प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “पछाडि फर्केर” नहेर्नुहोस्‌
    प्रहरीधरहरा—२०१२ | मार्च १५
    • १२. आफूले त्यागेका कुराहरूप्रति पावलले कस्तो महसुस गरे?

      १२ प्रेषित पावलले येशूको अनुयायी बन्‍नको लागि थुप्रै कुरा त्यागे। (फिलि. ३:४-६) आफूले त्यागेका कुराहरूबारे तिनले कस्तो महसुस गरे? तिनी यसो भन्छन्‌: “जुन कुराहरू मेरो निम्ति फाइदाजनक थिए, ती कुराहरूलाई मैले ख्रीष्टको खातिर हानिकारक सम्झेको छु।” किन? तिनी अझै भन्छन्‌: “मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको उत्कृष्ट मोलसामु सबै कुरालाई म हानिको सम्झन्छु। उहाँको खातिर मैले सबै हानि बेहोरेको छु अनि ती कुराहरूलाई रद्दी ठान्छु, ताकि मैले ख्रीष्टलाई प्राप्त गर्न सकूँ।”a (फिलि. ३:७, ८) जसरी फोहोर फालिसकेपछि त्यसलाई सम्झेर कसैले दुःख मान्दैन, त्यसैगरि संसारमा आफूले नाम-दाम कमाउन सक्ने मौका त्यागेकोमा पावल पछुताएनन्‌। तिनले ती मौकाहरूलाई कुनै मोलको ठानेनन्‌।

      १३, १४. पावलले बसालेको उदाहरण हामी कसरी अनुकरण गर्न सक्छौं?

      १३ आफूले गुमाए जस्तो लागेको मौकाहरूबारे सोच्ने झुकाव हामीमा देखा पऱ्‍यो भने हामीलाई कुन कुराले मदत गर्न सक्छ? पावलको उदाहरण अनुकरण गर्नुहोस्‌। कसरी? आफूसित अहिले भएका कुराहरूको मोल गर्नुहोस्‌। तपाईंले यहोवासित अमूल्य सम्बन्ध गाँस्न सक्नुभएको छ र उहाँको नजरमा वफादार साबित हुनुभएको छ। (हिब्रू ६:१०) यहोवाले अहिले र भविष्यमा दिनुहुने आशिष्‌लाई संसारले दिने कुनै पनि भौतिक कुरासित तुलना गर्न सकिन्छ र?—मर्कूस १०:२८-३० पढ्‌नुहोस्‌।

  • “पछाडि फर्केर” नहेर्नुहोस्‌
    प्रहरीधरहरा—२०१२ | मार्च १५
    • a यहाँ “रद्दी” भनी अनुवाद गरिएको मौलिक शब्दले “कुकुरहरूलाई फालिने कुरा,” “गोबर,” “दिसा”-लाई पनि बुझाउन सक्छ। एक बाइबलविद्‌का अनुसार पावलले प्रयोग गरेको यस शब्दले “अब उप्रान्त आफूले कुनै सरोकार नराख्ने मूल्यहीन वा घृणित कुरादेखि अलग्गै रहने दृढतालाई” बुझाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने