प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lv p. २३९-p. २४२ par. २
  • शिर ढाक्ने—कहिले र किन?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिर ढाक्ने—कहिले र किन?
  • “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवा—२०१३
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मण्डलीमा शिरत्वको प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
lv p. २३९-p. २४२ par. २

अतिरिक्‍त लेख

शिर ढाक्ने—कहिले र किन?

ख्रीष्टियन बहिनीले उपासनाको मामिलामा कहिले अनि किन शिर ढाक्नुपर्छ? प्रेषित पावलले परमेश्‍वरको प्रेरणा पाएर यस विषयमा कस्तो जानकारी दिएका छन्‌, आउनुहोस्‌ हेरौं। तिनले हामीलाई यस्तो सल्लाह दिएका छन्‌ जसको मदतले हामी परमेश्‍वरलाई आदर हुने तरिकामा राम्रो निर्णय गर्न सक्छौं। (१ कोरिन्थी ११:३-१६) पावलले तीनवटा कुरामा ध्यान दिने सल्लाह दिएका छन्‌: (१) कस्तो किसिमको काम गर्दा ख्रीष्टियन बहिनीले आफ्नो शिर ढाक्नु आवश्‍यक छ? (२) कस्तो अवस्थामा तिनले आफ्नो शिर ढाक्नुपर्छ? (३) कुन कारणले गर्दा तिनी यो स्तरअनुरूप चल्नुपर्छ?

A Christian woman wearing a head covering while conducting a Bible study in her husband’s presence

कस्तो किसिमको काम गर्दा? पावलले दुई किसिमको कामबारे बताएका छन्‌: प्रार्थना गर्दा र भविष्यवाणी गर्दा। (पद ४, ५) प्रार्थना गर्दा हामी भक्‍तिभावले यहोवासित कुरा गरिरहेका हुन्छौं। आज, भविष्यवाणी गर्नु भनेको ख्रीष्टियन सेवकले बाइबलबाट सिकाउने कुनै पनि शिक्षा हो। तर के पावलले यहाँ ख्रीष्टियन बहिनीले हरेकचोटि प्रार्थना गर्दा वा बाइबलको सत्य सिकाउँदा शिर ढाक्नुपर्छ भन्‍न खोजेका हुन्‌? अहँ, होइनन्‌। कुनै ख्रीष्टियन बहिनीले कस्तो अवस्थामा प्रार्थना गर्दैछिन्‌ वा सिकाउने काम गर्दैछिन्‌, त्यसैमा तिनले शिर ढाक्नुपर्छ कि पर्दैन भन्‍ने कुरा निर्भर हुन्छ।

कस्तो अवस्थामा? पावलले बताएअनुसार दुई किसिमको अवस्थामा अर्थात्‌ दुई किसिमको काम गर्दा शिर ढाक्नु आवश्‍यक छ। एउटा परिवारमा अनि अर्को मण्डलीमा। तिनले भने: “स्त्रीको शिर पुरुष [हो] . . . शिर नढाकी प्रार्थना वा भविष्यवाणी गर्ने स्त्रीले आफ्नो शिरको बेइज्जत गर्छे।” (पद ३, ५) परिवारमा पतिलाई यहोवाले पत्नीको शिरको रूपमा नियुक्‍त गर्नुभएको छ। यहोवाले पतिलाई दिएको जिम्मेवारी पत्नीले सँभाल्नुपर्दा उक्‍त पत्नीले पतिको अख्तियारलाई बेवास्ता गर्छिन्‌ भने तिनले आफ्नो पतिको बेइज्जत गरिरहेकी हुन्छिन्‌। जस्तै: यदि तिनले आफ्नो पति भएको बेलामा बाइबल अध्ययन सञ्चालन गर्नु पऱ्‍यो भने आफ्नो पतिको अख्तियार स्वीकारेको कुरा देखाउन सक्छिन्‌। कसरी? आफ्नो शिर ढाकेर। ती स्त्रीका पतिले बप्तिस्मा गरेका होऊन्‌ या नहोऊन्‌ उनी परिवारका शिर हुन्‌। त्यसैले ती स्त्रीले आफ्नो शिर ढाक्नुपर्छ।a त्यसैगरि यदि कुनै स्त्रीले बप्तिस्मा गरेको सानो छोराको अगाडि प्रार्थना गर्नुपऱ्‍यो वा सिकाउनुपऱ्‍यो भने त्यतिबेला पनि शिर ढाक्नुपर्छ। यतिबेला शिर ढाक्नुको मतलब तिनको छोरा परिवारको शिर भएकोले होइन। तर ख्रीष्टियन मण्डलीमा बप्तिस्मा गरेका भाइहरूलाई अख्तियार दिइएको हुन्छ भन्‍ने कुराप्रति आदर देखाउनलाई हो।

पावलले मण्डलीमा सिकाउने सन्दर्भमा यसो भने: “यदि कोही मानिस अरू नै चलनलाई लिएर बहस गर्न चाहन्छ भने हामीसित अरू कुनै चलन छैन न त परमेश्‍वरका मण्डलीहरूसित छ।” (पद १६) ख्रीष्टियन मण्डलीमा शिरत्वको भूमिका निभाउने जिम्मा बप्तिस्मा गरेका भाइहरूलाई दिइएको हुन्छ। (१ तिमोथी २:११-१४; हिब्रू १३:१७) भाइहरूलाई मात्र एल्डर र सहायक सेवक रूपमा नियुक्‍त गरिन्छ। तिनीहरूलाई परमेश्‍वरले उहाँको बगालको हेरविचार गर्ने जिम्मेवारी दिनुभएको छ। (प्रेषित २०:२८) तर कहिलेकाहीं बप्तिस्मा गरेका योग्य भाइले गर्नुपर्ने काम कुनै ख्रीष्टियन बहिनीले गर्नुपर्ने परिस्थिति पनि सृजना हुन सक्छ। जस्तै: बप्तिस्मा गरेका कुनै योग्य भाइ नै छैनन्‌ भने वा भए पनि उपस्थित हुन सकेका छैनन्‌ भने बहिनीले प्रचारकार्यको लागि सभा सञ्चालन गर्नुपर्ने हुन सक्छ। अथवा तिनले बप्तिस्मा गरेका कुनै भाइको अगाडि पहिलेदेखि नै योजना मिलाइएको बाइबल अध्ययन सञ्चालन गर्नुपर्ने हुन सक्छ। यी कामकुराहरू ख्रीष्टियन मण्डलीकै भाग हुन्‌। त्यसैले यी गतिविधिमा भाग लिंदा तिनले ख्रीष्टियन पुरुषहरूलाई दिइएको जिम्मेवारी निभाउँदैछु भनेर मानिलिंदै शिर ढाक्नुपर्छ।

अर्कोतर्फ उपासनाको अरू थुप्रै पक्षमा भाग लिंदा ख्रीष्टियन बहिनीहरूले शिर ढाक्नुपर्दैन। उदाहरणको लागि: सभामा टिप्पणी दिंदा, पतिसित वा बप्तिस्मा भएका अरू भाइहरूसित घर-घरको प्रचारमा भाग लिंदा अथवा बप्तिस्मा नगरेको आफ्नो छोरासित बसेर अध्ययन गर्दा वा प्रार्थना गर्दा। पक्कै पनि अरू विभिन्‍न प्रश्‍नहरू उठ्‌न सक्छन्‌। यदि कुनै बहिनी कुनै कुरामा निश्‍चित छैनन्‌ भने त्यससम्बन्धमा तिनले थप अनुसन्धान गर्न सक्छिन्‌। b अनुसन्धान गरिसक्दा पनि तिनलाई शङ्‌का लाग्छ वा तिनको अन्तस्करणले शिर ढाक्नुपर्छ भन्छ भने तिनले शिर ढाक्नुमा कुनै खराबी छैन। जुन कुरा यस लेखको चित्रमा पनि देखाइएको छ।

कुन कारणले? ख्रीष्टियन बहिनीले शिर ढाक्न चाहनुको दुइटा कारण हामी पद १० मा पाउँछौं: “स्वर्गदूतहरूको खातिर स्त्रीले अधीनताको चिन्हस्वरूप आफ्नो शिर ढाक्नुपर्छ।” सर्वप्रथम “अधीनताको चिन्ह” भन्‍ने अभिव्यक्‍तिलाई ध्यान दिनुहोस्‌। बप्तिस्मा गरेका भाइहरूलाई यहोवाले मण्डलीमा अख्तियार दिनुभएको छ भन्‍ने कुरालाई स्वीकारेको छु भनेर ख्रीष्टियन बहिनीले देखाउने तरिका शिर ढाकेर हो। यसरी तिनले यहोवा परमेश्‍वरलाई प्रेम गरेको अनि उहाँप्रति वफादार रहेको देखाउँछिन्‌। दोस्रो कारण “स्वर्गदूतहरूको खातिर” भन्‍ने अभिव्यक्‍तिमा पाउँछौं। कुनै स्त्रीले शिर ढाक्दा त्यसले यी शक्‍तिशाली स्वर्गदूतहरूलाई कसरी असर गर्छ?

यहोवाको सङ्‌गठनभित्र चाहे स्वर्गमा होस्‌ वा पृथ्वीमा, उहाँको अख्तियार स्वीकारेको हेर्नमा स्वर्गदूतहरू चासो लिन्छन्‌। त्रुटिपूर्ण मानिसहरूले यससम्बन्धमा राम्रो उदाहरण बसाल्दा तिनीहरू त्यसबाट सिक्छन्‌। आखिर तिनीहरू पनि यहोवाको प्रबन्धको अधीनमा बस्नुपर्छ। यस्तो अधीनता देखाउन केही स्वर्गदूत चुकेका थिए। (यहूदा ६) कुनै ख्रीष्टियन बहिनी बप्तिस्मा गरेका भाइभन्दा बढी अनुभवी, बुद्धिमान्‌ वा सिपालु होलिन्‌। तर तिनी अख्तियारप्रति स्वेच्छाले अधीनता देखाउँछिन्‌। यस कुरालाई स्वर्गदूतहरूले उदाहरणको रूपमा लिन सक्छन्‌। कुनै-कुनै अवस्थामा कोही बहिनी अभिषिक्‍त ख्रीष्टियन हुन सक्छिन्‌ जो पछि गएर ख्रीष्टको उत्तराधिकारीमध्ये एक हुन्छिन्‌। यी स्त्रीहरूले भविष्यमा स्वर्गदूतहरूले भन्दा पनि माथिल्लो ओहदामा रहेर सेवा गर्नेछन्‌ अनि ख्रीष्टसितै मिलेर स्वर्गमा शासन गर्नेछन्‌। अहिले यस्ता बहिनीहरूले अधीनता देखाउनु स्वर्गदूतहरूका लागि कत्ति राम्रो उदाहरण हो! साँच्चै, परमेश्‍वरप्रति वफादार रहेर अनि उहाँको अधीनमा बसेर नम्र भई उहाँको आज्ञा पालन गरेको कुरा बहिनीहरूले लाखौं वफादार स्वर्गदूतलाई देखाउँछन्‌। बहिनीहरूका लागि यो कस्तो सुनौलो सुअवसर!

a साधारणतया विश्‍वासमा भएका पतिको अगाडि ख्रीष्टियन पत्नीले आवाज निकालेर प्रार्थना गर्दिनन्‌। तर परिस्थिति अलि असाधारण छ भने, मानौं बिमारीको कारण कुनै स्त्रीको पति बोल्न सक्दैनन्‌ भने त्यतिबेला ती स्त्रीले आवाज निकालेर प्रार्थना गर्न सक्छिन्‌।

b थप जानकारीको लागि प्रहरीधरहरा, जुलाई १५, २००२, पृष्ठ २६-२७ अनि प्रहरीधरहरा (अङ्‌ग्रेजी), फेब्रुअरी १५, १९७७, पृष्ठ १२५-१२८ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने