प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 सेप्टेम्बर p. ८
  • युवाहरू हो—भविष्यको लागि असल जग बसाल्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युवाहरू हो—भविष्यको लागि असल जग बसाल्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • योशियाहका असल साथीहरू
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • नम्र योशियाहले यहोवाको अनुग्रह पाएका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • योसियाह परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • ‘यहोवाको खोजी गर, तिमीहरू बाँच्नेछौ’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 सेप्टेम्बर p. ८

युवाहरू हो—भविष्यको लागि असल जग बसाल्नुहोस्‌

१. मसीही युवाहरूले किन बलियो विश्‍वास विकास गर्नु आवश्‍यक छ?

१ तपाईंलाई कुन कुरा सबैभन्दा महत्त्वपूर्ण लाग्छ? यसबारे तपाईंलाई कस्तो लाग्छ? के तपाईंको मुख्य चासो वर्तमान कुराहरूमा केन्द्रित छ वा भविष्यमा र परमेश्‍वरले प्रतिज्ञा गर्नुभएका कुराहरूमा केन्द्रित छ? (मत्ती ६:२४, ३१-३३; लूका ८:१४) अब्राहाम र मोशाका उदाहरणहरूले देखाएअनुसार परमेश्‍वरका प्रतिज्ञाहरू अनुरूप चल्न बलियो विश्‍वास हुनु आवश्‍यक छ। (हिब्रू ११:८-१०, २४-२६) तपाईं कसरी यस्तो विश्‍वास विकास गर्न र “भविष्यको असल जग बसाल्न” सक्नुहुन्छ?—१ तिमो. ६:१९, नयाँ संशोधित संस्करण।

२. राजा योशियाहको उदाहरणबाट हामी के सिक्न सक्छौं?

२ यहोवाको खोजी गर्नुहोस्‌: यदि तपाईंको आफ्नो परिवारसित आध्यात्मिक क्रियाकलापमा भाग लिने तालिका छ भने, त्यो सराहनीय कुरा हो। तर यस्तो तालिकाले स्वतः बलियो विश्‍वास उत्पन्‍न गर्नेछ भन्‍ने सोचाइ नराख्नुहोस्‌। “परमेश्‍वरको ज्ञान” प्राप्त गर्न तपाईंले व्यक्‍तिगत रूपमा यहोवाको खोजी गर्नै पर्छ। (हितो. २:३-५; १ इति. २८:९) जवान राजा योशियाहले त्यसो गरे। खासै आध्यात्मिक वातावरणमा नहुर्किए तापनि १५ वर्षको उमेरमै “तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरको अगुवाइ खोज्न शुरू गरे।”—२ इति. ३४:३.

३. आज जवान मसीहीहरूले कसरी यहोवाको खोजी गर्न सक्छन्‌?

३ तपाईं कसरी यहोवाको खोजी गर्न सक्नुहुन्छ? आफूले विश्‍वास गर्ने कुरालाई होसियारीसाथ जाँच्नुका साथै त्यही नै सत्य हो भन्‍ने कुरा ‘आफैले जाँचेर पत्ता लगाएर।’ (रोमी १२:२) उदाहरणका लागि, बाइबलले रगतबारे के भन्छ, के तपाईं बताउन सक्नुहुन्छ वा सन्‌ १९१४ मा परमेश्‍वरको राज्यले स्वर्गमा शासन गर्न थाल्यो भनेर के तपाईं प्रमाणित गर्न सक्नुहुन्छ? “सत्यको ज्ञान” हासिल गर्नु भविष्यको लागि असल जग बसाल्ने एउटा महत्त्वपूर्ण भाग हो।—१ तिमो. २:३, ४.

४. बप्तिस्मा अप्राप्त प्रकाशकहरूले कसरी आफ्नो प्रगति प्रकट गर्न सक्छन्‌?

४ योशियाहले परमेश्‍वरको खोजी गरेको कारण राम्रो परिणाम प्राप्त गरे। बीस वर्षको उमेर नपुग्दै तिनले डाँड़ाका पूजा-थानहरू हटाउन साहसिक कदम चाले। (२ इति. ३४:३-७) त्यस्तै गरी, आफ्नो कार्यद्वारा तपाईंको आध्यात्मिक प्रगति प्रकट हुनेछ। (१ तिमो. ४:१५) यदि तपाईं बप्तिस्मा अप्राप्त प्रकाशक हुनुहुन्छ भने, आफ्नो सेवकाईको गुणस्तर सुधार्ने प्रयास गर्नुहोस्‌। साहित्य प्रस्तुत गरेर मात्रै चित्त नबुझाउनुहोस्‌। बाइबल चलाउने, मानिसहरूसित तर्क गर्ने र आफूले भेटेका मानिसहरूको चासो अझ बढाउने लक्ष्य राख्नुहोस्‌। (रोमी १२:७) यसले तपाईंलाई आध्यात्मिक तवरमा बढ्‌न मदत गर्नेछ।

५. बप्तिस्मा प्राप्त मसीहीहरूसित आफ्नो सेवकाई विस्तार गर्ने कस्ता सुअवसरहरू उपलब्ध छन्‌?

५ यहोवालाई सबैभन्दा उत्तम कुरा दिनुहोस्‌: बप्तिस्मा लिएर आफ्नो समर्पण यहोवामा जाहेर गरेपछि तपाईं परमेश्‍वरको नियुक्‍त सेवक बन्‍नुहुन्छ। (२ कोरि. ३:५, ६) यसले तपाईंको लागि यहोवाको पूर्ण-समय सेवा गर्ने ढोका खोल्छ। यसमा अग्रगामी गर्नु, बेथेल सेवा र परिभ्रमण कार्य समावेश छन्‌। अर्को भाषा सिकेर वा आवश्‍यकता बढी भएको ठाउँमा बसाइँ सरेर पनि तपाईं आफ्नो सेवकाई विस्तार गर्न सक्नुहुन्छ।

६. हामी सबैले कसरी भविष्यको लागि असल जग बसाल्न सक्छौं?

६ हुन त हो, सेवाका यी सुअवसरहरूको लागि सबैले नै आफूलाई उपलब्ध गराउन सक्दैनन्‌ तर हामी प्रत्येकले यहोवालाई सबैभन्दा उत्तम कुरा भने दिन सक्छौं। (मत्ती २२:३७) तपाईंको परिस्थिति जस्तोसुकै भए तापनि, यहोवाको सेवालाई आफ्नो जीवनको प्रमुख कुरा बनाउनुहोस्‌। (भज. १६:५) यसो गरेर तपाईंले भविष्यको लागि असल जग बसालिरहनुभएको हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने