ख्रिष्टियन जीवन
यहोवालाई प्रेम गर्नेहरूसित सङ्गत गर्नुहोस्
हामीले किन यहोवालाई प्रेम गर्नेहरूसित सङ्गत गर्नुपर्छ? किनभने सङ्गतले हामीलाई या त सकारात्मक या नकारात्मक असर गर्छ। (हित १३:२०) उदाहरणको लागि, राजा यहोआसले जबसम्म प्रधानपुजारी यहोयादासित सङ्गत गरे, तबसम्म तिनले “यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।” (२इ २४:२) यहोयादाको मृत्युपछि खराब सङ्गतमा लागेकोले तिनले यहोवालाई त्यागे।—२इ २४:१७-१९.
इस्वी संवत् प्रथम शताब्दीमा प्रेषित पावलले ख्रिष्टियन मण्डलीलाई “ठूलो घर” र मण्डलीका सदस्यहरूलाई “भाँडाहरू”-सित वा घरायसी सरसामानसित तुलना गरे। यहोवालाई मन नपर्ने काम गर्ने व्यक्तिहरू, चाहे परिवारका सदस्य होऊन् या मण्डलीका, तिनीहरूसित सङ्गत गरेनौँ भने हामी “आदरणीय प्रयोगका लागि छुट्ट्याइएको . . . भाँडा” हुनेछौँ। (२ति २:२०, २१) त्यसैले यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्न हामीलाई प्रोत्साहन दिनेहरूलाई साथी बनाऔँ।
खराब सङ्गतलाई तिरस्कार गर्नुहोस् भन्ने भिडियो हेर्नुहोस्। त्यसपछि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
हामी कसरी चालै नपाई खराब सङ्गतमा फस्न सक्छौँ?
यस भिडियोमा देखाइएझैँ खराब सङ्गतलाई तिरस्कार गर्न तीन जना ख्रिष्टियनलाई केले मदत गऱ्यो?
बुद्धिमानीपूर्वक साथी रोज्न कस्ता बाइबल सिद्धान्तहरूले तपाईँलाई मदत गर्छ?
के म “आदरणीय प्रयोगका लागि छुट्ट्याइएको . . . भाँडा” हुँ?—२ति २:२१