प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ४/१ p. १२
  • मसीही उपासना किन उत्कृष्ट छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीही उपासना किन उत्कृष्ट छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरू र मोशा भन्दा ख्रीष्ट उत्तम हुनुहुन्छ
  • मसीहीहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्छन्‌
  • उत्तम पुजाहारी र करार
  • विश्‍वास महत्वपूर्ण छ!
  • अरू भेडा र नयाँ करार
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • नयाँ करारद्वारा महान्‌ आशिष्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • सम्पूर्ण मानिसजातिलाई लाभ पुऱ्‍याउने शाही पुजारीको दल
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ४/१ p. १२

मसीही उपासना किन उत्कृष्ट छ

हिब्रूहरूलाई पठाएको पत्रको विवरणिका

यहोवा परमेश्‍वरले पृथ्वीमा आफ्नो पुत्र, येशू ख्रीष्ट पठाउनु भएर उपासनाका उत्तम विशेषताहरूको परिचय गराउनु भयो। किनभने, मसीही धर्मका संस्थापक, येशू, स्वर्गदूतहरू र अगमवक्‍ता मोशा भन्दा उच्च श्रेणीको हुनुहुन्छ। ख्रीष्टको पुजारी व्यवस्था पनि प्राचीन इस्राएलमा लेवीहरूको पुजारीगिरी भन्दा धेरै नै श्रेष्ठ छ। र मोशाको व्यवस्था अन्तर्गत चढ़ाइएका जनावरहरूको बलिदान भन्दा, ख्रीष्टको बलिदान अति नै उत्तम छ।

यी कुराहरू जम्मै हिब्रूहरूका निम्ति लेखिएको पत्रमा स्पष्ट गरिएका छन्‌। यो पत्र प्रेरित पावलले रोममा, सायद, ई. स. ६१ मा लेखेको जस्तो देखिन्छ र त्यहाँबाट यहूदियामा, विश्‍वास गर्ने हिब्रूहरूकहाँ पठाइएको हुनु पर्छ। प्राचीन काल देखिनै, दुवै यूनानी र एशियाका मसीहीहरूले, यो पत्रका लेखक पावल नै हुनु पर्छ भन्दै मानेको पाउछौं, किनभने यो पुस्तकका लेखक हिब्रू शास्त्रसँग धेरै नै परिचित देखिन्छन्‌ र सबै कुरा तर्क अनुसार प्रस्तुत्‌ गरिएको छ र यी दुवै कुरा प्रेरित पावलको लेखनशैली सँग मिल्दछ। तर तिनी प्रति यहूदीहरूको दुराग्रहले गर्दा र तिनी “अन्यजातिहरूको प्रेरित” भएको हुनाले, तिनले आफ्नो नाउँ यस पुस्तकमा न दिएको हुन सक्दछ। (रोमी ११:१३) अब पावलले हिब्रूहरूलाई पठाएको पत्रमा उल्लेखित्‌, मसीही धर्मका उत्तम विशेषताहरूलाई नियालेर हेरौं।

स्वर्गदूतहरू र मोशा भन्दा ख्रीष्ट उत्तम हुनुहुन्छ

प्रथम, तिनले परमेश्‍वरको पुत्रको उत्तम स्थानको सङ्‌केत गरे। (१:१–३:६) उहाँलाई स्वर्गदूतहरूले दण्डवत गर्छन्‌ र उहाँको शाही शासनलाई परमेश्‍वरले थाम्नु भएको छ। यसकारण, पुत्रले बोल्नुभएका कुराहरूलाई हामीले बढ़ी ध्यान दिएर सुन्‍नु आवश्‍यक छ। साथै, येशू मानिस हुनु हुँदा, उहाँ स्वर्गदूतहरू भन्दा होंचो हुनु भएता पनि, पछि उहाँ स्वर्गदूहरू भन्दा पनि उच्च पारिनु भयो र आउने समयमा पृथ्वीका सबै मानिसहरूमाथि उहाँलाई अख्तियार दिइनेछ।

येशू ख्रीष्ट मोशा भन्दा पनि उत्तम हुनु हुन्छ। कसरी? परमेश्‍वरको इस्राएली घरानामा मोशा एउटा सेवक मात्र थिए। तथापि, येशूलाई यहोवाले आफ्नो जम्मै घरानामाथि, अथवा परमेश्‍वरका जनहरूमाथि नियुक्‍त गर्नु भएको छ।

मसीहीहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्छन्‌

यस पछि, परमेश्‍वरको विश्राममा प्रवेश गर्न सकिन्छ भनेर प्रेरित पावलले भन्छन्‌। (३:७–४:१३) मिश्रको दासत्वको बन्धनबाट छुटकारा पाएका इस्राएलीहरू त्यसमा प्रवेश गर्न सकेनन्‌ किनकि तिनीहरू अनाज्ञाकारी थिए र तिनीहरूमा विश्‍वासको अभाव थियो। तर हामीहरूले चाहिं परमेश्‍वरमा विश्‍वास गर्‌यौं र आज्ञाकारी भएर ख्रीष्टको पछि लाग्यौं भने, त्यो विश्राममा प्रवेश गर्न सक्ने छौं। यसरी, हामीहरूले एउटा साप्ताहिक विश्रामको दिनको सट्टामा, दिन दिनै, आफ्ना सबै स्वार्थी कार्यहरूबाट विश्राम अनुभव गर्ने छौं।

परमेश्‍वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा, परमेश्‍वरको वचनमा पाइने प्रतिज्ञाहरू मध्य एउटा प्रतिज्ञा हो। र परमेश्‍वरको वचन “कुनै दुई-धारे तरवारभन्दा पनि धारिलो औ प्राण र आत्मालाई . . . भाग भाग पारूञ्जेलसम्म वारपार छेंड़न” सक्दछ छ। अर्थात्‌ यसले मानिसको विचारहरू र प्रवृत्तिहरू बुझ्न सक्द छ र शारीरिक अभिलाषाहरू र मानसिक सोचाइहरूलाई भाग भाग परिदिन सक्दछ। (रोमी ७:२५ सँग तुलना गर्नुहोस्‌) हाम्रा “प्राण” अथवा व्यक्‍तिगत जीवनमा ईश्‍वरीय “आत्मा” अथवा सोचाइ छ भने, हामी परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्दछौं।

उत्तम पुजाहारी र करार

पावलले यस पछि ख्रीष्टका पुजारीहरू र नया करारको उत्तमता देखाउँछन्‌। (४:१४–१०:३१) पापी मानिसहरूलाई पापरहितका येशू ख्रीष्टले दया देखाउनु हुन्छ किनभने हामी जस्तै सबै कुरामा उहाँको जाँच भएको छ। साथै, परमेश्‍वरले उहाँलाई “मल्कीसेदेकको दर्जाबमोजिम, . . . सधैंभरिको निम्ति पुजाहारी” नियुक्‍त गर्नु भएको छ। मरणशील लेवी पुजारीहरू जस्ता न भएर, येशूसँग अविनाशी जीवन छ, जसले गर्दा, उहाँलाई उहाँको बचाउको काममा उत्तराधिकारीहरूको खाँचो छैन। उहाँले जनावरहरूको बलिदान पनि चढ़ाइ रहन पर्दैन किनभने उहाँले आफ्नो धेरै नै उत्तम निस्पाप शरीरको बलिदान चढ़ाइ सक्नु भएर, आफ्नो रगतको मोल साथमा लिनु भएर, स्वर्गमा उक्ली सक्नु भएको छ।

येशूको रगतले स्थापित गर्नु भएको नया करार व्यवस्थाको वाचा भन्दा धेरै नै उत्तम छ। नया वाचामा समावेश भएकाहरूको हृदयमै परमेश्‍वरका नियमहरू छन्‌ र तिनीहरूले आफ्ना पापहरूका लागि क्षमा पाउँछन्‌। (यर्मिया ३१:३१-३४) यसका लागि कृतज्ञ भएर, तिनीहरू आफ्नो आशाबारे घोषणा गर्छन्‌ र सङ्‌गी विश्‍वासीहरूसँग भेला हुने गर्छन्‌। तर जानी बुझीकन पाप गर्नेहरूका पापहरूका लागि कुनै पनि बलिदानले ढाकने छैन।

विश्‍वास महत्वपूर्ण छ!

उत्तम नया वाचाबाट लाभ उठाउनकालागि हामीहरूलाई विश्‍वास चाहिन्छ। (१०:३२–१२:२९) यहोवाले प्रतिज्ञा गर्नु भएका कुराहरू पाउन चाहन्छौं भने धीरज धारण गर्नु पनि आवश्‍यक छ। धीरज धारण गर्ने प्रोत्साहनको रूपमा, हामीसँग मसीही समय भन्दा पहिलेका साक्षीहरूको एउटा ठूलो “मेघले” हामीलाई घेरेको छ। तर विशेष गरी, सङ्‌कष्टमा येशूको निष्कपट चाललाई हामीले ध्यान दिनु पर्छ। परमेश्‍वरले हामी माथि आउन दिनु हुने सबै दुःखलाई हामीले शान्तिको फल धार्मिकता फलाउन सक्ने अनुशासन ठान्‍नु पर्दछ। यहोवाका प्रतिज्ञाहरूको विश्‍वासीलोपनाले गर्दा, उहाँलाई पवित्र सेवा “भक्‍ति र डरले” चढ़ाउन हामी अझ इच्छुक हुनु पर्ने हो।

अन्तमा, पावल केही सुधारका कुराहरू प्रस्तुत्‌ गर्छन्‌। (१३:१-२५) विश्‍वास द्वारा हामीले भ्रातृ-प्रेम देखाउने, आतिथ्य गर्ने, दुःखमा परेका सङ्‌गी विश्‍वासीहरूलाई सम्झने, विवाहलाई आदणीय ठान्‍ने र आफूसँग “भएका कुरामा सन्तुष्ट” रहने प्रेरणा पाउनु पर्ने हो। मण्डलीमा अगुवाइ लिनेहरूको विश्‍वासको अनुकरण हामीले गर्नु उचित हो र तिनीहरू प्रति आज्ञाकारी हुनु आवश्‍यक छ। यस बाहेक, हामीहरू धर्मत्यागबाट अलग्ग बस्नु पर्छ र येशूले उठाउनु भएको दुःख मनमा राख्दै सधैं “स्तुतिको बलिदान परमेश्‍वरलाई चढ़ाऔं” र भलाइ गर्नमा लागि रहौं। मसीही धर्मको उत्तम विशेषताहरूमा यस प्रकारको चाल-चलन पनि सम्मिलित छ। (w91 1/1)

[पृष्ठ १२-मा भएको पेटी/चित्र]

विभिन्‍न स्नानहरू: इस्राएली जातिको वेदीमाथि गरिने उपासना “केवल खाने, पिउने र विभिन्‍न स्नानहरू” सँग सम्बन्धित थियो। (हिब्रू ९:९, १०) यी स्नानहरू मोशाको व्यवस्था अनुसार विभिन्‍न कुरा धुने रीति थियो। अपवित्र भएका भाँड़ाहरू धोइनथियो र आफ्ना कपड़ाहरू धोएर स्नान गर्नु पनि औपचारिक धुलाइमा सामेल थियो। (लेवी ११:३२; १४:८, ९; १५:५) पुजारीहरूले स्नान गर्द थिए र होमबलिसँग सम्बन्धित सामानहरूलाई पानीमा पखालिन्थ्यो। (प्रस्थान २९:४; ३०:१७-२१; लेवी १:१३; २ इतिहास ४:६) तर यहाँ उल्लेखित्‌ “विभिन्‍न स्नानहरू” भन्‍नुको अर्थ, मसीह आउने बेलामा यहूदीहरूको “कचौराहरू र लोहोटाहरू र पीतले भाँड़ा-कुँड़ाहरूलाई” पानीमा डुबाउने चलन होइन; नता हिब्रू ९:१० ले यूहन्‍ना बप्तिस्माले दिएको बप्तिस्मालाई अथवा मसीही हुनेहरूले परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको प्रमाण दिंदै गरेको बप्तिस्मालाई सङ्‌केत गर्दछ।—मत्ती २८:१९, २०; मर्कूस ७:४; लूका ३:३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने