प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. ३ pp. ४-५
  • शारीरिक स्वास्थ्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शारीरिक स्वास्थ्य
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो शरीरको ख्याल राख्नुहोस्‌
  • हानिकारक बानी त्याग्नुहोस्‌
  • बाइबलका अरू सिद्धान्तहरू
  • १ | आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२२
  • तपाईंको स्वास्थ्यलाई असर गर्ने छनौटहरू
    ब्यूँझनुहोस्‌!—२००३
  • पर्याप्त मात्रामा सुत्न के गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • स्वास्थ्य उपचारमा बाइबलको दृष्टिकोण राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. ३ pp. ४-५
एक जना व्यक्‍ति सलाद खाँदै

शारीरिक स्वास्थ्य

हुनत बाइबल कुनै स्वास्थ्यसम्बन्धी किताब होइन तर हामीलाई स्वस्थ रहन मदत गर्ने थुप्रै सल्लाह-सुझाव भने यसमा पाइन्छ। स्वस्थ रहन मदत गर्ने बाइबलका केही सिद्धान्तहरू विचार गरौँ:

आफ्नो शरीरको ख्याल राख्नुहोस्‌

बाइबलको सिद्धान्त: “कुनै मानिसले आफ्नो शरीरलाई कहिल्यै घृणा गर्दैन बरु त्यसलाई त्यसरी नै खुवाउँछ अनि स्याहार्छ।”—एफिसी ५:२९.

यसको अर्थ के हो? यस बाइबल पदले हामीलाई आफ्नो शरीरको ख्याल राख्न प्रोत्साहन दिन्छ। एउटा अध्ययनले देखाएअनुसार हामी कस्तो जीवनशैली अपनाउने छनौट गर्छौँ, त्यसले हाम्रो स्वास्थ्यमा पनि असर गर्छ। त्यसैले सही छनौट गऱ्‍यौँ भने हाम्रो स्वास्थ्य पनि राम्रो हुन्छ।

तपाईँ के गर्न सक्नुहुन्छ?

  • पोषण। पोसिलो खानेकुरा खानुहोस्‌ अनि प्रशस्त पानी पिउनुहोस्‌।

  • तन्दुरुस्त भइरहनुहोस्‌। ढल्कँदो उमेरले गर्दा अथवा अशक्‍त हुनुभएकोले वा गम्भीर रोग लागेकोले तपाईँ पहिले जति गर्न सक्नुहुन्‍न होला। तर शारीरिक कसरत गर्नुभयो भने तपाईँको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ। तपाईँलाई परिवार, साथीभाइ वा डाक्टरहरूले व्यायाम गर्ने सुझाव अनि हौसला त देलान्‌ तर स्वस्थ रहन तपाईँ आफैले केही नगरी हुँदैन!

  • पर्याप्त सुत्नुहोस्‌। लामो समयसम्म अनिदो बस्ने मानिसहरूलाई गम्भीर रोग लाग्ने सम्भावना हुन्छ। सुत्ने बेलामा अरू कामकुरामा व्यस्त हुने मानिसहरूको निद्रा पुग्दैन। तर पर्याप्त सुत्ने मानिसहरू स्वस्थ अनि चुस्त हुन्छन्‌।

हानिकारक बानी त्याग्नुहोस्‌

बाइबलको सिद्धान्त: “तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ।”—२ कोरिन्थी ७:१.

यसको अर्थ के हो? सुर्तीजन्य हानिकारक लागूपदार्थको सेवन नगरेर हामी स्वस्थ रहन सक्छौँ किनकि यस्ता पदार्थहरूले नै रोग र मृत्यु निम्त्याउँछ।

तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो कुलत कहिले त्याग्ने, त्यो दिन तोक्नुहोस्‌ र क्यालेन्डरमा चिन्ह लगाउनुहोस्‌। अनि उक्‍त दिनको ठीक अघिल्लो दिन चुरोट, चुरोटदानी, लाइटर, सलाई र आफ्नो खराब बानीसित सम्बन्धित सबै कुरा फ्याँक्नुहोस्‌। आफ्नो कुलतलाई बढवा दिने वा उक्साउने ठाउँहरूमा नजानुहोस्‌। परिवार अनि साथीभाइलाई आफ्नो निर्णयबारे बताउनुहोस्‌।

बाइबलका अरू सिद्धान्तहरू

एक जना व्यक्‍ति बाइबल पढ्‌दै

कोही एक जना यहोवाको साक्षीमार्फत तपाईँले एउटा बाइबल प्राप्त गर्न सक्नुहुन्छ

सुरक्षामा ध्यान दिनुहोस्‌।

“तिमीहरूले नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाउनू र त्यहाँबाट कोही लड्‌यो भने पनि उसको मृत्युको दोष तिमीहरूको घरानालाई लाग्नेछैन।”—व्यवस्था २२:८.

रिसलाई काबूमा राख्नुहोस्‌।

“समझदार मानिस हतपती रिसाउँदैन तर मूर्खले आफ्नो रिस देखाइहाल्छ।”—हितोपदेश १४:२९.

ठीक मात्रामा खानुहोस्‌।

“घिचुवाहरूको सङ्‌गत नगर्‌।”—हितोपदेश २३:२०, RV.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने