प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • kr chap. २० pp. २०९-२१९
  • राहत कार्यले यहोवाको महिमा गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राहत कार्यले यहोवाको महिमा गर्छ
  • परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राहत कार्यलाई किन “पवित्र सेवा” भन्‍न सकिन्छ
  • राहत कार्यको उद्देश्‍य
  • राहत कार्यले चिरकालीन लाभ पुऱ्‍याउँछ
  • के तपाईं पनि भाग लिन सक्नुहुन्छ?
  • प्राकृतिक प्रकोपपछि हामी कसरी मदत गर्न सक्छौँ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • तपाईंहरू प्रकोपमा परेकाहरूलाई राहत दिनुहुन्छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • सन्‌ २०२३ मा राहतकार्य—“हामीले यहोवाको माया अनुभव गऱ्‍यौँ”
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • सन्‌ २०२१ मा राहतकार्य—हाम्रा भाइबहिनी त्यागिएका छैनन्‌
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
थप हेर्नुहोस्
परमेश्‍वरको राज्यले शासन गर्दै छ!
kr chap. २० pp. २०९-२१९

अध्याय २०

राहत कार्यले यहोवाको महिमा गर्छ

यस अध्यायमा हामीले सिक्ने मुख्य कुरा

विभिन्‍न प्रकोपको बेला ख्रीष्टियनहरू कामद्वारा प्रेम देखाउँछन्‌

१, २. (क) यहूदियाका ख्रीष्टियनहरूले कस्तो दुःख भोग्नुपऱ्‍यो? (ख) यहूदियाका ख्रीष्टियनहरूले कसरी ख्रीष्टियन प्रेम अनुभव गरे?

कुरा इस्वी संवत्‌ ४६ तिरको हो। यहूदिया अनिकालको चपेटामा परेको थियो। अनाजको भाउ आकासिएको थियो अनि त्यहाँका ख्रीष्टियनहरूसित अन्‍न किन्‍ने पैसा थिएन। तिनीहरू भोका थिए। तर ती ख्रीष्टियनहरूले यहोवाको मायालु हेरचाह अनुभव गर्नै लागेका थिए। यस तरिकामा यहोवाले आफ्ना जनहरूलाई हेरचाह गर्नुभएको यो नै पहिलो घटना थियो।

२ सिरियाको एन्टिओकका यहूदी तथा अन्यजातिका ख्रीष्टियनहरूले यरूशलेम र यहूदियाका ख्रीष्टियनहरूको दुःख सुनेपछि तिनीहरूलाई मदत गर्न राहत सामग्री जम्मा गरे। त्यसपछि जम्मा भएको राहत सामग्री यरूशलेमका एल्डरहरूकहाँ पठाउन एन्टिओक र सिरियाका ख्रीष्टियनहरूले दुई जना जिम्मेवार भाइ बर्णाबास र शावललाई छाने। (प्रेषित ११:२७-३०; १२:२५ पढ्‌नुहोस्‌) एन्टिओकका भाइबहिनीको यस्तो प्रेम देखेर यहूदियाका भाइबहिनीको मन छोएको हुनुपर्छ।

३. (क) आधुनिक समयका परमेश्‍वरका जनहरू एन्टिओकका ख्रीष्टियनहरूको कसरी अनुकरण गर्छन्‌? एउटा उदाहरण दिनुहोस्‌। (“आधुनिक समयमा हाम्रो पहिलो ठूलो राहत कार्य” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।) (ख) यस अध्यायमा हामी कुन प्रश्‍नहरू छलफल गर्नेछौं?

३ संसारको एक छेउमा बस्ने ख्रीष्टियनहरूले अर्को छेउमा बस्ने ख्रीष्टियनहरूलाई राहत सामाग्री पठाएको विवरणहरू बाइबलमा पाइन्छ। तीमध्ये हामीले भर्खरै अनुच्छेद एक र दुईमा छलफल गरेको घटना नै पहिलो विवरण हो। आज हामी एन्टिओकका ती भाइबहिनीको अनुकरण गर्छौं। अर्को ठाउँका ख्रीष्टियनहरू प्रकोप अथवा विरोधको भुमरीमा पर्दा तिनीहरूलाई सहयोग गर्न हामी अघि सर्छौं।a राहत कार्य पनि हाम्रो सेवाकै भाग हो भनेर बुझ्न यी तीन वटा प्रश्‍न छलफल गरौं: राहत कार्य पनि किन यहोवाको सेवाको भाग हो? हामीले राहत कार्यमा भाग लिनुको कारण के हो? राहत कार्यबाट हामीले के लाभ उठाउन सक्छौं?

राहत कार्यलाई किन “पवित्र सेवा” भन्‍न सकिन्छ

४. पावलले कोरिन्थीहरूलाई ख्रीष्टियन सेवाबारे के बताए?

४ कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा पावलले ख्रीष्टियनहरूले चढाउने सेवाको दुइटा पक्ष छन्‌ भनेर बताए। हुन त पावलको पत्र अभिषिक्‍त ख्रीष्टियनहरूका लागि थियो तर तिनका शब्दहरू आज ख्रीष्टका “अरू भेडा”-लाई पनि लागू हुन्छ। (यूह. १०:१६) पावलको पत्रअनुसार हाम्रो सेवाको एउटा पक्ष “मिलापको सेवा” हो। यसमा प्रचार र सिकाउने काम पर्छ। (२ कोरि. ५:१८-२०; १ तिमो. २:३-६) पावलले भनेझैं सेवाको अर्को पक्ष ‘पवित्र जनहरूका लागि छुट्टाइएको सेवा’ हो। मतलब, हामीले सङ्‌गी उपासकहरूका निम्ति गर्ने राहत कार्य। (२ कोरि. ८:४) “मिलापको सेवा” र ‘पवित्र जनहरूका लागि छुट्टाइएको सेवा’ भन्‍ने दुवै अभिव्यक्‍तिमा “सेवा” शब्द ग्रीक भाषामा डिआकोनिआ हो। यो कुरा किन उल्लेखनीय छ?

५. पावलले राहत कार्यलाई पनि सेवा भनेर बताउनु किन उल्लेखनीय छ?

५ पावलले यी दुवै अभिव्यक्‍तिमा एउटै ग्रीक शब्द प्रयोग गरेर राहत कार्यलाई पनि ख्रीष्टियन मण्डलीमा गरिने सेवाका कामहरूमा समावेश गरे। यसअघि तिनले यसो भनेका थिए: “सेवाको काम विभिन्‍न किसिमका छन्‌ तर प्रभु भने एउटै हुनुहुन्छ; अनि कामहरू विभिन्‍न किसिमका छन्‌। . . . तर यी सबै काम एउटै पवित्र शक्‍तिद्वारा हुन्छ।” (१ कोरि. १२:४-६, ११) पावलले मण्डलीमा गरिने सेवाका विभिन्‍न कामलाई “पवित्र सेवा”-सित तुलना गरे।b (रोमी १२:१, ६-८) त्यसैले त तिनी “पवित्र जनहरूको सेवा गर्न” पनि समय निकाल्थे।—रोमी १५:२५, २६.

६. (क) पावलले बताएझैं राहत कार्य किन हाम्रो उपासनाको भाग हो? (ख) प्रकोप आइपर्दा के गरिन्छ, बताउनुहोस्‌। (पृष्ठ २१४ मा “प्रकोप आइपर्दा!” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

६ पावलले कोरिन्थका ख्रीष्टियनहरूलाई राहत कार्य पनि यहोवाको उपासनाको भाग हो भनेर बुझ्न मदत गरे। तिनको तर्क विचार गर्नुहोस्‌: ख्रीष्टियनहरू खाँचोमा परेका हाम्रा भाइबहिनीलाई मदत गर्छन्‌ किनभने तिनीहरू “ख्रीष्टसित सम्बन्धित सुसमाचारको अधीनमा” बस्छन्‌। (२ कोरि. ९:१३) त्यसैले ख्रीष्टको शिक्षा व्यवहारमा उतार्दै ख्रीष्टियनहरू एकअर्कालाई सहयोग गर्छन्‌। आफ्ना भाइबहिनीको लागि ख्रीष्टियनहरूले गर्ने दयालु काम वास्तवमा “परमेश्‍वरको उत्कृष्ट असीम अनुग्रह”-का अभिव्यक्‍ति हुन्‌ भनेर पावलले बताए। (२ कोरि. ९:१४; १ पत्रु. ४:१०) त्यसैले खाँचोमा परेका हाम्रा भाइबहिनीलाई मदत गर्ने विषयमा डिसेम्बर १, १९७५ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा-मा यसो भनिएको थियो: “यस्तो किसिमको मदतलाई यहोवा परमेश्‍वर र उहाँको छोरा येशू ख्रीष्टले कदर गर्नुहुन्छ भन्‍ने कुरामा कहिल्यै शङ्‌का नगरौं।” हो, राहत कार्य पवित्र सेवाको एउटा महत्त्वपूर्ण भाग हो।—रोमी १२:१, ७; २ कोरि. ८:७; हिब्रू १३:१६.

राहत कार्यको उद्देश्‍य

७, ८. हामीले राहत कार्यमा भाग लिनुको पहिलो कारण के हो?, बताउनुहोस्‌।

७ हामीले राहत कार्यमा भाग लिनुको कारण के हो? यस प्रश्‍नको जवाफ पावलले कोरिन्थीहरूलाई लेखेको दोस्रो पत्रमा पाइन्छ। (२ कोरिन्थी ९:११-१५ पढ्‌नुहोस्‌) यी पदहरूमा हामीले “जनसेवा” अर्थात्‌ राहत कार्यमा भाग लिनुको तीन वटा कारण प्रकाश पारिएको छ। आउनुहोस्‌, यी कारणहरू एक-एक गरी केलाऔं।

८ पहिलो, हाम्रो राहत कार्यले यहोवाको महिमा गर्छ। याद गर्नुहोस्‌, २ कोरिन्थी ९:११-१५ मा प्रेषित पावलले पटक-पटक भाइबहिनीको ध्यान यहोवा परमेश्‍वरतर्फ खिचेका छन्‌। पावलले “परमेश्‍वरलाई धन्यवाद” दिन र “परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्‍ति” चढाउन सम्झाए। (पद ११, १२) ख्रीष्टियनहरूले गर्ने राहत कार्यले कसरी “परमेश्‍वरको महिमा” गर्छ र “परमेश्‍वरको असीम अनुग्रह”-को प्रशंसा हुन्छ भनेर तिनले बताए। (पद १३, १४) अनि तिनले राहत कार्यसम्बन्धी आफ्नो कुरा यसरी टुङ्‌ग्याए: “परमेश्‍वरलाई धन्यवाद होस्‌।”—पद १५; १ पत्रु. ४:११.

९. राहत कार्यले मानिसहरूको धारणामा कस्तो परिवर्तन ल्याउन सक्छ? उदाहरण दिनुहोस्‌।

९ पावलजस्तै आज पनि परमेश्‍वरका जनहरू राहत कार्यलाई यहोवाको महिमा गर्ने र उहाँको शिक्षाको शोभा बढाउने मौकाको रूपमा लिन्छन्‌। (१ कोरि. १०:३१; ती. २:१०) साँच्चै भन्‍नुपर्दा यहोवा र उहाँका साक्षीहरूप्रति मानिसहरूले राख्ने नकारात्मक धारणा हटाउन राहत कार्यले निकै मदत गरेको छ। उदाहरणको लागि: एउटी महिलाले आफ्नो घरबाहिर “यहोवाका साक्षीहरू आउन मनाइ छ” भन्‍ने सूचना टाँगेकी थिइन्‌। आँधीबेहरीले तिनी बसेको इलाकालाई क्षतिग्रस्त बनायो। एक दिनको कुरा हो, तिनले आफ्नो घरको पारिपट्टि केही उद्धारकर्मी मिलीजुली एउटा घरको मर्मत गरिरहेको देखिन्‌। अनि तिनले केही दिनसम्म तिनीहरूले काम गरेको हेरिरहिन्‌। त्यसपछि तिनीहरू को रहेछन्‌ भनेर बुझ्न तिनी त्यहीं गइन्‌। ती स्वयम्‌सेवकहरू यहोवाका साक्षीहरू रहेछन्‌ भनेर थाह पाएपछि तिनी निकै प्रभावित भइन्‌। तिनले भनिन्‌: “मैले तपाईंहरूलाई गलत सम्झेकी रहेछु।” त्यसपछि के भयो? तिनले आफ्नो घरबाहिर टाँगेको सूचना हटाइन्‌।

१०, ११. (क) हामीले राहत कार्यमा भाग लिएर सङ्‌गी ख्रीष्टियनहरूको आवश्‍यकता प्रशस्त गरी पूरा गरिरहेका छौं भनेर देखाउने उदाहरणहरू बताउनुहोस्‌। (ख) उद्धारकर्मीहरूलाई मदत गर्न कस्तो प्रकाशन उपलब्ध गराइएको छ? (“उद्धारकर्मीहरूका लागि थप साधन” शीर्षक भएको पेटी हेर्नुहोस्‌।)

१० दोस्रो, हामी सङ्‌गी उपासकहरूको “आवश्‍यकता प्रशस्त गरी पूरा” गर्न चाहन्छौं। (२ कोरि. ९:१२क) दुःखमा परेका हाम्रा भाइबहिनीको आवश्‍यकता तुरुन्तै पूरा गर्न र तिनीहरूको दुःख सकेसम्म कम गर्न हामी तत्पर हुन्छौं। किन? किनभने ख्रीष्टियन मण्डलीका सदस्यहरू ‘एउटै शरीर’-का अङ्‌ग हुन्‌ र “एउटा अङ्‌गले दुःख पायो भने अरू सबै अङ्‌गले सँगसँगै दुःख भोग्छन्‌।” (१ कोरि. १२:२०, २६) भाइबहिनीप्रति यस्तो माया भएकोले थुप्रै ख्रीष्टियनहरू प्राकृतिक प्रकोपद्वारा प्रभावित सङ्‌गी उपासकहरूलाई मदत चाहिएको खबर पाउनेबित्तिकै आफ्नो कामधन्दामा छाँटकाँट गरेर मदत गर्न जान्छन्‌। (याकू. २:१५, १६) उदाहरणको लागि, सन्‌ २०११ मा जापानमा सुनामी आएपछि अमेरिका शाखा कार्यालयले अमेरिकाका क्षेत्रीय निर्माण समितिहरूलाई एउटा पत्र पठायो। पत्रमा जापानमा राज्यभवनहरू पुनर्निर्माण गर्ने काममा मदत दिन सक्ने “कोही छन्‌ कि” भनेर सोधिएको थियो। भाइबहिनीले के गरे? केही हप्तामै झन्डै ६०० जना स्वयम्‌सेवकहरूले आवेदन फाराम भरे। तिनीहरू आफ्नै खर्चमा जापान गएर भाइबहिनीलाई मदत गर्न तयार थिए! अमेरिका शाखा कार्यालयले यसो भन्यो, “भाइबहिनीको यस्तो प्रतिक्रिया देखेर हामी औधी खुसी छौं।” जापानका एक जना भाइले विदेशबाट आएका स्वयम्‌सेवकलाई त्यसरी मदत गर्न आउनुको कारण सोधे। ती स्वयम्‌सेवकले यस्तो जवाफ दिए: “जापानका हाम्रा भाइबहिनी ‘एउटै शरीरका’ अङ्‌ग हुन्‌। हामी तपाईंहरूको पीडा महसुस गर्छौं।” आत्मत्यागी प्रेम देखाउँदै उद्धारकर्मीहरूले भाइबहिनीको निम्ति आफ्नो ज्यानको बाजी समेत लगाएका छन्‌।c—१ यूह. ३:१६.

सन्‌ १९४६ मा ख्रीष्टियन भाइबहिनीको निम्ति राहत सामाग्री मिलाइरहेकी स्वीट्‌जरल्याण्डकी बहिनी

स्वीट्‌जरल्याण्ड, १९४६

आधुनिक समयमा हाम्रो पहिलो ठूलो राहत कार्य

दोस्रो विश्‍वयुद्ध अन्त भएको केही महिनापछि सन्‌ १९४५ को सेप्टेम्बर महिनामा भाइ नोरले “मध्य युरोपका भाइबहिनीका लागि राहत सामग्री” पठाउन बृहत्‌ अभियान सुरु गर्ने घोषणा गरे।

त्यो घोषणा भएको केही हप्तामै क्यानाडा, अमेरिका र अरू देशका भाइबहिनीले लत्ताकपडा पोका पार्न र खानेकुरा सङ्‌कलन गर्न थाले। सन्‌ १९४६ को जनवरी महिनादेखि अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चीन, चेकोस्लोभाकिया, डेनमार्क, इङ्‌गल्यान्ड, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, इटाली, नेदरल्याण्ड्‌स, नर्वे, पोल्याण्ड र रोमानियालगायत फिलिपिन्सका भाइबहिनीका लागि राहत सामग्री पठाउन थालियो।

यसरी राहत सामग्री एक चोटि मात्र पठाइएको थिएन। साढे दुई वर्षसम्म राहत सामग्री पठाउने काम भइरह्‍यो! ती साढे दुई वर्षभित्र झन्डै ८५,००० भाइबहिनीले युद्धको मारमा परेका भाइबहिनीको निम्ति ३,००,००० किलोभन्दा धेरै खानेकुरा, ४,५०,००० किलोभन्दा धेरै लुगाफाटा र १,२४,००० जोरभन्दा धेरै जुत्ता पठाए। सन्‌ १९४८ मा यो ठूलो राहत कार्य बन्द भयो। सन्‌ १९४९ को एउटा प्रहरीधरहरा-मा यसो भनिएको थियो: “यो, हामी एक अर्कालाई प्रेम गर्छौं भन्‍ने कुराको अकाट्य प्रमाण हो। सबै भाइबहिनीले प्रभुको महिमाको निम्ति यो काममा भाग लिए। आफूले गरेको सहयोगले अरूलाई साँचो उपासनामा लागिरहन मदत गर्नेछ भन्‍ने कुरामा तिनीहरू ढुक्क थिए। त्यसैले यसरी आफ्ना भाइबहिनीको सेवा गर्न पाउनुलाई तिनीहरू ठूलो सुअवसर ठान्छन्‌।” यो राहत कार्यले यहोवाको प्रशंसा गऱ्‍यो, भाइबहिनीलाई राहत दियो र संसारभरिका भाइबहिनीको एकतालाई बलियो बनायो।

११ संसारका मानिसहरूले पनि हामीले गर्ने राहत कार्यको प्रशंसा गरेका छन्‌। उदाहरणको लागि, सन्‌ २०१३ मा अमेरिकाको आर्कान्सा राज्यमा गएको प्राकृतिक प्रकोपपछि यहोवाका साक्षीहरू तुरुन्तै मदत गर्न आए भनेर त्यहाँको एउटा अखबारले रिपोर्ट गऱ्‍यो। त्यस अखबारमा यसो भनिएको थियो: “प्रकोप आउनेबित्तिकै व्यवस्थित तरिकामा उद्धार कार्यको प्रबन्ध मिलाउन यहोवाका साक्षीहरू सिपालु छन्‌।” साँच्चै प्रेषित पावलले भनेझैं हामी भाइबहिनीको “आवश्‍यकता प्रशस्त गरी पूरा” गर्छौं।

१२-१४. (क) प्रकोपको मारमा परेका भाइबहिनीले आध्यात्मिक तालिका फेरि कायम गर्नु किन महत्त्वपूर्ण छ? (ख) आध्यात्मिक तालिका कायम गर्नु महत्त्वपूर्ण छ भनेर कस्ता अनुभवहरूले देखाउँछन्‌?

१२ तेस्रो, हामी प्राकृतिक प्रकोपको मारमा परेका भाइबहिनीलाई आध्यात्मिक तालिका फेरि कायम गर्न मदत गर्छौं। यो कुरा किन महत्त्वपूर्ण छ? मदत पाउनेहरू “परमेश्‍वरलाई धन्यवादका प्रशस्त अभिव्यक्‍ति चढाउन” उत्प्रेरित हुनेछन्‌ भनेर पावलले बताए। (२ कोरि. ९:१२ख) दुःखमा परेका हाम्रा भाइबहिनीले यहोवालाई धन्यवाद दिन सक्ने सबैभन्दा उत्तम तरिका भनेको सकेसम्म चाँडो आफ्नो आध्यात्मिक तालिका फेरि कायम गर्नु हो। (फिलि. १:१०) सन्‌ १९४५ को प्रहरीधरहरा-मा यसो भनिएको थियो: “पावलले अनुदान सङ्‌कलन गर्न अनुमति दिए किनभने यसो गर्दा आवश्‍यकतामा परेका ख्रीष्टियन भाइबहिनीले केही हदसम्म राहत पाउन सक्थे। अनि तिनीहरू ढुक्क भई जोसका साथ प्रचारकार्यमा लाग्न सक्थे।” आज हाम्रो उद्देश्‍य पनि त्यही हो। प्रचारकार्यमा पुनः सक्रिय भई भाग लिन थालेपछि हाम्रा भाइबहिनीले दुःखमा परेका आफ्ना छिमेकीहरूलाई मात्र होइन, आफैलाई पनि बलियो बनाइरहेका हुन्छन्‌।—२ कोरिन्थी १:३, ४ पढ्‌नुहोस्‌।

१३ आवश्‍यकतामा परेका हाम्रा थुप्रै भाइबहिनीले सहयोग पाएपछि प्रचारमा पुनः भाग लिए अनि यसले तिनीहरूलाई बल दियो। तीमध्ये एक जना भाइले यसो भने, “प्रचारमा जानु हाम्रो परिवारको निम्ति आशिष्‌ साबित भयो। अरूलाई सान्त्वना दिंदा हामीले एकछिन भए पनि आफ्नो दुःख भुल्न सक्यौं।” एक जना बहिनीले भनिन्‌, “आध्यात्मिक गतिविधिमा ध्यान दिंदा मैले आफू वरपर भएको बर्बादीमा मात्रै मन नडुलाउन मदत पाएँ। मैले सुरक्षित महसुस गरें।” अर्की एक बहिनीले यसो भनिन्‌, “थुप्रै कुरा हाम्रो नियन्त्रण बाहिर थियो। तर प्रचारमा जाँदा हाम्रो परिवारले भविष्यको आशामा ध्यान लगाउन मदत पायो। अरूलाई नयाँ संसारको आशाबारे बताउँदा सबै कुरा नयाँ बनाइनेछ भन्‍ने कुरामा हाम्रो भरोसा झन्‌ बलियो भयो।”

१४ दुःखमा परेका हाम्रा भाइबहिनीहरू जतिसक्दो चाँडो सभामा पनि उपस्थित हुनु आवश्‍यक छ। जापानकी एक बहिनी कियोकोले कस्तो महसुस गरिन्‌, विचार गर्नुहोस्‌। सुनामी आउँदा तिनी ६० वर्ष पुग्नै लागेकी थिइन्‌। सुनामीले गर्दा तिनले आफ्नो सबै कुरा गुमाइन्‌। तिनी अब जीवन कसरी धान्‍ने होला भनेर चिन्तित थिइन्‌। त्यतिकैमा एक जना एल्डरले आफ्नो गाडीमै नियमित रूपमा ख्रीष्टियन सभा सञ्चालन गर्ने कुराको जानकारी तिनलाई दिए। बहिनी कियोको भन्छिन्‌: “एल्डर, तिनकी श्रीमती, म र अर्की एक जना बहिनी गाडीमा बस्यौं। सभा सदाझैं सञ्चालन भयो तर मेरो लागि त त्यो चमत्कारजस्तै थियो। किनभने मैले सुनामीको सबै पीडा चटक्कै बिर्सन सकें र मन हल्का भयो। त्यो सभाबाट मैले आफ्ना ख्रीष्टियन भाइबहिनीसित सङ्‌गत गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर सिकें।” प्रकोपको मारमा पर्दा समेत सभा जान नछोडेकी अर्की एक बहिनीले यसो भनिन्‌: “सभाहरूले मलाई सहन मदत गऱ्‍यो।”—रोमी १:११, १२; १२:१२.

राहत कार्यले चिरकालीन लाभ पुऱ्‍याउँछ

१५, १६. (क) राहत कार्यमा भाग लिएर कोरिन्थीहरू र अरू ठाउँका ख्रीष्टियनहरूले कस्तो लाभ उठाउन सक्थे? (ख) आज पनि राहत कार्यमा भाग लिएर हामी के लाभ उठाउन सक्छौं?

१५ कोरिन्थीहरूलाई पावलले राहत दिने र पाउने दुवैलाई हुन सक्ने लाभबारे पनि बताए। तिनले यसो भने: “[राहत पाएका यरूशलेमका यहूदी ख्रीष्टियनहरू] तिमीहरूका निम्ति परमेश्‍वरलाई उत्कट बिन्ती चढाउँछन्‌ र तिमीहरूलाई भेट्‌ने तिर्सना गर्छन्‌ किनभने तिमीहरूमाथि परमेश्‍वरको उत्कृष्ट असीम अनुग्रह छ।” (२ कोरि. ९:१४) हो, कोरिन्थका ख्रीष्टियनहरूको उदारताले गर्दा यहूदी ख्रीष्टियनहरू कोरिन्थका अन्यजातिका भाइबहिनीलगायत अरू सबैको निम्ति प्रार्थना गर्न उत्प्रेरित हुने थिए। यसरी तिनीहरूबीचको माया झन्‌ प्रगाढ हुने थियो।

१६ पावलले राहत कार्यको लाभबारे बताएका कुराहरू आज हाम्रो समयमा कसरी लागू हुन्छ, त्यसबारे डिसेम्बर १, १९४५ को अङ्‌ग्रेजी प्रहरीधरहरा-मा यसो भनिएको थियो: “एक ठाउँमा बस्ने भाइबहिनीले अर्को ठाउँका भाइबहिनीलाई सहयोग गर्दा हाम्रो एकता बलियो हुन्छ।” आज राहत कार्यमा भाग लिने स्वयम्‌सेवकहरू त्यस्तै अनुभव गर्छन्‌। बाढी प्रभावित ठाउँमा राहत कार्यमा भाग लिएका एक जना एल्डरले यसो भने: “राहत कार्यमा भाग लिएपछि म भाइबहिनीसित पहिलाभन्दा अझै नजिक हुन सकें।” राहत पाएकी एक बहिनीले आभार व्यक्‍त गर्दै यसो भनिन्‌: “हामीले प्रमोदवनमा उठाउने आनन्दलाई अहिलेको कुनै कुरासँग तुलना गर्न सकिन्छ भने त्यो हो, हाम्रो भाइचारा।”—हितोपदेश १७:१७ पढ्‌नुहोस्‌।

१७. (क) यशैया ४१:१३ का शब्दहरू राहत कार्यमा कसरी लागू हुन्छ? (ख) राहत कार्यले यहोवाको आदर गर्छ र हाम्रो एकतालाई बलियो पार्छ भनेर देखाउने उदाहरणहरू बताउनुहोस्‌। (“संसारभरिका स्वयम्‌सेवकहरू राहत कार्यमा भाग लिन्छन्‌” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

१७ प्रकोप प्रभावित क्षेत्रमा हाम्रा भाइबहिनीहरू मदत गर्न आइपुग्दा त्यस क्षेत्रका ख्रीष्टियनहरूले परमेश्‍वरको यो प्रतिज्ञा पूरा भइरहेको अनुभव गर्छन्‌: “म, परमप्रभु तेरा परमेश्‍वरले तँलाई यसो भनेर तेरो दाहिने हात समात्नेछु, ‘नडरा, म तँलाई सहायता गर्नेछु।’” (यशै. ४१:१३) प्रकोपबाट बच्न सफल भएकी बहिनीले भनिन्‌: “प्रकोपले पुऱ्‍याएको क्षति देख्दा मैले आशा मारिसकेकी थिएँ। तर यहोवाले मेरो हात थाम्नुभयो। भाइबहिनीले गरेको मदत म शब्दमा बयान गर्नै सक्दिनँ।” भूकम्प प्रभावित इलाकाका मण्डलीहरूको तर्फबाट दुई जना एल्डरले यस्तो पत्र लेखे: “भूकम्पले गर्दा हामीलाई धेरै दुःख भयो। तर यहोवाले भाइबहिनीमार्फत कुन हदसम्म मदत गर्नुहुन्छ भनेर पनि हामीले अनुभव गर्न पायौं। राहत कार्यबारे हामीले पढेका त थियौं, तर अहिले भने आफैले अनुभव गर्न पायौं।”

निर्माणको काम गरिरहेका पिटर जोनसन

यसले तिनको जीवनलाई नयाँ मोड दियो

राहत कार्यमा भाग लिएर जवान भाइबहिनीले कसरी लाभ उठाउन सक्छन्‌? अठाह्र वर्षको उमेरमा पहिलो पटक राहत कार्यमा भाग लिएका भाइ पिटर जोनसनको उदाहरण विचार गर्नुहोस्‌। पुरानो कुरा सम्झँदै तिनी यसो भन्छन्‌: “भाइबहिनीहरू कृतज्ञताले ओतप्रोत भएको मैले देखें। साथै, अरूलाई दिंदा पाइने आनन्द पनि महसुस गरें। यी कुराहरूले मेरो मन छोयो। यस अनुभवले गर्दा यहोवाको सेवामै सक्दो गर्ने मेरो इच्छा अझ मजबुत भयो।” त्यसपछि भाइ पिटरले अग्रगामी सेवा सुरु गरे। तिनले बेथेल सेवा पनि गरे र पछि क्षेत्रीय निर्माण समितिको सदस्यको रूपमा सेवा गरे। अहिले भाइ पिटर यसो भन्छन्‌, “पहिलो पटक सन्‌ १९७४ मा राहत कार्यमा भाग लिएपछि मेरो जीवनले नयाँ मोड लियो।” तपाईं पनि जवान हुनुहुन्छ भने भाइ पिटरले जस्तै राहत कार्यमा भाग लिन सक्नुहुन्छ कि? राहत कार्यमा भाग लिएपछि तपाईंको जीवनले पनि एउटा नयाँ मोड लिन सक्छ।

के तपाईं पनि भाग लिन सक्नुहुन्छ?

१८. राहत कार्यमा भाग लिन के गर्नुपर्छ? (“यसले तिनको जीवनलाई नयाँ मोड दियो” शीर्षक भएको पेटी पनि हेर्नुहोस्‌।)

१८ के तपाईं पनि राहत कार्यमा भाग लिंदा पाइने आनन्द अनुभव गर्न चाहनुहुन्छ? त्यसो हो भने यो कुरा मनमा राख्नुहोस्‌: राहत कार्यको लागि चाहिने स्वयम्‌सेवकहरू अक्सर राज्यभवन निर्माणकार्यमा भाग लिने भाइबहिनीमध्येबाटै छानिन्छन्‌। त्यसैले आफ्नो मण्डलीको एल्डरलाई निर्माणकार्यको लागि आवेदन फाराम भर्न चाहन्छु भनेर बताउनुहोस्‌। राहत कार्यमा भाग लिएर धेरै अनुभव बटुलेका एक एल्डर यसो भन्छन्‌: “राहत समितिबाट निम्तो पाएपछि मात्रै प्रकोप प्रभावित क्षेत्रमा जानुहोस्‌।” यसो गर्दा हाम्रो राहत कार्य अझ सुव्यवस्थित हुन्छ।

१९. राहत सेवामा भाग लिने स्वयम्‌सेवकहरूले हामी ख्रीष्टका साँचो चेलाहरू हौं भन्‍ने कुराको प्रमाण कसरी दिन्छन्‌?

१९ “आपसमा प्रेम गर” भन्‍ने ख्रीष्टको आज्ञा पालन गरेका छौं भनेर देखाउने एउटा उत्कृष्ट तरिका राहत कार्य हो। त्यस्तो प्रेमले हामी ख्रीष्टका साँचो चेलाहरू हौं भन्‍ने कुराको प्रमाण दिन्छ। (यूह. १३:३४, ३५) परमेश्‍वरको राज्यका वफादार प्रजालाई आवश्‍यक पर्दा राहत दिने इच्छुक स्वयम्‌सेवकहरूले यहोवाको महिमा गरिरहेका हुन्छन्‌। हामीमाझ यस्ता स्वयम्‌सेवकहरू हुनु साँच्चै ठूलो आशिष्‌को कुरा हो!

a प्रकोपको कारण दुःखमा परेका भाइबहिनीलाई मदत गर्न के-कस्ता राहत कार्यहरू गरिए भन्‍ने विषयमा यस अध्यायमा चर्चा गरिएको छ। तर धेरैजसो अवस्थामा हामीले अरू मानिसलाई पनि मदत गरेका छौं।—गला. ६:१०.

b पावलले “सहायक सेवकहरू”-लाई बुझाउन डिआकोनिआ शब्दको बहुवचन डिआकोनोस (सेवक) चलाए।—१ तिमो. ३:१२.

c नोभेम्बर १, १९९४ अङ्‌कको अङ्‌ग्रेजी प्रहरीधरहरा, पृष्ठ २३-२७ मा “बोस्नियाका हाम्रा भाइबहिनीलाई मदत गर्ने” शीर्षक भएको लेख हेर्नुहोस्‌।

परमेश्‍वरको राज्य तपाईंलाई कत्तिको वास्तविक लाग्छ?

  • राहत कार्य यहोवालाई चढाउने पवित्र सेवाको भाग हो भनेर हामी किन भन्‍न सक्छौं?

  • हामीले राहत कार्यमा भाग लिनुको मुख्य तीन कारण के हुन्‌?

  • राहत कार्यले कस्ता चिरकालीन लाभ पुऱ्‍याउँछ?

  • येशूले यूहन्‍ना १३:३४ मा दिनुभएको आज्ञासित राहत कार्य कसरी सम्बन्धित छ?

संसारभरिका स्वयम्‌सेवकहरू राहत कार्यमा भाग लिन्छन्‌

मध्य तथा पश्‍चिम अफ्रिका

सन्‌ १९९४ मा रूवाण्डामा भएको जातीय संहारमा ८,००,००० भन्दा धेरै मानिसले ज्यान गुमाए। त्यस संहारले गर्दा मध्य अफ्रिकाको अरू देशमा पनि हिंसा मच्चियो। भीडका भीड मानिसहरू शरणार्थी शिविरहरूमा ओइरिए। दुःखमा परेका त्यहाँका भाइबहिनीलाई मदत गर्न बेल्जियम, फ्रान्स र स्वीजरल्याण्डका यहोवाका साक्षीहरूले झन्डै ३०० टन लुगाफाटा, औषधी, पाल, खानेकुरा र अरू सामग्री हवाईजहाजबाट पठाए। केही हप्तामै खाँचोमा परेका हाम्रा भाइबहिनीले ती सामग्री पाए।

अफ्रिकामा फ्रान्सबाट १० जना साक्षीहरू गएका थिए, जो पेसाले डाक्टर र नर्स थिए। तिनीहरूको टोलीले गृहयुद्ध, अनिकाल र रोगबिमारको कारण दुःख भोगिरहेका हाम्रा भाइबहिनीलाई मदत गऱ्‍यो। बितेको दुई वर्षमा मात्रै उक्‍त टोलीले १०,००० जना भन्दा धेरै बिरामीहरू जाँचिसकेका छन्‌। तिनीहरूको त्याग देखेर संसारका मानिसहरूले यहोवा र उहाँको सङ्‌गठनको प्रशंसा गरेका छन्‌। एक जना नर्स यसो भनिन्‌: “भाइबहिनीलाई मदत गर्न कुनै ठाउँमा जाँदा मानिसहरू आदरपूर्वक यसो भन्‍ने गर्छन्‌, ‘उनीहरू यहोवाका साक्षीहरू हुन्‌। उनीहरू आफ्ना साथीहरूलाई मदत गर्न आएका हुन्‌।’” उपचारपछि एउटी साक्षी बहिनीले एक जना नर्सलाई यसो भनिन्‌: “धन्यवाद छ बहिनी अनि यहोवा, तपाईंलाई पनि!”

कहिलेकाहीं ठूलठूला दुर्घटना हुँदा पनि राहत दिनुपर्ने हुन्छ। सन्‌ २०१२ मा नाइजेरियामा एउटा सडक दुर्घटनामा एउटै मण्डलीका १३ जना यहोवाका साक्षीहरूले आफ्नो ज्यान गुमाए। बाँकी ५४ जना गम्भीर घाइते भए। साक्षीहरूको राहत समितिले घाइते सबैको चौबीसै घण्टा हेरविचार गर्ने प्रबन्ध मिलायो। घाइते भाइबहिनीले त्यस्तो मायालु मदत पाएको देखेर अस्पताल भर्ना भएकी एक जना बिरामीले आफ्नो चर्चको पादरीलाई फोन गरिन्‌ र यसो भनिन्‌: “मलाई भेट्‌न अहिलेसम्म हाम्रो चर्चबाट कोही आएको छैन। अस्पतालमा आउनुहोस्‌ र यहोवाका साक्षीहरूले कसरी प्रेम देखाउँछन्‌, हेर्नुहोस्‌!”

त्यो सानो मण्डलीका हाम्रा प्यारा भाइबहिनीले भोगेको क्षति अपूरणीय थियो। तर सङ्‌गी उपासकहरूले देखाएको मायाको कारण तिनीहरूले सान्त्वना पाए। यसबाहेक हाम्रा स्वयम्‌सेवक भाइबहिनीहरूले दुःखमा परेका भाइबहिनीको मायालु हेरचाह गरेको देखेपछि त्यस मण्डलीका थुप्रै भाइबहिनी अझ जोसिलो भएर प्रचारको काममा लागे। दुर्घटनाअघि त्यस मण्डलीमा ३५ जना प्रकाशक थिए। तर एक वर्षमै त्यो सङ्‌ख्या बढेर ६० पुग्यो।

अस्ट्रेलिया

सन्‌ २०१३ मा क्वीन्सल्यान्डको तटवर्तीय इलाकामा आएको बाढीले गर्दा ७० जना यहोवाका साक्षी घरबारविहीन भए। आफ्नो घर जलमग्न भएपछि मार्क, रोन्डा र तिनीहरूकी छोरी उद्धार केन्द्रमा गए। त्यहाँ मानिसहरू खचाखच थिए। रोन्डा भन्छिन्‌: “मानिसहरू धेरै भएकोले खुट्टा टेक्ने ठाउँसमेत थिएन।” साथै ओहोरदोहोर गरिरहेको हेलिकप्टरहरूको कानै खाने आवाजले गर्दा पनि त्यो ठाउँ झनै तनावग्रस्त हुँदै थियो। चिन्तित हुँदै रोन्डाले आफ्नो श्रीमान्‌लाई सोधिन्‌, “अब के गर्ने?” मार्कले यहोवालाई मदत माग्दै व्यग्र प्रार्थना गरे। रोन्डा भन्छिन्‌, “प्रार्थना गरेको आधा घण्टामै एउटा गाडी उद्धार केन्द्र अगाडि रोकियो र तीन जना भाइहरू गाडीबाट ओर्लिए। हामीलाई भेटेपछि तिनीहरूले यसो भने: ‘हामी तपाईंहरूलाई लिन आएको। तपाईंहरूको बासको लागि एक जना भाइको घरमा व्यवस्था मिलाइएको छ।’” रोन्डा अझै यसो भन्छिन्‌: “यहोवाको सङ्‌गठनबाट यस्तो मायालु हेरचाह पाउँदा हामीले कस्तो महसुस गऱ्‍यौं, शब्दमा बयान गर्न सकिंदैन।”

त्यस इलाकामा भाइबहिनीलाई मदत गर्न २५० जना भन्दा धेरै स्वयम्‌सेवकहरू तुरुन्तै गए। उमेर पाकिसकेका एक जना भाइ भन्छन्‌: “अचानक साक्षीहरू मेरो घरमा आए र बाढीले गर्दा लथालिङ्‌ग भएको घर सफा गर्न खटिए। म र मेरी श्रीमतीले ती भाइबहिनीको मदत कहिल्यै भुल्नेछैनौं।”

ब्राजिल

सन्‌ २००८ मा सान्ता कतारिना राज्यमा आएको बाढी र पहिरोले गर्दा झन्डै ८०,००० मानिस घरबारविहीन भए। त्यो पहिरो “माटो र रूखको सुनामी” जस्तै थियो भनी एक जना बासिन्दाले बताए। केही भाइबहिनीले सम्मेलन भवनमा शरण लिए। त्यस हलको सुरक्षा गरिरहेका भाइ मार्सियो यसो भन्छन्‌: “ती भाइबहिनीको सबै कुरा बाढीपहिरोले लगेको थियो। तिनीहरूसित आफूले लगाइरहेको एकसरो लुगाबाहेक अरू केही थिएन। त्यो पनि हिलैहिलो थियो।” एक जना बहिनी यसो भन्छिन्‌: “हाम्रो घर बाढीपहिरोले बगायो। आफ्नो घर बाढीले स्वात्तै बगाएको देख्नु पीडादायी थियो तर भाइबहिनीले दिएको सान्त्वना म कहिल्यै भुल्ने छैन। उहाँहरूले हाम्रो धेरै ख्याल गर्नुभयो। यस अनुभवपछि मैले परमेश्‍वरसितको सम्बन्धलाई हल्कासित लिनु हुँदैन भनेर सिकें।”

प्रकोपमा परेकाहरूलाई अनुदानबाट प्राप्त राहत सामग्री वितरण गरिरहेका ब्राजिलका यहोवाका साक्षीहरू

राहत केन्द्रमा परिणत गरिएको एउटा सम्मेलन भवनमा जम्मा भएको अनुदान सामग्री, सान्ता कतारिना, ब्राजिल, २००९

रियो दि जेनेरियो सहरनजिकै पर्ने पहाडी इलाकाहरूमा पहिरोले थुप्रै क्षति पुऱ्‍याएको छ। बेलाबेलामा यसरी पहिरो गइरहने हुँदा त्यहाँका भाइहरूले तुरुन्तै राहत कार्यको प्रबन्ध मिलाउन सकियोस्‌ भनेर प्राकृतिक प्रकोप राहत समिति गठन गरेका छन्‌। पहिरोको खतरा हुँदा त्यस इलाकाका जिम्मेवार भाइहरूले यस समितिलाई सूचना दिइहाल्छन्‌। तुरुन्तै स्वयम्‌सेवकहरू “यहोवाका साक्षीहरू—मानवीय सहयोग” भनेर लेखिएको ट्रकहरूमा त्यहाँ जान्छन्‌। यी राहत टोलीका सबै सदस्यहरूलाई आफ्नो काम के हो भनेर पहिल्यै थाह हुन्छ र तिनीहरू आवश्‍यक सरसामानले सुसज्जित हुन्छन्‌। तिनीहरूले आफूलाई यहोवाका साक्षी भनेर स्पष्टै चिनाउने लुगा लगाएका हुन्छन्‌। अस्पताल सम्पर्क समितिका भाइहरूसित मिलेर तिनीहरू घाइते भाइबहिनीलाई मदत गर्छन्‌। राहत कार्यमा लागेका स्वयम्‌सेवकहरू खाना, पानी, औषधी, लुगाफाटा र सफा गर्ने साधनहरूको प्रबन्ध मिलाउँछन्‌। घरहरूबाट माटो सफा गर्नु पनि चुनौतीपूर्ण काम हो। एक पटक पहिरोपछि केवल एउटा घरबाट माटो निकाल्न ६० जना स्वयम्‌सेवकको आवश्‍यकता पऱ्‍यो! तिनीहरूले चार वटा ट्रकमा अटाउने माटो निकाले!

प्रकोपको तयारी

परिचालक निकायको निर्देशनमा संसारभरिका शाखा कार्यालयहरूले मण्डलीका एल्डरहरू तथा परिभ्रमण निरीक्षकहरूलाई प्रकोपको लागि के-कस्तो तयारी गर्ने र प्रकोप आइपर्दा के गर्ने भन्‍ने विषयमा निर्देशन दिएका छन्‌। उदाहरणको लागि, प्रकोप आइपर्दा भाइबहिनीलाई सम्पर्क गर्न सकियोस्‌ भनेर एल्डरहरूले आफूसित मण्डलीका प्रत्येक सदस्यको ठेगाना, फोन नम्बर दुरुस्त छ कि छैन, पक्का गर्नुपर्छ।

प्रकोप आइपर्दा!

  1. एउटा साक्षी परिवारको हालखबर बुझिरहेका एल्डर

    एल्डरहरूले आफ्नो मण्डलीका सबै प्रकाशकलाई सम्पर्क गर्छन्‌

  2. एल्डरहरूले एल्डरहरूको निकायको संयोजकलाई खबर गर्छन्‌

  3. एल्डरहरूको निकायको संयोजक, परिभ्रमण निरीक्षक, जिम्मेवार भाइहरू र शाखा कार्यालय एकअर्कालाई सम्पर्क गर्छन्‌

    संयोजकले परिभ्रमण निरीक्षक र शाखासित सम्पर्कमा रहेका अरू जिम्मेवार भाइहरूलाई खबर गर्छन्‌

  4. खाना र पानी

    सक्दो चाँडो गाँस, बास, पानी र स्वास्थ्य सेवा उपलब्ध गराइन्छ; साथै भावनात्मक अनि आध्यात्मिक मदत दिइन्छ

  5. प्रकोपमा परेका भाइबहिनीको आवश्‍यकतासम्बन्धी रिपोर्ट हेर्दै

    शाखा कार्यालयले प्रकोप प्रभावित क्षेत्रको अवस्था र आवश्‍यकताबारे परिचालक निकायको संयोजन समितिलाई रिपोर्ट पठाउँछ

  6. राहत सामग्री वितरण गर्दै

    राहत समितिले राहत कार्यको प्रबन्ध मिलाउँछ र भाइबहिनीको पछिसम्मको आवश्‍यकतालाई ध्यानमा राख्दै विभिन्‍न किसिमको मदत दिन्छ

  7. उडिरहेको हवाईजहाज

    परिचालक निकायको संयोजन समितिले शाखा कार्यालयले पठाएको रिपोर्ट राम्ररी विचार गर्छ र आवश्‍यक परेमा अरू देशबाट स्वयम्‌सेवक पठाउँछ

उद्धारकर्मीहरूका लागि थप साधन

यहोवाका साक्षीहरू र राहत कार्य भन्‍ने पुस्तिका

सन्‌ २०१३ जून महिनामा यहोवाका साक्षीहरू र राहत कार्य भन्‍ने अङ्‌ग्रेजी पुस्तिका उपलब्ध भयो। यो पुस्तिका खासगरि अमेरिकामा आकस्मिक सेवाको व्यवस्थापन गर्ने सरकारी अधिकारीहरूलाई मनमा राखेर तयार पारिएको थियो। यस पुस्तिकामा सन्‌ १९४५/४६ देखि हामीले गर्दै आएको विभिन्‍न राहत कार्यबारे बताइएको छ। साथै यस पुस्तिकामा हामीले कुन-कुन देशमा राहत कार्य सञ्चालन गरेका छौं भनेर देखाउने एउटा नक्सा पनि छ। राहत कार्यलाई व्यवस्थित पार्ने काममा लागेका एक जना एल्डर यसो भन्छन्‌: “राहत समितिका भाइहरू प्रकोपको खतरा भएका ठाउँहरूको सरकारी अधिकारीहरूलाई भेट्‌न जाँदा यो पुस्तिका दिने गर्छन्‌। यसरी सरकारी अधिकारीहरू हाम्रो राहत कार्यसित परिचित छन्‌ भने प्रकोप आइपर्दा प्रभावित क्षेत्रहरूमा जानको लागि हामीलाई अनुमति दिन तिनीहरू हिचकिचाउँदैनन्‌।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने