्‌ भनी उपस्थित सबैलाई प्रस्ट भएकै हुन्छ। त्यसैले केही अवस्थामा दोभासे बहिनीले शिरपोस लगाउनु आवश्‍यक नदेखिन सक्छ। उदाहरणको लागि, श्रोताको टिप्पणी, प्रदर्शन वा बहिनीहरूले दिएको भाषणलाई कुनै बहिनीले साङ्‌केतिक भाषामा प्रस्तुत गर्दा तिनले शिरपोस लगाउनु आवश्‍यक नपर्न सक्छ। तथापि, सभामा भाइहरूको भाषणलाई साङ्‌केतिक भाषामा प्रस्तुत गर्दा, प्रहरीधरहरा अध्ययन सञ्चालक वा मण्डली बाइबल अध्ययन सञ्चालकले भनिरहेको कुरालाई साङ्‌केतिक भाषामा प्रस्तुत गर्दा वा गीतलाई साङ्‌केतिक भाषामा प्रस्तुत गर्न नेतृत्व लिंदा तिनले शिरपोस लगाउनुपर्छ। सभाको दौडान एउटी बहिनीले सँगी भाइ, सँगी बहिनी, केटाकेटी र एल्डरहरूको लागि दोभासेको काम गर्नुपर्ने हुन सक्छ। यी कुरालाई ध्यानमा राख्दै सभाको अवधिभर शिरपोस लगाइरहनु व्यावहारिक हुन सक्छ। ( w09 -E 11/15)

[फुटनोट]

a ख्रीष्टियन स्त्रीले शिरपोस लगाउने विषयबारे विस्तृत छलफलको लागि “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” (अङ्‌ग्रेजी) पुस्तकको पृष्ठ २०९ देखि २१२ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने