प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ५. तपाईँ यहोवासित नजिक भएको उहाँ चाहनुहुन्छ

      कम्बोडियाकी सोतेन नाम गरेकी महिलाले परमेश्‍वरको नाम थाह पाउँदा “जुन सन्तुष्टि मिल्छ, त्यो सायद संसारमा अरू कुनै कुराले दिन सक्दैन” भनेर बताइन्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: मैले साँचो परमेश्‍वरलाई भेट्टाएँ (८:१८)

      तस्बिरहरूको सँगालो: ‘मैले साँचो परमेश्‍वरलाई भेट्टाएँ’ भिडियोका दृश्‍यहरू। १. सोतेन जङ्‌गलमा एउटा रूखमुनि बसेर आकाशतिर हेर्दै साँचो परमेश्‍वरलाई प्रार्थना गर्दै छिन्‌। २. हेरोल्डले सोतेनलाई परमेश्‍वरको नाम यहोवा हो भनेर बताउँछन्‌।
      • भिडियोमा देखाइएकी सोतेनलाई परमेश्‍वरको नाम थाह पाउँदा कस्तो लाग्यो?

      कसैसित मित्रता गाँस्दा अक्सर सुरुमा तपाईँ तिनको नाम थाह पाउनुहुन्छ। याकुब ४:८क पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यहोवा तपाईँलाई के गर्न आग्रह गर्नुहुन्छ?

      • परमेश्‍वरको नाम थाह पाउँदा र त्यो नाम प्रयोग गर्दा तपाईँ कसरी उहाँसित नजिक भएको महसुस गर्न सक्नुहुन्छ?

  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ

      यहोवा तपाईँले उहाँलाई राम्ररी चिनेको चाहनुहुन्छ। किन? किनभने तपाईँले उहाँका गुणहरू, उहाँको तौरतरिका र उहाँको उद्देश्‍यबारे सिक्दै जाँदा उहाँको साथी बन्‍ने इच्छा पनि बढ्‌दै गएको उहाँ चाहनुहुन्छ। के तपाईँ साँच्चै परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ? (भजन २५:१४ पढ्‌नुहोस्‌।) तपाईँ कसरी उहाँको साथी बन्‍न सक्नुहुन्छ? बाइबलले यी प्रश्‍नहरूको जवाफ दिनुका साथै अरूसितको मित्रताभन्दा यहोवासितको मित्रता किन विशेष हो भनेर बताउँछ।

      १. यहोवा तपाईँलाई के गर्न आग्रह गर्नुहुन्छ?

      “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकुब ४:८) यसको अर्थ के हो? यहोवा तपाईँलाई उहाँको साथी बन्‍न आग्रह गर्दै हुनुहुन्छ। कसै-कसैलाई परमेश्‍वरको साथी बन्‍न सकिँदैन जस्तो लाग्छ किनभने तिनीहरूले उहाँलाई देखेका छैनन्‌। तर यहोवासित नजिक हुन हामीले उहाँको व्यक्‍तित्वबारे थाह पाउनुपर्ने सबै कुरा उहाँले आफ्नो वचन बाइबलमा बताउनुभएको छ। हुनत हामीले यहोवालाई कहिल्यै देखेका छैनौँ तर उहाँले हाम्रो लागि बाइबलमा दिनुभएको सन्देश पढ्‌दा उहाँसितको मित्रता बलियो हुँदै जान्छ।

      २. यहोवा किन तपाईँको सबैभन्दा मिल्ने साथी बन्‍न सक्नुहुन्छ?

      यहोवाले जत्तिको माया तपाईँलाई अरू कसैले गर्दैन। उहाँ तपाईँ खुसी भएको अनि मदत चाहिएको जुनसुकै बेला उहाँलाई पुकारेको चाहनुहुन्छ। तपाईँ ‘आफ्नो सारा फिक्री उहाँमाथि बिसाउन सक्नुहुन्छ। किनकि उहाँले तपाईँको ख्याल राख्नुहुन्छ।’ (१ पत्रुस ५:७) यहोवा आफ्ना साथीहरूलाई साथ दिन, सान्त्वना दिन र तिनीहरूको कुरा सुन्‍न सधैँ तयार हुनुहुन्छ।—भजन ९४:१८, १९ पढ्‌नुहोस्‌।

      ३. यहोवा आफ्ना साथीहरूले के गरेको चाहनुहुन्छ?

      यहोवा सबैलाई प्रेम गर्नुहुन्छ “तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।” (हितोपदेश ३:३२) यहोवा आफ्ना साथीहरूले उहाँको नजरमा जे असल छ, त्यो गर्न र जे खराब छ, त्यसबाट टाढै रहन कोसिस गरेको चाहनुहुन्छ। कसै-कसैलाई यहोवाले भन्‍नुभएको सबै असल काम गर्न र उहाँले गलत ठहराउनुभएको सबै कामबाट अलग रहन सकिँदैन जस्तो लाग्ला। तर यहोवा ठूलो मनको हुनुहुन्छ। उहाँलाई साँच्चै प्रेम गर्ने र उहाँलाई खुसी बनाउन सक्दो प्रयास गर्ने सबैलाई उहाँ स्विकार्नुहुन्छ।—भजन १४७:११; प्रेषित १०:३४, ३५.

      अझ खोतल्नुहोस्‌

      तपाईँ कसरी यहोवाको साथी बन्‍न सक्नुहुन्छ, यसबारे अझ धेरै सिक्नुहोस्‌। साथै उहाँ तपाईँको सबैभन्दा मिल्ने साथी किन बन्‍न सक्नुहुन्छ, बुझ्नुहोस्‌।

      ४. अब्राहाम यहोवाका साथी थिए

      बाइबलमा भएको अब्राहामको (अब्राम पनि भनिन्छ) विवरणले हामीलाई परमेश्‍वरको साथी बन्‍नु भनेको के हो भनेर बुझ्न मदत गर्छ। उत्पत्ति १२:१-४ मा अब्राहामबारे पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यहोवाले अब्राहामलाई के गर्न भन्‍नुभयो?

      • यहोवाले तिनीसित कस्तो प्रतिज्ञा गर्नुभयो?

      • तिनले यहोवाबाट आज्ञा पाएपछि के गरे?

      ५. यहोवाले आफ्ना साथीहरूबाट चाहनुहुने कुराहरू

      हामी अक्सर आफ्ना साथीहरूले केही गरेको आशा गर्छौँ।

      • साथीहरूले तपाईँसित कस्तो व्यवहार गरेको चाहनुहुन्छ?

      पहिलो युहन्‍ना ५:३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवा आफ्ना साथीहरूले के गरेको चाहनुहुन्छ?

      यहोवाको आज्ञा पालन गर्न हामीले आफ्नो आचरण राम्रो बनाउनुपर्ने वा नराम्रा गुणहरू हटाउनुपर्ने हुन सक्छ। यसैया ४८:१७, १८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवा किन आफ्ना साथीहरूले जीवनमा परिवर्तनहरू गरेको चाहनुहुन्छ?

      एक निर्माणकर्मी सँगै काम गर्ने साथीलाई सुरक्षा हेल्मेट दिँदै छन्‌।

      असल साथीले हाम्रो सुरक्षा र हित हुने कुराबारे सम्झाउँछ। यहोवाले पनि आफ्ना साथीहरूलाई त्यसै गर्नुहुन्छ

      ६. यहोवाले आफ्ना साथीहरूको लागि गर्नुहुने कुराहरू

      यहोवा आफ्ना साथीहरूलाई समस्याहरूसित जुझ्न मदत गर्नुहुन्छ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ (३:२०)

      • यस भिडियोमा देखाइएकी स्त्रीलाई नकारात्मक सोचाइ र भावना हटाउन यहोवाले कसरी मदत गर्नुभएको छ?

      यसैया ४१:१०, १३ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यहोवाले आफ्ना सबै साथीको लागि के गरिदिने प्रतिज्ञा गर्नुभएको छ?

      • के तपाईँको विचारमा यहोवा तपाईँको असल साथी बन्‍न सक्नुहुन्छ? किन?

      चित्रहरूको सँगालो: घनिष्ठ साथीहरू एकअर्कालाई मदत गर्दै छन्‌। १. एक जना मानिस अर्को मानिसलाई एउटा ठूलो टेबुल सार्न मदत गर्छन्‌। २. एउटी स्त्री अर्की स्त्रीलाई आफ्नो मनको कुरा बताउँछिन्‌। ३. वैशाखीको सहारा लिएर हिँड्‌ने एक जना मानिसलाई अर्को मानिसले मदत गर्छन्‌।

      घनिष्ठ साथीहरूले तपाईँलाई चाहिएको बेला मदत दिन्छन्‌। त्यसरी नै यहोवाले पनि तपाईँलाई मदत दिनुहुनेछ

      ७. यहोवाको साथी बन्‍न उहाँसित कुराकानी गर्नुपर्छ

      कुराकानी गर्दा साथीहरूबीचको सम्बन्ध बलियो हुन्छ। भजन ८६:६, ११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • हामी यहोवालाई आफ्नो कुरा कसरी बताउन सक्छौँ?

      • यहोवा हामीलाई आफ्नो कुरा कसरी बताउनुहुन्छ?

      चित्रहरूको सँगालो: १. एउटी स्त्री प्रार्थना गर्छिन्‌। तिनको टाउको माथिको बाण चिन्हले मास्तिर देखाइरहेको छ। २. एउटी स्त्री बाइबल पढ्‌छिन्‌। तिनको टाउको माथिको बाण चिन्हले तल्तिर देखाइरहेको छ।

      हामी यहोवासित प्रार्थनामार्फत कुरा गर्छौँ; उहाँ हामीसित बाइबलमार्फत कुरा गर्नुहुन्छ

      कोही-कोही भन्छन्‌: “परमेश्‍वरको साथी बन्‍न असम्भव छ।”

      • हामी यहोवाको साथी बन्‍न सक्छौँ भनेर बुझाउन तपाईँ कुन बाइबल पद चलाउनुहुन्छ?

      सारांश

      यहोवा तपाईँको साथी बन्‍न चाहनुहुन्छ अनि तपाईँलाई उहाँसित नजिक हुन मदत गर्नुहुन्छ।

      तपाईँले के सिक्नुभयो?

      • यहोवा आफ्ना साथीहरूलाई कसरी मदत गर्नुहुन्छ?

      • यहोवा किन आफ्ना साथीहरूले जीवनमा परिवर्तनहरू गरेको चाहनुहुन्छ?

      • के तपाईँको विचारमा यहोवाको साथी बन्‍न असाध्यै गाह्रो छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      तपाईँले परमेश्‍वरको साथी बन्दा कस्तो लाभ उठाउन सक्नुहुन्छ?

      “यहोवा—चिन्‍न योग्यको परमेश्‍वर” (प्रहरीधरहरा, फेब्रुअरी १५, २००३)

      तपाईँ कसरी परमेश्‍वरको साथी बन्‍न सक्नुहुन्छ, सिक्नुहोस्‌।

      “म कसरी परमेश्‍वरको साथी बन्‍न सक्छु?” (युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ, खण्ड २, अध्याय ३५)

      एउटी स्त्रीलाई आफू यहोवाको साथी बनेकीले जीवन जोगियो जस्तो लाग्नुको कारण के हो, थाह पाउनुहोस्‌।

      “म मर्न चाहन्‍नथें!” (प्रहरीधरहरा सङ्‌ख्या १ २०१७)

      किशोरकिशोरीले यहोवाबारे के भन्छन्‌, सुन्‍नुहोस्‌।

      परमेश्‍वरको साथी बन्‍नु भनेको के हो? (१:४६)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने