मसीही स्वतन्त्रतामा अडिग हुनुहोस्!
गलातीको पुस्तकको विवरणिका
यहोवा स्वतन्त्रताको परमेश्वर हुनुहुन्छ। (२ कोरिन्थी ३:१७) उहाँका पुत्र, येशू ख्रीष्टले एसो भन्नु भएको छ: “तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्ना ८:३२) औ ख्रीष्टको अनुसरण गर्दै, प्रेरित पावलले पनि स्वतन्त्रताको सुसमाचार प्रचार गरे।—रोमी ६:१८; ८:२१.
स्वतन्त्रता दिने त्यो समाचार घोषणा गर्दै, पावलले आफ्नो प्रथम प्रचार भ्रमणमा (ई. स. ४७-४८), गलातीका मण्डलीहरू (एसियामा स्थित् एउटा रोमी प्रान्त) स्थापित् गरे। मसीहीहरूले खतना गर्न आवश्यक छैन भनी सञ्चालक-समितिले गरेको फैसला बारे, गलातीको मण्डलीलाई जानकारी थियो। (प्रेरित १५:२२-२९) तर यहूदी मत्काहरूले खतना गर्नै पर्छ भन्ने हठ् गरेर तिनीहरूलाई फेरि दासत्वमा ल्याउने कोशिश गरिरहेका थिए। यसकारण, ई. स. ५०-५२ मा, कोरिन्थ अथवा सिरियाको एन्टिओकबाट गलातीहरूलाई लेखेको आफ्नो पत्रमा, पावलले मसीही स्वतन्त्रतालाई जोर दिएको छ। उदाहरणका लागि, उनले एसो भनेको पाउँछौं: “स्वतन्त्रतासाथ ख्रीष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो। यसकारण दह्रो भएर खड़ा होओ, र फेरि बन्धनको जुवामा नअल्मलिऔ।”—गलाती ५:१.
पावलले आफ्नो प्रेरित पदको प्रतिवाद गर्छन्
सर्वप्रथम, आफू “येशू ख्रीष्ट र परमेश्वर द्वारा” प्रेरित नियुक्त भएको कुरा पावलले देखाउँछन्। (गला १:१–२:१४) ईश्वरीय प्रेरणाको आधारमा, पावल (बर्णाबास र तितससँग) खतनाको विषय लिएर यरूशलेम गए। त्यहाँ याकूब, सिफस (पत्रुस) र यूहन्नाले, पावल अन्यजातिहरूका लागि प्रेरित नियुक्त भएको कुरा स्वीकारे। र पछि एन्टिओकमा पत्रुसले, यरूशलेमबाट आएका यहूदी मसीहीहरूको डर मान्दै, अन्यजातिका मसीहीहरूबाट आफूलाई अलग पार्दा, उनलाई पावलले हपकाए।
धर्मी कसरी ठहरिने?
येशू ख्रीष्टमाथि विश्वास गरेर मात्र मानिस धर्मी ठहरिन सक्दछ भन्ने महत्वपूर्ण कुरा पनि पावलले प्रस्तुत् गरे। (गला २:१५–३:२९) गलातीहरूले व्यवस्थाका कामहरू द्वारा होइन, तर विश्वास साथ सुसमाचार स्वीकारेको हुनाकारण, परमेश्वरको आत्मा पाएका थिए। अब्राहामका साँचो पुत्रहरूसँग विश्वास हुन्छ तर व्यवस्थाका काम द्वारा धर्मी ठहरिन खोज्ने व्यक्तिहरू चाहिं “श्रापित्” हुन्। किन? किनभने तिनीहरूले पूर्णरूपमा व्यवस्था पालन गर्न सक्तैनन्। व्यवस्थाले पापहरू प्रकट गरथ्यो र “ख्रीष्टमा . . . ल्याउनलाई व्यवस्था . . . जिम्मेवाल भएको” थियो।
अडिग बस!
आफ्नो मृत्यु द्वारा, ख्रीष्टले “व्यवस्थाका अधीनमा रहनेहरूलाई . . . छुट्टाउनु” भयो। तर उहाँका अनुयायीहरू मसीही स्वतन्त्रतामा अडिग भएर बस्नु पर्छ। (गला ४:१–६:१८) यसकारण, गलातीहरूले तिनीहरूलाई फेरि दासत्वको बन्धनमा पार्न खोज्नेहरूको विरोध गर्नु परेको थियो। तर अर्को तिर तिनीहरूले आफ्नो स्वतन्त्रताको गलत् प्रयोग गर्नु थिएन। “शरीरका कामहरूबाट” अलग बस्दै, परमेश्वरको आत्माको फल तिनीहरूले प्रदर्शन गर्नु थियो। तिनीहरूलाई व्यवस्थाको बन्धनमा ल्याउन चाहनेहरूले “शरीरमा सुन्दर रूप देखाउन” र शरीरको विषयमा घमण्डगर्दै, सतावटबाट उम्कन खोजीरहेका थिए। तर “नया सृष्टि” बाहेक, नता खतना केही हो, न बेखतना, भनेर पावलले प्रष्ट पार्दछन्। त्यो नया सृष्टिका आत्मिक इस्राएलमाथि शान्ति र अनुग्रह होस् भनेर पावलले प्रार्थना गर्छन्।
पावलको पत्रबाट गलातीहरूले तिनीहरूलाई आत्मिक दास्त्वमा पार्न खोज्नेहरूको विरोधगर्ने मदद पाए। यो पत्रले हामीलाई पनि आत्माको फल प्रकट गर्न र मसीही स्वतन्त्रतामा अडिग भएर बस्ने मदद देओस्। (w90 11/15)
[पृष्ठमा भएको पेटी/चित्र]
डाम: “अब कसैले मलाई तकलीफ नदेओस्,” पावलले भने, किनभने म आफ्नो शरीरमा येशूका डाम धारण गर्दछु।” (गलाती ६:१७) आ-आफ्नो मालिक को हो भनेर जनाउन, कुनै-कुनै प्राचीन मूर्तिपूजकहरूको समाजमा दासहरूलाई डामने चलन थियो। ती दासहरूका शरीरमा विभिन्न चिन्ह, काटेर अथवा पोलेर लगाउँथ्ये। निस्सन्देह, आफ्नो मसीही सेवकाईको कारण भोग्नु परेको शारीरिक चोटहरूले पावलको शरीरमा पनि दाग पारेको थियो होला र ख्रीष्टको नाउँको खातिर सताइएको, उनी एक जना विश्वासी सेवक हो भनेर यी दागहरूले प्रमाण दिन्थियो होला। (२ कोरिन्थी ११:२३-२७) पावलले यी दागहरूलाई नै “डाम” भनेको हुन सक्छ। अथवा, “डाम” भन्नाले, परमेश्वरको आत्माको फल प्रदर्शन गर्दै सेवामा हिड़ने, उनको आफ्नो मसीही जीवन शैलीलाई सङ्केत गरेको पनि हुनसक्छ।
[चित्र]
रोमी दासहरू आफ्ना मालिकको सेवा बाध्य भएर गर्थिए तर पावल येशूको राजीखुशी र आनन्द साथ कामगर्ने दास थिए